पाठ ५ - सफ्टवेयर (Software) | कम्प्युटर शिक्षा कक्षा ७

2
पाठ - ५ सफ्टवेयर (Software)

परिचय

कम्प्युटरले बुझ्ने भाषामा प्रोग्रामरले क्रमबद्ध रूपमा लेखिएका निर्देशनहरूलाई कम्प्युटर प्रोग्राम (Computer Program) भनिन्छ । कम्प्युटर प्रोग्रामको सङ्कलनलाई सफ्टवेयर भनिन्छ । यसलाई प्रयोग गर्न सकिन्छ तर छुन वा देख्न सकिँदैन । सफ्टवेयरहरू कम्पनी वा व्यक्तिले निर्माण गरी सिडी तथा डिभिडीमा बजारमा उपलब्ध गराउनुका साथै इन्टरनेटमार्फत पनि उपलब्ध हुन्छन् । कम्पनी मार्फत आधिकारिक रूपमा प्राप्त भएका सफ्टवेयरलाई आधिकारिक (Original) सफ्टवेयर भनिन्छ ।
विशेषताहरू
(क) कम्प्युटरमा सफ्टवेयर इन्स्टल (Install) गर्न सकिन्छ।
(ख) फरक फरक सफ्टवेयर फरक फरक कार्यका लागि प्रयोग हुन्छ ।
(ग) सशुल्क र नि:शुल्क सफ्टवेयरहरू उपलब्ध हुन्छ ।
(घ) काम छिटो र छरितो गर्न मद्दत पुग्छ ।
(ङ) एउटै सफ्टवेयर थुप्रै कम्प्युटरमा राख्न सकिन्छ।

सफ्टवेयरका प्रकार (Types of Software)

सफ्टयवेयर मुख्य तिन प्रकारका हुन्छन्, ती निम्न लिखित छन् :
(क) सिस्टम सफ्टवेयर (System Software),
(ख) युटिलिटी सफ्टवेयर (Utility Software),
(ग) एप्लिकेसन सफ्टवेयर (Application Software)

सफ्टवेयरलाई कार्यअनुसार निम्न लिखित रूपमा विभाजन गर्न सकिन्छ ।
Types of Software
सफ्टवेयरका प्रकार (Types of Software)

(क) सिस्टम सफ्टवेयर (System Software)

System Software
System Software
कम्प्युटरका सम्पूर्ण हार्डवेयर (hardware) हरूलाई सञ्चालन वा प्रयोगमा ल्याउन मद्दत पुयाउने सफ्टवेयरलाई सिस्टम सफ्टवेयर भनिन्छ । साथै, यसले कम्प्युटर र प्रयोगकर्ताका बिचमा दोभासेको काम गर्दछ । यसका प्रकार निम्न लिखित छन्:

(अ) अपरेटिङ सिस्टम (Operating System)

कम्प्युटर प्रणालीका सम्पूर्ण हार्डवेयर (Hardware) हरूलाई नियन्त्रण तथा सञ्चालनमा ल्याउन मद्दत गर्ने प्रोग्रामहरूको समूह वा सङ्ग्रहलाई अपरेटिङ सिस्टम (Operating System) भनिन्छ । जस्तै : एम.एस. डस (MS-DOS), विन्डोज (Windows 95, 98, ME, VISTA, XP, 7, 8), Windows Server (2000, 2003, 2008), UNIX, LINUX आदि।

(आ) ल्याङ्वेज प्रोसेसर (Language Processor)

प्रोग्रामरले विकास (Develop) गरेको प्रोग्रामलाई कम्प्युटरले बुझ्ने यान्त्रिक भाषा (Machine Language) मा अनुवाद (Translate) गर्ने प्रोग्रामलाई ल्याङ्वेज प्रोसेसर भनिन्छ । यी तिन प्रकारका हुन्छन् ।
i. एसेम्बलर (Assembler): प्रोग्रामरले लेखिएको स्क्रिप्ट (Script) मा निमोनिक कोड (Nemonic codes) तथा सिम्बोलिक एड्रेस (Symbolic address) हरूलाई यान्त्रिक भाषा (Machine language) मा अनुवाद गर्ने प्रोग्रामलाई एसेम्बलर भनिन्छ ।
(ii) इन्टरप्रेटर (Interpreter): प्रोग्रामरले प्रोग्रामिङ भाषाको माध्यममा लेखिएको स्क्रिप्ट (script) लाई एउटा वाक्य एक पटकमा यान्त्रिक भाषा (machine language) मा अनुवाद गर्ने प्रोग्रामलाई इन्टरप्रेटर भनिन्छ।
(iii) कम्पाइलर (Compiler): प्रोग्रामरले प्रोग्रामिङ भाषाको माध्यममा लेखिएको स्क्रिप्टलाई एकै पटकमा सम्पूर्ण प्रोग्रामलाई यान्त्रिक भाषा (Machine language) मा अनुवाद गर्ने प्रोग्रामलाई कम्पाइलर भनिन्छ ।

(ख) युटिलिटी सफ्टवेयर (Utility Software)

Utility Software
Utility Software
फाइल (file), फोल्डर (folder) र प्रोग्रामहरूको व्यवस्थापन गर्ने सफ्टवेयरलाई युटिलिटी सफ्टवेयर भनिन्छ । यी दुई प्रकारका हुन्छन् :
(i) फाइल म्यानेजमेन्ट युटिलिटी सफ्टवेयर: कम्प्युटरमा भण्डारण गरिएको दस्तावेज अर्थात् फाइलहरूलाई कपी (copy), कट (cut), डिलिट (delete), रिनेम (rename) र प्रिन्ट (print) गर्न प्रयोग गरिने प्रोग्रामलाई फाइल म्यानेजमेन्ट युटिलिटी सफ्टवेयर भनिन्छ ।
(ii) प्रोग्राम डेभेलपमेन्ट युटिलिटी सफ्टवेयर: कम्प्युटरको प्रोग्राममा लेखिएको शब्द वा वाक्यहरू टाइप (type) गर्न, सच्चाउने (correction), मेट्न (erase), फन्टहरू (fonts) मिलाउन र कम्पाइल (compile) गर्नका लागि प्रयोग हुने प्रोग्रामलाई प्रोग्राम डेभेलपमेन्ट युटिलिटी सफ्टवेयर भनिन्छ ।

(ग) एप्लिकेसन सफ्टवेयर (Application Software)

Application Software
Application Software
प्रयोगकर्ताले आवश्यकताअनुसार विभिन्न किसिमका कार्य गर्न प्रयोग गरिने सफ्टवेयर कम्पनीहरू (software company) बाट निर्माण (developed) गरिएका सफ्टवेयर (software) लाई एप्लिकेसन सफ्टवेयर भनिन्छ । उदाहरणका लागि चिठीपत्र, पुस्तक, कार्डहरू बनाउन, गणितीय कार्य गर्न, प्रिजेन्टेसन तयार गर्न, खेल खेल्न, नक्सा बनाउनका साथै अन्य क्षेत्रमा यसको प्रयोग गरिन्छ । एप्लिकेसन सफ्टवेयरलाई दुई भागमा विभाजन गरिएको छ:

(१) प्याकेज सफ्टवेयर (Package Software)

प्याकेज सफ्टवेयर सम्पूर्ण प्रयोगकर्तालाई लक्षित गरी निर्माण गरिएको हुन्छ । यस्ता सफ्टवेयरहरू सामान्य प्रयोजनका लागि सबै प्रयोगकर्तालाई अनुकूल हुने गरी निर्माण गरिएका हुन्छन् । जस्तै: एमएस अफिस (MS-Office), डाटावेस म्यानेजमेन्ट सिस्टम (Database Management System), ग्राफिक्स डिजाइनिङ प्याकेज (Graphics Designing Package) आदि । यसका प्रोग्रामहरू निम्न लिखित छन्:

(क) बर्ड प्रोसेसिङ प्रोग्राम (Word Processing Program)
अक्षर, शब्द र वाक्यका समूहका रूपमा प्रस्तुत हुने चिठीपत्र, कार्ड, लेखचरना, विज्ञापन, पत्रपत्रिका, किताब, ब्रोसर, डिजाइन, भन्डारण तथा छपाइमा प्रयोग हुने प्रोग्रामलाई वर्ड प्रोसेसिङ प्रोग्राम भनिन्छ । उदाहरणका लागि MS-Word, Open Office Writer आदि ।
(ख) स्प्रेडसिट प्रोग्राम (Spreadsheet Program)
सानोदेखि ठुलो गणितीय हिसाब गर्नका लागि प्रयोग हुनेलाई स्प्रेडसिट प्रोग्राम भनिन्छ । डाटालाई चार्टका रूपमा पनि प्रस्तुत गर्न सकिन्छ । उदाहरणका लागि MS-Excel, Open Office Calc आदि।
(ग) डाटाबेस प्रोग्राम (database program)
डाटाहरू इन्ट्री गर्न, सच्याउन, हटाउन, भन्डारण गर्न र आवश्यकताअनुसार प्रिन्ट गर्न प्रयोग गरिने प्याकेजलाई डाटाबेस प्रोग्राम भनिन्छ । यसको प्रयोग विशेष गरी तथ्याङ्कलाई व्यवस्थित गर्न र चाहेको समयमा सजिलै प्राप्त गर्नमा गरिन्छ । जनगणनाको तथ्याङ्क इन्ट्री गरी प्रशोधन गर्ने र रिपोर्ट निकाल्ने, विद्यार्थीले परीक्षामा प्राप्त गरेको अङ्क इन्ट्री गरी नतिजा निकाल्ने र लेजर तथा मार्कसिट प्रिन्ट गर्ने जस्ता कार्य यसको प्रयोगका उदाहरण हुन् । उदाहरणका लागि MS-Access, FoxPro, Oracle आदि ।
(घ) ग्राफिक्स प्रोग्राम (Graphic Program)
चित्र, तस्बिर वा अक्षरहरू काँटछाँट, सम्पादन तथा परिवर्तन (Modify) गर्न सक्ने सफ्टवेयरको प्याकेजलाई ग्राफिक्स प्रोग्राम भनिन्छ । किताब, पत्रपत्रिका, ब्रोसर, समाचार, पत्र, इन्टरनेट जस्ता प्रकाशित हुने विषय वस्तुहरूमा चित्र बनाउन प्रयोग गरिन्छ । फोटाहरूलाई भन्डारण गर्दा JPEG, TIFF, BMP जस्ता विभिन्न फर्मेटमा गर्न सकिन्छ । उदाहरणका लागि Photoshop, Corel Draw, InDesign, Illustrator, FreeHand, Qxpress आदि।

२. कस्टमाइज सफ्टवेयर (Customized Software)

कस्टमाइज सफ्टवेयर एक निश्चित प्रयोगकर्ताका लागि लक्षित गरी निर्माण गरिएको हुन्छ । जस्तै: रिजल्ट प्रोसेसिङ सफ्टवेयर (Result Processing Software), एयरलाइन्स टिकट रिजर्भेसन सफ्टवेयर (Airline Ticket Reservation Software), टेलिफोन बिल प्रोसेसिङ सफ्टवेयर (Telephone Bill Processing Software) आदि ।

क्रियाकलाप

तिम्रो कम्प्युटर ल्याबमा कुन-कुन प्रकारका सफटवेयर प्रयोग भएका छन्, आपसमा छलफल गरी सोको सूची तयार गर ।
उत्तर: यसमा आफ्नो विद्यालयको कम्प्युटर कक्षमा प्रयोग भइरहेको सफ्टवेयरहरुको खोजी गरेर लेख्नुपर्छ । जस्तै:
क. सिस्टम सफ्टवेयर: एम एस डस (MS-DOS), विन्डोज एक्स पी (Windows XP, विन्डोज नाइन्टी एट (Windows 98), विन्डोज सेभेन (Windows 7), विन्डोज एट (Windows 8), विन्डोज टेन (Windows 8), लिनक्स (Linux), म्याक ओएस (Mac OS), एन्ड्रोइड (Android), गन लिनक्स (GUN LINUX), युनिक्स (UNIX), युबुन्टु (Ubuntu), आदी ।
ख. एप्लिकेसन सफ्टवेयर: पेज मेकर (Page Maker), फोटोसप (Photoshop), फ्रि-ह्याण्ड (Free Hand), ड्रिम वेभर (Dream Weaver), कोरल ड्रो (CarolDraw), एम एस अफिस (MS Office), ओपन अफिस (Open Source Office), क्रोम ब्राउजर (Chome Browser), वर्डप्याड (Wordpad) आदी ।
ग. युटिलिटी सफ्टवेयर: एन्टी भाइरस (Antivirus), डिक्स क्लिनर (Disk Cleaner), फर्मेटिङ डिक्स (Formating Disk), डिक्स डिफेन्मेन्टर (Disk Defragmenter), फाइल म्यानेजर (File Manager), टेक्स्ट इडिटर (Text Editor), ब्याकप युटिलिटी (Backup Utility) आदी ।

अभ्यास

१. खाली ठाउँ भर

(क) क्रमबद्ध रूपमा लेखिएका निर्देशनहरूलाई .......... सफ्टवेयर भनिन्छ ।
(ख) एउटै सफ्टवेयर थुप्रै ............. कम्प्युटरमा राख्न सकिन्छ ।
(ग) लेख लेख्नलाई ................ प्रोग्रामको प्रयोग हुन्छ ।
(घ) ................ बनाउन फोटोसप प्रोग्रामको प्रयोग हुन्छ ।
(ङ) घरहरूको नक्सा बनाउन ................. प्रोग्रामको प्रयोग हुन्छ ।

उत्तर: खाली ठाउँ भरको उत्तर:
(क) क्रमबद्ध रूपमा लेखिएका निर्देशनहरूलाई कम्प्युटर सफ्टवेयर भनिन्छ ।
(ख) एउटै सफ्टवेयर थुप्रै फरक फरक कम्प्युटरमा राख्न सकिन्छ ।
(ग) लेख लेख्नलाई वर्ड प्रोसेसिङ प्रोग्रामको प्रयोग हुन्छ ।
(घ) चित्र वा इमेज बनाउन फोटोसप प्रोग्रामको प्रयोग हुन्छ ।
(ङ) घरहरूको नक्सा बनाउन ग्राफिक्स प्रोग्रामको प्रयोग हुन्छ ।

२. ठिक र बेठिक छुट्याऊ

(क) सफ्टवेयरलाई छुन सकिन्छ।
उत्तर: बेठीक
(ख) अपरेटिङ सिस्टम सफ्टवेयरले कम्प्यूटर र प्रयोगकर्ताका बिचमा दोभासेको काम गर्दछ ।
उत्तर: ठिक
(ग) लेख लेख्नलाई एक्सेल प्रोग्रामको प्रयोग हुन्छ ।
उत्तर: बेठीक
(घ) चित्र बनाउन फोटोसप प्रोग्रामको प्रयोग हुन्छ ।
उत्तर: ठिक
(ङ) एमएस एक्सेस डाटाबेस प्रोग्राम हो । 
उत्तर: ठिक

३. तल दिएका प्रश्नको उत्तर लेख

(क) सफ्टवेयर भनेको के हो ? यसका विशेषताहरू लेख ।
उत्तर: सफ्टवेयर भनेको कम्प्युटरलाई राम्रोसँग कार्य सञ्चालन गर्नका लागि आवश्यक पर्ने निर्देशनहरुको समुह हो, जुन प्रोगामरले कम्प्युटरले बुझ्ने भाषामा क्रमबद्ध रुपमा लेखिएका हुन्छन् ।
(ख) सफ्टवेयर कति प्रकारका हुन्छन् ? वर्णन गर।
उत्तर: सफट्वेयर ३ किसिमका हुन्छ, तिनीहरुको बारेमा तल छोटकरीमा दिइएको छ:
१. सिस्टम सफ्टवेयर: सिस्टम सफ्टवेयर भनेको कप्युटरका हार्डवेयर र सम्पूर्ण कामहरु सञ्चालन तथा नियन्त्रण गरी कम्प्युटर र प्रयोगकर्ता बिच दोभाषेको भूमिका निर्वाह गर्ने अत्यन्तै महत्त्वपूर्ण सफ्टवेयर हो । यसले कम्प्युटरको फाइल, सुरक्षा, मेमोरी, भण्डारण, इन्पुट, प्रोसेर र आउटपुट आदी व्यवस्थापन गर्ने काम गर्छ । जस्तै; एम एस डस (MS-DOS), विन्डोज एक्स पी (Windows XP, विन्डोज नाइन्टी एट (Windows 98), विन्डोज सेभेन (Windows 7), विन्डोज एट (Windows 8), विन्डोज टेन (Windows 10), लिनक्स (Linux), म्याक ओएस (Mac OS), एन्ड्रोइड (Android), गन लिनक्स (GUN LINUX), युनिक्स (UNIX), युबुन्टु (Ubuntu), आदी ।
२. एप्लिकेसन सफ्टवेयर: प्रयोग कर्ताले आफ्नो इच्छा अनुसार कम्प्युटरलाई सञ्चालन गर्नका लागि बनाएका सफ्टवेयरहरू नै एप्लिकेसन सफ्टवेयर भनिन्छ । जस्तै: पेज मेकर (Page Maker), फोटोसप (Photoshop), फ्रि-ह्याण्ड (Free Hand), ड्रिम वेभर (Dream Weaver), कोरल ड्रो (CarolDraw), एम एस अफिस (MS Office), ओपन अफिस (Open Source Office), क्रोम ब्राउजर (Chrome Browser), वर्डप्याड (WordPad) आदी ।
३. युटिलिटी सफ्टवेयर: युटिलिटी सफ्टवेयर भनेको कम्प्युटरका फाइल फोल्डर र सुरक्षा व्यवस्थापन गर्ने सफ्टवेयर हो । जस्तै: एन्टी भाइरस (Antivirus), डिक्स क्लिनर (Disk Cleaner), फर्मेटिङ डिक्स (Formating Disk), डिक्स डिफेन्मेन्टर (Disk Defragmenter), फाइल म्यानेजर (File Manager), टेक्स्ट इडिटर (Text Editor), ब्याकप युटिलिटी (Backup Utility) आदी ।
(ग) सिस्टम सफ्टवेयर र एप्लिकेसन सफ्टवेयरबिचको भिन्नता लेख ।
उत्तर: सिस्टम सफ्टवेयर भनेको कप्युटरका हार्डवेयर र सम्पूर्ण कामहरु सञ्चालन तथा नियन्त्रणमा ल्याउने सफ्टवेयर हो भने एप्लिकेसन सफ्टवेयर भनेको प्रयोग कर्ताले आफ्नो इच्छा अनुसार कम्प्युटरलाई सञ्चालन गर्नका लागि बनाएका सफ्टवेयरहरू हुन । यिनीहरू बिचको भिन्नतालाई तलको तालिकामा देखाइएको छ ।

सिस्टम सफ्टवेयर

एप्लिकेसन सफ्टवेयर

. सिस्टम सफ्टवेयरहरुले कम्प्युटरको सम्पूर्ण काम कार्वाहीहरुलाई नियन्त्रण गर्छ

. एप्लिकेसन सफ्टवेयरले प्रयोगकर्ताको आवश्यकता अनुसारको निश्चित काम मात्र गर्छ

. यसले हार्डवेयर सफ्टवेयरबिच सम्बन्ध प्रतिस्थापन गर्छ

. यसले प्रयोगकर्ताको आवश्यकता अनुसार निश्चित कार्य सम्पन्न गर्छ

. यिनीहरु प्रायः लो लेभल प्रोगामिङ भाषाहरुमा लेखिन्छ

. यो हाइ लेभल प्रोगामिङ भाषाहरुमा लेखिन्छ

. यस्ता सफ्टवेयर अपरेटिङ सिस्टमसंगै इन्स्टल भएर आउँछ

. यस्ता सफ्टवेयरहरु आवश्यकता अनुसार इन्स्टल गर्न हटाउन सकिन्छ

. यो एप्लिकेसन सफ्टवेयर बिना चल्न सक्छ

. यो सिस्टम सफ्टवेयर बिना चल्न सक्दैनँ


(घ) युटिलिटी प्रोग्राम भनेको के हो ?
उत्तर: युटिलिटी सफ्टवेयर भनेको कम्प्युटरका फाइल फोल्डर र सुरक्षा व्यवस्थापन गर्ने सफ्टवेयर हो । यसले कम्प्युटर हार्डवेयर र सफ्टवेयर बिच राम्रो वातावरण सिर्जना गर्ने, अनावश्यक, समय नाघेका, हानीकारक फाइल तथा प्रोगामहरु हटाउने, डाटा तथा फाइलहरु व्याकप र रिकभर गर्ने, कम्प्युटर प्रोगाममा लेखिएका कुराहरुलाई सच्याउन, मेट्न, प्रोसेसिङ र कम्पाइल गर्ने काम गर्छ ।
(ड) एप्लिकेसन सफ्टवेयर भनेको के हो, उदाहरणसहित लेख ।
उत्तर: प्रयोग कर्ताले आफ्नो इच्छा अनुसार कम्प्युटरलाई सञ्चालन गर्नका लागि बनाएका सफ्टवेयरहरू नै एप्लिकेसन सफ्टवेयर भनिन्छ । यस्ता सफ्टवेयरहरू प्रयोगकर्ताको आवश्यकताअनुसार निर्माण गरिएको हुन्छ ।जस्तै: पेज मेकर (Page Maker), फोटोसप (Photoshop), फ्रि-ह्याण्ड (Free Hand), ड्रिम वेभर (Dream Weaver), कोरल ड्रो (CarolDraw), एम एस अफिस (MS Office), ओपन अफिस (Open Source Office), क्रोम ब्राउजर (Chome Browser), वर्डप्याड (Wordpad) आदी ।

Post a Comment

2 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
  1. Replies
    1. हामीले उत्तर राखिदिएको छौँ । कृपया हेरेर सुझाव दिनुहोला ।

      Delete
Post a Comment

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top