पाठ
शब्दभण्डार
१. शब्द र अर्थको जोडा मिलाउनुहोस्:
अवगत - जानेको छ बुझेको
दीर्घलीन - लामो समय
संकलित - बटुलिएको
वितरण - बाँडफाँड
सहकार्य - दुई वा दुईभन्दा बढी व्याक्ति वा संस्थाले मिलेर गरिने काम
प्रस्ताव - कुनै कामना आरम्भ वा सम्पादनका लागि प्रस्तुत गरिएको बिचार
२. दिइएका शब्दको विपरीतार्थक शब्द लेख्नुहोस्:
हार, दाहिने, रुनु, आफ्नो, दिन, आय, सक्कली, निराशा, प्रतिकूल, जस, प्रेम, आकर्षण, जटिल, सबल, सापेक्ष, हर्ष, सपना, अनावश्यक (alert-error)
दाहिने - देब्रे
रुनु - हाँस्नु
आफ्नो - अर्काको
दिन - रात
आय - व्यय
सक्कली - नक्कली
निराशा - आशा
प्रतिकूल - अनुकुल
जस - अपजस
प्रेम - घृणा
आकर्षण - विकर्षण
जटिल - सरल
सबस - दुर्बल
सपेक्ष - निरपेक्ष
हर्ष - विस्मात
सपना - विपना
३. तलका शब्दको लघुतावाचक शब्द लेख्नुहोस्:
कोदालो - कोदाली
गाग्रो - गाग्री
चिम्टा - चिम्टी
चरो - चरी
थाल - थाली
ठेको - ठेकी
सुन्तला - केस्रो
भात - सिता
पराल - त्यान्दो
पानी - थोपा
फूल- पत्र वा दल
बोध र अभिव्यक्ति
१. पाठका आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
२. पाठमा उल्लेख भएअनुसार ज्वालामाई उपभोग्य वस्तु सङ्कलन तथा वितरण कम्पनी कोहलपुर, बाँकेले कर्नाली उत्पादन तथा वितरण केन्द्र चिसापानी, कैलालीलाई मिति २०७७/१२/२५ मा लेखेको पत्र कस्तो हुनसक्छ, अनुमान गरी लेख्नुहोस् ।
३. हालसालै प्रकाशित पुस्तक पठाइदिन भनी तपाईँको घरनजिकै रहेको पुस्तक पसलले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँलाई लेख्ने पत्रको नमुना तयार पार्नुहोस् ।
- गोर्खाली युद्धबन्दीका लोकभाका र कथा - ५० थान
- समकालीन नेपाली कथाका वैचारिकता - ५० थान
- सेतो धरती - ५० थान
- श्वेतभैरवी - ५० थान
- नेपालमा बुद्ध धर्म - ५० थान
- तीन घुम्ती - ५० थान
४. दिइएको चिठी पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
५. दिइएको कार्यालयीय चिठी पढ्नुहोस् र त्यसको प्रत्युत्तर लेख्नुहोस् ।
६. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिपी एक तिहाइमा नबढ्ने गरी सारांश लेख्नुहोस् :
- अनुच्छेदमा भएको शब्दसख्या : २२१
- एक तृतीयंशमा हुने सब्दसइख्या : ७३.६
- सारांशमा भएको शब्दसइख्या : ७३
७. दिइएको भरपाईको नमुना हेर्नुहोस् र नेपाल प्रज्ञा प्रतिष्ठानबाट कालिका पुस्तकालय, रसुवालाई उपहारस्वरूप प्रदान गरिएको बृहत् नेपाली शब्दकोश (दुई प्रति) त्यस पुस्तकालयका प्रमुखले बुझिलिएको भरपाईको नमुना तयार पार्नुहोस :
बुझ्नेको नाम | पर | ठेगाना | हस्ताक्षर |
राम प्रसाद शर्मा | पुस्तकालय प्रमुख | रसुवा, धुञ्चे |
मिति : २०४७ चैत्र ४ गते बुधवार
८. दिइएको तमसुकको नमुना पठी तपाईंको आफ्नो स्थायी ठेगानाको कुनै एक व्यक्तिले त्यहाँको अर्को व्यक्तिसँग ऋण लिएको व्यहोरा खुलाई एउटा तमसुकको नमुना लेख्नुहोस् :
उत्तरः
तमसुक
लिखितम् खोटाङ जिल्ला दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ६ नेर्पा, मोहोरिया टोल बस्ने शिवकुमारको नाति, दातारामको छोरा वर्ष ३७ को म जयप्रसाद पराजुलीले आफ्नो घरखर्च गर्न भनी ऐजन जिल्ला, ऐजन नगरपालिका, वडा नम्बर ११ खार्मी, ओडारे बस्ने छविलालको नाति, मधुलालको छोरा वर्ष ४० को तपाईँ गङ्गाराम दाहालबाट रु. ५०,०००।– (अक्षरेपि पचास हजार मात्र) आजैका मितिमा ऋण सापटी स्वरूप लिएको छु । यस रकमको वार्षिक आठ प्रतिशतका दरले ब्याज बुझाउने छु र दुई वर्षभित्रमा सम्पूर्ण सावाँ ब्याज चुक्ता गरिसक्ने छु । यदि यस कबोलअनुसार नबुझाएमा मेरो जायजेथा, घरजग्गाबाट कानुनबमोजिम असुल गरिलिन मेरो मन्जुरी छ । यो तमसुक मेरो राजीखुसीसाथ गरेको हुँ । व्यहोरा साँचो हो । झुठा ठहरे कानुनबमोजिम सहने बुझाउने छु । साक्षी किनारामा सदर । मुकाम साहुको घर आँगन । इति संवत् २०७८ साल वैशाख ५ गते रोज १ बार शुभम् ।
साक्षी
..................खोटाङ जिल्ला दिक्तेल रूपाकोट मझुवागढी न.पा. वडा नम्बर ५ बस्ने वर्ष
४५ को व्रतराज राई– १
.................. ऐ जिल्ला ऐ नगरपालिका वडा नम्बर ७ बस्ने गणपति सेढार्इँ – १
......................लेखक : ऐ.ऐ. वडा नम्बर ३ बस्ने जगत् खतिवडा
आसामीको हस्ताक्षर : औँठा छाप
दायाँ बायाँ
तमसुक
लिखितम् चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नम्बर १३, चितवन, अमेलिया टोल बस्ने विष्णुप्रसादको नाति, कृष्णप्रसादको छोरा वर्ष १९ को म सुबर्ण पौडेलले आफ्नो घरखर्च गर्न भनी ऐजन जिल्ला ऐजन महानगरपालिका वडा नम्बर ४, नयाँबजार बस्ने छबिलालको नाति इश्वोरप्रसादको छोरा वर्ष ४० को तपाईं विशाल शर्माबाट रु. ५०,०००/- (अक्षरेपि पचास हजार मात्र) आजैका मितिमा ऋण सापटी स्वरुप लिएको छु । यस रकमको वार्षिक दश प्रतिशतका दरले ब्याज बुझाउने छु र पाँच वर्षभित्रमा सम्पूर्ण सावाँ ब्याज चुक्ता गरिसक्ने छु । यदि यस कबोलअनुसार नबुझाएमा मेरो जायजेथा, घरजग्गाबाट कानुनबमोजिम असुल गरिलिन मेरो मन्जुरी छ । यो तमसुक मेरो राजीखुसीसाथ गरेको हुँ । व्यहोरा साँचो हो । झुठा ठहरे कानुनबमोजिम सहने बुझाउने छु । साक्षी किनारामा सदरमुकाम साहुको घर आँगन । इति संवत् २०७८ साल मंसिर २० गते रोज १ बार शुभम् ।
साक्षी:
........................
चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष १९ को चिरन्जिबी पौडेल - १
........................
ऐजन जिल्ला ऐजन महानगरपालिका वडा नम्बर ४
बस्ने सुनिल शर्मा - १
........................
लेखक: ऐ.ऐ. वडा नम्बर ४ बस्ने रितेश शर्मा
आसामिको हस्ताक्षरः
........................
औठा छापः
दायाँ बायाँ
९. दिइएको सम्झौता पत्र/करारनामाको नमुना पढ्नुहोस् र तपाईको विद्यालयमा पुस्तकालय भवन निर्माणका लागि विद्यालयका प्रधानाध्यापक, स्थानीय निर्माण कम्पनीका प्रमुखबिच गरिने करारनामाको नमुना लेख्नुहोस्:
पहिलो पक्षबाट | दोस्रो पक्षबाट |
दस्तरखत: ............. | दस्तरखत: .............. |
नाम थर : रितेश श्रेष्ठ | नाम थर: विशाल पौडेल |
ठेगाना: चापाकोट-४, घुर्लिचौर, स्याङ्जा | ठेगाना: चापाकोट-४, घुर्लिचौर, स्याङ्जा |
पद: प्रधानाध्यापक | पद: प्रबन्ध निर्देशक |
कार्यालय: श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जा | कार्यालय: चितवन निर्माण प्रा. लि., रत्ननगर, रत्ननगर-२, चितवन |
रोहबर वडा अध्यक्ष : ................
श्री वडा सचिव : .................
श्री रत्ननगर नगरपालिका वडा नम्बर .... वडा कार्यालय, चितवन ।
इति संवत् २०७९ साल वैशाख १ गते रोज शुभम् ।
१०. दिइएको मन्जुरीनामाको नमुना पढ्नुहोस् र तपाईंको जग्गामा रहेको ढुङ्गाखानीबाट तपाईको टोलमा सार्वजनिक शौचालय निर्माणका लागि चाहिने ढुङ्गा निकाली लैजानका लागि तपाईले वडा कार्यालयलाई दिएको मन्जुरीनामाको नमुना लेख्नुहोस् ।
श्रीमान् कार्यालय प्रमुख
राजर्षि जनक अध्ययन अनुसन्धान प्रतिष्ठान
जनकपुर, धनुषा ।
विषय: मन्जुरीनामा सम्बन्धमा ।
मैले त्यस प्रतिष्ठानबाट ‘मैथिली समाजको विवाह परम्परा’ विषयमा अनुसन्धान पूरा गरी सोको प्रतिवेदनसमेत बुझाइसकेको छु । यस अनुसन्धानबापत मैले पाउने पारिश्रमिकको दोस्रो तथा अन्तिम किस्ता रकम भुक्तानी हुन बाँकी छ । हाल म मेरो घरायसी कामको चापले गर्दा त्यहाँ कार्यालयमा आई उक्त पारिश्रमिक बुझ्न असमर्थ भएकाले सो पारिश्रमिक बुझी लिनका लागि सिरहा जिल्ला, मिर्चैया नगरपालिका वडा नम्बर ७ स्थायी ठेगाना भई हाल त्यही अनुसन्धान प्रतिष्ठानमा अनुसन्धाताका रूपमा कार्यरत श्री दिनेश भगतलाई मन्जुरीनामा दिएको छु । मैले पाउने उक्त पारिश्रमिकबापतको रकम निज दिनेश भगतलाई उपलब्ध गराइदिनसमेत अनुरोध गर्दछु । व्यहोरा साँचो हो, झुठा ठहरे कानुनबमोजिम सहँुला बुझाउँला । इति मिति २०७८ वैशाख ७ गते मङ्गलबार ।
भवदीय
सही:..............
जयेश्वर साह
उत्तरः
श्रीमान् वडाध्यक्ष,
रत्ननगर चापाकोट-४,
घर्लिचौर, स्याङ्जा ।
विषय : मन्जुरीनामा सम्बन्धमा ।
उपर्युक्त सम्बन्धमा म चितवन नगरपालिका वडा नं. २ निवासी स्थायी बासिन्दा हूँ । यस वडामा सार्वजनिक शौचालयको अभाव भएको कारण सार्वजनिक स्थलहरूमा खुला दिसा पिसाब गर्ने गरिएको छ, जसका कारण वडा नै दुर्गन्धित हुँदै गएको अवस्था छ । यस वडाले हाम्रो टोलमा सार्वजनिक शौचालय निर्माणका लागि ढुङ्गाको अभाव भएको तथ्यलाई मनन गर्दै मेरो जग्गामा रहको ढुङ्गाखानीबाट हामो टोलमा सार्वजनिक शौचालय निर्माणका लागि चाहिने आवश्यक दुङ्गा निकाली लैजानका लागि मैले र. न.पा. ४ को वडा कार्यालयलाई राजीखुसीका साथ मन्जुरीनामा दिएको छ । व्यहोरा साँचो हो, झुठा ठहरे कानुनबमोजिम सहला बुझाउँला ।
इति मिति २००८ मसिर ०८ गते बुधवार ।
भवदीय
सही: ........................
हसान खाँण
११. दिइएको विज्ञापनको नमुना पढ्नुहोस् र नमुनामा जस्तै कुनै पदको पूर्ति तथा कुनै सामानको प्रचारप्रसारका बारेमा एक एकओटा विज्ञापन लेख्नुहोस्:
ज्योति माध्यमिक विद्यालयको
आवश्यकतासम्बन्धी
सूचना
(पहिलो पटक प्रकाशित मिति: २०७८/०१/११)
यस विद्यालयमा रिक्त रहेको नेपाली विषयको माध्यमिक तृतीय श्रेणी शिक्षक पदमा खुला प्रतियोगिताद्वारा करार सेवामा शिक्षक पदपूर्ति गर्नुपर्ने भएकाले यो सूचना प्रकाशन गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकबाट यो सूचना प्रकाशन भएको मितिले ३५ (पैँतिस) दिनभित्र दरखास्त आह्वान गरिएको छ । उक्त मितिबाट सात दिनसम्म दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिने छ ।
दरखास्तका साथ पासपोर्ट साइजको फोटो दुई प्रति, शैक्षिक योग्यताको प्रमाण पत्र तथा नागरिकताको प्रमाण पत्रका प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने छ । दरखास्त दस्तुर रु. १०००।– (अक्षरेपि एक हजार रुपियाँ) यस विद्यालयको नेपाल बैङ्क लिमिटेड, कान्तिपथ शाखामा रहेको च.हि.न १००००००००००००००००००१ मा जम्मा गरी त्यसको सक्कल भौचर संलग्न गर्नुपर्ने छ ।
विज्ञापन नं.: २/२०७७/०७८
पद: तृतीय श्रेणी
तह: माध्यमिक
विषय: नेपाली
परीक्षाको किसिम: लिखित तथा अन्तर्वार्ता
आवश्यक न्यूनतम योग्यता: सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण
सम्पर्क मिति: २०७८/०२/२१ गते
................................
प्रधानाध्यापक
व्यावसायिक विज्ञापन
प्रदूषणरहित समाजको परिकल्पना र स्वस्थ जीवनको कामनाका साथ राप्ती यातायात सेवाद्वारा सञ्चालित विशेष सुविधासहितको
बिजुली बस आरामदायी सिट
वातानुकूलित सुविधा
निःशुल्क वाइफाई सेवा
विद्यार्थीका निम्ति विशेष सहुलियत
भिडिओ तथा शौचालयको सुविधा
चियाखाजाको निःशुल्क व्यवस्था
बिजुली बसमा यात्रा गर्नुहोस् र आफू स्वस्थ बन्नुहोस् तथा वातावरणलाई पनि स्वस्थ राख्नुहोस् ।
राप्ती यातायात सेवा
दाङ
फोन ०८२–५२४०००
१२. दिइएको सूचनाको नमुना पढ्नुहोस् र नयाँ वर्षका दिन १२ कक्षाका सबै विद्यार्थी एक दिने शैक्षिक भ्रमण जाने विषयमा विद्यालयका प्रधानाध्यापकबाट जारी गरिने सूचनाको नमुना लेख्नुहोस् :
लुम्बिनी कविता महोत्सवसम्बन्धी सूचना !
लुम्बिनी साहित्य समाज, कपिलवस्तुको आयोजनामा आगामी २०७८ असार १० गतेदेखि १२ गतेसम्म तौलिहवामा त्रिदिवसीय कविता महोत्सव सम्पन्न गरिने भएकाले इच्छुक सहभागीले जेठ ५ गतेभित्र आआफ्ना कविता यस समाजको कार्यालयमा उपलब्ध गराइदिनुहुन र साहित्यप्रेमी सबैलाई कविता महोत्सव समारोहमा उपस्थित भई कविताको रसास्वादन गर्नुहुन यही सूचनामार्फत सादर अनुरोध गरिन्छ ।
कार्यक्रम
मिति: २०७८ असार १० गतेदेखि १२ गतेसम्म
कविता दर्ता गर्ने अन्तिम मिति: २०७८ असार ५ गते
आयोजक
लुम्बिनी साहित्य समाज, कपिलवस्त
१३. दिइएको बोलपत्रको नमुना पढ्नुहोस् र तपाईँको विद्यालयमा छात्रावास भवन बनाउनका लागि जारी गरिने बोलपत्रको नमुना लेख्नुहोस् :
त्रिभुवन विश्वविद्यालय
रेसुङ्गा क्याम्पस, गुल्मी
अनुसन्धानमूलक पत्रिका छपाइसम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना
(प्रथम पटक प्रकाशन मितिः (२०७८/०४/१० गते)
यस क्याम्पसको प्राज्ञिक तथा अनुसन्धान विभागबाट हरेक तीन तीन महिनामा ‘रुरु अनुसन्धान पत्रिका’ प्रकाशन गर्नुपर्ने भएकाले नेपाल सरकारबाट इजाजत प्राप्त प्रकाशन फर्म/कम्पनी/संस्थाले तपसिलबमोजिमको सर्तको अधीनमा रही रितपूर्वकको बोलपत्र पेस गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।
१. यो सूचना प्रकाशित मितिदेखि ३० औँ दिनसम्म बोलपत्र फाराम यस क्याम्पसको आर्थिक प्रशासन शाखाबाट प्राप्त गर्न सकिने छ ।
२. खरिद गरिएका बोलपत्र फारामका महल स्पष्ट रूपमा भरी प्रत्येक पानामा सहीछाप गरी प्रथम पटक सूचना प्रकाशन भएको मितिदेखि ३५ औँ दिन दिनको १२ बजेभित्र यस कार्यालयमा उपस्थित भई वा बोलपत्र र आवश्यक कागजातको स्क्यान गरी अनलाइनमार्फत दर्ता गर्नुपर्ने छ ।
३. बोलपत्रका साथ सम्बन्धित व्यक्तिको नागरिकता, अद्यावधिक नवीकरण गरेको व्यवसाय दर्ताको इजाजतपत्र, अद्यावधिक नवीकरण पत्र, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्र, मूल्य अभिवृद्धि करमा दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बरको प्रमाणपत्र, आ. व. ०७६ सम्मको कर चुक्ता गरेको कागजातका प्रमाणित प्रति पेस पेस गर्नुपर्ने छ ।
४. बोलपत्र फारामसाथ जमानतबापतको रकम यस क्याम्पसको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्क, चल्ती खाता नम्बर १००००००००००००००१ मा एकमुष्ट दाखिला गरेको सक्कल भौचर पेस गर्नुपर्ने छ ।
५. दर्ता हुन आएका सिलबन्दी तथा अनलाइनमा दर्ता भएका बोलपत्र फाराम ३६ औँ दिन दिनको ३.०० बजे यस कार्यालयमा नियमपूर्वक खोलिने छ ।
६. बोलपत्र फाराम खरिद गर्ने वा दाखिला गर्ने दिन सार्वजनिक बिदा परेमा बिदापछिको कार्यालय खुलेको दिन सोही समयमा उक्त कार्य हुने छ ।
७. प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
८. रित नपुगेका र म्याद नाघिआएका बोलपत्रउपर कुनै कारबाही गरिने छैन ।
९. बोलपत्रसम्बन्धी अन्य सर्त बोलपत्र फाराममा उल्लेख गरेबमोजिम हुने छन् ।
१०. अन्य कार्यविधि त्रिभुवन विश्वविद्यालय तथा नेपाल सरकारका आर्थिक प्रशासनसम्बन्धी ऐन तथा नियमावलीअनुसार हुने छ ।
११. थप जानकारीका लागि यस क्याम्पसको कार्यालयमा सम्पर्क गर्न सकिने छ ।क्याम्पस प्रमुख
सि.न. |
निर्माण कम्पनीको नाम |
लागत अनुमान |
पेस गरेको कबोल अङ्क |
कैफियत |
१. |
चाम्लिङ निर्माण सेवा, त्रियुगा न.पा.७, उदयपुर |
४,९०,०००।– |
४,८५,०००।– |
–१.०२% |
२. |
पञ्चमी निर्माण सेवा चौदण्डीगढी न.पा. ४, बेल्टार, |
|
४,८४,०००।– |
–१.२२% |
३. |
रूपाटार निर्माण सेवा कटारी |
|
–०.८२% |
भाषातत्व
सरल वाक्य |
मिश्र वाक्य |
हावा चल्यो । जाडो भयो । |
जब हावा चल्यो तब जाडो भयो । |
तिमी राम्रो पढ । तिमी सफल हुन्छौ । |
राम्रो पढ्यौ भने सफल हुन्छौ । |
किताब बजारमा आयो । म किताब पढ्छु । |
...................................... |
पानी प¥यो । बाटो हिलो भयो । |
..................................... |
उसले परिश्रम ग¥यो । उसले मिठो फल पायो । |
...................................... |
नेपाल सुन्दर छ । संसारलाई थाहा छ । |
...................................... |
वातावरण प्रदूषण बढ्छ । महामारीको खतरा हुन्छ । |
...................................... |
सरल वाक्य |
संयुक्त वाक्य |
हावा चल्यो । जाडो भयो । |
हावा चल्यो अनि जाडो भयो । |
म कविता लेख्छु । म गीत गाउँछु । म चित्र कोर्छु । म विद्यालयमा पढाउँछु । |
म कविता लेख्छु, गीत गाउँछु, चित्र कोर्छु र विद्यालयमा पढाउँछु । |
किताब बजारमा आयो । मैले किताब किने । |
...................................... |
पानी पर्यो । बाटो हिलो भयो । |
..................................... |
उसले मह काढ्यो । उसले हात चाट्यो । |
...................................... |
तिमी सौराहा जाऊ । तिमी हात्तीमा चढ । तिमी जङ्गल घुम । तिमीले जङ्गलमा गैँडा देख्ने छौ । |
...................................... |
हामी नेपाली हौँ । हामी स्वाभिमानी छौँ । हामी स्वावलम्बी छौँ । समृद्ध नेपाल र सुखी नेपाली हाम्रो चाहना हो । |
...................................... |
एक, वायु, अनुयायी, एघार, एकतिस, एकाउन्न, यही, यसो, गए, एकता, एकाग्र, यस्तो, यस, त्यस, एकादशी, योग्य, पेय, शिष्य, दृश्य, हास्य, कार्य, वाक्य, गद्य, पद्य, रमणीय, कर्तव्य, धैर्य, जय, वाणिज्य, सौर्य, सौन्दर्य, राष्ट्रिय, एकान्त, लाएँ, लायौँ, खाएँ, देखाएँ, पढायौँ, पढाएँ, दिएँ, मुख्य, मनुष्य, जलमय, अन्नमय, यज्ञ, भय, भए, लिए, दिएर, एकचालिस, एकान्त, एकसरो, हिमालय, यता, यति, त्यस्तो, गए, खाए, आए, बयर, घायल, टायम, डायरी, डायल, कायल, मध्ये (alert-warning)
सिर्जना र परियोजना कार्य
उत्तर: यी कृयाकलापहरु वैयक्तिक रुपमा फरक हुने भएकाले अनावश्यक ठानी राखिएको छैन । कृपया शिक्षकको सहयोगमा यो कृयाकलाप स्वयंले गर्नुहोला । (alert-warning)
उत्तर: यी कृयाकलापहरु वैयक्तिक रुपमा फरक हुने भएकाले अनावश्यक ठानी राखिएको छैन । कृपया शिक्षकको सहयोगमा यो कृयाकलाप स्वयंले गर्नुहोला । (alert-warning)
Credit: Puspa Shrestha (This notes were prepared with the help of Puspa Shrestha's blog. Please visit Puspa Shrestha's blog for viewing other awesome guides.) (alert-success)
- Previous Lesson: पाठ ४: व्यावसायिक पत्र (नेपाली कक्षा १२)
- Next Lesson: पाठ ५: एक चिहान - हृदयचन्द्रसिंह प्रधान (नेपाली कक्षा १२)