![]() |
पाठ - ४ कम्प्युटरका प्रकार (Types of Computer) |
परिचय
हिजो आज थुप्रै प्रकारका कम्प्युटरहरू आविष्कार भएको पाइन्छ । विषेश गरी यसको गणक विधिका आधारमा तिन ओटा समूहमा विभाजन गरिएको छ, जुन यस प्रकार छन् :
एनालग कम्प्युटर (Analog Computer)
![]() |
Analog Computers |
गणनाको सट्टामा कुनै पनि एकाइ नापेर काम गर्ने यन्त्रलाई एनालग कम्प्युटर भनिन्छ । एनालग कम्प्युटर भनेको विशेष काम र प्रयोजनका लागि बनाइएको कम्प्युटर हो । यी कम्प्युटरहरू शरीरको प्रेसर, तापक्रम, गाडीहरूको गति भौतिक परिमाण (Physical Quantities) लाई मापन गर्नका लागि प्रयोग हुन्छन् । विशेष गरी यी कम्प्युटरहरू वैज्ञानिक र इन्जिनियरिङ (Engineering) कार्यमा सघाउ पुर्याउन प्रयोग गरिन्छ । यी उपकरणहरूले निरन्तर रूपमा (Continuous scale) काम गर्छन् । थर्मोमिटर (Thermometer), स्पिडोमिटर (Speedometer) हरू एनालग उपकरणका उदाहरण हुन्।
डिजिटल कम्प्युटर (Digital Computer)
बाइनरी कोड (binary code - 0 र 1) लाई प्रयोग गरी सबै किसिमका गणना गर्ने, लेख्ने, छाप्ने आदि कार्यहरू गर्ने यन्त्रलाई डिजिटल कम्प्युटर भनिन्छ । यी कम्प्युटर अत्यन्तै लोकप्रिय र जहाँसुकै पनि बढी मात्रामा प्रयोग हुने कम्प्युटर हुन् । डिजिटल कम्प्युटरलाई यसको आकार र काम गर्ने क्षमताका आधारमा चार समूहमा विभाजन गरिएको छ, जुन यस प्रकार छन :
(क) सुपर कम्प्युटर (Super Computer)
![]() |
First Supercomputer of Nepal |
साधारण कम्प्युटरभन्दा बढी कार्यक्षमता भएको कम्प्युटरलाई सुपर कम्प्युटर भनिन्छ । यस कम्प्युटरले छिटो गतिमा कार्य गर्न सक्छ । यसलाई विशेष कार्यका लागि प्रयोग गरिन्छ । यसको आकार सबैभन्दा ठुलो र महँगो हुन्छ । यसको प्रयोग वैज्ञानिक (Scientific) र इन्जिनियरिङ (Engineering) क्षेत्रमा हुन्छ । यसमा धेरै सिपियु (CPU) हरू राखिएका हुन्छन् । CRAY-XMP, NEC-500 आदि सुपर कम्प्युटरका उदाहरण हुन् ।
(ख) मेनफ्रेम कम्प्युटर (Mainframe Computer)
![]() |
Mainframe Computer |
हजारौं अरू ससाना कम्प्युटरलाई सञ्जाल (Network) मा जोड्ने कम्प्युटरलाई मेनफ्रेम कम्प्युटर भनिन्छ । मेनफ्रेम कम्प्युटर दोस्रो ठूलो र शक्तिशाली कम्प्युटर हो । यी कम्प्युटरहरू ठुला ठुला व्यापार व्यवसाय, उद्योग तथा अनुसन्धान केन्द्रहरूमा प्रयोग गरिन्छ । IBM-4381 र ICL 39 मेनफ्रेम कम्प्युटरका उदाहणहरू हुन् ।
(ग) मिनी कम्प्युटर (Mini Computer)
![]() |
Mini Computer |
सयौं अरू ससाना कम्प्युटरलाई सञ्जाल (network) मा जोड्ने कम्प्युटरलाई मिनी कम्प्युटर भनिन्छ । मिनी कम्प्युटर मध्यम आकारको कम्प्यूटर हो । यी कम्प्युटरहरू मध्यम खालका व्यापार, व्यवसाय तथा कार्यालयहरूमा प्रयोग हुन्छन् । यी कम्प्युटरहरू धेरै प्रयोगकर्तालाई एकै पटक प्रयोग गर्नुपर्ने क्षेत्र उद्योग, विश्व विद्यालय, अनुसन्धान केन्द्र आदिमा प्रयोग गरिन्छन् । स-साना कम्प्युटर सञ्जालमा मुख्य कम्प्युटर सर्भर (server) का रूपमा पनि प्रयोग गरिन्छ । IBM-9375 मिनी कम्प्युटरको उदाहरण हो ।
(घ) माइक्रो कम्प्युटर (Micro Computer)
![]() |
Micro Computer |
माइक्रो कम्प्युटर आकारमा सबैभन्दा सानो कम्प्यूटर समूहअन्तर्गत पर्दछन् । यी कम्प्युटर सस्तो, बलियो र सजिलैसँग टेबुल (table) मा राख्न सक्ने खालका हुन्छन् । यी कम्प्युटरहरू घर, कार्यालय, विद्यालय, व्यापार र व्यवसाय आदि ठाउँहरूमा चिठी पत्र तयार पार्न, हिसाब गरी भन्डारण गर्न, व्यापार व्यवसायका रूपरेखा तयार पार्न, विज्ञापन सम्बन्धी कार्यको सूचनाहरूको रूपरेखा तयार पार्ने काममा प्रयोग गरिन्छ । IBM PC, IBM Compatible, APPLE Macintosh माइक्रो कम्प्युटरका उदाहरण हुन् । माइक्रो कम्प्युटर पनि विभिन्न आकार र काम गर्ने क्षमतामा आउँछन्, जस्तै: डेस्कटप कम्प्युटर, ल्यापटप, हेन्ड हेल्ड कम्प्युटर ।
हाइब्रिड कम्युटर (Hybrid Computer)
![]() |
Hybrid Computer |
![]() |
अल्ट्रासाउन्ड मेसिन |
क्रियाकलाप
कम्प्युटरहरूको प्रकारका बारेमा छलफल गरी विभिन्न प्रकारका कम्प्युटरहरूको सूची तयार गर ।
उत्तर: डिजिटल कम्प्युटरलाई मुख्यतः उपयोगिता र संरचनाको आधारमा विभाजन गरिएको हुन्छ । उपयोगिताको आधारमा विशेष उद्देश्य र साधारण उद्देश्य गरि २ भागमा बाँड्न सकिन्छ भने संरचनाको आधारमा सुपर, मेनफ्रेम, मिनी र माइक्रो गरि ४ भागमा विभाजन गरिन्छ ।
अभ्यास
१. तलका खाली ठाउँ भर
(क) एनालग कम्प्युटरले ......... स्केलमा काम गर्छ ।
(ख) डिजिटल कम्प्युटरले ........... स्केलमा काम गर्छ ।
(ग) CRAY-XMP ........... कम्प्युटरका उदाहरण हुन् ।
(घ) ........... कम्प्युटर बाइनरी (0 र 1) को प्रयोग गरी कार्य गर्छन् ।
(ङ) ........... कम्प्युटरको अनुसन्धान कार्यका लागि प्रयोग गरिन्छ ।
उत्तर: खाली ठाउँ भरको उत्तर
(क) एनालग कम्प्युटरले निरन्तर स्केलमा काम गर्छ ।
(ख) डिजिटल कम्प्युटरले बाइनरी स्केलमा काम गर्छ।
(ग) CRAY-XMP सुपर कम्प्युटर कम्प्युटरका उदाहरण हुन्।
(घ) डिजिटल कम्प्युटरले बाइनरी (0 र 1) को प्रयोग गरी कार्य गर्छन् ।
(ङ) मेनफ्रेम कम्प्युटरको अनुसन्धान कार्यका लागि प्रयोग गरिन्छ ।
२. ठिक र बेठिक छुट्याऊ
(क) एनालग कम्प्युटर भौतिक परिमाणलाई मापन गर्नका लागि प्रयोग गरिन्छ।
उत्तर: ठिक
(ख) डिजिटल कम्प्युटरले डेसिमल प्रणालीमा मात्र काम गर्छ ।
उत्तर: बेठीक (किनकी डिजिटल कम्प्युटरले बाइनरी स्केल वा ० र १ आधारित भएर काम गर्छ ।)
(ग) सुपर कम्प्युटर मध्यम आकारको कम्प्युटर हो।
सुपर कम्प्युटर मध्यम आकारको कम्प्युटर हो ।
उत्तर: बेठीक (किनकी सुपर कम्प्युटर आकारमा सबैभन्दा ठुलो कम्प्युटर हो ।)
(घ) हाइब्रिड कम्प्युटरमा एनालग र डिजिटल कम्प्युटरका विशेषताहरू पाइन्छन् ।
उत्तर: ठिक
(ङ) माइक्रो कम्प्युटर सामान्य प्रयोजनका लागि प्रयोग हुन्छ ।
उत्तर: ठिक
३. तलका प्रश्नको उत्तर लेख
(क) मेनफ्रेम कम्प्युटर भनेको के हो ?
उत्तर: आकारको दृष्टिकोणले दोस्रो ठूलो र हजारौं अरू ससाना कम्प्युटरलाई एउटा सञ्जालमा जोड्ने कम्प्युटरलाई मेनफ्रेम कम्प्युटर भनिन्छ । जस्तै; IBM-4381, ICL 39 आदी ।
(ख) मिनी र माइक्रो कम्प्युटरबिच फरक छुट्याऊ।
उत्तर: मिनी कम्प्युटर एकपटकमा लगभग ५० जनाले एकसाथ काम गर्न सकिने मध्यम खालको कम्प्युटर हो भने माइक्रो कम्प्युटर आकारको दृष्टिकोणले सबैभन्दा सानो आकारको कम्प्युटर हो माइक्रो कम्प्युटर हो । यिनीहरू बिचको फरकलाई तलको तालिकामा देखाइएको छ ।
माइक्रो कम्प्युटर |
मिनी कम्प्युटर |
१.
यसमा एकचोटिमा एक जनाले मात्र काम गर्न सकिन्छ । |
१.
यसमा एकचोटिमा लगभग ५० जनाले मात्र एकसाथ काम गर्न सकिन्छ । |
२. यसको आकार सानो हुन्छ । |
२. यसको आकार मध्यम खालको हुन्छ । |
३.
यो सामान्य व्याक्तिगत वा कार्यालयीय काममा प्रयोग हुन्छ । |
३.
यो मध्यम खालका संस्थाहरु प्रवर्द्धन गर्न प्रयोग हुन्छ । |
४. यसको प्रयोग साधारण चिठीपत्र र
पत्रपत्रिका लेखन, हिसाब-किताब तथा सामान्य घरेलु काममा प्रयोग हुन्छ । |
४. यो साना खालका अनुसन्धान,
इन्जिनियरिङ, व्यवसाय लेनदेन र
डाटाबेस व्यवस्थापन गर्न प्रयोग हुन्छ । |
५.
जस्तै: डेस्कटप, ल्याबटप, नोटबुक, पामटप, माइक्रो, आई.बी.एम.पी.सी., एप्पल/म्याकिन्टस आदी
। |
५.
जस्तै: Inspiron
1012, IBM-9375, Honeywell 200, TI-990, आदी । |
(ग) माइक्रो कम्प्युटर भनेको के हो ?
उत्तर: साधारण प्रयोजनको निम्ति तयार पारिएको आकारको दृष्टिकोणले सबैभन्दा सानो आकारको कम्प्युटर हो माइक्रो कम्प्युटर हो । जस्तै; डेस्कटप, ल्याबटप, नोटबुक, पामटप, माइक्रो, आई.बी.एम.पी.सी., एप्पल/म्याकिन्टस आदी ।
(घ) सुपर कम्प्युटरका कुनै चार ओटा विशेषता लेख ।
उत्तर: सुपर कम्प्युटर बनावटको आधारमा सबैभन्दा ठूलो, शक्तिशाली र उच्च भण्डारण क्षमता भएको कम्प्युटर हो । यो विशेषगरी जहाज, विमान, अन्तरिक्ष यान, आणविक अन्वेषण, खानी जस्ता जोखिम र खतरनाक क्षेत्रहरुमा प्रयोग गरिन्छ । यसका विशेषताहरुलाई निम्न बुँदाहरुमा लेख्न सकिन्छ :
१. आकार विशाल र ठूला हिसाबहरु एक सेकेन्डमै गर्न सक्ने क्षमता हुन्छ ।
२. इन्पुट, आउटपुट, प्रशोधन एकाइ र र्यामहरूको संख्या धेरै हुन्छ ।
३. नोडहरू बीच उच्च-गति र धेरै अपरेटिङ सिस्टमहरु एउटै कम्प्युटरबाट चलाउन सकिन्छ ।
४. धेरैजनाले एकसाथ एउटै कम्प्युटर चलाउने गरिन्छ ।
(ङ) हाइब्रिड कम्प्युटर भनेको के हो ?
उत्तर: एनालग र डिजिटल कम्प्युटरका राम्रा विशेषताहरूलाई एकीकृत गरी बनाइएको कम्प्युटरलाई नै हाइब्रिड कम्प्युटर भनिन्छ । जस्तै; अल्ट्रासाउण्ड मेसिन, इसिजी मेसिन, आदी ।
Good platform to learning by staying at home.
ReplyDeleteसर नमस्कार
ReplyDeleteयो पेज सारै. मन परो अझ सामग्रीहरू हाले राम्रो हुन्छ
सारै राम्रो !!! तर सबै अभ्यास हरुकोको समस्या समाधान गर्देको भय अति राम्रो हुन्थो ।
ReplyDeleteWe've updated all exercise of this lesson with answers. We are working on another lesson's exercise too. Stay up to date and we will update.
Delete