पाठ १: आमाको सपना - गोपालप्रसाद रिमाल (नेपाली कक्षा १२)

0
Aamako Sapana by Gopal Prashad Rimal
पाठ १: आमाको सपना - गोपालप्रसाद रिमाल (नेपाली कक्षा १२)
(toc)

कविता

आमा, त्यो आउँछ र ? 
‘‘हो, बा, त्यो आउँछ
त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ 
त्यसको कम्मरमा झुन्डिएको शीत जस्तै टल्कने
तिमी एक हतियार देख्ने छौ
त्यसैले ऊ अधर्मसित लड्ने छ
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्ने छौ तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ’’
हो र आमा !
“हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि
तर त्यो मिठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ ! 
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो 
जे होस् त्यो आउँछ
म आमा हुँ, सारा सिर्जनाशक्तिको मुख भएर
म भन्न सक्छु
त्यो आउँछ
मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुने झैँ सुन्ने छैनौ
तिमी त्यसलाई आफैँ नै देख्न सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुने छौ
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुने छौ
मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल
मुसारिरहनुपर्ने छैन
हेरौँला, त्यो हुरी भएर आउने छ
तिमी पात भएर पछ्याउने छौ
उहिले त्यो जीवनलोकबाट झरेर जून जस्तै पोखिँदा
सारा जडता सगबगाएको थियो, बा,
त्यो आउने छ, तिमी उठ्ने छौ ।’’
त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरूको कण्ठलाई जस्तै
त्यो आउने आशाले मेरो हृदयलाई कुत्कुत्याइसक्यो आमा !
‘‘हो, त्यो आउँछ,
त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ 
नेपाली, कक्षा १२ घ
अब म उठेँ, गएँ
तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !’’ (alert-warning)

शब्दभण्डार

१. उस्तै अर्थ दिने शब्दबिच जोडा मिलाउनुहोस् :

शब्द             अर्थ

उषा              युवा अवस्था

सपना            कलकलाउँदो 

यौवन             झिसमिसे उज्यालो

कलिलो          रमाइलो भविष्यको आशा वा कल्पना 

सङ्ग्राम         गति

जडता            घाँटी 

कण्ठ              मूर्खता 

आशा             लडाइँ

 चाहेको          वस्तु पाउने इच्छा 

                     कम्पन

उषा – झिसमिसे उज्यालो
सपना – रमाइलो भविष्यको आशा वा कल्पना
यौवन – युवा अवस्था
कलिलो – कलकलाउँदो
सङ्ग्राम – लडाइँ
जडता – मूर्खता
कण्ठ – घाँटी
आशा – चाहेको वस्तु पाउने इच्छा

२. अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस् :

(क) राती जमिन, रुख, पात आदिमा पर्ने पानीका ससाना थोप्ला : शीत

(ख) ओठमा राखी दाहिने कुमतिर फर्काई बजाइने बासँ, निगालो आदिबाट बनाइएको बाजा : बाँसुरी
(ग) लिने वा समात्ने काम : ग्रहण
(घ) सिर्जना गर्ने क्षमता : सिर्जनाशक्ति
(ङ) सन्तुष्ट हुने वा पार्ने वचन : सान्त्वना
(च) वेगसित चलेको हावा : हुरी

३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस् र तिनलाई वाक्यमा प्रयोग पनि गर्नुहोस् :

वायु, आमा, मधुर, गरिमा, करुणा, नगर, दक्ष, एकान्त, धरती, शिशु 

वायु : हावा
प्रदूषित हावा गह्रौँ हुने हुनाले धेरै समयसम्म शहरभित्रै रुमल्लिएर बस्छ।

आमा : माता
हामीले माताको भावनामा चोट पुर्‍याउनु हुँदैन।

मधुर : मन्द
मेरो साथीको आवज सुनेर म मन्द भए ।

गरिमा : गौरव
उनको आफ्नो शक्तिको गौरव र अनुग्रह दुबै व्यक्त गरिन्।

करुणा : दया
मानव प्राणीमा कुनै दया वा करुणा छैन।

नगर : शहर
हामीले गत बिहीबार राती शहर छोड्यौं।

दक्ष : सक्षम, कुशल
राजधानीमा एक अत्यधिक कुशल सार्वजनिक यातायात प्रणाली छ।

एकान्त : सुनसान
पिर परेको समयमा सुनसान ठाउँको आवश्यकता पर्दछ ।

धरती : पृथ्वी
पृथ्वी एकमात्र ग्रह हो जसले जीवनलाई समर्थन गर्दछ।

शिशु : नानी
आमाले नानीलाई राम्ररी स्याहारसुसार गर्नुहुन्छ ।

४. दिइएका उखानको प्रयोग गरी आफ्नो जन्मस्थानको वर्णन गर्नुहोस् :

एकले थुकी सुकी सयले थुकी नदी, नजिकको तीर्थ हेला, जिउँदाको जन्ती मर्दाको मलामी, आफू भलो त जगतै भलो, एक हातले ताली बज्दैन

मेरो जन्म आजभन्दा करिव १७ वर्ष अगाडि नेपालको एउटा रमणीय गाउँ विसालटारमा भएको हो । पहाडको हरियो भोटोले बनेको गाउँ विसालटार मेरो मुटुको टुक्रा हो । सिन्दुमा हराएको बिन्दु जस्तै नेपालको भूमिमा सानो देखीएपनि मेरो गाउँ मेरो हृदयको धड़कन हो। मरो गाउँ प्राकृतिक दृष्टिलेनै हेर्दा राम्रो देखिएपनी नजिकको तीर्थ हेला भनेझैँ मानिस सुन्दरता खोज्दै अन्य सहरहरूमा लाग्छन् ।

एकले थुकी सुकी सयले थुकी नदी भनेझैँ सहरहरूको धुँवा र धुलो खानु भन्दा मानिसहरू गाउँ घुम्न आउने हो भने गाउँको पर्यटनविकास बढ्न सक्थ्यो । एक हातले ताली बज्दैन भनेझैँ सबै मिली गर्ने हो भर्ने यो काम सम्भव हुन सक्छ । मेरो लागि आफ्नो गाउँको मानिसहरू जिउदाको जन्ती मर्दाको मलामी हुन् । यहाँको मानिसको व्यवहारमा आफू भलो त जगतै भलो भन्ने सिद्धान्त भूल्किन्छ । मेरो गाउँका मानिसहरू मिलनसार बनि मिलिजुली बसेकाछन् ।

५. दिइएका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस् :

देवानी, फौजदारी, वारेस, सरजमिन मुचुल्का, अध्यादेश, अधिवक्ता, विधेयक, जमानत, बिगो, इजलास, कायलनामा, हदम्याद, सनाखत, तारिख

अनुक्रमअनुसार मिलाइएको :
अधिवक्ता, अध्यादेश, इजलास, कायलनामा, जमानत, तारिख, देवानी, फौजदारी, बिगो, मुचुल्का, वारेस, विधेयक, सनाखत, सरजमिन, हदम्याद

अर्थहरु :

देवानी : फौजदारी मुद्दाबाहेक अरू मुद्दा हेर्ने वा सुल्झाउने
फौजदारी : मारपिट, चोरी, डकैती, ज्यान आदि अपराधको न्यायिक कारवाही गरिने कुरासँग सम्बन्धित
वारेस : उत्तराधिकारी
सरजमिन : सम्बन्धित घटना घटेको वा समस्या परेको ठाउँ
मुचुल्का : सरजमिनका मानिसहरूले लेखिदिएको बयानको कागज
अध्यादेश : संसद्को अधिवेशन नभएको बेला खास
अधिवक्ता : अधिकृत तहको कानुन व्यवसायी
विधेयक : संसद्बाट पारित हुनुभन्दा पूर्वको कानुनी मस्यौदा
जमानत : धितो, धरौटी
बिगो : अनुचित किसिमले लिएको धनमाल वा सो धनमालमा दाबी गरिएको निश्चित रकम
इजलास : अदातल
कायलनामा : अपराध, कसुर वा गल्ती स्वीकार गरी लेखिदिने कागत
हदम्याद : आखिरी म्याद
सनाखत : भिडाउने वा चिनाउने काम, बेवारिसे लास आदि चिन्न लाउने काम

तारिख : अदातलबाट झगडिया वा निजको वारिसलाई हाजिर हुन आउनू भनी लेखिदिएको मिति


बोध र अभिव्यक्ति

३. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

आमा, त्यो आउँछ र ? 
‘‘हो, बा, त्यो आउँछ
त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुन्डिएको शीत जस्तै टल्कने
तिमी एक हतियार देख्ने छौ 
त्यसैले ऊ अधर्मसित लड्ने छ 
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्ने छौ तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।’’ (alert-passed)

(क) ‘त्यो’ र ‘तिमी’ भनेका को को हुन् ?
उत्तरः ‘त्यो’ भनेको क्रान्ति वा भविष्यमा जन्मने वीर योद्धा वा क्रान्तिकारी सपूत हो र ‘तिमी’ भनेको सन्तान छोराछोरी हुन् ।

(ख) किन क्रान्तिको आवश्यकता परेको हो ?
उत्तरः वि.सं. २000 को आसपासमा सिर्जना गरिएको उक्त कविताले नेपाली समाज निरङ्कुश शासनको बढ्दो अन्याय-अत्याचार निर्मल दमन कुरीति भ्रष्टाचार विकृति विसङ्गति रूपी फोहोरबाट दुषित भएको नेपाली समाजमा परिवर्तन ल्याउन, स्वास्थ्य तुल्याउन क्रान्ति आवश्यक परेको हो ।

(ग) ‘त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ’ भन्नुको तात्पर्य के हो ?
उत्तरः ‘त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ’ भन्नुको तात्पर्य कसैले पनि रोक्न नसक्ने गरी क्रान्ति आउँछ । आगो र पानीभन्दा पनि बढ्ता शक्तिशाली भएर आउँछ ।

(घ) माथिको कवितांशमा कस्तो शैलीको प्रयोग गरिएको छ ?
उत्तरः माथिको कवितांशमा गद्यलयात्मक संवादात्मक शैलीको प्रयोग गरिएको छ ।

४. तलको कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

हो र आमा ! 
“हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा 
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि
तर त्यो मिठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ ! 
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो ।” (alert-passed)

(क) आमाको सपना के थियो ?
उत्तरः आफुले निरन्तर पाइरहेको बेदनाको कारण अब जन्म लिएका हरेक सन्तानलाई वीर साहसी र योद्धाको रूपमा हेर्ने अभिलाषा आमाले राखेकी छिन् तर त्यस किसिमको परिवर्तन आफ्नो वर्तमान सन्ततिबाट नभई आफ्नो भावी सन्ततिबाट मात्र हुने र आफूले मुक्ति पाउने सशक्त सपना थियो ।

(ख) ‘त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ’ भन्नुको तात्पर्य के हो ?
उत्तरः आमाको चाहना देशभक्त सन्तान जन्माई क्रान्तियोद्धा बनाएर स्वतन्त्रता दिलाउने थियो । आफ्नो सन्तानको कलिलो अनुहारमा आमाले परिवर्तनको छाया देखेकी थिइन् । तोते बोलीमा परिवर्तनको मधुर ध्वनि सुनेकी थिइन । तर त्यस गीतले आफ्ना सन्तानलाई मिठो सङगीत निकाल्ने बाँसुरी बनाउन नसकेकोमा आमाले चिन्ता व्यक्त गरेकी छन् । यही नै ‘त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएछ’ भन्नुको तात्पर्य हो ।

५. कवितामा ‘आमा’ र ‘छोरा’ के केका प्रतीकका रूपमा प्रयोग गरिएका छन्, छलफल गर्नुहोस् ।

उत्तरः नेपाली साहित्य जगतमा प्रथम गद्य कविको रूपमा स्थापित भएका कवि गोपालप्रसाद रिमाल, प्रेम, विकृति, विसंगतिलाई आफ्नो कविताको माध्यमबाट प्रस्तुत गरी आवाज उठाउने समाजसुधारक अभिव्यक्ति प्रस्तुत गर्ने कवि हुन् । यस ‘ आमाको सपना ‘ पनि यिनै चर्चित कविबाट लेखीएको हो । उनले यस कवितामा नेपाली समाजको निरंकुश शासनको, अन्याय, अत्याचार, शोषण, दमन, कुरीति, भ्रष्टाचार, विकृति, विसंगति रूपी फोहोरबाट दुर्गन्धित बनेको कुरा प्रष्ट पारेका छन् । नेपाली समाजमा परिवर्तन ल्याउन क्रान्ति गर्न आवश्यक रहेको भाव कवितामा आमा र छोराको संवादबाट व्यक्त गरिएको छ ।

राणाशासनको अन्त्यपछि देशमा आएको अस्थिरताको कारण देशमा निकै समस्या आएको र यसकै कारण देश विकासको गति पनि रोकिएको कविले बताएका छन् । वि.सं. २००० को आस पासमा रचना गरिएको यस कविताद्वारा कविले हाम्रो समाज राजनीतिक दुर्गन्धको जालमा फसिरहेको अवस्थामा रहेकोले त्यसलाई स्वस्थ तुल्याउन क्रान्ति गर्न पर्ने सन्देश व्यक्त गरेका छन् । शोषण, अत्याचार, दमन, कुरीति, विकृतिबाट पीडित भइएकी नेपाल आमाले परिवर्तनको आशा भावी सन्ततिबाट राखेको कुरा कवितामा आशावादी ढंगले प्रस्तुत गरिएको पाइन्छ। आफुले निरन्तर पाइरहेको बेदनाको कारण अब जन्मलिने हरेक सन्तानलाई वीर साहसी योद्धाका रूपमा हेर्ने अभिलाषा नेपाल आमाले राखेकी छिन् । तर त्यस किसिमको परिवर्तन आफ्नो वर्तमान सन्ततिबाट नभई आफ्नो भावी सन्ततीबाट मात्रै हुने र आफुले मुक्ति पाउने सशक्त भाव व्यक्त गरेकी छिन् ।

अन्ततः यस कवितामा कविले आमाको रूपमा नेपाल आमा र छोराको रूपमा जनतालाई देखाएका छन् । नेपाल आमाले आपनो जनताबाट बिरताको अपेक्षा गरेकी छिन । वर्तमानको जनता बाट आफुले आश गरेको पाउन नसकेपछि नेपाल आमाले अब आउने भावी सन्ततिहरूमा क्रान्तीको चेतना हुने र बिहानको सूर्य क्रान्तीको किरण छर्दै देशलाई राम्रो दिशातर्फ मोड्ने कुराको आशा गरेकी छिन् ।

६. कवितामा कस्तो परिवेशको चित्रण गरिएको छ, छलफल गरी उत्तर दिनुहोस् ।

उत्तरः आमाको सपना कवितासङ्ग्रह (२०१९) मा सङगृहित छ । यो कविता शारदा पत्रिकामा वि.स. २००० सालमा पहिलो पटक प्रकाशित भएको थियो । वि.सं. १९९७ सालको सहिदकाण्डपछि राजनीतिबाट प्रभावित भई नेपालमा प्रजातन्त्र स्थापनका लागि क्रान्तिको आहवान गरेर गोपालप्रसाद रिमाल द्वारा रचिएको यो कविता क्रान्ति चेतनाले भरिएको क्रान्तिकविता हो ।

आमा र छोराको संवाद जसरी रचित यस कवितामा कविले नेपाली समाज निरंकुश शासनको कारणले अन्याय र शोषण मा परेको बताएका छन् । २००७ सालको क्रान्तिको पूर्वगानका रूपमा रचिएको यस कवितामा कान्तिपूर्वका क्रान्ति प्रतिका आशङ्का र निरङकुशताको अन्त्य भई शोषणमुक्त प्रजातान्त्रिक समाजको निर्माण भई क्रान्तिका सपनाहरू परिपूर्ण हुने विश्वास व्यक्त गरिएको छ । राजनैतिक अस्थिरताको कारणले देशमा निकै समस्या आएको र यसको कारणले देशको विकासको गति रोकिएको कुरा कविले बताएका छन्। क्रान्ति बिना शान्ति हुँदैन र अधर्म, असत्य र अन्यायको अन्त्य धर्म, सत्य र न्यायको स्थापनाका निम्ति क्रान्ति अवश्यंभावी छ । एक न एक दिन क्रान्तिको आँधीबेहेरी, तुफान आई कुलरात्रीको अन्त्य भई सुनौलो बिहानीको आगमन भएरै छाड्छ भन्ने कटु सत्यलाई नेपाल आमाका माध्यमबाट यस कवितामा व्यक्त गरिएको छ । वि.स. २००० तिर लेखिएको यस कवितामा त्यतिबेलाको समाजको परिवेशको चित्रण गरिएको छ । सरकार राम्रो नभएको हुनाले देशमा हिंसा, हत्या, अत्याचार बढेको र देशलाई स्वस्थ बनाउनका लागि क्रान्ति आवश्यक भएको कविले बताएका छन् । तत्कालीन समयका युवालाई कविले कविताको माध्यमबाट अहिलेको पिँढीमा वीरताको कमी भएको भन्दै सचेत पारेका छन् । अबका पुरतालाई नयाँ जोश र जाँगरले नै देशमा क्रान्ति ल्याउन र देशको मुहार फेर्नका लागि कविताबाट आग्रह गरिएको छ ।

अतः यस कवितामा देश र जनताको मुक्तिका लागि क्रान्ति अवश्यम्भावी भएको अनि क्रान्तिप्रति संशय र आशङ्का भएको परिवेशका साथै जनतामा राजनीतिक सचेतना वृद्धि हुँदै गएको एवं निरङ्कुश शासनको विरुद्धमा विद्रोहको स्वर बुलन्द हुँदै गएको, प्रजातन्त्रप्रति आशावादी सोच पलाउँदै गएको, निरङ्कुशताका बिचमा पनि विद्रोहको स्वर गुञ्जायस अनि उकुसमुकुसको निरङ्कुश जहानियाँ राणाशासनकालको वातावरण र परिवेशको चित्रणसँगै क्रन्तिप्रतिको आशावादी दृष्टिकोण प्रस्तुत गरिएको पाइन्छ ।

७. ‘मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल मुसारिरहनुपर्ने छैन’कवितांशबाट कविले के भन्न खोजेका हुन्, आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस् ।
उत्तरः आमाको सपना कविता कवि गोपालप्रसाद रिमालको सर्वोत्कृष्ट रचना हो । नेपाली साहित्य जगतमा प्रथम गद्य कविको रूपमा स्थापित भएका गोपाल प्रसाद रिमाल प्रकृति, प्रेम, विकृति, विसङ्गतिलाई आफ्नो कविताको माध्यमबाट प्रस्तुत गरी आवाज उठाउने समाजसुधारक अभिव्यक्ति प्रस्तुत गर्ने कवि हुन् ।

आमा र छाराको संवाद जसरी रचित यस कवितामा कविले नेपाली समाज निरकुंश शासनको कारणले अन्याय र शोषणमा परेको बताएका छन । उनले यस कवितामा आमाले आफूले देखेको क्रान्तिको सपनाप्रति छोराको संशय निवारण गरी विश्वास दिलाएकी छिन् । आजसम्म क्रान्तिपुत्र जन्मन नसकेको तर । भविष्यमा जन्मने त्यो क्रान्तिपुत्र हिउँ र आगोभन्दा पनि बढ्ता छोइने महान् क्रान्तियोद्वा हुने छ जसले क्रान्तिको नेतृत्व गरी क्रान्तिको आँधीबेहरी ल्याउने छ, त्यस अवस्थामा नेपाल आमाका सन्ततिहरु निरङ्कुशताका विरुद्ध प्राणको बाजी थापी क्रान्तिमा होमिने छन् । सारा नेपालीको रगत उम्लने छ अनि नसानसामा देशभक्ति भाव सल्बलाउने छ । यस अवस्थामा । नेपाल आमाले रोगीलाई ॐ सन्तानको कपाल मुसारिरहनुपर्ने अवस्था हुँदैन । आमालाई सान्त्वना दिँदै कुशासनको । अन्त्यका लागि सङ्ग्राममा जान लालायित हुने छन् । नेपाल आमालाई निरङ्कुशताको जञ्जीरबाट मुक्ति दिलाई देशमा । प्रजातन्त्र ल्याउनका लागि नेपाल आमाका सन्तानहरु क्रान्तिमा होमिने छन् ।अन्ततः यस वाक्यबाट कविले अब आउने भाबी पुस्ता क्रान्ति ल्याएपछि त्यस क्रान्ति पछिका सम्पूर्ण नेपाली जनताहरू धेरै अगी बढ्नेछन् र रोगी झै भएर बस्ने छैनन् अनि आफ्नो हकको लागि आवाज उठाउने छन् भनेर व्यक्त गर्न खोजेको हुन् । (alert-warning)

८. ‘आमाको सपना’ कवितामा कविले क्रान्ति किन र कसरी आउने कल्पना गरेका छन्, दिइएका बुँदालाई समेत आधार बनाई समीक्षात्मक प्रतिक्रिया लेख्नुहोस् :

(क) शीत जस्तै टल्कने एक हतियार कम्मरमा झुन्ड्याएर

(ख) बिहानको सूर्य झैँ उज्यालो छर्दै

(ग) हिउँ र आगोभन्दा बढ्ता छोइने भएर

(घ) हुरी भएर 

(ङ) जनताले उसलाई पात भएर पछ्याउनुपर्ने स्थितिको सिर्जना गरेर

(च) अधर्मसित लड्न 

(छ) आमाको सपना साकार पार्न

(ज) जनताले जीवनरक्षाका लागि अर्को आश्रय खोज्नुपर्ने अवस्थाको अन्त्य गर्न 

(झ) सम्पूर्ण जनतालाई स्वतन्त्रता दिलाउन (alert-warning)

उत्तरः आमाको सपना कविता कवि गोपालप्रसाद रिमालको सर्वोत्कृष्ट रचना हो । यस कवितामा कविले नेपाली समाजको निरंकुश शासनको अन्याय, अत्याचार, शोषण, दमन, कुरीति, भ्रष्टाचार, विकृति, विसंगति रुपि फोहारबाट दुर्गन्धित बनेको छ र नेपाली समाजमा परिवर्तन ल्याउन, क्रान्ति गर्न आवश्यक रहेको भाव कवितामा आमा र छोराको संवादबाट प्रष्ट पारेका छन् ।

आमाको सपना कविता एक क्रान्तिकारी भाव जगाउने कविता हो । वि.सं 2000 को आसपासमा सिर्जना गरिएको उक्त कविताले राणाशासन पछि राजनैतिक पहिस अस्थिरताका कारण देश पछि परेको समयमा जनतालाई उर्जाशिल भएर देश विकासमा लाग्न अनुरोध गरेका छन् । निरङकुश शासनको अन्याय र अत्याचारलाई चिरेर सुन्दर भविष्यको कल्पना गर्न क्रान्ति चाहिएको हो भनेर कविले आमाको माध्यमबाट कवितामा प्रस्तुत गरेका छन् । नेपाल आमालाई आशावादी रहेको देखाएर आउने पुस्ता हावाको भन्दा चर्को बेग हुने र बिहानको सूर्य जस्तो विकराल र उज्यालोको क्रान्ति हुँदै आउने कुरा कवितामा गरिएको छ ।

अन्ततः कवितामा कविले नेपाल आमालाई निरङ्कुशताको जञ्जीरवाट मुक्ति दिलाउनुका साथै नेपाली जनताले जीवन रक्षाका लागि अर्को आश्रय खोज्नुपर्ने अवस्थाको अन्त्य गरी | सम्पूर्ण जनतालाई स्वतन्त्रता दिलाउन र समतामूलक समाजको निर्माण गरी आमाको समृद्धिको सपना साकार पार्न आउने कल्पना कविले आमाका माध्यमबाट प्रकट गरेका छन् ।

९. आमाको सपना के हो र त्यो कसरी साकार हुन सक्छ, ‘आमाको सपना’ कविताका आधारमा समीक्षात्मक उत्तर लेख्नुहोस् ।
उत्तरः नेपाली कविताका प्रथम गद्य कवि गोपालप्रसाद रिमाल (वि.सं. १९७५-२०३०) द्वारा रचित ‘आमाको सपना’ नामक कविता राष्ट्र प्रेमको भावनाले ओतप्रोत र उत्कृष्ट क्रान्तिकारी विचार अभिव्यक्त भएको कविता हो । उनका कवितामा नेपाली समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण, दमन, कुरीति, भ्रष्टाचार आदिका विरुद्धमा क्रान्तिकारी आवाज उठाइएको पाइन्छ । ‘आमाको सपना’ कवितामा कविले नेपाली समाज निरङ्कुश रासकको अव्याय, अत्याचार, विकृति, विसङ्गति रूपी फोहोरबाट दुर्गान्दित बनेको छ र यसलाई स्वस्थ तुल्याउन क्रान्ति गर्न आवश्यक रहेको भाव कवितामा उपस्थित आमा र छाराको बिचको संवादको माध्यमबाट व्यक्त गरेका छन् ।

कवितामा अभिव्यक्त विषयवस्तुका आधारमा आमाको सपना क्रान्ति तथा परिवर्तन हो । निरङकुशता अन्याय, अत्याचार, विकृति, विसङ्गति आदिको अन्त्य गर्दै जनतालाई स्वतन्त्रता दिलाउनका साथै आफ्ना सन्तान निडर, आत्मविश्वासी र स्वाबलम्बनका सपना आमाले देखेकी छिन । क्रान्ति आउने कुरामा आमाको आशावादी दृष्टिकोण कवितामा प्रस्तुत गरिएको छ । नेपाल आमाले शिशुकै कलिलो मुहारमा क्रान्तिको छाप देख्न चाहन्छिन् र बालकको तोते बोलीमा क्रान्तिपुरुषका मदुरवाणी सुन्न चाहन्छिन् । यस कवितामा नेपाल आमाले आफ्नै सन्तानलाई वीर योद्धा बनाएर क्रान्तिकारी गीत घन्काउन चाहेको भाव पनि व्यक्त भएको देखिन्छ । क्रान्तिको अवतरण भएपछि क्रान्ति चेतना शून्य शिशु पनि यसको अनुयायी हुनेछ अनि क्रान्तिको विगुल पुगेपछि सत्यमाथि हुने अन्याय, अत्याचार विरुद्ध सबै जनताहरू लागि पर्नेछन् । समाजमा विद्यमान अन्याय, अत्याचार विरुद्ध सबैलाई क्रान्तिमा होमिन आह्वान गर्ने उद्देश्यले यस कवितामा विस्तार भएको छ ।

अन्ततः आमाले आफूले निरन्तर पाइरहेको वेदनाको कारण अब जन्मलिने हरेक सन्तान, साहसी योद्धाको रुपमा हेर्ने अभिलाषा कविले राखेका छन् तर त्यस किसिम‌को परिवर्तन आफ्नो वर्तमान सन्ततिबाट नभई आफ्नो भावी सन्ततिबाट मात्र हुने र आफूले मुक्ति पाउने सशक्त भाव कवितामा व्यक्त गरेका छन् ।

१०. दिएको अनुच्छेद पढी सोधिएको प्रश्नको छोटो उत्तर दिनुहोस् :

वाक्यमा प्रयुक्त पदको निश्चित क्रम हुन्छ । कुनै पनि भाषाका नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियाविशेषण आदि शब्द वाक्यमा प्रयोग भइसकेपछि तिनलाई पद भनिन्छ । यिनै पदको रखाइ क्रम नै पदक्रम हो । भाषामा धेरै किसिमका पद भए पनि तिनले वाक्यमा प्रयुक्त हुँदा सम्पन्न गर्ने मुख्य कार्यका आधारमा कर्ता, कर्म र क्रिया गरी तीन प्रकारमा राखेर अध्ययन गरिन्छ । संसारका प्रत्येक भाषाका वाक्यमा प्रयुक्त कर्ता, कर्म, क्रियाको निश्चित क्रम हुन्छ । यसैले पदक्रमका आधारमा संसारका भाषाको वर्गीकरण गर्न सकिन्छ र गरिएको पनि छ । पदक्रमका आधारमा संसारमा छ किसिमका भाषा रहेका छन् । नेपाली, मैथिली, संस्कृत, हिन्दी, जापानी, कोरियन, मङ्गोलियन आदि भाषा कर्ता, कर्म र क्रियाको क्रम भएका भाषा हुन् । अङ्ग्रेजी, चाइनिज, रसियन, स्पेनिस, जर्मन, बुल्गेरियन, मेसाडोनियन आदि कर्ता, क्रिया र कर्मको क्रम भएका भाषा हुन् भने वेल्स, आइरिस, फिलिपिनो र बाइबलिक हिब्रु भाषा क्रिया, कर्ता, कर्मको क्रम भएका भाषा हुन् । फिजियन, मलागसी, तोबा, गिल्बर्टिज आदि भाषामा चाहिँ क्रिया, कर्म र कर्ताको क्रम रहेको हुन्छ । कर्म र क्रिया, कर्ता र कर्म, कर्ता र क्रियाको क्रम भएका भाषा भने अत्यन्तै कम छन् । ब्राजिलको हिक्ज्यारियाना भाषा कर्म, क्रिया, कर्ता र भेनेजुएलाको बाराओ भाषा कर्म, कर्ता र क्रियाको क्रम भएका भाषा हुन् । यस किसिमको पदक्रमलाई सामान्य पदक्रम वा व्याकरणिक पदक्रम भनिन्छ । साहित्यिक भाषामा व्याकरणिक पदक्रममा आएका पद निश्चित उद्देश्यले राखिएका हुन्छन् । यस्ता पद विशेष गरी स्रष्टाको भनाइमा जोड दिन वा शीर्ष बन्न प्रयोग हुन्छन् । नेपालीमा कर्ता, कर्म र क्रियाको क्रममा विचलन भएको पदक्रम आलङ्कारिक वा विशिष्ट पदक्रम हो । यस्तो पदक्रममा व्याकरणलाई भन्दा भावलाई प्रधानता दिइन्छ । (alert-success)

(क) पदक्रमका आधारमा संसारका भाषालाई कति प्रकारमा वर्गीकरण गरिएको छ ?
उत्तरः पदक्रमका आधारमा संसारका भाषालाई ६ प्रकारमा वर्गीकरण गरिएको छ ।

(ख) नेपाली र अङ्ग्रेजी कस्तो कस्तो पदक्रम भएका भाषा हुन् ?
उत्तरः नेपाली कर्ता, कर्म र क्रिया र अङ्ग्रेजी कर्ता, क्रिया र कर्मको पदक्रम भएका भाषा हुन् ।

(ग) व्याकरणिक पदक्रम र आलङ्कारिक पदक्रममा के भिन्नता छ ?
उत्तरः व्याकरणिक पदक्रममा कर्ता, कर्म र क्रियाको निश्चित क्रमवद्धतामा वाक्यात्मक संरचना हुन्छ भने आलङ्कारिक पदक्रममा स्रष्टाले भनाइमा जोड दिन वा शीर्ष बन्न कर्ता, कर्म र क्रियाको क्रमबद्धतालाई भड़ गरी पदको प्रयोग गर्दा विचलन भएको हुन्छ ।

(घ) भाषामा विचलन किन हुन्छ ?
उत्तरः भाषामा प्रधानाता दिन भाषामा विचलन हुन्छ ।

११. दिइएको कवितांश लाई सामान्य पदक्रममा रुपान्तरण गर्नुहोस र कवितांशले भन्न खोजको कुरा के हो छलफल गरी उत्तर दिनुहोस् :

उत्तरः तिमी सत्य कुरालाई यसरी चुम्बकिएर कथा सुने झैँ सुन्ने छैनौ । तिमी त्यसलाई आफैँ नै देख्न सक्ने, सहन सक्ने र ग्रहण गर्न सक्ने हुने छौ । तिमी मैले यसरी धैर्य दिनुको सट्टा सङ्ग्राममा जाँदा लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई सान्त्वना दिँदै विदा हुने छौं ।

सुनाइ र बोलाइ

१. सुनाइ पाठ १ सुन्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) नदीहरू किन छक्क परे ?
(अ) आफू जत्रै खोला देखेर (आ) विचित्र स्वरूपका मान्छे देखेर
(इ) एउटा माछाले अर्को माछालाई निलेको देखेर (ई) आफू जस्तै अर्को नदी देखेर
(ख) दुई नदीका बिच के के कुरामा समानता छ ?
(अ) सङ्घर्ष, सङ्गीत र व्यथा (आ) सङ्घर्ष, सङ्गीत र सपना 
(इ) सुख, समृद्धि र सपना (ई) सुख, समृद्धि र स्वभाव 
(ग) दुई नदी किन सँगसँगै बग्न थाले ?
(अ) सुखदुःखका भावना साटासाट गर्न (आ) एकअर्कासित कुराकानी गर्दै रमाउन
(इ) सँगसँगै मिलेर बाँकी यात्रा पूरा गर्न (ई) अरूलाई सहयोग गर्न
उत्तरः यसको लागि शिक्षकको सहयोग लिनुहोस् ।
२. सुनाइ पाठ १ सुन्नुहोस् र त्यसमा दोभानमा दुई नदीको भेट हुनुपूर्व र भेट भइसकेपछिको  अवस्थाको वर्णनबाट जीवनको कुन सन्दर्भलाई व्यक्त गरिएको छ, आफ्नो  व्यक्त प्रतिक्रिया गर्नुहोस् ।
उत्तरः यसको लागि शिक्षकको सहयोग लिनुहोस् ।

 भाषातत्व

१. तलको तालिकामा दिइएका शब्दको उच्चारण गर्नुहोस् र तिनको अक्षर संरचना तथा अक्षरको बनोट हेर्नुहोस् । तालिकामा दिइए झैँ माथिको ‘मधुर उषाले .... आमा’ कवितांशमा आएका शब्दको अक्षर संरचना, अक्षरको बनोट तथा अक्षर सङ्ख्या देखाउनुहोस् :

शब्द (लेख्य रूप)

कथ्य रूप

अक्षर संरचना

अक्षरको बनोट

अक्षर सङ्ख्या

स्व

आठ

आठ्

आठ्

स्वव्य

ऐन

ऐन्

अइन्

स्व (द्विस्व) व्य

जा

जा

ज्आ

व्यस्व

पढ्

पढ्

प्अढ्

व्यस्वव्य

त्यो

त्यो

त्य्ओ

व्यव्यस्व

प्वाल

प्वाल्

प्व्आल्

व्यव्यस्वव्य

स्त्री

स्त्रि

स् त् र् इ

व्यव्यव्यस्व

प्ल्यात

प्ल्यात्

प्ल्य्आत्

व्यव्यव्यस्वव्य

माथिका उदाहरणमा एउटा अक्षरमा एकभन्दा बढी व्यञ्जन आए पनि स्वर चाहिँ एउटा मात्र आएको छ । यसर्थ अक्षरमा स्वर एक्लै पनि रहन सक्छ र त्यसका अघि वा पछि वा अघिपछि दुवैतिर व्यञ्जन वर्ण आउन सक्छन् । स्वर वर्ण स्वतन्त्र रूपमा उच्चारण हुने भएकाले यी सासको एक झोक्कामा उच्चारण हुन्छन् । अक्षर भनेको सासको एक झोक्कामा उच्चारण हुने भाषिक एकाइ हो । ‘ऐन’ शब्दमा दुईओटा स्वर छन् । यसमा आएका दुवै स्वर सासको एक झोक्कामा उच्चारण हुने भएकाले अक्षर सङ्ख्याका दृष्टिले एउटै हो । यस्ता स्वरलाई द्विस्वर भनिन्छ ।
२. तलको तालिकामा दिइएका शब्दको उच्चारण गर्नुहोस् र तिनको अक्षर संरचना तथा सङ्ख्या हेर्नुहोस् । तालिकामा दिइए झैँ माथिको ‘मेरो काखमा .... सुन्ने छैनौ’ कवितांशमा आएका शब्दको उच्चारण गर्नुहोस् र तिनको अक्षर संरचना, अक्षरको बनोट तथा सङ्ख्यासमेत देखाउनुहोस् 
माथिको तालिकामा दिइएका अधिकांश शब्दका लेख्य रूप र कथ्य रूप भिन्नाभिन्नै छन् । यसर्थ नेपाली भाषामा शब्दको लेखाइअनुसार उच्चारण हुन सक्ने स्थिति छैन । यस्तै नेपाली भाषामा लेख्य रूपमा रहेका कतिपय वर्णको उच्चारण सोहीअनुसार हुँदैन । नेपाली भाषामा लेख्य रूपमा रहेका दीर्घ ‘ई’, ‘ऊ’ को ह्रस्व ‘इ’ ‘उ’, ‘ऋ’ को ‘रि’, ‘ऐ’ को ‘अइ’ ‘औ’ को ‘ अउ’ (द्विस्वर) यस्तै व्यञ्जन वर्ण ‘श’ ‘ष’ को ‘स’, ‘ञ’ को ‘न्’ र ‘ण्’ को ‘न्’, ‘वा ‘डँ’ को उच्चारण हुन्छ ।
तालिकामा एकदेखि नौ अक्षरसङ्ख्या भएका शब्द छन् । शब्दबाट अक्षर खण्डीकरण गर्न थोप्लो (.) चिह्नको प्रयोग गरिएको छ । यसैले एक अक्षर भएका शब्दमा थोप्लो चिह्नको प्रयोग भएको छैन । अक्षर संरचना देखाउँदा दोहोरो तिर्यक् (/ /) भित्र राखिन्छ । त्यसमा प्रयुक्त स्वरव्यञ्जन वर्णलाई छुट्याएर वा नछुट्याई दुवै तरिकाले देखाउन सकिन्छ । माथिको तालिकाको कोष्ठमा स्वरव्यञ्जन वर्ण छुट्याएर अक्षर संरचना देखाइएको छ ।
३. तलका शब्दको उच्चारण गर्नुहोस् र लेखाइ र उच्चारणमा भएको अन्तर पहिचान गर्नुहोस् :
४. अनुच्छेदमा दिइएकामध्ये तीन र चार अक्षर सङ्ख्या भएका पद टिपोट गरी तिनको उच्चारण  गर्नुहोस् र अक्षर संरचनासमेत देखाउनुहोस् :
म र डोल्मा विद्यालय जाँदै थियौँ । हाम्रो घरबाट विद्यालय पुग्न करिब १५ मिनेटको पैदल हिँड्नुपथ्र्यो । बाटामा अकस्मात् पानी प¥यो । डोल्माले पानी पर्न सक्छ भनेर झोलामा छाता राखेकी रहिछन् भन्ने कुरो उनले छाता झिकेपछि मात्र मलाई थाहा भयो । छाताले थाम्न नसक्ने गरी पानी प¥यो । हामी ओत लाग्यौँ । डोल्मासँग यात्रा गर्दा मलाई असाध्यै रमाइलो लाग्छ । उनी पढाइमा मात्र होइन गफ गर्न र कथा भन्न पनि त्यत्तिकै सिपालु छिन् । बाटामा हिँड्दा पनि उनी विभिन्न कथा सुनाउने गर्छिन् । आज पनि आफ्नो देशका बारेमा उनीसित कुराकानी भयो । उनी सधैँ भन्ने गर्छिन्, “ज्ञान पुस्तकमा मात्र सीमित हुँदैन र पढ्ने पढाउने कुरा पनि विद्यालयमा मात्र सीमित हुँदैन । काम गराइ र भोगाइबाट जीवनमा ज्ञान प्राप्त हुन्छ ।’’ उनको कुराबाट म सधैँ केही न केही प्रेरणा लिइरहेकै हुन्छु ।
५. दिइएका शब्दलाई उदाहरणमा देखाए जस्तै गरी अक्षर छुट्याएर शुद्ध उच्चारण गर्नुहोस् :
जस्तै : सिर्जनाशक्ति /सिर्.ज.ना.सक्.ति/
बिहान, अधर्म, हँसाइ, यौवन, सान्त्वना, सत्य, हृदय 
६. दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
कृषीक्षेत्रलाई प्राथमीकतामा नराखून्जेल भोकमरिको समस्या समाधान हून सक्ने स्थिती छैन । विश्वव्यापिकरण र उदारिकरणको अवधारणाबाट मुलतः यस क्षेत्रमा पर्भाव परेको छ । अविकसीत देशको अर्थतन्त्रमा यो क्षेत्र नै एक मात्र आधारस्तम्भ रहने हूँदा पनि त्यस्ता मुलुकहरूले यस मूद्दालाई चर्कै रूपमा ऊठाउने गरेका छन् ।

सिर्जना र परियोजना कार्य

१. दिइएका कविता र गजल पढ्नुहोस् । लय र संरचनाका दृष्टिले यिनीहरूमा रहेका भिन्नता एक अनुच्छेदमा लेख्नुहोस् :
(क) पद्य कविता
                      धृतराष्ट्र 
जो हाँस्छन्, व्यङ्ग्य गर्छन् जो विकलाङ्गहरूप्रति 
लाग्छ ती गर्दछन् व्यङ्ग्य सारा मानवताप्रति । 
कोही चाहेर बन्दैन अपाङ्ग कहिल्यै पनि 
पाएको जिन्दगीलाई घृणा गर्दैन तैपनि ।
स्विकार्छ जिन्दगीका ऊ सुखदुःखहरू सबै 
होलान् अभाव भाग्दैन जिन्दगीबाट ऊ कतै ।
यहीँ लड्छ, यहीँ भिड्छ, जे गर्नुपर्छ, गर्छ ऊ 
जोगाई अस्मिता आफ्नो चाहन्छ तर बाँच्न ऊ ।
अपाङ्गहरूमा हुन्छन् आफ्नै विशिष्टता पनि 
नाघ्न सक्छन् कुनै वेला सीमा आश्चर्यका पनि ।
सबलाङ्गहरू ठान्छन् जसलाई असम्भव 
त्यही अपाङ्गका लागि बन्न सक्तछ सम्भव ।
नहुँदैमा कुनै अङ्ग सिद्धिदैनन् सबै कुरा 
इच्छाशक्ति भए हुन्छन् मान्छेका सपना पुरा ।
- घनश्याम कँडेल (alert-success)
(ख) गद्य कविता
       धर्ती
आकाशसँग 
मेरो आफ्नो कुनै साइनो थिएन 
घाम, जून 
ताराहरूसँग पनि नाता थिएन 
जब मैले धर्तीलाई आफ्नो बनाएँ 
एक टुक्रा माटासँग 
साइनो जोडेँ 
त्यसभन्दा धेरै ठुलो आकाश 
अनि उषा र सूर्योदय 
सन्ध्या, जून र ताराहरू 
सबै सबै नै मेरा भए ।
 सुलोचना मानन्धर
(ग) गजल 
                जिन्दगी
सुन झैँ हजारचोटि खारे पो जिन्दगी हो
कुन बेहोसीले भन्छ हारे पो जिन्दगी हो ?
गमलामा फूल सा¥यौ खासै कमाल के भो ?
बाँझो भूमिमा बिरुवा सारे पो जिन्दगी हो ।
हो, काल चन्चले छ आफ्नै लहडमा चल्छ
त्यसलाई च्याप्प छोपी नारे पो जिन्दगी हो 
औँला समाती खोली तार्न सजिलो हुन्छ
तुफानबाट डुङ्गा तारे पो जिन्दगी हो ।
अर्को जन्म कसैले देख्यो न देख्न सक्छ
यही जिन्दगीमै बाजी मारे पो जिन्दगी हो ।
- बुँद राना (alert-success)
 
२. विद्युतीय सञ्चार माध्यममा प्रकाशित एउटा सामाजिक गद्य कविता सङ्कलन गरी कक्षामा  सुनाउनुहोस् र त्यसले दिएको सन्देशका बारेमा छलफल गर्नुहोस् ।
उत्तरः
           सिकायत

आउ सुन सिकायतहरु
मेरो सिकायत
उस्को सिकायत
हाम्रो सिकायत
आउ सुन,आउ
आउ मशाल बालेर
औलाका टुप्पाहरुमा
कसैको झुपडी दहनमा
खेरफाल्ने आगाका लप्काहरुले
आफ्नै अध्यारो खोपामा
दियालो किन सल्काउँदैनौ ?
उज्यालो युगमा
अन्धकार मगज बोकेको मान्छे तिमी
खोपडीको अध्यारोले आँखाको ज्योति ढाकिरहेछ
तिमी देख्नै सक्दैनौ
मानवीय सम्बेदनाभरी
एक जोडी ओठ तन्किंदा
हृदयको घडा छचल्किएर
जिन्दगीको मुस्कान छरिनुपर्ने हो
तर,
तर तिमी जलन हाँस्छौ
तिमी इर्ष्या र क्षोभ हाँस्छौ
तिमी षड्यन्त्र हाँस्छौ
ओठका कलेटीहरुमा
सहानुभूतिको लिउन लेपेर,
अनमोल खुशीहरु तिम्रै छातीमा डढिरहेछ
तिमी हाँस्नै सक्दैनौ,,
सभ्यताको फराक फाँटमा
गर्हा, सुर्का र डिलैभरि
अनी यताउताका कान्लाकुन्लिमा
मानव विश्वासको बेर्ना रोपेपछी
आत्मियताको लालिगुराँस फक्रिनुपर्ने हो
तर तिमी स्वार्थ सिँच्छौ
तिमी द्वेष झरी बर्साउँछौ
प्रतिशोधको पानी बोट बोटमा पुर्याउँछौ
भरोसाको हजारीमा भरेर,
दौँतरी भावनाहरु तिम्रै करेसामा कुहिरहेछ
तिमी फक्रिनै सक्दैनौ
अनी सम्झ अझ
सिकायतमाथि सिकायत हुनेछ
भैरहनेछ
अझै धेरै सिकायत ।
- डा. खगेन्द्र लुईटेल  (alert-success) 
CreditPuspa Shrestha (This notes were prepared with the help of Puspa Shrestha's blog. Please visit Puspa Shrestha's blog for viewing other awesome guides.) (alert-success)

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top