पाठ - ६ अपरेटिङ सिस्टम (Operating System) | कम्प्युटर शिक्षा कक्षा ७

पाठ - ६ अपरेटिङ सिस्टम (Operating System) | कम्प्युटर शिक्षा कक्षा ७

पाठ - ६ अपरेटिङ सिस्टम (Operating System)
पाठ - ६ अपरेटिङ सिस्टम (Operating System)

परिचय

कम्प्युटर प्रणाली तथा यसका सम्पूर्ण हार्डवेयरहरूलाई नियन्त्रण तथा सञ्चालनमा ल्याउन मद्दत गर्ने प्रोग्रामहरूको समूह वा सङ्ग्रहलाई अपरेटिङ सिस्टम (operating system) भनिन्छ । अपरेटिङ सिस्टमविना कम्प्युटर सिस्टम सञ्चालन गर्न सकिँदैन । एमएस डस (MS-DOS), विन्डोज (Windows 95, 98, ME, VISTA, XP, 7, 8), Windows (2000, 2003, 2008), UNIX, LINUX, Android आदि अपरेटिङ सिस्टम हुन् ।
अपरेटिङ सिस्टम लेयर (Layer of Operating System)

अपरेटिङ सिस्टमले गर्ने मुख्य कार्यहरू (Functions of Operating System)

(क) डिस्क व्यवस्थापन (Disk Management)
(ख) उपकरण व्यवस्थापन (Device Management)
(ग) मेमोरी व्यवस्थापन (Memory Management)
(घ) फाइल र फोल्डर व्यवस्थापन (File and Folder Management)
(ङ) सुरक्षा व्यवस्थापन (Security Management)

अपरेटिङका किसिमहरू (Types of Operating System)

अपरेटिङ सिस्टम दुई प्रकारका हुन्छन् :

(क) सिगल युजर अपरेटिङ सिस्टम (Single User Operating System)

एउटा कम्प्युटर सिस्टममा इन्स्टल (install) गरिएको अपरेटिङ सिस्टमबाट एक पटकमा एउटा प्रयोगकर्ताले मात्र कार्य गर्न सक्ने कम्प्युटरलाई सिङ्गल युजर अपरेटिङ सिस्टम (single user operating system) भनिन्छ। उदाहरण : एमएस डस (MS-DOS), विन्डोज (Windows 95, 98, ME, VISTA, XP, 7) आदि।

(ख) मल्टी युजर अपरेटिङ सिस्टम (Multi User Operating System)

एउटा कम्प्युटर सिस्टममा इन्स्टल (install) गरिएको अपरेटिङ सिस्टमलाई एकै पटकमा धेरै प्रयोगकर्ताहरू (operators) ले कार्य गर्न सक्ने कम्प्युटरलाई मल्टी युजर अपरेटिङ सिस्टम (multi user operating system) भनिन्छ । उदाहरण : युनिक्स (UNIX), लिनक्स (LINUX), विन्डोज (Windows NT, 2000, 2003, 2008) आदि ।

बुटिङ (Booting)

कम्प्युटर सिस्टममा सुरक्षित गरिएको अपरेटिङ सिस्टमका मुख्य मुख्य फाइलहरू मेमोरी (memory-RAM) मा लोड (load) हुनुलाई बुटिङ भनिन्छ।
बुटिङका प्रकारहरू (Types of Booting):

(क) कोल्ड बुट (Cold Booting)

कम्प्युटर सिस्टम (computer system) लाई पावर बटन थिचेर सुचारु गर्नुलाई कोल्ड बुट (cold boot) भनिन्छ।

(ख) वार्म बुटिङ (Warm Booting)

कहिलेकाहीं कम्प्युटरमा काम गर्दा एक्कासि रोकिन्छ (hang), त्यस अवस्थामा कम्प्युटर सिस्टमलाई तिन ओटा संयुक्त कि (CTRL+ALT+DEL) किबोर्डमा थिचेर सुचारु गर्नुलाई वार्म बुट (warm boot) भनिन्छ।

डेस्कटपको परिचय (Introduction to Desktop)

कम्प्युटर बुटिङ (booting) भई कार्यहरू गर्नका लागि सुचारु हुने स्क्रिनलाई डेस्कटप (desktop) भनिन्छ । साथै स्क्रिनमा माउस पोइन्टर (mouse pointer), आइकन (icon), वालपेपर (wallpaper टास्कबार (taskbar) हरू देखिन्छ ।
डेस्कटप (Desktop)
डेस्कटप (Desktop)

डेस्कटपका आइकनहरू (Desktop Icons)

  • कम्प्युटर आइकन (My Computer/My PC) : डेस्कटपमा देखिने एक प्रकारको कम्प्यूटर जस्तो आइकन हो। यसभित्र कम्प्युटरमा भएका ड्राइभहरू (drives), फोल्डर तथा फाइलहरू (folder and files) हरू हेर्न सकिन्छ।
  • रिसाइकल बिन (recycle bin) : यसमा हटाएका (delete) फोल्डर र फाइलहरू। रहन्छन् । यसलाई पुन: आफ्नो ठाउँ (restore) मा ल्याउन सकिन्छ । तर रिसाइकल बिन खाली गरेको हुनु हुँदैन।
  • नेटवर्क (network) : यसभित्र आपसमा जोडिएका कम्प्युटरहरूको नाम हुन्छ । साथै सेयर गरेका फोल्डर र डिभाइसहरू पनि हेर्न सकिन्छ ।
  • सर्टकट (shortcut): यो लिन्क फाइल हो। कुनै पनि फाइल, फोल्डर र प्रोग्रामलाई कम समयमा खोल्न यसको प्रयोग गरिन्छ । कनै पनि आइकनको बायाँतिर देखिने एक प्रकारको वाण (arrow) सङ्केत भएको आइकन सर्टकट हो।

टास्कबार (task-bar):

स्टार्ट (start) बटन, घडी (clock) अवस्थित रेखीय चित्रलाई टास्कबार भनिन्छ । यो बार स्क्रिनको तल्लो भागमा हुन्छ, यसमा खोलेका प्रोग्रामहरू हुन्छन् ।

फाइल र फोल्डर (file & folder)

कम्प्युटरमा प्रोग्राम खोली टाइप गरिसकेपछि भन्डारण गर्ने कार्यलाई फाइल (file) भनिन्छ । भन्डारण गरिएको फाइल भविष्यमा पनि प्रयोग गर्न सकिन्छ । फाइलको नाम टाइप गर्दा बढीमा २५५ ओटा अक्षरहरू लेख्न सकिन्छ।
Files and Folders
विन्डोज (windows) मा फाइलहरूको समूह (group of file) लाई एउटै नामभित्र व्यवस्थित रूपमा भन्डारण गर्नेलाई फोल्डर भनिन्छ । एउटै फोल्डरभित्र थुपै सहायक फोल्डर (sub folder) र फाइलहरू भन्डारण गर्न सकिन्छ ।

फाइलका विशेषताहरू (Features of File)

(क) खोल्न (open) सकिन्छ।
(ख) कपी (copy), कट (cut) गरी पेस्ट (paste) गर्न सकिन्छ ।
(ग) हटाउन (delete) सकिन्छ ।
(घ) नाम परिवर्तन (rename) गर्न सकिन्छ।
(ङ) प्रिन्ट (print) गर्न सकिन्छ।
(च) इमेल (email) गर्न सकिन्छ।
(छ) डिभिडी (DVD) मा कपी गर्न सकिन्छ।

फोल्डर निर्माण विधि

१. स्टार्टमा क्लिक गरी अल प्रोग्रामबाट एमएस वर्डमा क्लिक गर्ने
२. एमएस वर्डको नयाँ फाइलमा आफूले चाहेको कुरा टाइप गर्ने
३. अब टाइप गरिसकेको डकुमेन्टलाई सेभ गर्ने । यसका लागि प्रोग्राम मेनुबाट सेभ गर्ने वा किबोर्डको 'Ctrl+S' थिचेर पनि सेभ गर्न गर्न सकिन्छ । यसरी सेभ गर्दा मोनिटरमा एक प्रकारको
सेभ गर्ने ढाँचा वा फर्मेटको चित्र देखाएको जस्तो देखिन्छ।
फोल्डर निर्माण विधि
फोल्डर निर्माण विधि
४. उक्त सेभ गर्ने ढाँचाको माथिल्लो बायाँतिर एउटा न्यु फोल्डर भन्ने आइकन देखिन्छ । सो फोल्डरमा क्लिक गरेपछि एउटा नयाँ फोल्डर बन्छ । यस्तो फोल्डर केवल नयाँ प्रोग्रामको  नयाँ फाइललाई सेभ गर्दा मात्र देखा पर्दछ अथवा पुरानो फाइललाई सेभ एज गर्दा मात्र आउँछ । तर पुरानो फाइललाई केवल सेभ गर्दा यस्तो अप्सन आउँदैन ।
५. उक्त निर्माण गरिएको नयाँ फोल्डरको नामकरण गरी त्यसभित्र विभिन्न फाइल, डकुमेन्ट वा चित्रहरू राख्न सकिन्छ । यसरी निर्माण गरिएको फोल्डरलाई D: वा C: वा E: ड्राइभ वा डेस्टपमा पनि राख्न सकिन्छ ।

प्रयोगात्मक कार्य (Practical Work)

१. फोल्डर बनाउने तरिका

(अ) कम्प्युटर आइकनमा दुई पटक क्लिक गर्ने
(आ) D: ड्राइभभित्र जाने
(इ) माउसको दाहिने बटन क्लिक गर्ने
(ई) नयाँ (new) मा जाने र फोल्डर (folder) मा क्लिक गर्ने
(उ) फोल्डर (folder) को नाम टाइप गर्ने

२. फाइल वा फोल्डर रिनेम गर्ने तरिका

(अ) फाइल वा फोल्डरलाई क्लिक गर्ने
(आ) माउसको दायाँ (right) बटन क्लिक गर्ने
(इ) रिनेम (rename) option लाई सेलेक्ट गर्ने
(ई) अर्को नाम टाइप गर्ने

३. फाइल वा फोल्डर डिलिट गर्ने तरिका

(अ) फाइल वा फोल्डरलाई क्लिक गर्ने
(आ) माउसको दायाँ (right) बटन क्लिक गर्ने
(इ) डिलिट option मा क्लिक गर्ने

४. फाइल बनाउने तरिका

(अ) स्टार्ट (start) मा क्लिक गर्ने
(आ) अल प्रोग्राम्स (all programs) मा जाने
(इ) प्रोग्राम (program) भित्र कुनै प्रोग्राममा क्लिक गर्ने
(ई) टाइप गर्ने
(उ) सेभ (save) आइकन (icon) मा क्लिक गर्ने
(ऊ) D: वा E: ड्राइभ छान्ने
(ए) फाइलको नाम टाइप गर्ने
(ऐ) सेभ (save) बटन (button) मा क्लिक गर्ने

डाइरेक्टरी तथा फोल्डर (Introduction to Directory and Folder)

एमएस डस (MS-DOS) मा फाइलहरूको समूह (group of file) लाई एउटै नामभित्र व्यवस्थित रूपमा भन्डारण गर्नेलाई डाइरेक्टरी भनिन्छ । एउटै डाइरेक्टरीभित्र थुपै सहायक डाइरेक्टरी (sub-directory) र फाइलहरू भन्डारण गर्न सकिन्छ।
प्रयोगात्मक कार्य (Practical Work)

डाइरेक्टरी बनाउने तरिका

Command on Computer
१. स्टार्ट (start) मा क्लिक गरी रनमा क्लिक गर्ने
Creating Directory with Command
२. उक्त रन कमान्डको बक्सभित्र सिएमडी cmd गरी ओके बटनमा क्लिक गर्ने
Creating Directory with Command Step 2
३. डी ड्राइभ (D:) मा टाइप गरी इन्टर की थिच्ने
४. MD Student (नयाँ डाइरेक्टरी बनाउने)
५. CD Student (डाइरेक्टरीभित्र जाने)
६. COPY CON computer (फाइल बनाउने)
७. Ctrl+Z (सुरक्षित गर्ने
८. TYPE computer.txt (फाइल खोल्ने)

क्रियाकलाप

(क) कम्प्युटरमा प्रयोग हुने अपरेटिङ सिस्टमका बारेमा छलफल गरी त्यसले गर्ने मुख्य कार्य लेखी चाटपेपर तयार पार।
(ख) एमएस वर्ड खोली आफूलाई आवश्यक हुने डाटाहरू टाइप गरी एउटा फोल्डर बनाई उक्त फोल्डरमा तिमीले तयार गरेको डाटा सेभ गररे देखाऊ।

अभ्यास

१. खाली ठाउँ भर:

(क) ..................... ले कम्प्युटर सिस्टमलाई सुचारु गर्दछ।
(ख) ..................... सिङ्गल युजर अपरेटिङ सिस्टम भनिन्छ।
(ग) ..................... मल्टी युजर अपरेटिङ सिस्टम भनिन्छ।
(घ) हटाएको फाइल र फोल्डर ..................... मा अवस्थित हुन्छ ।
(ङ) ..................... कमान्ड एमएसडसमा फाइल निर्माण गर्न प्रयोग गरिन्छ ।

२. ठिक र बेठिक छुट्याऊ :

(क) वर्ड प्रोग्रामले कम्प्युटर सिस्टमलाई सुचारु गर्दछ।
(ख) एमएस डसलाई सिङ्गल युजर अपरेटिङ सिस्टम भनिन्छ ।
(ग) एमएस डस मल्टी युजर अपरेटिङ सिस्टम भनिन्छ ।
(घ) हटाएको फाइल र फोल्डर रिसाइकल बिनमा अवस्थित हुन्छ ।
(ङ) माउस पोइन्टर प्रयोग गरी एमएस डसमा फाइल निर्माण गरिन्छ ।

३. तल दिएका प्रश्नको उत्तर लेख :

(क) अपरेटिङ सिस्टम भनेको के हो ?
(ख) अपरेटिङ सिस्टमले गर्ने मुख्य तिन ओटा कार्य लेख।
(ग) अपरेटिङ सिस्टम कति प्रकारका हुन्छन् ? तीमध्ये कुनै तिन ओटा वर्णन गर।
(घ) बुटिङ भनेको के हो र कति प्रकारका हुन्छन् ?
(ड) डेस्कटप भनेको के हो ? चित्र बनाई नामकरण गर ।

४. परियोजना कार्य

(क) तल दिइएको जस्तै गरी विन्डोजमा माउसको सहयोगले ड्राइभ D वा ड्राइभ E भित्र निम्न लिखित फोल्डर तथा फाइलहरू बनाई त्यसभित्र वर्ड र एक्सेलका फाइलहरू बनाएर देखाऊ :
D: वा E:
  • English
    • Unit
    • Lesson
  • Nepali
  • Science
  • Math
    • Unit
    • Lesson
  • Health
(ख) तल दिइएअनुसार एमएस डसमा डाइरेक्टरी, सहायक डाइरेक्टरीहरू र फाइल बनाऊ :
D:
  • English
  • Computer
    • System
    • Utility Software
    • Application
    • Word
      • CV.docx
    • Excel

COMMENTS

Name

Audio Book,1,B. Ed. Second Year,2,B. Ed. Third Year,2,Bachelor Level,2,Basic Level,1,Class 6 Book,1,Class 8 Book,2,Composition,2,Computer Education,1,Creative Writing,8,English for Mass Communication,2,English Subject License,2,Essay Writing,4,Expanding Horizon in English Creative Writing,1,Free Ebook,3,Grade IX,2,Grade IX - Nepali,2,Grade IX - Social,4,Grade VI,2,Grade VI - Computer,2,Grade VII,9,Grade VII - Computer,9,Grade VIII,3,Grade VIII - Computer,3,Grade VIII - Nepali,2,Grade X,3,Grade X - Nepali,3,Grade XII,20,Grade XII - English,20,Grammar,4,Letter Writing,2,Nepali Audio Novel,1,Nepali Essay,1,New Generation English,1,Quotes and Inspiration,7,Research and Report,1,The Heritage of Words,20,TSC Basic Level,2,TSC License Notes,2,Video Summary,1,Writing Paragraph,2,उपन्यासको समलोचना,1,साहित्य समलोचना,1,
ltr
item
ESikai Online Education: पाठ - ६ अपरेटिङ सिस्टम (Operating System) | कम्प्युटर शिक्षा कक्षा ७
पाठ - ६ अपरेटिङ सिस्टम (Operating System) | कम्प्युटर शिक्षा कक्षा ७
पाठ - ६ अपरेटिङ सिस्टम (Operating System) | कम्प्युटर शिक्षा कक्षा ७
https://1.bp.blogspot.com/-gMB1P0vVJiI/XiK9B41w2kI/AAAAAAAADdo/pXQIMpq7810PZZqspz3xG54XpRYjQW9hQCNcBGAsYHQ/s640/Operating%2BSystem.jpeg
https://1.bp.blogspot.com/-gMB1P0vVJiI/XiK9B41w2kI/AAAAAAAADdo/pXQIMpq7810PZZqspz3xG54XpRYjQW9hQCNcBGAsYHQ/s72-c/Operating%2BSystem.jpeg
ESikai Online Education
https://www.esikai.com.np/2020/01/operating-system-grade-7.html
https://www.esikai.com.np/
https://www.esikai.com.np/
https://www.esikai.com.np/2020/01/operating-system-grade-7.html
true
7156907926909846891
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content