पाठ ३ - सफटवेयर (Software) | कम्प्युटर शिक्षा कक्षा ६

0
पाठ ३ - सफटवेयर (Software)
पाठ ३ - सफटवेयर (Software)

पाठ

कम्प्युटरलाई राम्रोसँग कार्य सञ्चालन गर्नका लागि निश्चित प्रोग्राम वा निर्देशनको आवश्यकता पर्छ । त्यसैले यस्ता निर्देशनहरू दिने एक विशेष प्रकारको निर्देशन सेटलाई नै सफ्टवेयर भनिन्छ । अर्को अर्थमा कुनै पनि काम कम्प्युटरद्वारा गर्न वा गराउने निर्देशनहरूलाई प्रोग्राम भनिन्छ । यस्ता प्रोग्रामहरूका सेटलाई सफ्टवेयर अर्थात् प्रोग्रामहरूको समूहलाई सफ्टवेयर (software) भनिन्छ । सफ्टवेयरले नै कम्प्युटरलाई नियन्त्रण गर्ने र प्रयोगकर्ताहरूको समस्या हल गर्दछ । बजारमा धेरै प्रकारका सफ्टवेयरहरू उपलब्ध छन् । जस्तै: MSDOS (Microsoft Disk Operating System), Windows XP, Paint brush, Spreadsheet, Word आदि ।
यस्तै खुला प्रकृतिका सफ्टवेयरहरू इन्टरनेटमा उपलब्ध हुन्छन् । जसलाई हामी सहजै लिई प्रयोग गर्न सक्छौं । यस्ता प्रकृतिका सफ्टवेयरहरू इन्टरनेटमा नि:शुल्क वा थोरै शुल्कमा उपलब्ध हुन्छन् । जसलाई निःशुल्क सफ्टवयेर (free software or open source software) भनिन्छ । तर अन्य सफ्टवेयरहरू शुल्क तिरेर मात्र प्रयोग गर्नुपर्छ । बजारमा उपलब्ध सफ्टवेयरलाई निम्नानुसार विभाजन गर्न सकिन्छ :

(क) सिस्टम सफ्टवेयर (System Software)

सिस्टम सफ्टवेयर एक प्रकारको सफ्टवेयर हो । यसले कम्प्युटर सञ्चालन गर्ने काम गर्दछ । यसले कम्प्युटर प्राणालीको सम्पूर्ण कार्य सञ्चालन तथा नियन्त्रण गर्नुका साथै सुरक्षित ढङ्गबाट सञ्चालन गर्छ । यो एक विशेष प्रकारको सफ्टवेयर हो । सिस्टम सफ्टवेयरलाई कम्प्युटरको अभिन्न अङ्गको रूपमा लिने गरिन्छ । सिस्टम सफ्टवेयरलाई ओएस (OS) भनेर पनि चिनिन्छ । यस्ता ओएसका माध्यमबाट कम्प्युटर र कम्प्युटर प्रयोगकर्ता बिच राम्रो सम्बन्ध भई कार्य हुन्छ । यस्ता सिस्टम सफ्टवेयरहरू धेरै छन् । जस्तै : MSDOS, Windows 98, Windows XP, Window7, MacOS, Android, GUN LINUX, UNIX आदि ।

(ख) एप्लिकेसन सफ्टवेयर (Application Software)

प्रयोग कर्ताले आफ्नो इच्छाअनुसार कम्प्युटरलाई सञ्चालन गर्नका लागि बनाएका सफ्टवेयरहरू नै एप्लिकेसन सफ्टवेयर भनिन्छ । यस्ता सफ्टवेयरहरू प्रयोगकर्ताको आवश्यकताअनुसार निर्माण गरिएको हुन्छ । जस्तै Page Maker, Photoshop, Free Hand, Dream Weaver, CorelDraw, MS Office, Open Source Office आदि ।

(ग) युटिलिटी सफ्टवेयर (Utility Software)

कम्प्युटर सञ्चालन गर्दा अति आवश्यक हुने यो एक प्रकारको सहयोगी सफ्टवेयर हो । युटिलिटी सफ्टवेयरले कम्प्युटरको हार्डवेयर र सफ्टवेयरबिचमा राम्रो सम्बन्ध तथा वातावरण मिलाई कार्य गर्न सहज बनाउँछ साथै छिटो छरितो, राम्रो तथा विश्वास योग्य कार्य गर्न पनि सहयोग पुयाउँछ ।
युटिलिटी सफ्टवेयरमा एन्टी भाइरस, डिक्स क्लिनर, फर्मेटिङ डिक्स, डिक्स डिफेन्मेन्टर, (Antivirus, Disk Cleaner, Disk Defragmenter) आदि सफ्टवेयरहरु पर्छन् ।

क्रियाकलाप

तिमीले प्रयोग गर्ने गरेको कुनै एउटा सफ्टवेयरबारे जानकारी लिई कक्षामा छलफल गर ।
उत्तर: (तिमीले आफ्नो विद्यालयको कम्प्युटर प्रयोगशालामा देखेका वा प्रयोग गरेका सफ्टवेयरहरु लेख्ने ।) 
जस्तै;
- माइक्रोसफ्ट वर्ड (MS Word)
- माइक्रोसफ्ट एक्लेस (MS Excel)
- एडब फोटोसप (Adobe Photoshop)
- एडब पेजमेकर (Adobe PageMaker)
- माइक्रोसफ्ट एक्सेस (Microsoft Access)
- विन्डोज मिडिया प्लेयर (Windows Media Player)
- पिक्स आर्ट (Pics Art)
- ओपेरा ब्राउजर (Opera Browser)
- क्रोम ब्राउजर (Chrome Browser)
- विन्डोज सेभेन (Windows 7)
- विन्डोज टेन (Windows 10) आदी ।

अभ्यास

(क) तल दिइएका प्रश्नहरूको उत्तर लेख ।

१. कम्प्युटर सफ्टवेयर भनेको के हो ? कुनै तिन ओटाको उदाहरण लेख ।
उत्तर: कम्प्युटर सफ्टवेयर भनेको कम्प्युटरलाई राम्रोसँग कार्य सञ्चालन गर्नका लागि आवश्यक पर्ने निर्देशनहरुको समुहलाई सफ्टवेयर भनिन्छ । जस्तै; विन्डोज सेभेन (Windows 7), माइक्रोसफ्ट वर्ड (MS Word), क्रोम ब्राउजर (Chrome Browser) आदी ।
२. सफ्टवेयरबारे उदाहरण सहित लेख ।
उत्तर: कम्प्युटर सफ्टवेयर भनेको कम्प्युटरलाई राम्रोसँग कार्य सञ्चालन गर्नका लागि आवश्यक पर्ने निर्देशनहरुको समुहलाई सफ्टवेयर भनिन्छ । कम्प्युटर सफ्टवेयर बिना हार्डवेयरले मात्र काम गर्न सक्दैन । यसकारण हार्डवेयर र सफ्टवेयर बिच पारस्परिक सम्बन्ध रहेको हुन्छ । सफ्टवेयरलाई साधारणतया तीन भागमा बाँडिएको हुन्छ । तिनीहरू निम्नानुसार छन :
क. सिस्टम सफ्टवेयर: एम एस डस (MS-DOS), विन्डोज एक्स पी (Windows XP, विन्डोज नाइन्टी एट (Windows 98), विन्डोज सेभेन (Windows 7), विन्डोज एट (Windows 8), विन्डोज टेन (Windows 8), लिनक्स (Linux), म्याक ओएस (Mac OS), एन्ड्रोइड (Android), गन लिनक्स (GUN LINUX), युनिक्स (UNIX), युबुन्टु (Ubuntu), आदी ।
ख. एप्लिकेसन सफ्टवेयर: पेज मेकर (Page Maker), फोटोसप (Photoshop), फ्रि-ह्याण्ड (Free Hand), ड्रिम वेभर (Dream Weaver), कोरल ड्रो (CarolDraw), एम एस अफिस (MS Office), ओपन अफिस (Open Source Office), क्रोम ब्राउजर (Chorme Browser), वर्डप्याड (WordPad) आदी ।
ग. युटिलिटी सफ्टवेयर: एन्टी भाइरस (Antivirus), डिक्स क्लिनर (Disk Cleaner), फर्मेटिङ डिक्स (Formatting Disk), डिक्स डिफेन्मेन्टर (Disk Defragmenter), फाइल म्यानेजर (File Manager), टेक्स्ट इडिटर (Text Editor), ब्याकप युटिलिटी (Backup Utility) आदी ।
३. सिस्टम सफ्टवेयर भनेको के हो ? यो किन आवश्यक पर्छ ।
उत्तर: सिस्टम सफ्टवेयर भनेको कप्युटरका हार्डवेयर र सम्पूर्ण कामहरु सञ्चालन तथा नियन्त्रण गरी कम्प्युटर र प्रयोगकर्ता बिच दोभाषेको भूमिका निर्वाह गर्ने अत्यन्तै महत्त्वपूर्ण सफ्टवेयर हो । यसले कम्प्युटरको फाइल, सुरक्षा, मेमोरी, भण्डारण, इन्पुट, प्रोसेर र आउटपुट आदी व्यवस्थापन गर्ने काम गर्छ । 
४. युटिलिटी सफ्टवेयरले के काम गर्छ ? लेख ।
उत्तर: युटिलिटी सफ्टवेयर भनेको कम्प्युटरला फाइल फोल्डर र सुरक्षा व्यवस्थापन गर्ने सफ्टवेयर हो । यसले कम्प्युटरमा निम्नानुसारका कामहरु गर्छन ।
क. कम्प्युटर हार्डवेयर र सफ्टवेयर बिच राम्रो वातावरण सिर्जना गर्छ ।
ख. अनावश्यक, समय नाघेका, हानीकारक फाइल तथा प्रोगामहरु हटाउने गर्छ ।
ग. डाटा तथा फाइलहरु व्याकप र रिकभर गर्छ ।
घ. कम्प्युटर प्रोगाममा लेखिएका कुराहरुलाई सच्याउन, मेट्न, प्रोसेसिङ र कम्पाइल गर्न मद्दत गर्छ ।
५. निःशुल्क सफ्टवेयरको बारेमा उदाहरण सहित लेख ।
उत्तर: इन्टरनेटमा पैसा नतिरी वा निःशुल्क डाउनलोड गरेर चलाउन सकिने सफ्टवेयरहरुलाई निःशुल्क वा ओपन सोर्स सफ्टवेयर (Open Sourced Software) भनिन्छ । यो सफ्टवेयर प्रयोग गर्नको लागि हामीले सफ्टवेयर निर्मातालाई सफ्टवेयर प्रयोग गरेवापत पैसा तिर्नु पर्दैन ।

(ख) जोडा मिलाऊ ।

१. एप्लिकेसन

फ्रि (Free)

२. युटिलिटी

विन्डो (Window)

३. ओएस

हार्डवेयर (Hardware)

४. ओपेन सफ्टवेयर

डिस्क किलिनर (Disk Cleaner)

 

एमएस वर्ड (MS Word)

उत्तर: जोडा मिलाउ प्रश्नको उत्तरहरु तल दिएको छ ।
१. एप्लिकेसन = एमएस वर्ड (MS Word)
२. युटिलिटी = डिस्क किलिनर (Disk Cleaner)
३. ओएस = विन्डो (Window)                        
४. ओपेन सफ्टवेयर = फ्रि (Free)

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top