पाठ ४ - भण्डारण डिमाइस (Storage Device) | कम्प्युटर शिक्षा कक्षा ६

2

पाठ-४: भण्डारण डिमाइस (Storage Device)
पाठ-४: भण्डारण डिमाइस (Storage Device)
(toc)

पाठ

कम्प्युटरमा विभिन्न प्रकारका सूचना, डाटा वा प्रोग्रामहरूलाई स्थायी वा अस्थायी रूपमा भण्डारण गरिन्छ । यसरी भण्डारण गर्नका लागि हामीलाई विभिन्न प्रकारका उपकरणहरूको आवश्यकता पर्दछ । भण्डारण गरी राख्न प्रयोग गरिने एउटा स्थान वा उपकारणलाई अण्डारण डिभाइस (Storage device) भनिन्छ । सामान्यतया यस्ता डिभाइसहरू दुई प्रकारका हुन्छन् ।

१. प्राइमरी स्टोरेज डिभाइस (Primary Storage Device)

प्राइमरी स्टोरेज डिभाइस एउटा सेमिकन्डक्टर स्टोरेज डिभाइस हो, जुन एउटा चिपको रूपमा मदरबोर्डमै टाँसिएको हुन्छ । मदरबोर्ड कम्प्युटरको भित्र रहने एउटा अति आवश्यक विद्युतीय सर्किटहरूको सङ्ग्रहित बोर्ड हो । यस बोर्डमा कम्प्युटरमा जडान हुने सम्पूर्ण उपकरणहरू जोडी कार्य गरिन्छ । यसमा जडान भएको प्राइमरी स्टोरेज डिभाइसलाई दुई प्रकारमा बाँडन सकिन्छ ।

(क) र्‍याम (RAM/Random Access Memory)

र्‍याममा अस्थायी रूपले डाटा वा प्रोग्राम भण्डार हुन्छ । अर्थात्, कम्प्युटर सञ्चालन हुन्जेलमा डाटा र प्रोग्राम भण्डार हुन्छ । कम्प्युटर सञ्चालन हुन छोडेपछि यसमा रहेका सम्पूर्ण डाटाहरू केही समयपछि आफै मेटिन्छ । त्यसैले यसलाई भोलाटाइल (Volatile) मेमोरी पनि भनिन्छ । यसले कम्प्युटर सञ्चालन गर्ने क्षमता वृद्धि गर्दछ । यसलाई आवश्यकता अनुसार कम्प्युटरमा थप्न पनि सकिन्छ । यसको क्षमता जस्तै : MB, GB तथा TB आदिमा पाइन्छ ।

(ख) रोम (ROM/Read Only Memory)

रोम एक विशेष प्रकारका प्रोग्रामिङ गरिएको चिप्स (Chips) मेमोरी हो । जसलाई रिड वन्ली मेमोरी भनिन्छ । यसमा स्थायी रूपले डाटा वा प्रोग्राम भण्डार हुन्छ । यसमा रहेका रोम डाटाहरू सजिलै नमेटिने भएकाले यसलाई ननभोलेटाइल (Non-volatile) मेमोरी पनि भनिन्छ । यसमा भएको प्रोग्रामले कम्प्युटर बुट गर्नमा र कम्प्युटरका बारेमा प्राविधिक जानकारी दिन मद्दत गर्दछ । यस्ता मेमोरीहरू कम्प्युटरको  मदरबोर्डसँगै निर्माण भएर आएको हुन्छ । यस्ता मेमोरीको क्षमता सजिलै बढाउन सकिन्न ।

सेकेन्डरी स्टोरेज डिभाइस (Secondary Storage Device)

सेकेन्डरी स्टोरेज डिभाइस त्यस्तो एक कम्प्युटरमा प्रयोग हुने उपकरण हो, जसमा डाटाहरू पछिसम्म उपयोग गर्न सकिने गरी भण्डार गरिन्छ । त्यसैले यो स्थायी रूपले डाटा भण्डार हुने उपकरण हो । यसमा विभिन्न फाइलहरू तथा सफट्वेयरहरूलाई भण्डार गरी पुन: सो डाटा वा सूचनाहरू प्रयोग गरिन्छ । यी स्टोरेज डिभाइसहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सजिलै लिन वा लैजान सकिन्छ । जस्तै: फल्पी डिस्क, हार्ड डिस्क, सिडी, डिभिडी, फ्लास मेमोरी कार्ड आदि ।

(क) हार्ड डिस्क (Hard Disk)

हार्ड डिस्क एक विशेष प्रकारको कम्प्युटरमा प्रयोग हुने विद्युतीय उपकरण हो । यसमा एउटा चुम्बकीय गुणबाट लेपन गरी निर्माण गरिएको एक विशेष प्रकारको धातुको डिस्क रहेको हुन्छ । हार्ड डिस्कमा कम्प्युटरका सम्पूर्ण डाटा वा सूचनाहरूलाई भण्डार गर्ने कार्यका लागि प्रयोग गरिन्छ । हार्ड डिस्कमा हामीले कम्प्युटर सञ्चालन गर्ने सम्पूर्ण कम्प्युटरका प्रोग्राम वा सफ्टवेयरहरू तथा सम्पूर्ण डाटा वा सूचनाहरू रहन्छ । 

यो उपकरण कम्प्युटरभित्रै राखिन्छ । यस्ता हार्ड डिस्कहरूमा इन्टरनल (Internal ) तथा एक्सटर्नल (External) दुवै प्रकारको हार्ड डिस्क बजारमा पाइन्छ । कम्प्युटरको भित्र जडान भएको हार्ड डिस्कलाई इन्टर्नल हार्ड डिस्क भनिन्छ । यस्तै कम्प्युटर बाहिर तारको माध्यमबाट जोडिएर काम गर्ने हार्ड डिक्सलाई एक्सटर्नल हार्ड डिस्क भनिन्छ । हार्ड डिक्सहरू विभिन्न कार्य क्षमताका आधारमा ६० जी. बी. देखि एक टेरावाइट क्षमता सम्मका बजारमा पाइन्छन् ।

(ख) फ्लपी डिस्क (Floppy Disk)

फ्लपी डिस्क एक चुदबकीय तत्त्वबाट निर्माण भएको डिस्क हो । फ्लपी एउटा प्लास्टिकको कभरले ढाकिएको एक विशेष किसिमको डिस्क हो । यसमा ७२० केबीदेखि १.४४ एमबीसम्मको सूचना वा डाटाहरू भण्डार गर्न सकिन्छ । केही वर्ष पहिले फ्लपी डिस्कको प्रचलन निकै थियो । यो पहिले विभिन्न आकार तथा क्षमतामा पाइन्थ्यो । तर अहिले यसको प्रयोग प्राय: शुन्य नै छ ।

(ग) पेन ड्राइभ (Pen Drive)

पेन ड्राइभ एक विशेष प्रकारको कम्प्युटरमा प्रयोग हुने सानो उपकरण हो । यो फ्लपी वा सी.डी. भन्दा निकै सानो आकारका हुनका साथै क्षमता पनि बढी हुन्छ । यसलाई सजिलैसँग प्रयोग गरी डाटा वा सूचनाहरूलाई कुनै पनि स्थान वा कम्प्युटरमा प्रयोग गर्न सकिन्छ । यस्ता पेन ड्राइभहरू विभिन्न क्षमता तथा आकारमा उपलब्ध छन् । यो पेन ड्राइभलाई फ्लास् ड्राइभ (flash drive) पनि भन्ने गरिन्छ । यस्ता पेन ड्राइभहरू विभिन्न क्षमताका पाइन्छन् ।

(घ) सिडी/डिभिडी ड्राइभ (CD/DVD Drive)

सिडी अर्थात् डिभिडी कम्प्याक्ट डिस्क (Compact Disc) हो । यो पनि एक भण्डार गर्ने उपकरण हो । साधारणतया सिडीमा ७०० एमबी हुन्छ । त्यस्तै डिभिडी (DVD/Digital Versatile Disc) पनि अर्को भण्डार गर्ने सहयोगी उपकरण हो । यिनीहरू एक किसिमको गोलो प्लास्टिकको चक्कामा उपलब्ध हुन्छन् । यस्ता चक्काहरू एक विशेष प्रकारको तत्त्वबाट निर्माण भएको हुन्छ । यस्ता डिभिडी चक्काहरू प्राय: ४.७ देखि १७.०८ जिबी क्षमताको हुन्छन् । यस्ता चक्कामा डाटाहरू भण्डार गर्नका लागि एक विशेष किसिमको उपकरणको माध्यमबाट मात्र लेख्न वा भण्डार गर्न सकिन्छ । यस्ता लेख्ने उपकरणलाई सिडी वा डिभिडी ड्राइभ भनिन्छ ।

क्रियाकलाप

कम्प्युटरका डाटा भण्डार गर्ने कस्ता कस्ता उपकरणहरू देखेका छौ । उक्त भण्डार गरिने उपकरणहरूका क्षमता तथा विशेषताहरूका विवरण तयार गरी कक्षामा प्रदर्शन तथा छलफल गर ।
उत्तर: आफूले देखेका सबै प्रकारका भण्डारण डिस्कहरुको बारेमा उल्लेख गर्ने । जस्तैः

s.n

डिस्कहरू

भण्डारण क्षमता

विशेषताहरू

1.

RAM

512 MB to 128 GB

धेरै भण्डारण क्षमता डाटाहरु भोलाटाइल हुन्छ

2.

ROM

4 MB to 8 MB

थोरै भण्डारण क्षमता र डाटाहरु नन भोलाटाइल हुन्छ

3.

Hard Disk

65 GB to 8 TB

धेरै भण्डारण क्षमता र डाडा ट्रान्सफर ढिलो हुन्छ ।

5.

Solid State Drive

120 GB to 8 TB

धेरै भण्डारण क्षमता र डाडा ट्रान्सफर छिटो हुन्छ ।

6.

Pen Drive

512 MB to 2 TB

साने, पोर्टेबल र सजिलो हुन्छ ।

7.

CD

700 MB

थोरै भण्डारण क्षमता र पोर्टेबल र सजिलो हुन्छ ।

9.

DVD

4.7 GB to 17.07 GB

थोरै भण्डारण क्षमता र पोर्टेबल र सजिलो हुन्छ ।

10.

SD Card

512 MB to 128 GB

साने, पोर्टेबल र सजिलो हुन्छ ।

अभ्यास

(क) तलका प्रश्नहरूको उत्तर लेख :

१. प्राइमरी मेमोरी भनेको के हो ? यसका प्रकार लेख ।
उत्तर: प्राइमरी मेमोरी भनेको कम्प्युटरको मदरमोर्डमा एउटा चिपको रुपमा टाँसिएर रहने सेमिकन्डरक्टर स्टोरेज डिभाइस हो ।
२. सेकेन्डरी मेमोरीको परिभाषासहित विवरण लेख ।
उत्तर: सेकेन्डरी मेमोरी भनेको कम्प्युटरका विभिन्न डाटा, फाइल, प्रोग्राम वा डकुमेन्टहरुलाई स्थायी रुपमा भण्डारण गरेर राख्ने र आवश्यकता अनुसार एक ठाउँबाट अर्को ठाउँमा सजिलै ल्याउन वा लैजान सक्ने भण्डारण उपकरण हो ।
३. RAM लाई परिभाषित गर ।
उत्तर: र्‍याम (RAM) भनेको कम्प्युटर वा अपरेटिङ सिस्टम सुचारु गरेपछि डाटा वा प्रोग्रामहरुलाई कम्प्युटर सञ्चालन हुन्जेल मात्र अस्थायी रुपमा भण्डारण गरेर राख्ने भोलाटाइल मेमोरी हो । यसले कम्प्युटर सञ्चालन गर्ने क्षमतामा वृद्धि गर्छ र आवश्यकता अनुसार क्षमता थपघट गर्न सकिन्छ ।
४. ROM लाई परिभाषित गर ।
उत्तर: रोम (ROM) भनेको कम्प्युटरको मदर्बोर्डमा टाँसिएर रहने प्रोग्रामिङ गरिएको चिप्स मेमोरी हो । यसले कम्प्युटर बुट गर्न र कम्प्युटरको बारेमा प्राविधिक जानकारी दिन मद्दत गर्छ । यस्ता मेमोरी सजिलै घटबढ गर्न सकिँदैन ।
५. प्राइमरी र सेकेन्डरी मेमोरीबिचको कुनै तिन भिन्नता लेख ।
उत्तर: प्राइमरी मेमोरी भनेको कम्प्युटरको मदरमोर्डमा एउटा चिपको रुपमा टाँसिएर रहने सेमिकन्डरक्टर स्टोरेज डिभाइस हो भने सेकेन्डरी मेमोरी भनेको कम्प्युटरका विभिन्न डाटा, फाइल, प्रोग्राम वा डकुमेन्टहरुलाई स्थायी रुपमा भण्डारण गरेर राख्ने र आवश्यकता अनुसार एक ठाउँबाट अर्को ठाउँमा सजिलै ल्याउन वा लैजान सक्ने भण्डारण उपकरण हो । यिनीहरू दुबै कम्प्युटर सञ्चालन गर्न नभइ नहुने मेमोरी वा भण्डारण उपकरण हुन । यिनीहरू एक अर्काका परिपुरक भएतापनी यिनीहरु बिच केही भिन्नता रहेको हुन्छ । तिनलाई तलको तालिकामा देखाइएको छ ।

प्राइमरी मेमोरी

सेकेन्डरी मेमोरी

क. यो कम्प्युटरको मुख्य मेमोरी हो । यो बिना कम्प्युटर खुल्न सक्दैन ।

क. यो कम्प्युटरको सहायक वा व्याकप मेमोरी हो । यो बिना पनि कम्प्युटर खुल्न सक्छ ।

ख. यसको डाटाहरु सिपियु वा प्रोसेसरले डाइरेक्ट एक्सेस गर्न सक्छ ।

ख. यसको डाटाहरु सिपियु वा प्रोसेसरले डाइरेक्ट एक्सेस गर्न सक्दैनँ ।

ग. यो भोलाटाइल वा नन-भोलाटाइल दुबै हुन्छ ।

ग. यो केवल नन-भोलाटाइल वा डाटाहरु आफै नमेटिने हुन्छ ।

घ. यसको मूल्य बढि हुन्छ तर धेरै भण्डारण क्षमता हुँदैन ।

घ. यो तुलनात्मक रुपमा सस्तो हुन्छ तर भण्डारण क्षमता बढि हुन्छ ।

ङ. जस्तैः र्‍याम (RAM), रोम (ROM)

ङ. जस्तैः हार्ड डिस्कफ्लपी डिस्कपेन   ड्राइभसिडी/डिभिडी ड्राइभफ्लास मेमोरीआदी ।

६. ROM र RAM मेमोरीबिचको कुनै दुई फरक लेख ।

उत्तर: र्‍याम (RAM) भनेको कम्प्युटर वा अपरेटिङ सिस्टम सुचारु गरेपछि डाटा वा प्रोग्रामहरुलाई कम्प्युटर सञ्चालन हुन्जेल मात्र अस्थायी रुपमा भण्डारण गरेर राख्ने भोलाटाइल मेमोरी हो भने रोम (ROM) भनेको कम्प्युटरको मदर्बोर्डमा टाँसिएर रहने प्रोग्रामिङ गरिएको चिप्स मेमोरी हो । र्‍याम र रोम बिचको फरकलाई तलको तालिकामा देखाइएको छ ।

र्‍याम (RAM)

रोम (ROM)

क. यसमा डाटाहरु भोलाटाइल हुन्छन् अथवा कम्प्युटर बन्द गरेपछि आफै डाटाहरु मेटिन्छ ।

क. यसमा डाटाहरु नन-भोलाटाइल हुन्छन् अथवा कम्प्युटर बन्द गरेपछि आफै डाटाहरु मेटिदैनँ ।

ख. यसको डाटाहरु ट्रान्जिस्टरमा विद्युतीय करेन्टको रुपमा भण्डारण भएको हुन्छ ।

ख. यसलाई विद्युत आवश्यक पर्दैन र डाटाहरु बाइनरी कोडको रुपमा चिप्समा भण्डारण भएको हुन्छ ।

ग. यसको डाटाहरु सजिलै रिड, राइट, इजेर वा मोडिफाई गर्न सकिन्छ ।

ग. यसको डाटाहरु केवल डिड वन्ली हुन्छ ।

घ. यसको गति निकै छिटो र सजिलै क्षमता थपघट गर्न सकिने हुन्छ ।

घ. यसको गति तुलनात्मक रुपमा ढिलो र सजिलै क्षमता थपघट गर्न सकिदेँन ।

ङ. यसको मूल्य बढि हुन्छ ।

ङ. यो तुलनात्मक रुपमा सस्तो हुन्छ ।

७. कम्प्युटर हार्डवेयर भनेको के हो ? कुनै दुई ओटाको उदाहरण लेख ।
उत्तर: कम्प्युटर हार्डवेयर भनेको आँखाले देख्न सकिने र हातले छुन सकिने कम्प्युटरको सम्पूर्ण पाटपूर्जा वा उपकरणहरु हो । जस्तैः सिपियु (CPU), मनिटर (Monitor), किबोर्ड (Keyboard), माउस (Mouse), स्पिकर (Speaker), र्‍याम (RAM), रोम (ROM), हार्ड डिस्क (Hard Disk), आदी ।

(ख) तलका वाक्यहरू कुन ठिक र कुन बेठिक छुट्याऊ :

१. छुन र देख्न सकिने कम्प्युटरका सहयोगी उपकरणहरू Hardware हुन् ।
उत्तर: ठिक
२. कम्प्युटर सफ्टवेयर छुन र देख्न सकिन्छ ।
उत्तर: बेठीक
३. पेन डाइभ कम्प्युटरको सफ्टवेयर हो ।
उत्तर: बेठीक
४. ROM प्राइमरी मेमोरीको प्रकार होइन ।
उत्तर: बेठीक
५. Windows XP अपरेटिड सिस्टम होइन ।
उत्तर: बेठीक
६. Floppy disk अति लोकप्रिय डिस्कको रूपमा चिनिन्छ ।
उत्तर: बेठीक

Post a Comment

2 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
  1. एकदम राम्रो छ साथै अन्य पाठहरु पनि समेट्न अनुरोध ।

    ReplyDelete
  2. कक्षा ६ को कम्प्युटर किताबको पाठ ९ राखिदिनुस न सर ।।जस्सरी भएनी।। साथै अरु पाठ पनि

    ReplyDelete
Post a Comment

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top