पाठ ३ - कम्प्युटरको पुस्ता (Generation of Computer) | कम्प्युटर शिक्षा कक्षा ८

4

पाठ - ३ कम्प्युटरको पुस्ता (Generation of Computer)
पाठ - ३ कम्प्युटरको पुस्ता (Generation of Computer)
पहिलो विद्युतीय कम्प्युटर सन् १९४० मा बनेपछि निरन्तर रूपमा प्रविधिको विकास भइरहेको छ । एउटा निश्चित समयवधिमा कम्प्युटरको नयाँ प्रविधिले पुरानो प्रविधिलाई विस्थापित गरेको पाइन्छ । यसरी नयाँ आएको प्रविधिमा पुरानो प्रविधिको कमी कमजोरीहरूलाई हटाई नयाँ विशेषताहरू थपी परिमार्जित गरिएको पाइन्छ । कम्प्युटरको पुस्ता (Generation of computer) लाई विभिन्न समयमा कम्प्युटरको सिस्टममा आएको प्रविधि, बनेको समय, मेमोरी डिभाइस र अरू विभिन्न हार्डवेयर र सफ्टवेयरको प्रयोगका आधारमा विभाजन गरिएको छ ।

कम्प्युटरको पुस्ता (Generation of Computer)

एक तहबाट अर्को तहमा जाँदा त्यसको प्रोसेसिङ (processing) गति, स्टोरेज क्षमता र एक्युरेसी (accuracy) सुध्रिँदै गएको छ । तर कम्प्युटरको आकार, मूल्य, वजन, इन्धन खपत र ताप उत्पत्तिमा कमी आएको पाइन्छ । कम्प्युटर पुस्तालाई निम्न लिखित पाँच ओटा पुस्तामा विभाजन गरिएको छ :

(क) पहिलो पुस्ता (First Generation)

Vacuum Tube
इ.सं. १९४६ देखि १९५८ सम्मको अवधिमा आविष्कार गरिएको प्रविधि प्रयोग गरी निर्माण गरिएका कम्प्युटरहरू पहिलो पुस्ताको कम्प्युटर हो । पहिलो पुस्ताको कम्प्युटरमा भ्याकुम ट्युबलाई मुख्य इलेक्ट्रोनिक्स उपकरणको रूपमा प्रयोग गरिएको छ । भ्याकुम ट्युब लि डे फोरेस्ट नामको वैज्ञानिकले १९०८ मा आविष्कार गरेका थिए । पहिलो पुस्ताको कम्प्युटरमा मेसिन लेभल भाषा प्रयोग गरिन्थ्यो । डाटाहरू पन्च कार्डको मद्दतबाट कम्प्युटरलाई दिइन्थ्यो। EDVAC, UNIVAC, IBM Service पहिलो पुस्ताका कम्प्युटरका उदाहरणहरू हुन् ।
पहिलो पुस्ता कम्प्युटरका गुणहरू
१. भ्याकुम ट्युवहरू कम्प्युटरको मुख्य CPU को रूपमा प्रयोग गरिन्थ्यो । साथै आकुएस्टिक डिले लाइन (Acoustic delay lines) हरू मुख्य मेमोरीको रूपमा प्रयोग गरिन्थ्यो ।
२. यी कम्प्युटरहरूका आकार ठूला थिए ।
३. यिनीहरूले धेरै मात्रामा इन्धन (विद्युत्) खपत गर्दथे ।
४. यिनीहरूले धेरै मात्रामा ताप उत्पन्न गर्दथे ।
५. कामको गति मिलि सेकेन्ड (Mile-second) मा मात्र सम्भव थिए ।
६. यी कम्प्युटरले मेसिन भाषा तथा एसेम्ब्ली भाषा (Assembly language) प्रयोग गर्दथे ।
उदाहरणहरू: युनिभ्याक (UNIVAC), एडभ्याक (EDVAC), एडस्याक (EDSAC) आदि ।

(ख) दोस्रो पुस्ताका कम्युटर (Second Generation Computer)

Transistors
इ. सं. १९५९-१९६४ भित्रमा आविष्कार भएका प्रविधिहरू प्रयोग गरी निर्माण गरिएका कम्प्युटरमा ट्रान्जिस्टरको प्रयोग भएको पाइन्छ । ट्रान्जिस्टरका जन्मदाताहरू जाने वरदेन (John Burdeen), वाल्टर ब्रटेन (Walter Brattain) र विलियम सक्लि (William Shockley) हुन् । ट्रान्जिस्टरको प्रयोगले कम्प्युटरको विकासमा आमूल परिवर्तन ल्याइदियो । ट्रान्जिस्टर तुलनात्मक रूपमा भ्याकुम ट्युबभन्दा आकारमा सानो हुन्छ, जसले गर्दा पूरा कम्प्युटरको आकार घटाउन मद्दत पुग्यो । हाई लेभल (High Level) प्रोग्रामिङ भाषा (Programming Language) हरूको प्रयोग विस्तारै हुन थाल्यो । जस्तै: FORTRAN, COBOL, BASIC इत्यादि । दोस्रो पुस्ता कम्प्युटरका उदाहरणहरूमा IBM7090, IBM70941, CDC1604, PDP1 आदि ।
दोस्रो पुस्ता कम्युटरका विशेषताहरू
१. दोस्रो पुस्तामा ट्रान्जिस्टर CPU को लागि प्रयोग गरिन्थ्यो । साथै फेराइट कोर (Ferrite Cores) मुख्य मेमोरीको रूपमा प्रयोग गरियो ।
२. ट्रान्जिस्टरको कारण कम्प्युटरको आकार सानो हुनुका साथै कम्प्युटरको मूल्य पनि घट्यो ।
३. स्टोरेज क्षमतामा वृद्धि भयो ।
४. पहिलो पुस्ताको तुलनामा यिनले कम इन्धन खपत गर्दथ्यो र कम मात्र ताप उत्पन्न गर्दथ्यो ।
५. प्रोसेसिङ (Programming) गति माइक्रो सेकेन्डमा मापन गरिन्थ्यो ।
६. यिनीहरू पहिलो पुस्ताभन्दा बढी भरपर्दा र शक्तिशाली थिए ।

(ग) तेस्रो पुस्ताको कम्युटर (Third Generation Computer)

Integrated Circuit
इ.सं. १९६४-१९४७ भित्र आविष्कार गरेका कम्प्युटरहरूलाई तेस्रो पुस्ताका कम्प्युटर भनिन्छ । तेस्रो पुस्ताका कम्युटरले इन्टिग्रेटेड चिप (Integrated Chips/ICS) हरू आफ्नो मुख्य उपकरण CPU को रूपमा प्रयोग गरिन्थ्यो । सुरुवातमा म्यागनेटिक कोर (Magnetic Core) मेमोरीहरू प्रयोग गरियो । पछि सेमिकन्डक्टर मेमोरी (Semi Conductor Memory) र (RAMs) Magnetic Tapes हरू प्रयोग हुन थाल्यो । ICS यी पुस्ताका जन्मदाता ज्याक क्लिवी (Jack Kilby) हुन् । तेस्रो पुस्ताका कम्युटरमा अर्को महत्त्वपूर्ण विकासको रूपमा अपरेटिङ सिस्टम (Operating System) लाई लिन सकिन्छ । मल्टी प्रोग्रामिङ (Multi Programming), मल्टी प्रोसेसिङ (Multi Processing), मल्टी युजर (Multi User) सिस्टमहरूको प्रयोग सुरु भयो । तेस्रो पुस्ताका कम्युटरका उदाहरणहरूमा Cyber 175, CDC 7600, ICL1900, IBM730 पर्छन् ।
तेसो पुस्ताका कम्युटरका विशेषताहरू
१. इन्टिग्रेटेड चिप्सहरूले ट्रान्जिस्टरलाई प्रतिस्थापित गर्यो ।
२. चुम्बकीय डिस्कहरू (magnetic disks) प्रयोग गर्न थाल्यो ।
३. कम्प्युटरको आकार नाटकीय रूपमा घट्यो ।
४. मोनिटर र किबोर्डहरूको विकास भयो ।
५. कम्युटरको गति नानो सेकेन्ड (Nano-second) मा मापन गरियो ।
६. यी कम्युटरहरू बढी भरपर्दा र एक्युरेट (Accurate) परिणाम दिने खालका थिए ।
७. परिमार्जित हाइ लेभल ल्याङ्ग्वेज (high level language) जस्तै: PASCAL को सुरुवात भयो ।

(घ) चौथो पुस्ताका कम्युटर (Fourth Generation Computer)

VLSIC Chips
इ.सं. १९७७ देखि हालसम्म निर्मित कम्प्युटरहरूलाई चौथो पुस्ताको कम्प्युटरको रूपमा चिनिन्छ । लारज स्केल इन्टिग्रेसन (Large Scale Integration) र भेरी लारज स्केल इन्टिग्रेसन (Very Large Scale Integration) चिप्सहरू कम्प्युटरका CPU हरू बनाउन प्रयोग भएको पाइन्छ । भिएलएसआई (VLSI) को प्रयोगबाट माइक्रोप्रोसेसर (Microprocessor) बनाउन सम्भव भयो र यिनै माइक्रोप्रोसेसरको प्रयोगबाट कम्युटर हालको डेस्कटप (Desktop) र ल्याप्टपसम्मको आकारमा आउन सम्भव भए । 
हाल बजारमा ३२ बिट र ६४ बिटको माइक्रोप्रोसेसर सजिलै पाउन सकिन्छ । पहिलो माइक्रोप्रोसेसर Intel 4004 अमेरिकाको प्रसिद्ध कम्पनी इन्टेल. कम्पनी (Intel Company) ले इ.सं. १९७७ मा बनाएको थियो । चौथो पुस्ताको कम्युटरमा आधुनिक हाइलेभल प्रोग्रामिङ ल्याङ्ग्वेज, जस्तै: BASIC, C, C++, JAVA, VB, PHP जस्ता प्रयोग हुन थाल्यो । विभिन्न किसिमका अपरेटिङ सिस्टम (Operating System) हरू Windows 95, Windows 2000, Windows 7, Linus, Unix, Mac OS-8 आदि प्रयोग हुन थाल्यो । चौथो पुस्ताका कम्प्युटरका केही उदाहरणहरू IBM PC, Apple/Macintosh हुन् ।
चौथो पुस्ताको कम्युटरका विशेषताहरू
१. LSI/VLSI को प्रयोगले कम्प्युटरको आकार धेरै सानो र एउटा डेस्कमा अटाउन सम्भव भयो ।
२. कम्युटर धेरै भरपर्दा र एक्युरेट (Accurate) भए ।
३. भित्री स्टोरेज र बाहिरी स्टोरेज क्षमता धेरै बढ्यो ।
४ कामको गति पिको सेकेन्ड (Pico-second) सम्म पुग्यो ।
५ इन्युट र आउटपुट उपकरणहरूको पूर्ण विकास भयो ।
६. विभिन्न किसिमका अपरेटिङ सिस्म र एप्लिकेसन प्रोग्रामको विकास भयो ।

(ङ) पाँचौं पुस्ताको कम्पुटर (Fifths Generation Computer)

Robot on the space
पाँचौं पुस्ताका कम्प्युटरहरू पूर्ण रूपमा विकास भइसकेका छैनन् । यी कम्युटरहरू विकासकै क्रममा छन् । विभिन्न देशका वैज्ञानिक र कम्प्युटर इन्जिनियरहरू यसको खोजमा लागिरहेका छन् ।
पाँचौँ पुस्ताका कम्प्युटरमा विशेष गरी बायो चिप्स (Bio-Chips) र ग्यालियम आरसेनाइड (Gallium Arsenide) प्रयोग गरिन्छ । यसमा अट्रा लारज स्केल इन्टिग्रेसन (ULS) चिप्सहरू पनि प्रयोग गरिन्छन् । यस कम्प्युटरको मुख्य विशेषता भन्नु यसले न्याच्युरल ल्याङ्वेज (Natural Language) प्रयोग हुन्छ । यसको मतलब हामीले कम्प्युटरमा कुनै प्रोग्राम लेख्न, हाम्रो मातृभाषा वा कुनै अरू भाषा (English, French) बाट सिधा कम्प्युटरलाई निर्देशन दिन सकिन्छ । यसमा आर्टिफिसियल इन्टेलिजेन्सको समेत प्रयोग गरिन्छ । यसभन्दा अगाडिको पुस्ताका कम्प्युटरले आफै सोच्न सक्दैनथ्यो । तर पाँचौं पुस्ताका कम्प्युटरमा यो क्षमताको पनि क्रमिक विकास गरिने छ । यसमा प्यारलल प्रोसेसिङ (Parallel Processing) को लागि विशेष को प्रोसेसर (Co-Processor) हरूको व्यवस्था गरिएको हुन्छ । PROLOG नामक कम्प्युटर ल्याङ्ग्वेजका (Computer Language) प्रयोग हुने छ ।

कार्यकलाप

९. विभिन्न पुस्ताहरूको नाम र तिनीहरूमा प्रयोग भएका प्रविधिहरूका साथै उदाहरणहरू समेतको सूची तयार गरी कम्प्युटर प्रयोगशालामा टाँस्नुहोस् ।
उत्तर: विभिन्न पुस्ताहरूको नाम र तिनीहरूमा प्रयोग भएका प्रविधिहरूलाई तलको तालिकामा देखाइएको छ ।
(Table will be available very soon)

अभ्यास

तलका खाली ठाउँ भर :

(क) कम्प्युटरको पुस्ताहरूलाई ............ ओटा पुस्तामा विभाजन गरिएको छ ।
(ख) पहिलो पुस्ताको कम्प्युटरमा ............ प्रयोग गरिन्छ।
(ग) दोस्रो पुस्ताको कम्प्युटरमा ............ हो ।
(घ चौथो पुस्ताको कम्प्युटरमा ............ प्रयोग गरिन्छ ।
(ड) इन्टिग्रेटेड चिप्स (ICS) का जन्मदाता ............ हो ।

उत्तर: खाली ठाउँ भरको उत्तर:
(क) कम्प्युटरको पुस्ताहरूलाई पाँच ओटा पुस्तामा विभाजन गरिएको छ ।
(ख) पहिलो पुस्ताको कम्प्युटरमा भ्याकुम ट्युब प्रयोग गरिन्छब।
(ग) दोस्रो पुस्ताको कम्प्युटरमा ट्रान्जिस्टर प्रयोग भएको हो ।
(घ चौथो पुस्ताको कम्प्युटरमा माइक्रोप्रोसेसर प्रयोग गरिन्छ ।
(ड) इन्टिग्रेटेड चिप्स (ICS) का जन्मदाता ज्याक क्लिवी (Jack Kilby) हो ।

छोटकरीमा लेख

(क) भ्याकुम ट्युब (Vacuum Tubes)

भ्याकुम ट्युब पहिलो पुस्ताको कम्प्युटरमा प्रयोग गरिएको उपकरण हो । यसलाई इलेक्ट्रोन ट्यूब वा भल्भ्स पनि भनिन्छ । इ.सं. १९०४ मा वैज्ञानिक जोन एम्ब्रोज फ्लेमिङ्ग (John Ambrose Fleming) ले यसलाई विकसित गरेको थियो । भ्याकुम ट्यूब एक सिसाबाट बनेको ट्यूब हो, जसबाट ग्यासलाई हटाइएर भ्याकुम (शून्य वा ग्यास रहित) बनाएको हुन्छ । यसमा इलेक्ट्रोनको प्रवाह नियन्त्रण गर्न इलेक्ट्रोडहरू राखिएको हुन्छ, जुन स्विच वा एम्प्लिफायरको रूपमा प्रयोग गरिन्छ । 
भ्याकुम ट्यूबहरू रेडियो, टेलिभिजन र टेलिफोन प्रणालीहरूमा इ.स. १९०० को दशकमा प्रयोग गरिन्थ्यो । १९५० बाट भने ट्रान्जिस्टरले भ्याकुम ट्यूबलाई प्रतिस्थापन गर्यो जसले गर्दा कम्प्युटरको आकारको बनेका थिए । भ्याकुम ट्यूबहरू आकारमा ठूला थिए । त्यसकारण सानासाना कम्प्युटरजन्य उपकरणहरुमा यो राम्रोसँग फिट हुन्थेनँ जसले गर्दा यसो प्रयोग कम हुन्छ । आजआभोली भ्याकुम ट्यूबहरू मुख्यतया ठूला ठूलो अडियो उपकरणहरूमा प्रयोग गरिन्छ ।

(ख) माइक्रोप्रोससर (Microprocessor)

माइक्रोप्रोसेसर अत्यन्तै सानो आइसीहरुबाट बनेको निकै भरपर्दो, शक्तिशाली र बहुउपयोगी कम्प्युटर प्रोसेसर हो, जसले कम्प्युटर वा विभिन्न कम्प्युटर जन्य उपकरणलाई काम गर्न सघाउँछ । यसको एउटै आइसी चिपमा लाखौं सुक्ष्म ट्रान्जिस्टर, रेजिस्टर र डायोड्सहरू मिलेर काम गर्दछन् । यसले कम्प्युटर प्रोग्राममा लेखिएका थुप्रै निर्देशनहरुलाई एक सेकेन्डभित्रै कार्यसम्पादन गर्न सक्छ । यसले कम्प्युटर हार्डवेयर र सफ्टवेयर बिच सम्बन्ध स्थापना गर्छ । यो अंकगणितीय तार्किक कार्य गर्न निर्माण गरिएको हो । २० औं शताब्दीका केहि माइक्रोप्रोसेसरहरूलाई धेरै चिपहरू चाहिन्थ्यो । माइक्रोप्रोसेसरहरू अस्तित्वमा आउनुभन्दा पहिले सिपियुहरू अलग-अलग इलेक्ट्रोनिक कम्पोनेन्टवाला सर्किटहरूद्वारा निर्माण गरिएको थियो, जसले गर्दा कम्प्युटर अलि ठूलो हुन्थ्यो । 
विश्वमा मुख्यतया दुई ठूला माइक्रोप्रोसेसर उत्पादकहरू - इन्टेल (Intel) र आइएमडी (AMD) रहेका छन । जसमध्ये इन्टेल कम्पनीले बनाएका माइक्रोप्रोसेसरले बढि लोकप्रियता पाएको छ । पहिलो माइक्रोप्रेसेसर Intel 4004 हो, जुन इन्टेल कम्पनीले बनाएका थिए । माइक्रोप्रोसेसरहरूले कम्प्युटरको सम्पूर्ण गतिविधिलाई नियन्त्रण गर्दछ । आजभोली माइक्रोप्रोसेसर पर्सनल कम्प्युटर, क्यालकुलेटर, मोबाइल फोन, कार, सैन्य हतियारहरु तथा विभिन्न घरेलु उपकरणहरू प्रयोग भैरहेका छन् ।

(ग) आर्टिफिसियल इन्टेलिजेन्स (Artificial Intelligence)

आर्टिफिसियल इन्टिलिजेन्स (AI) भनेको मानिसले जस्तै विवेक प्रयोग गरेर आफै काम गर्न सक्ने नयाँ कम्प्युटर प्रविधि हो । आधुनिक कम्प्युटर विज्ञान ठूलाठूला स्मार्ट डिभाइसहरु निर्माण गर्नसंग सम्बन्धित छ । परम्परागत कम्प्युटरहरु मानिसले ग्राफिकल युजर इन्टरफेस वा कमाण्ड युजर इन्टरफेसबाट निर्देशन दिएपछि मात्र काम गर्न सक्ने खालका छन । तर, आजभोली आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रयोग गरेर यसलाई मानिसले गर्न नसक्ने तथा जोखिमपूर्ण कामहरुमा लगाउने गरेका छन । रोबोट वा यन्त्रमानव आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिबाट तयार पारिएको एउटा कम्प्युटर उपकरणको उदाहरण हो ।
आर्टिफिसियल इन्टेलिजेन्सको मुख्य कार्यहरु भनेको मानिसले जस्तै सोँच्न सक्ने र काम गर्न सक्ने हो क्षमता हो । यसलाई कार्य क्षमताको आधारमा साधारण र विशिष्टमा रुपमा विकसित गरेको पाइन्छ । साधारण आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा कुनै स्थान वा क्षेत्र विशेषमा आफ्ना कामहरु पूरा गर्न सक्ने क्षमता हुन्छ । जस्तै - उद्योग, कलकारखाना, उत्खनन, स्वास्थ्य क्षेत्र र घरेलु मनोरञ्जनको लागि प्रयोग गरिन्छ । विशिष्ट आर्टिफिसियल इन्टेलिजेन्सको भनेको आफ्नो तर्क सहित काम गर्न सक्ने कम्प्युटर प्रविधि हो । मानिसलेझैँ साधारण कुराकानी गर्ने, तर्क वितर्क गर्न क्षमतासहितको आर्टिफिसियल इन्टेलिजेन्स विकास भैसकेपनि अझ परिस्कृत खालको आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा भने व्यापक अनुसन्धान भैरहेको छ । हालसम्म विकसित भैसकेका केही आर्टिफिसियल इन्टेलिजेन्सबाट निर्मित उपकरणहरु स्मार्ट डिभाइस भ्वाइस एसिस्टेन्ट (गुगलको Google Voice Assistance र एप्पलको Siri), रोग पत्ता लगाउने उपकरण, बजार व्यवस्थापन र अनुसन्धान गर्ने वोट, स्वचालित कार, अनुहार चिन्ने मेसेन आदी हुन ।

(घ) इन्टिग्रेटेड सर्किट (Integrated Circuit)

इन्टिग्रेटेड सर्किटलाई माइक्रो इलेक्ट्रोनिक सर्किट वा माइक्रो चिप पनि भनिन्छ । यो स-साना इलेक्ट्रोनिक कम्पोनेन्टहरु जस्तै - ट्रान्जिस्टर, डायोड्स, रेजिस्टर, क्यापासिटरहरु एकीकृत गराई सिलिकनबाट तयार पारिएको एक किसिमको चिप हो । यसलाई ज्याक क्लबि (Jack Kilby) ले बनाएका थिए १९५८ मा बनाएको भन्ने विश्व गरिन्छ । यसलाई सर्बप्रथम अमेरिकी वायु सेनाले खरिद गरेको थियो । यो कुनै विशेष कामको लागि बनाइएको हुन्छ । यसले एम्प्लीफायर (आवज ठूलो पार्ने), भाइब्रेटर (थर्किने), टाइमर (समय मापन गर्ने), काउन्टर (गन्ती गर्ने), माइक्रोप्रोसेसर वा कम्प्युटरमा मेमोरीको रूपमा कार्य गर्न सक्दछ । 
यसको निर्माण गर्न असंख्य प्रविधिहरु प्रयोग गरिएको हुन्छ । यसलाई AC (Analog Depending) र DC (Digital Depending) मा खण्डमा बाँडिएको हुन्छ । यसैको प्रयोगबाट नै आजभोलीको स-साना उपकरणहरु क्यालकुलेटर, घडी, रेडियो, टिभी, स्याटालाइट आदी देखि ठूला ठूला विद्युतिय उपकरणहरु बनाउन सम्भाव भएको हो ।

तलका सक्षिप्त शब्दको विस्तारित रूप लेख

(क) IC = Integrated Circuit
(ख) LSI = Large Scale Integration
(ग) VLSI = Very Large Scale Integration
(घ) ULSI = Ultra Large Scale Integration

ठिक र बेठिक छुट्याक

(क) पहिलो पुस्ताका कम्प्युटरहरूमा आइ.सी. चिप्स प्रयोग गरिन्छ ।
उत्तर: बेठीक (किनकी पहिलो पुस्ताको कम्प्युटरमा भ्याकुम ट्युव प्रयोग गरिन्छ ।)
(ख) दोस्रो पुस्ताको कम्प्युटरहरूको गति पहिलोभन्दा छिटो हुन्छन् ।
उत्तर: ठिक
(ग) माइक्रो प्रोसेसर तेस्रो पुस्ता कम्प्युटरमा प्रयोग गरिन्छ ।
उत्तर: बेठिक (किनकी LSI र VLSI को प्रयोग गरि बनाएको माइक्रोप्रोसेसर चौँथो पुस्ताको कम्प्युटरमा प्रयोग हुन्छ ।)
(घ) पाँचौँ पुस्ताका कम्प्युटरमा बायो चिप्स प्रयोग हुन्छ ।
उत्तर: ठिक

जोडा मिलाऊ:

(क) भ्याकुम ट्युब

चौंथो पुस्ता

(ख) बायो चिप्स

माइक्रो प्रोसेसर

(ग) भी. एल. एस. आई.

पाँचौं पुस्ता

(घ) IBMPC

पहिलो पुस्ता


उत्तर: जोडा मिलाऊको उत्तर
(क) भ्याकुम ट्युब = पहिलो पुस्ता
(ख) बायो चिप्स = पाँचौं पुस्ता
(ग) भी. एल. एस. आई. = माइक्रो प्रोसेसर
(घ) IBMPC = चौँथो पुस्ता

तलका प्रश्नहरुको उत्तर लेख

(क) कम्प्युटरको पुस्ता भनेको के हो ?
उत्तर: कम्प्युटर विकासको क्रममा कुन समयमा कस्ता कम्प्युटर अविस्कार भए, कुन प्रविधि वा उपकरण प्रयोगमा आए र तिनका विशेषताहरु कस्ता थिए भनेर गहन अध्यन गर्न चरणबद्व रूपमा विभाजन गरिएको कम्प्युटर विकासका समयावधिलाई कम्प्युटरको पुस्ता भनिन्छ । यसलाई पाँच भागमा बाँडिएको छ:
१. पहिलो पुस्ताको कम्प्युटर
२. दोस्रो पुस्ताको कम्प्युटर
३. तेस्रो पुस्ताको कम्प्युटर
४. चौँथो पुस्ताको कम्प्युटर
५. पाँचौं  पुस्ताको कम्प्युटर

(ख) कम्प्युटरको पुस्ताहरूको र त्यसमा प्रयोग भएका प्रविधिहरूको उल्लेख गरी विशेषता लेख ।
उत्तर: कम्प्युटर विकासको क्रममा कुन समयमा कस्ता कम्प्युटर अविस्कार भए, कस्ता प्रविधि प्रयोग गरिएका थिए र तिनका विशेषताहरु कस्ता थिए भनेर अध्यन गर्न कम्प्युटरका पुस्ताहरुहरुलाई पाँच खण्डमा विभाजन गरिएको छ ।
१. पहिलो पुस्ताको कम्प्युटर: इ.सं. १९४७ देखि १९५८ सम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर पहिलो पुस्ताको कम्प्युटर हो । यो कम्प्युटरमा भ्याकुम ट्युब र भल्बहरुको प्रयोग गरिएको थियो । यो कम्प्युटरको आकारमा ठूला, बढि ताप उत्पादन गर्ने, काम ढिलो र मूल्य बढि थियो ।
२. दोस्रो पुस्ताको कम्प्युटर: इ.सं. १९५९ देखि १९६५ सम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर दोस्रो पुस्ताको कम्प्युटर हो । यो कम्प्युटरमा ट्रान्जिस्टरहरुको प्रयोग गरिएको थियो । यो कम्प्युटरले काम माइक्रो सेकेन्डमा र तुलनात्मक रुपमा पहिलो पुस्ताको कम्प्युटर भन्दा कम ताप उत्पादन र कम बिजुली खपत गर्थें ।
३. तेस्रो पुस्ताको कम्प्युटर: इ.सं. १९६५ देखि १९७१ सम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर तेस्रो पुस्ताको कम्प्युटर हो । यो कम्प्युटरमा आइसीको प्रयोग गरिएको थियो । यो कम्प्युटरमा काम गर्ने गति नानो सेकेन्डमा वृद्वि भएको थियो । यो पुस्ताको कम्प्युटर आकारमा सानो, छिटो काम गर्न सक्ने एवं किबोर्ड र मनिटरको प्रयोग भएको थियो ।
४. चौंथो पुस्ताको कम्प्युटर: इ.सं. १९७१ देखि हालसम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर चौंथो पुस्ताको कम्प्युटर हो । यो कम्प्युटर धेरै सानो, धेरै भण्डारण क्षमता भएको र म्याग्नेटिक डिस्कहरुको प्रयोग भएको कम्प्युटर हो । हाल हामीले प्रयोग गर्ने गरेका कम्प्युटर यसै कम्प्युटरमा पर्छन ।
५. पाँचौं पुस्ताको कम्प्युटर: पाँचौ पुस्ताको कम्प्युटर पूर्ण रुपमा विकसित भैसकेका छैनन तर यसको व्यापक खोज अनुसन्धान भैरहेको छ । यस पुस्ताको कम्प्युटरमा बायो चिप्स, नेचुरल ल्याङ्ग्वेज र आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग हुने छ । हाल विकसित रोबोट वा यन्त्रमानव यसको एउटा नमूना हो ।

(ग) दोस्रो पुस्ता कम्प्युटरहरूका विशेषता लेख ।
इ.सं. १९५९ देखि १९६५ सम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर दोस्रो पुस्ताको कम्प्युटर हो । यो कम्प्युटरमा ट्रान्जिस्टरहरुको प्रयोग गरिएको थियो । यो कम्प्युटरले काम माइक्रो सेकेन्डमा र तुलनात्मक रुपमा पहिलो पुस्ताको कम्प्युटर भन्दा कम ताप उत्पादन र कम बिजुली खपत गर्थें । दोस्रो पुस्ताको कम्प्युटरको विषेशताहरु निम्नानुसार छन्:
१. यस पुस्ताको कम्प्युटरमा ट्रान्जिस्टर प्रयोग गरिएको थियो र फेराइड कोर मेमोरीको रुपमा प्रयोग गरिएको थियो ।
२. काम गर्ने गति माइक्रो सेकेन्डमा मापन गरिन्थ्यो ।
३. एसेम्ब्ली प्याङ्ग्वेजको प्रयोग भएको थियो ।
३. कम्प्युटरको आकार तुलनात्मक रुपमा पहिलो पुस्ताको कम्प्युटर भन्दा सानो, मुल्य कम पर्ने र कम इन्धन प्रयोग गर्थे ।
४. पहिलो कम्प्युटर भन्दा शक्तिशाली र बढि भण्डारण क्षमता बढि थियो ।

(घ) तेस्रो पुस्ताका कम्प्युटरहरूका उदाहरण लेख ।
इ.सं. १९६५ देखि १९७१ सम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर तेस्रो पुस्ताको कम्प्युटर हो । यो कम्प्युटरमा आइसीको प्रयोग गरिएको थियो । यो कम्प्युटरमा काम गर्ने गति नानो सेकेन्डमा वृद्वि भएको थियो । यो पुस्ताको कम्प्युटर आकारमा सानो, छिटो काम गर्न सक्ने एवं किबोर्ड र मनिटरको प्रयोग भएको थियो । यसका उदाहरणहरु Cyber 175, CDC 7600, ICL 1900, IMB 730 आदि हुन ।

(ङ) चौथौ र पाँचौं पुस्ताका कम्प्युटरबिच फरक छुट्याऊ ।
इ.सं. १९७१ देखि हालसम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर चौंथो पुस्ताको कम्प्युटर हो भने हाल खोज अनुसन्धानको क्रममा रहेको र पूर्ण रुपमा विकसित नभएको कम्प्युटर पाँचौ पुस्ताको कम्प्युटर हो । यिनीहरू बिचको फरकलाई तलको तालिकामा देखाइएको छ ।

चौँथो पुस्ता

पाँचौं पुस्ता

१. चौँथो पुस्ताको कम्प्युटरमा LSIC VLSIC बाट बनेको माइक्रोप्रोसेसर प्रयोग गरिएको छ ।

१. पाँचौं पुस्ताको कम्प्युटरमा बायो चिप्स र ग्यालियम आइसेनाइड प्रयोग हुने छ ।

२. यसमा आधुनिक हाई लेभल प्रोग्रामिङ भाषा प्रयोग गरिएको छ ।

२. यसमा नेचुरल ल्याङ्ग्वेज र प्रोलग नामक प्रोग्रामिङ भाषा प्रयोग हुने छ ।

३. यसमा आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग भएको छैन । जसले गर्दा कम्प्युटर आफैले सोँच्न सक्दैन ।

३. यसमा पूर्ण आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग हुने छ । जसले गर्दा कम्प्युटर आफैले सोँच्न सक्ने छ ।

४. यसको काम गर्ने गति विको सेकेन्ड रहेको छ ।

4. यो हालसम्मकै सर्वाधिक छिटो चल्ने कम्प्युटर हुने छ ।

५. आधुनिक डिजिटल कम्प्युटर, प्याप्टप, मोबाइल आदि यसको उदाहरण हो ।

५. आर्टिफिसियल इन्टिलिजेन्सबाट चल्ने रोबोट यसको एउटा उदाहरण हो ।

Post a Comment

4 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
  1. Replies
    1. Hello there, how can I help you? Did you read notes of Unit 4 and Unit 5 ? If not yet please have a look at our website.

      Delete
  2. कक्षा ८ काे पाठ पाँच भन्दा पछिका पाठहरू किन राेकिए । यसलाइ पनि अपलाेड गरे हुनेथियाे । तर हालसम्म तयार भएका मेटेरियलहरू अत्यन्त राम्रा छन् । यस्ता सामग्री आउँदै गरून् ।

    ReplyDelete
    Replies
    1. धन्यबाद तपाईंको अमूल्य सुझावको लागि । हामीले बिस्तारै सबै पाठ समेट्ने छौँ । हाल पाठ १, २, ३, ४, ५, *६, ९ र १० को उत्तर सहित पाठहरु राखिएको छन् । कृपया हेरेर केही लेखाइ अशुद्धता भएमा हामीलाई जानकारी दिनुहोला ।

      Delete
Post a Comment

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top