पाठ २ - कम्प्युटरको इतिहास (History Of Computer) | कम्प्युटर शिक्षा कक्षा ८

0

पाठ - २ कम्प्युटरको इतिहास (History of Computer)

पाठ

कम्प्युटरको इतिहास प्रायः ऐतिहासिक समयबाट सुरु हुन्छ । अङ्कहरूको विकास हुनु अगाडि मान्छेहरू गणना गर्न कुनै स्रोतहरूको प्रयोग गर्दथे । भित्तामा धर्काहरू कोर्ने, आफ्ना जनावरहरू गणना गर्न ढुङ्गाहरू प्रयोग गर्ने, आफ्ना औंलाहरू र डोरीका गाँठाहरू प्रयोग गर्ने गर्दथे । यसको फलस्वरूप हिन्दु दार्शनिकहरूले गणना गर्न नयाँ प्रविधि विकास गरे । यसमा ०-९ सम्मका अङ्कहरू प्रयोग गरिन्थ्यो । यसमा जम्मा १० ओटा मात्र हुने भएकाले यसलाई डेसिमल नम्बर (decimal number system) भनिन्छ । मानवको विकाससँगै उनीहरूले व्यापार गर्न थाले । यसमा विभिन्न किसिमका अप्ठ्यारा हिसाब गर्नुपर्ने भयो । यही दौरानमा विभिन्न समयमा विभिन्न अप्ठ्यारा किसिमका हिसाबहरू सजिलै सम्पन्न गर्न नयाँ नयाँ मेसिन र प्रविधिको विकास गर्न थाले । यस पाठमा हामी तिनै प्रविधिबारे छोटकरीमा चर्चा गछौँ :

१. अवाकस (Abacus)

Abacus
Abacus
अबाकस पहिलो मानव निर्मित हिसाब (calculating) गर्ने उपकरण हो । यो करिब ३००० वर्ष अगाडि चिनियाँ व्यापारीहरूले बनाएका थिए । यो चारपाटे फ्रेममा काठ वा धातुका डन्डीहरू जडान गरी बनाएको हुन्छ । फ्रेमलाई तल्लो र माथिल्लो गरी दुई भागमा छुट्याइएको हुन्छ र बिचको काठले तल्लो भाग र माथिल्लो भागलाई छुट्याएको हुन्छ । तल्लो भागलाई अर्थ (earth)माथिल्लो भागलाई हेभन (heaven) भनिन्छ । तल्लो भागमा ५/५ ओटा डल्लाहरू हुन्छन् भने माथिल्लो भागमा २/२ ओटा डल्लाहरू जडान गरिएका हुन्छन् । यी डल्लाहरू हातका औंलाले तल माथि सारेर हिसाब गरिन्छ । यी डन्डीहरूमा जडित डल्लाहरूले निश्चित अङ्कको प्रतिनिधित्व गरेका हुन्छन् । डन्डीहरू दायाँबाट बायाँतर्फ जाँदा, पहिलोले एक अङ्कको प्रतिनिधित्व गर्दछ भने दोस्रोले दस, तेस्रोले सय…, एवम् प्रकारले ती डल्लाहरूले अङ्कभार बोकेका हुन्छन् तर माथिल्लो डल्लाहरूको अङ्कभार पाँच हुन्छ । उदाहरणका लागि पहिलो डन्डीका डल्लाहरू पाँच ओटै गणना गरिसकेपछि माथिल्लो एउटा डल्लो गणना गरिन्छ । जब माथिल्लो दुई ओटा गणना हुन्छ, त्यस बराबर दोस्रो डन्डीको एक डल्ला हुन्छ । यस उपकरणबाट फ्राक्सनहरू (fraction) को पनि गणना गर्न सकिन्छ ।

नापियर बोन (Napier's Bone):

Nepiers Bone
Nepiers Bone
जोन नापियर (John Napier) एक स्कटिस (Scottish) गणितज्ञ हुन् । उनले लगरिथ्म (logarithm) सम्बन्धी किताब 'राबडोलोजिया' (Rabdologia) निकालेका थिए । जसले गुणन र भाग गर्न सजिलो बनायो । उसले इ.सं. १६१७ मा जनावरहरूको हड्डीमा विभिन्न अङ्कहरू कोरेर गणना गर्ने उपकरण विकास गरे । जसलाई नापियर बोन भनिथ्यो । यस उपकरणमा जम्मा नौ ओटा हाडहरू हुन्छन् । ती हाडहरूमा १-९ ओटा सम्मका गुणाङ्कहरू कुँदिएका हुन्थे ।

स्लाइड रूल (Slide Rule)

स्लाइड रुल एक एनालग हिसाब गर्ने उपकरण हो । यसलाई विलियम औगरेट (William Oughtred) ले इ.सं. १६२० मा बनाएका थिए । उनी ब्रिट्रिस गणितज्ञ थिए । उनको उपकरण जोन नापियरको सिद्धान्त 'लगरिथम (logarithm)' मा आधारित छ ।
स्लाइड रुलमा दुई ओटा स्केल हुन्छन् । एउटा लामो र अर्को छोटो हुन्छ । यसमा अङ्कहरू कोरिएका हुन्छन् । सानो स्केल लामो स्केलमाथि खप्टयाएर चलाउन मिल्ने गरी बनाएको हुन्छ । यसको मद्तबाट गुणन र भाग सजिलै गर्न सकिन्छ । यसलाई पहिलो एनालग (analog device) उपकरण पनि भनिन्छ ।

पास्कलाइन (Pascaline)

पास्कलाइन (Pascaline)
पास्कलाइन (Pascaline)
इ.सं. १६४२ मा फेन्च गणितज्ञ ब्यलेज पास्कल (Blaise Pascal) ले पास्कलाइन (Pascaline) उपकरण बनाएका थिए । ब्यलेज पास्कलले यो उपकरण उनको बुबाको कामलाई सहयोग पुयाउन बनाएका थिए । यस उपकरणमा आठ ओटा घुमाउन मिल्ने चक्का जडान गरिएको हुन्छ, जसमा ० देखि ९ सम्म अङ्क कोरिएको हुन्छ । यी चक्काहरू एक अर्कासँग विशेष किसिमले जोडिएका हुन्छन्, जसमा एउटा चक्का ० देखि ९ सम्म घुमाउँदा सँगैको अर्को चक्का १ पटक घुम्छ ।
यहीँ अनुपातमा अरू चक्काहरू घुम्ने व्यवस्था मिलाइएको हुन्छ । सानो घडी हरेक चक्काको माथि जडान गरिएको हुन्छ, जसले चक्काको अवस्था वा मात्रालाई देखाउँछ । यो उपकरणलाई विशेष गरी जोड र घटाउ हिसाब गर्न प्रयोग गरिन्छ । गुणन र भाग गर्न पटक पटक जोड वा पटक पटक घटाउ गरिन्थ्यो । यस उपकरणले आठ अङ्कसम्म मात्र हिसाब गर्न सकिन्छ ।

लेबनाइज स्टेप्ड रेकनर (Leibnitz Stepped Reckoner)

लेबनाइज स्टेप्ड रेकनर (Leibnitz Stepped Reekaner)
जर्मन गणितज्ञ गटफ्रिड विल्हेम लेवनिज (Gottfried Wilhelm Leibniz) ले इ.सं. १६७३ मा यो उपकरणको निर्माण गरेका थिए । यो उपकरण पास्कलाइनकै सिद्धान्तमा आधारित थियो। तर बनावट पास्कलाइन भन्दा अलि जटिल थियो । यस उपकरणको मद्दतबाट जोड, घटाउ, गुणन र भाग गर्न सकिन्छ । यसमा एउटा ह्यान्डलको मद्दतबाट नम्बरहरू इन्ट्री गरिन्थ्यो र आवश्यक हिसाब निकालिन्थ्यो ।

चार्ल्स बावेज (Charles Babbage)

Charlse Babbage
Charlse Babbage
चार्ल्स बाबेज इ.सं. १७९१ मा ब्रिटेनमा जन्मेका थिए । उनी आधुनिक कप्प्युटर पिता (Father of Computer) मानिन्छन् । उसले डिफरेन्स इन्जिन र एनालिटिकल इन्जिन गरी दुई ओटा आधुनिक उपकरण बनाएका थिए । विशेष कारण ती दुई ओटा उपकरण पूर्ण हुन पाएन । तर पनि उनको विचार र प्रविधिले धेरै ख्याति कमाएका थिए, जसको फलस्वरूप अहिलेको आधुनिक कम्प्युटरमा उसको प्रविधि प्रयोग गरिएको पाइन्छ । उनी क्याम्बिज (Cambridge) विश्व विद्यालयका प्राध्यापक थिए ।

डिफरेन्स इन्जिन (Difference Engine)

चार्ल्स बाबेजले इ.सं. १८२२ मा डिफरेन्स इन्जिन बनाएका थिए । यस इन्जिनमा इन्धनको रूपमा बाफ प्रयोग गरिन्थ्यो । यस इन्जिनले डिफरेन्स टेबल (Difference Table) को आधारमा काम गर्छ । हाल यसको एउटा मोडेल लन्डनको म्युजियममा राखिएको छ ।

एनालिटिक्कल इन्जिन (Analytical Engine)

डिफरेन्स इन्जिन बनाउने क्रममा बाबेजले नयाँ विचार र प्रविधि पत्ता लगाए । इ.सं. १८३३ मा डिफरेन्स इन्जिनलाई बिचैमा छाडेर नयाँ उपकरण बनाउनेतर्फ लागे, जसको नाम एनालिटिकल इन्जिन हो । (Analytical Engine) यस इन्जिनमा चार मुख्य भाग थिए :
१. मिल (Mill) : हिसाब गर्ने (Calculating) भाग
२. स्टोर (Store) : भन्डारण गर्ने भाग
३. इन्पुट (Input) : डाटा इन्ट्री गर्ने भाग
४. आउटपुट (Output) : परिणाम देखाउने भाग
यस उपकरणमा इन्पुट र आउटपुट कार्य गर्न पन्च कार्ड (Punch Card) को प्रयोग गरिन्थ्यो । बाबेजले यो विधि ज्याकर्ड लूम (Jacquard Loom) बाट लिएका थिए । यसले २० अङ्कसम्मको हिसाब निकाल्न सक्दछ, जसको गति ६० ओटा जोड प्रति मिनेट थियो । यस उपकरणका मुख्य विशेषताहरू निम्न लिखित छन् :
१. डाटा र इन्स्ट्रक्सन (Instructions) हरू पन्च कार्डको मद्दतबाट दिइन्थ्यो ।
२. डाटाहरूलाई भन्डारण (store) गर्न सकिन्थ्यो ।
३. मिल (Mill ) को प्रयोग गरी प्रशोधन (Processing) कार्य गरिन्थ्यो ।
४. आवश्यक आउटपुट (Output) परिणामको रूपमा निकाल्न सकिन्थ्यो ।

लेडी अगस्ट अडा (Lady Augusta Ada)

लेडी अगस्टा चार्ल्स बाबेजको विचारबाट प्रभावित थिइन् । बाबेजसँगको भेटघाटको क्रममा लेडी अगस्टले एनालेटिकल इन्जिन सम्बन्धी थुप्रै ज्ञान हासिल गरेकी थिइन् । उनीले एनेलिटिकल इन्जिनमा बाइनरी नम्बर (Binary Number) प्रयोग गर्न सुझाव दिएका थिए । अडाले पहिलो पल्ट कम्प्युटरमा प्रोग्रामिङ गर्न सफल भए । कम्प्युटरमा एक पटक दिएको निर्देशन (Instruction) पटक पटक आवश्यकताअनुसार दोहोर्‍याउन सकिन्छ भनी लुपिङ (Looping) को आवधारणा पत्ता लाग्यो । उनलाई पहिलो कम्प्युटर प्रोग्रामर (Computer Programmer) भनी चिनिन्छ । पछि उनको सम्मानमा इ.सं. १९७९ मा अमेरिकाको सुरक्षा विभागले तयार गरेको कम्प्युटर प्रोग्रामिङको नाम लेडी अगस्टा अडा (ADA) भनी राखियो ।

टाबुलेटिक मेसिन (Tabulating)

हर्मन अमेरिकाको तथ्याङ्क विभागमा जनगणना कार्यालयका कर्मचारी थिए । उसले ज्याकर्ड लुमको पन्जकार्डको प्रविधिलाई परिमार्जित गरी टाबुलेटिङ मेसिनमा प्रयोग गरेका थिए । इ.सं. १८८० को अमेरिकाको जनगणना कार्य झन्डै ७ सात वर्ष लागेको थियो । त्यसको १० वर्षपछि इ.सं. १८९० मा जनसङ्ख्या वृद्धिका कारण १० वर्ष लाग्ने अनुमान गरेका थिए ।
त्यसैले अमेरिकाको जनगणना कार्यालयले कसले छिटो गणना गर्ने उपकरण बनाउन सकिन्छ भनी प्रतियोगिताको आयोजना गर्‍यो । यस प्रतियोगितामा हर्मनले 'टाबुलेटिङ मेसिन' (Tabulating Machine) बनाई प्रतियोगितामा भाग लिएर प्रतियोगितासमेत जिते । यही मेसिनपछि १८९० को जनगणनामा प्रयोग गरियो र जनगणना कार्य ३ वर्षमा कम खर्चमा सम्पन्न गर्न सफल भयो । हर्मनले पहिलो पल्ट आफ्नो मेसिनमा पन्ज कार्डको प्रयोग गरेका थिए । इ.सं. १८९६ मा होरिडले टाबुलेटिङ मेसिन कम्पनी (Tabulating Machine Company) को स्थापना गरे । उनले अर्को कम्पनीसँग मिली विश्व प्रसिद्ध कम्पनी आई.बी.एम (I.B.M.) को स्थापना गरे, जुन हालसम्म प्रसिद्ध छ ।

इलेक्ट्रो मेकानिकल कम्प्युटर (Electro Mechanical Computer) मार्क-I (Mark-I)

Mark-I
मार्क I लाई पहिलो इलेक्ट्रो मेकानिकल कम्प्युटर मानिन्छ । इ.सं. १९४० मा हावर्ड विश्व विद्यालयका प्रोफेसर हावर्ड आइकन (Howard Aikon) र IBM का इन्जिनियरहरूद्वारा एक जटिल किसिमको मेसिन तयार गरियो, जसको नाम मार्क - आई (Mark-1) राखियो ।
यसलाई आई. बी. एम. ए. एस. सी. सी. (IBMASCC) भनिन्छ । यो पहिलो प्रोग्राम्बेल (programmable) कम्प्युटर हो । यो मेसिनको बनावट जटिल र आकार विशाल थियो । यसमा ७५०,००० विभिन्न पार्ट पुर्जाहरू जडान गरिएको थियो र यसमा ५०० माइल लामो तारले ती पुर्जाहरूलाई जोडिएका थिए । यसमा भ्याकुम ट्युबहरू मात्र १८,००० ओटा प्रयोग गरिएको थियो । यसको लम्बाइ ५१ फिट, उचाइ ३ फिट र तौल ३२ टन थियो । यसले धेरै मात्रामा विद्युत् खपत गर्नुका साथै ताप बढी मात्रामा उत्पादन गर्दथ्यो । ग्रेस होपर (Grace Hoper) मार्क-I को प्रोग्रामर थिए, जसले पहिलो कम्प्युटर बग (Computer Bug) पत्ता लगाए ।

एन्टानासफ बेरी कम्प्युटर (ABC/Antanasoff Berry Computer)

ABC/Antanasoff Berry Computer
जोन भासेन एन्टानासफ र उसका विद्यार्थी किलिफड बेरी मिली पहिलो इलेक्ट्रोनिक कम्प्युटर एन्टानासफ बेरी (ए.बी.सी.) बनाए । यसमा जम्मा ३००० विट्स भन्डारण गर्ने क्षमता राख्दथ्यो । एन्टानासफले आफ्नो मेसिनमा पहिलो पल्ट क्यापासिटर प्रयोग गरी इलेक्ट्रिक चार्ज (Electric Charge) भन्डारण गर्न सफल भए । ती इलेक्ट्रिक चार्जलाई बाइनरी नम्बर ० र १ ले प्रतिनिधित्व गरे, जसलाई बाइनरी नम्बर सिस्टम पनि भनिन्छ ।

इनिक (ENIAC/Electronic Numerical Integrator and Calculator)

इलेक्ट्रोनिक्स न्युमेरिकल इट्रिग्रेटर र क्यालकुलेटर दोस्रो विश्वयुद्धका दौरान विभिन्न किसिमका अत्याधुनिक उपकरणको बिकास भयो । इ.सं १९४६ मा जोन विलियम माउटयुली र जे.पी. इकर्टले यी मेसिन अमेरिकाको सैनिक प्रयोजनका लागि बनाएका थिए । यसको कार्य क्षमता पहिलेका कम्प्युटरहरू भन्दा निकै बढी थियो । यसको आकार १० फिट अग्लो र १,००० स्क्वायर फिट कोठा आवश्यक पर्दथ्यो । यसको तौल ३० टन थियो । यसमा ७०,००० रेजिस्ट्रर (Register), १०,००० क्यापासिटर (Capacitor), ६०,००० स्विच (switch) र १८००० भ्याकुम ट्युब (Vacuum Tube) जडित थियो । यसले १८०,००० वाट विद्युत् खपत गर्दथ्यो । यो कम्प्युटरलाई पहिलो जेनरल परपोज कम्प्युटर (General Propose) भनिन्छ ।

एडस्याक (Electronic Delay Storage Automatic Computer)

जोन भ्यान न्युमानले सन् १९४५ मा भन्डारण गर्ने EDSAC सिद्धान्त पत्ता लगाएका थिए । इडस्याक (EDSAC) कम्प्युटर उसकै भन्डारण गर्ने सिद्धान्तमा आधारित कम्प्युटर हो । क्याम्ब्रिज विश्व विद्यालयमा माडसी विल्क तो ले इ.सं. १९४९ मा यसको निर्माण गरेका थिए । यसमा ३,००० वाट भ्याकुम ट्युब प्रयोग गरिएको थियो । यसले जम्मा ३० किलोवाट विद्युत् खपत गर्दथ्यो । यसको गति १५०० माइक्रो सेकेन्ड जम्मा गर्न र ४००० माइक्रोसेकेन्ड गुणन गर्न लाग्थ्यो ।

युनिभ्याक (UNIVAC/Universal Automatic Computer-I)

युनिभ्याक कम्प्युटर पहिलो व्यापारिक प्रयोजनका लागि बनाएको जनरल कम्प्युटर हो । यो कम्प्युटर पहिलो पल्ट धेरै मात्रामा उत्पादन गरिएको थियो । यो कम्प्युटर जोन म्याउटयुली र जे.पी एकर्टले स्थापना गरेको कम्पनी युनिभरर्सल एकाउन्टिङ कम्पनी (ग्niversal Accounting Company) मा बनेको हो । यसको बनावट २५ फिट चौडाइ, ५० फिट लम्बाइको थियो । यसको भन्डारण क्षमता १,००० शब्द वा १२,००० ओटा अक्षर थियो । यसमा म्याग्नेटिक टेप इन्पुट र स्टोरेजका लागि प्रयोग गर्दथे र इलेक्ट्रोनिक टाइप राइटर आउटपुटको लागि प्रयोग गर्दथे । यसले १२० के.भी.ए. विद्युत् खपत गर्दथ्यो । यसले ०.५२५ मिलि सेकेन्ड जम्मा गर्ने, २.१५ मिलि सेकेन्ड गुणन गर्न र ३५ मिलि सेकेन्ड भाग गर्न समय लिन्थ्यो ।

इडिभ्याक (EDVAC/Electronic Discrete Variable Automatic Computer)

इ.सं. १९५२ मा जोन माउचुली र जे.पी.एकर्टहरूले इडिभ्याक कम्प्युटर निर्माण गरेका थिए । यसलाई स्टोर प्रोग्राम सिद्धान्त प्रयोग गरिएको दोस्रो कम्प्युटर मानिन्छ । यसमा प्रोसेसर मेमोरी र स्टोर प्रोग्रामसमेत राखिएको हुन्थ्यो । यसमा ४००० भ्याकुम ट्युब र १०००० क्रिस्टल डाइड्स (Crystal Diodes) प्रयोग गरिएको थियो ।

नेपालमा कम्प्युटरको इतिहास (History of computer in Nepal)

नेपालमा कम्प्युटरको इतिहास वि.सं. २०२८ सालबाट सुरु भएको मानिन्छ । तत्कालिन सरकारले २०२८ सालको जनगणनाका लागि दोस्रो पुस्ताको कम्प्युटर IBM 1401 भित्र्याएको थियो । त्यस कम्प्युटरको मद्दतले १ वर्ष ७ महिनमा, १ करोड १२ लाख ५० हजार जनताको गणना गरेको थियो । पछि सो कम्प्युटर सरकारले किनी राष्ट्रिय तथ्याङ्क विभागलाई जिम्मा दियो र वि.सं. २०३१ सालमा सोही कम्प्युटरको मद्दतबाट इलेक्ट्रोनिक डाटा प्रोसेसिङ सेन्टरको स्थापना भयो । हाल यो विघटन भैसकेको छ । वि.सं. २०३८ सालमा ICL 2950/10 खरिद गरियो । यसको मद्दतले पहिलोको जनगणनाभन्दा छिटो गणना गर्न सक्षम भए । वि.सं. २०३९ बाट माइक्रो कम्प्युटर एप्पल, भेक्टर, सिरस नेपालमा भित्रिएको पाइन्छ । विस्तारै आजसम्ममा हरेक ब्रान्डका राम्रा राम्रा कम्प्युटर पाइन थालेको छ ।

कार्यकलाप

१. मेकानिकल कम्प्युटरहरूको चित्र बनाई त्यसको निर्माणकर्तासमेत उल्लेख गरी चार्ट बनाऊ ।
उत्तर: 
मेकानिकल कम्प्युटर
मेकानिकल कम्प्युटर


२. इलेक्ट्रोनिक कम्प्युटरहरूको सूची तयार गर ।
उत्तर: इलेक्ट्रोनिक कम्प्युटरहरू Mark I, ENIAC, EDSAC, UNIVAC, EDVAC लगायत वर्तमान समयमा सबै कम्प्युटरहरू हुन । 

अभ्यास

१. तलका बाली ठाउँमा भर:

(क) अबाकस ...........  व्यापारीहरूले बनाएका थिए ।
(ख) अबाकसको माथिल्लो भागलाई ............ भनिन्छ ।
(रा) पास्कलाइन ........... ले बनाएका थिए ।
(घ) कम्प्युटरका पिता भनी ........... लाई चिनिन्छ।
(ङ) .......... पहिलो व्यावसायिक कम्प्युटर मानिन्छ ।

उत्तर: खाली ठाउँको उत्तरहरु:
(क) अबाकस चिनियाँ व्यापारीहरूले बनाएका थिए ।
(ख) अबाकसको माथिल्लो भागलाई हेभन (heaven) भनिन्छ ।
(रा) पास्कलाइन ब्यलेज पास्कल (Blaise Pascal) ले बनाएका थिए ।
(घ) कम्प्युटरका पिता भनी चार्लस बाबेज (Charles Babbage) लाई चिनिन्छ।
(ङ) युनिभ्याक आई  (UNIVAC-I) पहिलो व्यावसायिक कम्प्युटर मानिन्छ ।

२. ठिक र बेठिक बुट्याऊ :

(क) स्लाइड रुल लगरिथम (logarithm) मा आधारित उपकरण हो ।
उत्तर: ठिक
(ख) नापियर बोन जनावरका हाडमा अङ्ग कुडिएर बनाएका हुन्छन् ।
उत्तर: ठिक
(ग) लेबनाइण्ड स्टेप रकनर चार्ल्स बाबेजले बनाएका थिए ।
उत्तर: बेठिक (किनकी यो जर्मन गणितज्ञ) गटफ्रिड विल्हेम लेवनिजले बनाएका हुन ।)
(घ) एनालिटिकल इन्जिनमा भन्डारण गर्ने भाग हुँदैन ।
उत्तर: बेठिक (किनकी यसमा मिल, स्टोर, इन्पुट र आउटपुट हुन्छ ।
(ङ) लेडी अगस्टा अडा पहिलो कम्प्युटर प्रोग्रामर हो ।
उत्तर: ठिक

३. जोडा मिलाऊ :

(क) डिफरेन्स इन्जिन         इनिक (ENIAC)
(ख) मार्क आई                   युनिभ्याक (UNIVAC)
(ग) एबिसी                         चार्ल्स बाबेज
(घ) जोन माउच्युली             पहिलो इलेक्ट्रो मेकानिकल कम्प्युटर
(ङ) जेपी एकर्ट                    ३,००० बिट्स (0.4k) भन्डारण क्षमता

उत्तर: जोडा मिलाउको उत्तर:
(क) डिफरेन्स इन्जिन = चार्ल्स बाबेज
(ख) मार्क आई = पहिलो इलेक्ट्रो मेकानिकल कम्प्युटर
(ग) एबिसी = ३,००० बिट्स (0.4k) भन्डारण क्षमता
(घ) जोन माउच्युली = इनिक (ENIAC)
(ङ) जेपी एकर्ट = युनिभ्याक (UNIVAC)

४. निम्न लिखित सक्षिप्त शब्दका विस्तारित रूप लेख :

(क) इडिस्याक (EDSAC) = Electronic Delay Storage and Automatic Computer
(ख) इडिभ्याक (EDVAC) = Electronic Discrete Variable Automatic Computer
(ग) युनिभ्याक (UNIVAC) = Universal Automatic Computer
(घ) इनिक (ENIAC) = Electronic Numerical Integrator and Calculator
(ङ) एबिसी (ABC) = Atanasoff-Berry Computer

५. तलका प्रश्नहरूको उत्तर लेख :

(क) अबाकसको बारेमा छोटो टिप्पणी गर ।
उतर: अबाकस भनेको तीन हजार बर्ष पहिले चिनियाँ व्यापारीहरुले चारपाटे फ्रेमको काठ वा धातुका डन्डीहरुमा  सात सात वटा डल्ला उनेर जडान गरि बनाएको बनाइएको हिसाब गर्ने यान्त्रिक उपकरण हो । यसको फ्रेमलाई तल्लो र माथिल्लो भागमा छुट्याएको हुन्छ । तल्लो भागलाई लोअर डेक वा अर्थ र माथिल्लो भागलाई अपर डेक वा हेभन भनिन्छ ।  तल्लो भागमा ५/५ वटा डल्ला र माथिल्लो भागमा २/२ वटा डल्ला राखिएको हुन्छ, जसलाई तल वा माथि सारेर गणना गर्ने कार्य हुन्छ ।

(ख) नापियर बोन भनेको के हो, यसको आविष्कार कसले गरेका थिए ।
उत्तर: नापियर बोन भनेको इ.सं. १६१७ मा स्कटिस गणितज्ञ जोन नेपियले जनवारको हड्डीलाई कुँदेर बनाइएको सानो हिसाब गर्ने उपकरण हो । यस उपकरणमा एक देखि नौ सम्मको गुणाङ्कहरु कुँदिएका हुन्थे, जसले गर्दा एक अङ्कको गुणन अति छोटो समयमा गर्न सक्थ्यो । यो उपकरण प्रयोग गरेर गुणन र भाग गर्न सकिन्थ्यो । उनले यस उपकरणको अवधारणा आफ्नो लगरिथ्म सम्बन्धि किताब 'राबडोलोजिया' मा अगि सारेका थिए ।

(ग) चार्ल्स बाबेजलाई किन कम्प्युटरको पिता भनिएको हो, छोटकरीमा चर्चा गर ।
उत्तर: चाल्स बाबेजलाई कम्प्युटरको पिता भनिन्छ, किनकी उनले कम्प्युटरको इतिहासमा सबभन्दा पहिले वाफबाट चल्ने डिफेन्स इन्जिन र एनालिटिकल इन्जिनको अविस्कार गरेर ठूलो योगदान गरेका थिए । डिफेन्स इन्जिनबाट टेबुलहरु तयार गर्न र विजगणितीय पदावलीको मान निकाल्न सकिन्थ्यो । उनको जन्म इ.सं. १९७१ मा ब्रिटेनमा भएका थिए । उनी क्याम्ब्रिज विश्व विद्यालयमा प्राध्यापकका रुपमा पनि कार्यरत थिए ।
 
(घ) एनालिटिकल इन्जिनका विशेषताहरू लेख ।
उत्तर: एनालिटिकल इन्जिन चार्ल्स बाबेजले बनाएको पहिलो टेबुलहरु तयार गर्न र विजगणितीय पदावलीको मान निकाल्न प्रयोग हुने मेसिन हो । यसको विशेषज्ञहरू निम्नानुसार छन्:
(क) इन्पुट गर्नका लागि पन्चकार्डको प्रयोग गरिन्थ्यो ।
(ख) प्रशोधन गर्नका लागि मिल (mill) को प्रयोग गरिन्थ्यो ।
(ग) भन्डारण गर्नका लागि मेमोरीको प्रयोग गरिन्थ्यो ।
(घ) स्वचालित छपाइ विधिको उपयोग भएको थियो ।

(ङ) इनाइक (ENIAC) कम्प्युटरको बनावटबारे लेख ।
उत्तर: इनाइक कम्प्युटर इ.सं. १९४६ मा जोन विलियम मोच्ली र जे.पी. इकर्टले क्याम्ब्रिज विश्वविद्यालयमा निर्माण गरेका हुन । यो कम्प्युटर उनीहरुले दोस्रो विश्वयुद्धको समयमा सैन्य प्रयोजनको लागि बनाएका थिए । यो कम्प्युटर सामान्य प्रयोजनका लागि तर तुलनात्मक रुपमा पहिलेका कम्प्युटर भन्दा अती शक्तिशाली र ठूलो परिमाणमा काम गर्न सक्ने खालको थियो । यसको आकार १० फिट अग्लो र १००० स्क्वायर फिटको कोठा आवश्यक पर्ने खालको थियो । यसमा ७० हजार रेजिट्रर, १० हजार क्यापासिटर, ६० हजार स्विच र १८ हजार भ्याकुम ट्युबहरुको प्रयोग भएको थियो । यसको तौ ३० टनको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top