पाठ २ - हार्डवयर (Hardware) | कम्प्युटर शिक्षा कक्षा ६

0

Computer Hardware Grade 6
पाठ - २ हार्डवयर (Hardware) | कम्प्युटर शिक्षा कक्षा ६

पाठ

आँखाले देख्न सकिने र हातले छुन सकिने कम्प्युटरका सम्पूर्ण पार्टपुर्जा वा उपकरणलाई हार्डवेयर (Hardware) भनिन्छ । जस्तै : मोनिटर (Monitor), कि बोर्ड (Keyboard), प्रिन्टर (Printer), माउस (Mouse), स्क्यानर (Scanner), माइक्रोफोन (Microphone), स्पिकर (Speaker), अपटिकल ड्राइभ (Optical Drive), पेन ड्राइभ (Pen Drive), RAM (Random Access Memory), ROM (Read Only Memory), हार्ड डिस्क (Hard Disk) आदि । कम्प्युटर हार्डवेयरलाई सामान्यत यो दुई समूहमा विभाजन गर्न सकिन्छ: (क) इन्पुट डिभाइस (ख) आउटपुट डिभाइस ।

(क) इन्पुट डिभाइस (Input Device)

इन्पुट डिभाइसको सहयोगले कुनै पनि सूचना तथा डाटाहरूलाई सुरक्षित रूपले कम्प्युटरमा भण्डार वा सङ्ग्रह गरी राख्न सकिन्छ । यस्ता डिभाइसलाई कम्प्युटरको इन्पुट डिभाइस भनिन्छ । यसअन्तर्गत पर्ने डिभाइसहरू तल उल्लेख गरिएको छ ।

कि-बोर्ड (Keyboard)

इन्पुट डिभाइसअन्तर्गत कि बोर्ड पर्दछ । यो एक प्रकारको अक्षर तथा अङ्क भएको टाइप गर्ने डिभाइस हो । कि बोर्डको सहयोगले विभिन्न सूचना तथा डाटाहरूलाई टाइप गरी कम्प्युटरमा राख्न सकिन्छ । यसमा विभिन्न प्रकारका कार्य गर्ने बटन (Button) हरू हुन्छन् । यस्ता बटनको सहयोगबाट कम्प्युटरलाई डाटा वा कुनै निर्देशनहरू उपलब्ध गराउन यसको प्रयोग गरिन्छ । कम्प्युटरमा धेरै थरिका कि बोर्डहरू प्रयोग हुन्छन् ।
Types of Keys on Keyboards

कम्प्युटरमा विभिन्न प्रकारका कि हुन्छन् । जस्तै : Function Key, Alphabet Keys, Numeric Keys, Special Keys हुन्छन् । यस्तै माउस, स्क्यानर तथा डिजिटल क्यामेरा आदि पनि यस इन्पुट डिभाइस अन्तर्गतमा पर्दछन् ।

माउस (Mouse)

Wired and Wireless Mouse
तार भएको र तार नभएको माउस
माउस कम्प्युटरमा प्रयोग हुने महत्त्वपूर्ण इन्पुट डिभाइस हो । यसद्वारा कम्प्युटरलाई निर्देशन दिन कार्य गरिन्छ । मेन्यु आइटम (menu item) हरू छान्न वा कुनै आइकन वा फाइल वा फोल्डर (icon, file or folder) लाई पोइन्ट (point), सेलेक्ट (select), ड्राग (drag), क्लिक (click), डबल क्लिक (double click) जस्ता क्रियाकलापहरू गर्नुपर्दा माउसको प्रयोग गरिन्छ । बजारमा माउसहरू धेरै प्रकारका पाइन्छ । यहाँ कम्प्युटरमा प्रयोग हुने माउसको चित्र दिइएको छ ।

स्क्यानर (Scanner)

Scanner
स्क्यानर एउटा इन्पुट डिभाइस हो । यसले फोटोकपी मेसिनले जस्तै कार्य गर्दछ । यसको प्रयोगबाट कुनै पनि चित्र, फोटो वा लेखलाई टाइप नगरी सोझै कम्प्युटरको मेमोरीया स्क्यानरको सहयोगबाट सोझै भण्डार गर्न सकिन्छ ।

माइक्रोफोन (Microphone)

Microphone
शब्द, आवज वा वातावरणमा प्राप्त कुनै पनि ध्वनी लाई अन्य विद्युतीय उपकरण स्पिकर वा कम्प्युटरमार्फत प्रशारण गरिदिने डिभाइस वा उपकरणलाई नै माइक्रोफोन भनिन्छ ।  माइक्रोफोन विभिन्न आकार र प्रकारका हुन्छन् ।

(ख) आउटपुट डिभाइस (Output Device)

नतिजा हेर्न वा लिन सकिने डिभाइसहरूलाई आउटपुट डिभाइस भनिन्छ । आउटपुट इन्पुट डिभाइसको सहयोगले प्राप्त गरिएका सूचना, डाटा तथा अन्य सामग्रीहरूको डिभाइसमा मोनिटर वा स्क्रिन, प्रिन्टर तथा स्पिकर आदि उपकरणहरू हुन्छन् ।

मनिटर (Monitor)

कम्प्युटरको एउटा आउटपुट डिभाइस मनिटर हो । कम्प्युटरबाट प्रशोधित वा अप्रशोधित नतिजाहरू प्रयोगकर्तालाई उपलब्ध गराउन यसको प्रयोग गरिन्छ । मनिटरमा देखिने आउटपुटलाई सफ्ट कपी पनि भनिन्छ । विभिन्न प्रकारका कार्य हेरी यसको प्रयोगबाट सम्पादन गरिन्छ । डकुमेन्ट टाइप गर्न, दृश्य हेर्न वा सम्पादन गर्न तथा चलाचत्र हेर्न पनि सकिन्छ । कम्प्युटरको मोनिटर प्राय: तीन प्रकारका हुन्छन् । ती यस प्रकारका छन्; (क) CRT (Cathode Ray Tube) (ख) LCD (Liquid Crystal Display) (ग) LED (Light Emitting Diodes)
CRT Monitor | LED Monitor

प्रिन्टर (Printer)

Printer
प्रिन्टर एक प्रकारको छाप्ने विद्युतीय उपकरण हो । प्रिन्टरलाई हामी आउटपुट डिभाइसको रूपमा लिन्छ । प्रिन्टरलाई कम्प्युटरले प्रशोधन गरी नतिजाहरू छाप्न प्रयोग गरिन्छ । प्रिन्टरबाट प्राप्त हुने आउटपुटलाई हार्ड कपी पनि भनिन्छ । प्रिन्टरहरू कार्य क्षमताका आधारमा विभिन्न प्रकारका हुन्छन् । जस्तै : डम्याटिक्स (Dotmatrix), इन्क्जेक्ट (Inkjet) तथा लेजर (Laser) आदि ।

स्पिकर (Speaker)

Speaker
मोनिटर प्रयोग गरेर विभिन्न दृश्यहरू हेर्न सकिन्छ । त्यस्तै स्पिकर प्रयोग गरेर हामी ध्वनि, आवाज तथा गीत सङ्गीत सुन्न सक्छौं । स्पिकरलाई एक आउटपुट डिभाइसको रूपमा लिन सकिन्छ । कम्प्युटरमा पनि रेडियो र टलिभिजनमा जस्तै : स्पिकरको प्रयोग भएको पाइन्छ । यस्ता स्पिकरहरू विभिन्न आकार प्रकारका हुन्छन् ।

क्रियाकलाप

तिम्रो स्कुलमा प्रयोग हुने हार्डवेयरहरूको सूची जनाई कक्षामा छलफल गर ।
उत्तर: विद्यालयमा देखेका हार्डवेयरहरुको नाम लेख्ने  । जस्तैः
सिपियु (CPU), मनिटर (Monitor), किबोर्ड (Keyboard), माउस (Mouse), स्पिकर (Speaker), र्‍याम (RAM), रोम (ROM), हार्ड डिस्क (Hard Disk), आदी ।

अन्यास

१. तलका प्रश्नहरूको उत्तर देऊ :

क. हार्डवेयर भन्नाले के बुझिन्छ ।
उत्तर: आँखाले देख्न सकिने र हातले छुन सकिने कम्प्युटरको सम्पूर्ण पाटपूर्जा वा उपकरणहरुलाई हार्डवेयर भनिन्छ । जस्तैः सिपियु (CPU), मनिटर (Monitor), किबोर्ड (Keyboard), माउस (Mouse), स्पिकर (Speaker), र्‍याम (RAM), रोम (ROM), हार्ड डिस्क (Hard Disk), आदी ।

ख. कम्प्युटरमा प्रयोग हुने कुनै दुई दुई ओटा इन्पुट डिभाइस र आउटपुट डिभाइसहरूको नाम लेख ।
उत्तर: कम्प्युटरमा कुनै पनि सूचना, डाटाहरु, कमान्ड तथा निर्देशन दिनको लागि प्रयोग हुने उपकरण तथा हार्डवेयरहरुलाई इन्पुट डिभाइस भनिन्छ भने कम्प्युटरको इन्पुट डिभाइसले दिइएको डाटा तथा निर्देशनहरुलाई प्रशोधन एकाइले प्रशोधन गरेपछि त्यसको नतिजा देखाउनलाई प्रयोग हुने उपकरण तथा हार्डवेयरहरुलाई आउटपुट डिभाइस भनिन्छ । इन्पुट र आउटपुटको उदाहरणहरु यसप्रकार रहेका छन्:
इन्पुट डिभाइस:
- किबोर्ड (Keyboard)
- माउस (Mouse)
- माइक्रोफोन (Microphone)
- स्क्यानर (Scanner)
- डिजिटल क्यामेरा (Digital Camera)
- जोइस्टिक (Joystick)
- ट्रयाक बल (Trackball)
- टच प्याड (Touchpad)
- बार कोड रिडर (Bar Code reader)
- ओ.सि.आर. (OCR)

आउटपुट डिभाइसहरु:
- मनिटर (Monitor)
- प्रिन्टर (Printer)
- स्पिकर (Speaker)
- प्रोजेक्टर (Projector)
- प्लोटर (Plotter)
- हेडसेट (Headset)

३. तलका वाक्यहरू कुन ठिक र कुन बेठिक छुट्याऊ :

(क) कम्प्युटर सञ्चालन गर्न विद्युतको आवश्यकता पर्दैन ।
उत्तर: बेठिक (किनकी कम्प्युटर विद्युत वा बिजुली बिना चल्न सक्दैन ।)
(ख) कम्प्युटरका धेरैजसो डिभाइसहरू सिपियुमा जोडिएको हुन्छ ।
उत्तर: ठिक
(ग) कम्प्युटरबाट सञ्चारको काम लिन सकिदैन ।
उत्तर: बेठिक (किनकी कम्प्युटर प्रयोग गरेर विभिन्न इमेल, डकुमेन्ट वा फाइलहरु पठाउन र पाउन सकिन्छ । साथै, यसबाट च्याट र फोन गर्न पनि मिल्छ ।)
(घ) कि बोर्ड कम्प्युटरको आउटपुट डिभाइस हो ।
उत्तर: बेठिक (किनकी किबोर्ड इन्पुट डिभाइस हो ।)
(ङ) मोनिटरमा दृश्य हेर्न तथा टाइप गर्न सकिन्छ ।
उत्तर: बेठिक किनकी मोनिटरमा दृष्य हेर्न मिलेपनि टाइप गर्न मिल्दैन ।

४. पुरा रूपमा लेख:

(क) CPU = Central Processing Unit
(ख) CRT = Cathode Ray Tube
(ग) LED = Light Emitting Diodes)
(घ) LCD = Liquid Crystal Display

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top