पाठ १ - कम्प्युटरको परिचय (Introduction to Computer) | कम्प्युटर शिक्षा कक्षा ६

0
पाठ - १ कम्प्युटरको परिचय (Introduction to Computer)
पाठ - १ कम्प्युटरको परिचय (Introduction to Computer)
कम्प्युटर विद्युतीय यन्त्र हो । यसलाई विभिन्न क्षेत्रमा प्रयोग गरिन्छ । कम्प्युटर शब्द लेटिन भाषाबाट आएको हो । ल्याटिन भाषामा कम्पुटरे (computare) भनिन्छ । यसै शब्दबाट हालको कम्प्युटर शब्द वनेको हो । कम्प्युटर एक अत्याधुनिक विद्युतीय उपकरण हो । यसलाई सञ्चालन गर्न एक विशेष प्रकारको सफ्टवेयर तथा हार्डवेयरहरूको आवश्यकता पर्दछ । आधुनिक कम्प्युटरको विकास एवाकस (Abacus) बाट भएको हो । प्राचीन युगमा एबाकस हिसाब गर्नका लागि प्रयोग हुने उपकरण हो ।
कम्प्युटरले इन्पुटका रूपमा डाटा तथा निर्देशनहरू लिन्छ र प्रशोधन गरी आउटपुटका रूपमा अर्थपूर्ण नतिजा दिने कार्य गर्दछ । यसले अत्यन्त छिटो कार्य गर्दछ । यसमा धेरै सूचनाहरू भण्डार गर्न सकिन्छ । कम्प्युटर सस्तो र भरपर्दो सञ्चार माध्यमका रूपमा पनि प्रयोग भइरहेको छ । त्यस कारण सञ्चारको क्षेत्रमा कम्प्युटरको महत्त्वपूर्ण स्थान छ । कम्प्युटरमा प्राय: दुई प्रमुख डिभाइसहरू हुन्छन् । पहिलो इन्पुट डिभाइस र दोस्रो आउटपुट डिभाइस हो ।
कम्प्युटरका विभिन्न डिभाइसहरू : (सिस्टम युनिट, स्क्रिन, मोनिटर, स्पिकर, की बोर्ट, माइक्रोफोन, माउस)
यसको सहयोगबाट सूचना तथा डाटाहरूलाई कम्प्युटरमा रहेको सिपियु (CPU) अर्थात् केन्द्रीय प्रशोधन एकाई (Central Processing Unit) ले प्रशोधन गरी विभिन्न कार्य सम्पादन गर्छ । कम्प्युटरमा रहेका डिभाइसहरूबारे तल उल्लेख गरिएको छ । 

कम्प्युटरको वर्गीकरण (Classification of Computer)

बजारमा विभिन्न प्रकारका कम्प्युटर पाइन्छन । कम्प्युटरलाई ब्रान्ड (brand) का आधारमा तिन बण्डमा विभाजन गर्न सकिन्छ । ब्रान्डका आधारमा वर्गीकरण गरिएका कम्प्युटरहरू निम्न लिखित छन्:

(क) आई. बी. एम. कम्प्युटर (IBM/International Business Machine)

IBM Computer
IMB Computer
इनन्टरनेस्नल बिजिनेस मेसिन एक विशेष ब्रान्डको कम्प्युटर हो । यो विश्व बजारमा लोकप्रिय ब्रान्डको कम्प्युटर हो । यस कम्प्युटरले माइक्रोसफ्ट कम्पनीसँग मिलेर कम्प्युटरको निर्माण गरेको हो । यो कम्प्युटर सर्वप्रथम व्यापार प्रयोजनका लागि निर्माण गरिएको हो ।

(ख) आइ. बी. एम. कम्पेटिबल कम्प्युटर (IBM Compatible Computer)

IBM Compatible Computer
IBM Compatible Computer
आई. बी. एम. कम्प्युटर कम्पनीले प्रयोग गरेको कम्प्युटर सञ्चालन प्रणाली तथा सफ्टवेयरहरूको नै प्रयोग गरी निर्माण गरिएको ब्रान्डलाई आई. बी. एम. कम्पेटिबल कम्प्युटर भनिन्छ । यस्ता कम्पेटिबल कम्प्युटरहरू धेरै प्रकारका छन् । जस्तै: डेल, एस्सेर, एचपी, एमएसआइ, सोनी, टोसिबा आदि ।

(ग) एप्पल म्याकिनटोस कम्प्युटर (Apple / Macintosh Computer)

Apple Computer
Apple / Macintosh Computer

एप्पल भन्ने कम्पनीले निर्माण गरेका कम्प्युटरहरूलाई एप्पल वा म्याकिनटोस ब्रान्डका नामले चिनिन्छ । यस किसिमका कम्प्युटरका सञ्चालन प्राणाली अन्य ब्राण्डको प्रणालीभन्दा केही फरक हुन्छन् । हिजोआज एप्पल कम्प्युटरलाई म्याकिनटोस अर्थात म्याक नामले चिनिन्छ ।

क्रियाकलाप

तिमीले कस्ता कस्ता कम्प्युटरका ब्रान्ड देखेका छौ ? त्यसबारे कक्षामा छलफल गर ।
उत्तर: हाल तिम्रो विद्यालयको प्रयोगशालामा भएका कम्प्युटरहरु कुन कुन ब्राण्डहरु हुन हेर र लेख । विद्यालयको प्रयोगशालामा प्रयोग हुने कम्प्युटर ब्राण्डहरु विशेषतः म्याकिन्टोस / एप्पल कम्प्युटर (Apple/Mac), एच.पि. कम्प्युटर (Hewlett-Packard (HP), डेल कम्प्युटर (Dell), लेनोभो कम्प्युटर (Lenovo), असस कम्प्युटर (Asus), एस्सेर कम्प्युटर (Acer), टोसिबा (Toshiba), सामसुङ (Samsung), एल.जि. कम्प्युटर (LG), सोनि कम्प्युटर (Sony) आदि हुन सक्छन ।

अभ्यास

(क) तलका प्रश्नहरूको उत्तर देऊ :

१. कम्प्युटरलाई ल्याटिन भाषामा के भनिन्छ ? लेख ।
उत्तर: कम्प्युटरलाई ल्याटिन भाषामा कम्पुटरे भनिन्छ ।
२. कम्प्युटर के हो ? उल्लेख गर ।
उत्तर: कम्प्युटर भनेको अत्याधुनिक विद्युतीय यन्त्र हो । यसले इन्पुटको रुपमा डाटा र निर्देशनहरु लिइ प्रशोधन एकाइमा प्रशोधन गरि आउटपूट डिभाइसहरुबाट अर्थपूर्ण नतिजा दिने गर्छ ।
३. कम्प्युटर किन महत्त्वपूर्ण हुन्छ ? लेख ।
उत्तर: कम्प्युटर सस्तो, छिटो, भरपर्दो सञ्चार माध्यम र धेरै सूचनाहरु भण्डारण गर्न गर्न सक्ने भएकाले महत्त्वपूर्ण हुन्छ ।
४. एवाकस कस्तो उपकरण हो ? कम्प्युटरको विकासमा यसको के महत्त्व छ ?
उत्तर: एवाकस प्राचीन समयमा चिनिया ब्यापारीहरुले हिसाब गर्नका लागि बनाएको उपकरण हो ।
५. आई.बी.एम. भनेको कस्तो कम्प्युटर हो ? लेख ।
उत्तर:आई.बि.एम. कम्प्युटर भनेको आई.बी.एम. कम्प्युटर कम्पनीले माइक्रोसफ्ट कम्पनीसँग सहकार्य गरि सर्वप्रथम व्यापारीक प्रयोजनको लागि बनाइएको विश्व बजारमा लोकप्रिय कम्प्युटर ब्राण्ड हो ।
६. कम्प्युटरलाई कति ब्रान्डमा वर्गीकरण गर्न सकिन्छ । यसबारेमा छोटकारीमा लेख ।
कम्प्युटरलाई ब्रान्डका आधारमा ३ भागमा विभाजन गर्न सकिन्छ । ती निम्नानुसार छन्:
  1. आई.बि.एम. कम्प्युटर: आई.बि.एम. कम्प्युटर भनेको आई.बी.एम. कम्प्युटर कम्पनीले माइक्रोसफ्ट कम्पनीसँग सहकार्य गरि सर्वप्रथम व्यापारीक प्रयोजनको लागि बनाइएको विश्व बजारमा लोकप्रिय कम्प्युटर ब्राण्ड हो ।
  2. आई.बि.एम. कम्पेटिबल कम्प्युटर: आई.बी.एम. कम्पेटिबल भनेको आई.बी.एम. कम्पनीले निर्माण गरेको सफ्टवेयर वा अपरेटिङ सिस्टम प्रयोग गरेर तयार पारिएको कम्प्युटर हो ।
  3. एप्पल / म्याकिन्टोस कम्प्युटर: एप्पल भन्ने कम्पनीले आफ्नो छुट्टै अपरेटिङ सिस्टम र हार्डवेयरहरु प्रयोग गरि बनाएको कम्प्युटर एप्पल म्याकिन्टोस कम्प्युटर हो ।

(ख) तल दिइएका वाक्यहरूमध्ये ठिक वाक्य कापीमा सार :

१. सिपियु कम्प्युटरको मोनिटर हो । 
उत्तर: बेठिक (किनकी सिपियु कम्प्युटरको प्रसोधन उपकरण हो ।)
ब्रान्डका आधारमा कम्प्युटरलाई तिन वर्गमा विभाजन गर्न सकिन्छ ।
उत्तर: ठिक ।
३. आई.बी.एम. कम्पेटिबल भनेको म्याक कम्प्युटर प्रणाली भएको कम्प्युटर हो ।
उत्तर: बेठिक (किनकी आई.बी.एम. कम्पेटिबल भनेको आई.बी.एम. कम्पनीले निर्माण गरेको सफ्टवेयर प्रयोग गरेर तयार पारिएको कम्प्युटर हो ।)
४. एप्पल कम्प्युटरमा छुट्टै प्रकारको सञ्चालन प्रणाली भएको कम्प्युटर हो ।
उत्तर: ठिक (किनकी एप्पल कम्प्युटरमा आफ्नो छुट्टै प्रकारको सञ्चालन प्रणाली हुन्छ ।
६. आई.बी.एम. लाई व्यापार प्रयोजनमा प्रयोग गरिन्छ ।
उत्तर: ठिक ।

(ग) तलका शब्दहरूको पुरा अर्थ लेख

१. CPU
उत्तर: Central Processing Unit
२. IBM
उत्तर: International Business Unit
३. Mac
उत्तर: Macintosh Computer

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top