पाठ ४ - कम्प्युटरका प्रकार (Types of Computer) | कम्प्युटर शिक्षा कक्षा ८

4
पाठ ४ - कम्प्युटरका प्रकार (Types of Computer) | कम्प्युटर शिक्षा कक्षा ८
पाठ ४ - कम्प्युटरका प्रकार (Types of Computer) | कम्प्युटर शिक्षा कक्षा ८
(toc)

पाठ

कम्प्युटरमा प्रयोग भएका प्रविधि र त्यसको कार्यशैलीअनुसार त्यसलाई तिन प्रकारमा विभाजन गरिएका छन् । ती हुन्: (क) डिजिटल (ख) एनालग (ग) हाइब्रिड 

डिजिटल कम्प्युटरलाई पनि तिनीहरूको संरचना र उपयोगिताअनुसार विभिन्न भागमा विभाजन गरिएका छन् । तिनीहरूलाई तलको तालिकामा देखाइएको छ :

Types of Computer

डिजिटल कम्प्युटर (Digital Computer)

डिजिटल कम्प्युटरले सिधा, नम्बर वा बाइनरी डिजिटहरूको गणना गरी कार्य गर्छ । बाइनरी डिजिट ० ले अफ (Off) र १ ले अन (On) जनाउँछ । डिजिटल कम्प्युटरले एनालगले जस्तै परिमाणलाई नापेरभन्दा पनि नम्बरहरू गणना गरी कार्य गर्छ । यी नम्बरहरू जुनसुकै क्षेत्रमा सजिलै प्रयोग गर्न सकिन्छ । यसको कार्य गति उच्च हुनुका साथै शुद्धता शत प्रतिशत हुन्छ । यी कम्प्युटरहरूलाई प्रयोग कर्ताको चाहनाबमोजिम रिप्रोग्राम (Reprogram) समेत गर्न सकिन्छ ।

(क) विशेष उद्देश्यको कम्प्युटर (Special Purpose Digital Computer)

यी कम्प्युटरहरू कुनै निश्चित काम सम्पन्न गर्न बनाइएका हुन्छन् । यिनीहरूमा निर्देशनहरू कुनै एउटा चिप्समा लेखिएका हुन्छन् र ती चिप्सहरू मेसिनहरूमा जडान गरी सञ्चालन गरिन्छ । जस्तै: कुनै गाडीहरूमा इन्धन खपतमा नियन्त्रण गर्न मेसिन जडान गरिएको हुन्छ । यी कम्प्युटरहरू तुलनात्मक रूपमा किफायती हुन्छन् ।

(ख) साधारण उद्देश्यका कम्प्युटर (General Purpose Computer)

यी कम्प्युटरहरूमा विभिन्न किसिमका प्रोग्रामहरू आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ । यी कम्प्युटर कुनै एउटा निश्चित कामका लागि नभई बहुमुखी प्रयोजनको लागि निर्माण गरिन्छ । यस कारण पनि यी कम्प्युटरहरू बढी लोकप्रिय छन् ।

एनालग (Analog Computer)

ती कम्प्युटर जसले अङ्कहरू गणना गर्नु सट्टा भौतिक वस्तुहरूको परिमाणलाई नापेर कार्य गरिन्छ, त्यसलाई एनालग कम्प्युटर भनिन्छ । जस्तै : मानवको तापक्रम, भूकम्पीय कम्पन, प्रकाशको नाप्ने यन्त्र, गति इत्यादि । यी कम्प्युटरहरूको एक्युरेसी (Accuracy) कमजोर हुन्छ ।यसप्रकारका डिभाइसहरू कुनै एउटा निश्चित काम सम्पन्न गर्न बनाइन्छ । यसमा रिप्रोग्राम गर्न सकिदैन । तुलनात्मक रूपमा यी कम्प्युटरहरू सस्ता हुन्छन् । यसमा भन्डारण गर्ने क्षमता पनि न्यून हुन्छ । उदाहरणहरू :
(क) गाडीमा प्रयोग हुने गति मापन यन्त्र स्पिडो मिटर (Speedo meter)
(ख) धर्मोमिटर (Thermometer)
(ग) स्लाइड रुल (Slide rule)

हाइब्रिड कम्प्युटर (Hybrid Computer)

डिजिटल कम्प्युटर र एनालग कम्प्युटरका राम्रा विशेषताहरूलाई एकीकृत गरी बनाएको कम्प्युटरलाई हाइब्रिड कम्प्युटर भनिन्छ । यी कम्प्युटरले निरन्तर भौतिक परिमाणलाई मापन गर्नुका साथै डिस्कृत (Discrete number) अङ्कहरू गणनासमेत गर्दछ ।
यस प्रकारका कम्प्युटरहरू एनालग कम्प्युटरको जस्तै गति हुन्छन् भने डिजिटल कम्प्युटर जस्तै एक्युरेट हुन्छन् । यिनीहरू विशेष प्रयोजनका लागि बनाइन्छ । जस्तै : वैज्ञानिक अनुसन्धान, अल्ट्रासाउन्ड गर्ने मेसिन, इसिजी (E.C.G.) मेसिन इत्यादि हुन् ।

संरचनामा आधारित कम्प्युटर (Classification Based on Configuration)

(क) सुपर कम्प्युटर (Super Computer)

Super Computer
सुपर कम्प्युटर विशेष किसिमको ठुलो बनावटको कम्प्युटर हो । यसको गति उच्च हुनुका साथै स्टोरेज क्षमता पनि बढि हुन्छ । यसमा ठुला ठुला हिसाबहरू पनि १ सेकेन्डमा गर्न सक्ने क्षमता हुन्छ । यी कम्प्युटरमा धेरै वटा प्रोसेसर जडान गरिएको हुन्छ । जसले गर्दा प्यारल प्रोसेसिङ गर्न मद्दत गर्दछ ।
सुपर कम्प्युटरहरू विशेष गरी जहाज, विमान, अन्तरिक्ष यान, आणविक अन्वेषण गर्न, प्रयोग गरिन्छ।

(क) मेनफ्रेम (Mainframe Computer)

मेनफ्रेम कम्प्युटरको बनावट ठुलो हुन्छ, झन्डै  १००० वर्ग फिटसम्म ठाउँ ओगट्छ । यी कम्प्युटरहरू धेरै मात्रामा डाटा सम्पादन गर्न प्रयोग हुन्छन् । यी कम्प्युटरहरूमा १०० जना व्यक्तिहरूले एकै पल्ट काम गर्न सक्छन् ।यसमा मुख्य साधनहरू साझा हुन्छन् । तर इन्युट र आउटपुटहरू सबै व्यक्तिहरूलाई छुट्टाछुट्टै व्यवस्था गरिएको हुन्छ, जसलाई टर्मिनल पनि भनिन्छ । यो कम्प्युटरहरू ठुला ठुला संघ संस्था (बैङ्क, इन्स्युरेन्स कम्पनी, बहुराष्ट्रिय कम्पनीमा) मा प्रयोग हुन्छ, जस्तै - IBM 401, ICL 2950, IBM7090 इत्यादि । IBM/401 / ICL 2950 नेपालको जनगणना कार्यमा प्रयोग भएको थियो ।

(ग) मिनी कम्प्युटर (Mini Computer)

यी कम्प्युटरहरू मेनफेमभन्दा साना आकारका हुन्छन् । यिनलाई पर्सनल कम्प्युटर पनि भनिन्छ । यसले १० वर्ग फिट क्षेत्रफल ओगट्छ । जसमा ५० ओटा टर्मिनहरू हुन्छन् । जसले ५० जना व्यक्तिहरूलाई एकै पटक काम गर्ने वातावरण तयार गर्दछ । यसमा कम क्षमताको स्टोरेज क्षमता हुन्छ । काम गर्ने गति कम हुनुका साथै यसमा प्रयोग निश्चित परिमाणमा मात्र हार्डवेयरहरू प्रयोग हुन्छन् । मिनी कम्प्युटरहरू मध्यम खालका सङ्घ संस्थाहरूमा प्रयोग हुन्छन् ।

(घ) माइक्रो कम्प्युटर (Micro Computer)

Micro Computer
माइक्रो कम्प्युटर सबैभन्दा सानो आकारको कम्प्युटर हो । यसमा भी.एल.एस.आई. चिप्सहरू प्रयोग गरी माइक्रो प्रोसेसर बनाइन्छ, जसमा हजारौं ओटा इन्टिग्रेटेड चिप्सहरू सानो माइक्रोप्रोसेसरमा अटाइन्छ । यिनीहरू सानो डेस्कमा अटाउन सक्ने भएकाले यसलाई डेस्कटप कम्प्युटर समेत भनिन्छ । यी कम्प्युटरहरू प्रायः एकै जना व्यक्तिले प्रयोग गर्ने भएकाले यसलाई व्यक्तिगत (Personal Computer) भनिन्छ । यी कम्प्युटरहरू चलाउन सजिलो हुने भएकाले सबैजसो ठाउँमा यी कम्प्युटरहरू प्रयोग गरिन्छन् । जस्तै : विद्यालय, क्याम्पस, विश्व विद्यालय, अस्पताल, निजी सङ्घ संस्था लगायत सरकारी तथा गैर सरकारी कार्यालयहरूमा समेत प्रयोग गरिन्छ । माइक्रो कम्प्युटर विभिन्न प्रकारका हुन्छन् । जस्तै: डेस्कटप, ल्याबटप, नोटबुक, पामटप, माइक्रो, आई.बी.एम. पी.सी., एप्पल/म्यासिन्टस ।

अभ्यास

तलका खाली ठाउँमा मिल्दो शब्द भर

(क) डिजिटल कम्प्युटरले सिधा ....... गणना गरी कार्य गर्दछ।
(ख) विशेष उद्देश्यका कम्प्युटरहरूमा निर्देशनहरू ...... लेखिएका हुन्छन्।
(ग) सुपर कम्प्युटरले प्रति .......... सेकेन्डमा कार्य गर्दछ ।
(घ) IBM1401 ..... को उदाहरण हो।
(ङ) डिजिटल र एनालग कम्प्युटरको गुण भएको कम्प्युटरलाई ............ भनिन्छ ।

खाली ठाउँ भरको उत्तर
(क) डिजिटल कम्प्युटरले सिधा बाइनरी डिजिटहरु गणना गरी कार्य गर्दछ।
(ख) विशेष उद्देश्यका कम्प्युटरहरूमा निर्देशनहरू कुनै एउटा चिप्समा लेखिएका हुन्छन् ।
(ग) सुपर कम्प्युटरले एक प्रति सेकेन्डमा कार्य गर्दछ ।
(घ) IBM1401 मेनफ्रेम को उदाहरण हो ।
(ङ) डिजिटल र एनालग कम्प्युटरको गुण भएको कम्प्युटरलाई हाइब्रिट कम्प्युटर भनिन्छ ।

ठिक र बेठिक छुट्याऊ

(क) सुपर कम्प्युटरहरूको भन्डारण क्षमता न्यून हुन्छन् ।
उत्तर: बेठीक
(ख) मेनफ्रेम कम्प्युटरमा १०० जनाले एकै पटक काम गर्न सक्छन् ।
उत्तर: ठिक
(ग) माइक्रोप्रोसेसरले गर्दा माइक्रो कम्प्युटरको आकार ठुलो भयो ।
उत्तर: बेठीक
(घ) एनालग कम्प्युटरले अङ्क गणना गरी काम गर्दछ ।
उत्तर: बेठीक
(ङ) डिजिटल कम्प्युटरले डेसिमल नम्बर प्रणालीमा काम गर्दछ ।
उत्तर: बेठिक

जोडा मिलाऊ

(क) मिनी कम्प्युटर                    माइक्रो कम्प्युटर
(ख) ई.सी.जी. (ECG)                मेनफ्रेम कम्प्युटर
(ग) रिप्रोग्राम                             मध्यम बनावट
(घ) आई.सी.एल. (ICL2950)     एनालग कम्प्युटर
(ड) डेस्कटप कम्प्युटर               डिजिटल कम्प्युटर

उत्तर: जोडा मिलाऊको उत्तर:
(क) मिनी कम्प्युटर = मध्यम बनावट
(ख) ई.सी.जी. (ECG) = एनालग कम्प्युटर
(ग) रिप्रोग्राम = डिजिटल कम्प्युटर                        
(घ) आई.सी.एल. (ICL2950) = मेनफ्रेम कम्प्युटर
(ड) डेस्कटप कम्प्युटर = माइक्रो कम्प्युटर

[नोट: यहाँ ई.सी.जी. (ECG) हाइब्रिट कम्प्युटर (डिजिटल र एनालग कम्प्युटर मिलाएर बनाएको) हुनुपर्नेमा अन्य विकल्प नभएको कारण एनालग कम्प्युटरसंग जोडा मिलाइएको हो ।]

निम्न संक्षिप्त शब्दका विस्तारित रूप लेख

(क) HC (एच.सी.)
उत्तर: Hybrid Computer
(ख) PC (पी.सी.)
उत्तर: Personal Computer
(ग) IBM PC (आई.बी.एम पा.सी.)
उत्तर: International Business Machine Personal Computer
(घ) VLSI (भी.एल.एस.आई.)
उत्तर: Very Large Scale Integrated Circuit

तलका प्रश्नहरूको उत्तर लेख

(क) डिजिटल कम्प्युटर भनेको के हो ?
उत्तर: बाइनरी नम्बर वा बाइनरी डिजिटहरू (0 र 1) लाई प्रयोग गरी सबै किसिमका गणना गर्ने, लेख्ने, छाप्ने जस्ता सम्पूर्ण कार्यहरू गर्ने कम्प्युटरलाई डिजिटल कम्प्युटर भनिन्छ ।

(ख) डिजिटल कम्प्युटरलाई कति भागमा विभाजन गरिन्छ ?
उत्तर: डिजिटल कम्प्युटरलाई मुख्यतः उपयोगिता र संरचनाको आधारमा विभाजन गरिएको हुन्छ । उपयोगिताको आधारमा विशेष उद्देश्यसाधारण उद्देश्य गरि २ भागमा बाँड्न सकिन्छ भने संरचनाको आधारमा सुपर, मेनफ्रेम, मिनीमाइक्रो गरि ४ भागमा विभाजन गरिन्छ ।

(ग) सुपर कम्प्युटरका विशेषताहरू लेख ।
उत्तर: सुपर कम्प्युटर बनावटको आधारमा सबैभन्दा ठूलो, शक्तिशाली र उच्च भण्डारण क्षमता भएको कम्प्युटर हो । यो विशेषगरी जहाज, विमान, अन्तरिक्ष यान, आणविक अन्वेषण, खानी जस्ता जोखिम र खतरनाक क्षेत्रहरुमा प्रयोग गरिन्छ । यसका विशेषताहरुलाई निम्न बुँदाहरुमा लेख्न सकिन्छ :
१. आकार विशाल र ठूला हिसाबहरु एक सेकेन्डमै गर्न सक्ने क्षमता हुन्छ ।
२. इन्पुट, आउटपुट, प्रशोधन एकाइ र र्‍यामहरूको संख्या धेरै हुन्छ ।
३. नोडहरू बीच उच्च-गति र धेरै अपरेटिङ सिस्टमहरु एउटै कम्प्युटरबाट चलाउन सकिन्छ ।
४. धेरैजनाले एकसाथ एउटै कम्प्युटर चलाउने गरिन्छ ।

(घ) मेनफ्रेम र मिनी कम्प्युटरका भिन्नताहरू लेख ।
उत्तर: मेनफ्रेम कम्प्युटर भनेको एकपटकमा सयजना व्याक्तिहरुले एकसाथ काम गर्न सकिने व्यापारीक प्रयोजनको कम्प्युटर हो भने मिनी कम्प्युटर एकपटकमा लगभग ५० जनाले एकसाथ काम गर्न सकिने मध्यम खालको कम्प्युटर हो । यिनीहरू बिचको फरकलाई तलको तालिकामा देखाइएको छ ।

मेनफ्रेम कम्प्युटर

मिनी कम्प्युटर

१. यसमा एकचोटिमा लगभग १०० जनाले मात्र एकसाथ काम गर्न सकिन्छ ।

१. यसमा एकचोटिमा लगभग ५० जनाले मात्र एकसाथ काम गर्न सकिन्छ ।

२. यसको आकार ठूलो हुन्छ ।

२. यसको आकार मध्यम खालको हुन्छ ।

३. यसको ठूला कम्पनी, व्यापार र व्यवसाय प्रवर्द्धन गर्न प्रयोग हुन्छ ।

३. यसको मध्यम खालका संस्थाहरु प्रवर्द्धन गर्न प्रयोग हुन्छ ।

४. यो साधारणतया ठूला र अत्यन्त जटल प्रकृतिको डाटाहरु प्रसोधन, ठूला व्यवसायीक लेनदेन आदी कार्यको लागि प्रयोग हुन्छ ।

४. यो साना खालका अनुसन्धान, इन्जिनियरिङ, व्यवसाय लेनदेन र डाटाबेस व्यवस्थापन गर्न प्रयोग हुन्छ ।

५. जस्तै: IMB 401, ICL 2950, IBM 7090 आदी ।

५. जस्तै: Inspiron 1012, Honeywell200, TI-990, आदी ।

(ङ) माइक्रो कम्प्युटरको उपयोगिताबारे लेख ।

उत्तर: माइक्रो कम्प्युटर भनेको सबैभन्दा सानो आकारको कम्प्युटर हो । यसको उपयोगीताहरुलाई निम्न बुँदाहरुमा देखाउन सकिन्छ :
१. वर्ड प्रोसेसिङ कार्यहरु जस्तै चिठी-पत्र, पत्रपत्रिका, ब्रोसर वा अन्य कुराहरु लेख्न र फर्मेटिङ गर्नको लागि यसको प्रयोग गर्न सकिन्छ ।
२. विभिन्न हिसाबहरु गर्न, तथ्याङ्क विश्लेषण गर्न र त्यसलाई टेबुलर फर्मेटमा राख्न यसको प्रयोग हुन्छ ।
३. विद्यार्थीहरुलाई शिक्षण गर्न र विभिन्न सभा समारोह, तालिम, गोष्ठी र प्रशिक्षणको लागि आकर्षक प्रिजेन्टेसन बनाउन प्रयोग गरिन्छ ।
४. विभिन्न मनोरञ्जनको क्षेत्रमा यसलाई प्रयोग गर्न सकिन्छ ।
५. यो हलुका हुने हुँदा जहाँ पनि लिएर हिँड्न र प्रयोग गर्न सकिन्छ ।

Post a Comment

4 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
  1. aru chaii kahile aauxa hola hajur

    ReplyDelete
    Replies
    1. aru aba 2021 12 03 tira awuxa

      Delete
    2. धेैर्यताको लागि धन्यबाद । हामीले पछिल्लो समयमा धेरै पाठहरुको सलुसन हालिसकेको छौँ । बाकीँ सलुसन पनि छिट्टै अपडेट गर्ने बाचा गर्दछौँ ।

      Delete
  2. पाठ १० देखि माथी पनि हल्नुस न सर

    ReplyDelete
Post a Comment

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top