पाठ ३ - कम्प्युटरको पुस्ता (Generation of Computer) | कम्प्युटर शिक्षा कक्षा ७

2
पाठ-३ कम्प्युटरको पुस्ता (Generation of Computer)

परिचय

कम्प्युटरको विकास क्रममा विभिन्न समयमा विभिन्न प्रकारका नयाँ प्रविधिको विकास भएको छ । यसरी कुन कुन समयमा कम्प्युटर प्रविधिमा के कस्ता आविष्कार भए भन्ने देखाउनलाई कम्प्युटरलाई विभिन्न पुस्तामा विभाजन गरिएको छ । कम्प्युटर पुस्तालाई जम्मा पाँच ओटा समय अवधिमा विभाजन गरिएको छ जुन निम्न लिखित छन् :

पहिलो पुस्ताका कम्प्युटर (First Generation of Computer)

इं. सं. १९४७ देखि १९५८ सम्मको समय अवधिमा आविष्कार भएका कम्प्युटरलाई पहिलो पुस्ताको कम्प्युटर भनिन्छ । यो समयमा बनाइएका कम्प्युटरमा मुख्यतया: भ्याकुम ट्युब र भल्ब (valves) हरू प्रयोग भएको पाइन्छ । पहिलो पुस्ताका कम्प्युटरहरू आकारमा धेरै ठुला र काममा कम प्रभावकारी थिए । ENIAC, UNIVAC, EDVAC, EDSAC आदि पहिलो पुस्ताका कम्प्युटरका उदाहरणहरू हुन् ।
Vacuum Tube
Vacuum Tube

 पहिलो पुस्ताका कम्प्युटरका विशेषता

१. यी कम्प्युटरहरू आकारमा ठुला थिए ।
२. यिनीहरूले धेरै मात्रामा ताप उत्पादन गर्दथे ।
३. काम गर्न ढिला थिए ।
४. लो लेभल (low level) प्रोग्रामिङ ल्याङवेजको प्रयोग हुन्थ्यो ।
५. यिनको मूल्य धेरै थियो ।

दोस्रो पुस्ताका कम्प्युटर (Second Generation of Computer)

Transistors
इ.सं. १९५९-१९६५ को समय अवधिमा आविष्कार भएका कम्प्युटरलाई दोस्रो पुस्ताका भनिन्छ । दोस्रो पुस्ताका कम्प्युटरमा मुख्यत: ट्रान्जिस्टर (Transistors) हरूको प्रयोग भएको पाइन्छ । पहिलो पुस्तामा प्रयोग भएको भ्याकुम ट्युबहरूलाई दोस्रो पुस्तामा ट्रान्जिरहरूले प्रतिस्थापन गरेका छन् । दोस्रो पुस्ताका कम्प्युटरहरू पहिलो पुस्ताका तुलनाका आकारमा साना थिए ।

दोसो पुस्ताका कम्प्युटरको विशेषता

१. मुख्य मेमोरी यन्त्रका रूपमा ट्रान्जिस्टर प्रयोग भएका थिए ।
२. पहिलो पुस्ताको तुलनामा आकारमा साना थिए ।
३. काम गर्ने गतिलाई माइक्रो सेकेन्ड मापन गरिन्थ्यो ।
४. पहिलो पुस्ताको तुलनामा यिनले कम ताप उत्पादन गर्थे र बिजुलीको पनि कम खपत हुन्थ्यो ।
५. एसेम्ब्ली ल्याङवेजको प्रयोग भएको थियो ।

तेस्रो पुस्ताका कम्प्युटर (Third Generation of Computer)

इ.सं. १९६५-१९७१ को समय अवधिमा आविष्कार भई प्रयोगमा आएका कम्प्युटरलाई तेस्रो पुस्ताका कम्प्युटर भनिन्छ । तेस्रो पुस्ताको कम्प्युटरमा मुख्य यन्त्रका रूपमा इन्टिग्रेटेड सर्किट (IC - Integrated Circuit) को प्रयोग भएको पाइन्छ । यी आकारमा धेरै साना र काममा धेरै प्रभावकारी थिए।
Integrated Circuit
Integrated Circuit

तेस्रो पुस्ताका कम्प्युटरका विशेषता

१. इन्टिग्रेटेड सर्किट मुख्य यन्त्रका रूपमा प्रयोग भएको पाइन्छ ।
२. आकारमा सानो र छिटो काम गर्न सक्ने भएको पाइन्छ ।
३. यी कम्प्युटरहरूले ताप कमै मात्रामा उत्पादन गर्थे ।
४. काम गर्ने गति नानो सेकेन्ड (Nano second) मा वृद्धि भएकाे पाइन्छ ।
५. हाइलेभल ल्याङ्वेज (High level language) को प्रयोग भएको पाइन्छ ।
६. किबोर्ड र मनिटरको प्रयोग भएको थियो ।

चौथो पुस्ताका कम्प्युटर (Fourth Generation of Computer)

Fourth Generation Computer - VLSI
इ.सं. १९७१ देखि आजसम्मको समयमा आविष्कार भई प्रयोगमा आएका कम्प्युटरहरूलाई चौथो पुस्ताका कम्प्युटर भनिन्छ । यस पुस्तामा मुख्य यन्त्रका रूपमा लार्ज स्केल इन्टिग्रेटेड सर्किट (LSIC - Large Scale Integrated Circuit) र भेरी लार्ज स्केल इन्टिग्रेटेड सर्किट (VLSIC - Very Large Scale Integrated Circuit) प्रयोग भएको पाइन्छ । परिणामस्वरूप आकार धेरै साना भई काम गर्ने क्षमतामा धेरै वृद्धि भएको पाइन्छ ।

चौथो पुस्ताका कम्प्युटरका विशेषता

१. म्याग्नेटिक डिस्कहरूको प्रयोग हुन थाले ।
२. यी कम्प्युटरहरू छिटो र साना आकारका थिए ।
३. काम गर्ने गति पिको सेकेन्ड (Pico second) मा थियो ।
४. धेरै क्षमता भएका बाह्य भन्डारण यन्त्रहरूको प्रयोग भयो ।

कम्प्युटरको पाँचौं पुस्ता (Fifth Generation of Computer)

कम्प्युटरको पाँचौं पुस्ताका लागि प्रशस्त मात्रामा खोजहरू भइरहेका छन् । अहिले यो पुस्ता पुरा भएको छैन । पहिलो पुस्ताका कम्प्युटरहरूमा सोच्न सक्ने शक्तिको कमी भएको देखिन्छ । यस पुस्ताका कम्प्युटरहरूमा प्राविधिकहरू कम्प्युटरले आफै सोच्न सक्ने शक्तिको विकासमा लागि परेका छन् । यसमा बायो चिप्स (Bio-Chips) र आर्टिफिसियल इन्टेलिजेन्स (Artificial Intelligence) जस्ता यन्त्र प्रयोग गर्न खोजिएको छ । यसमा नेचुरल ल्याङ्वेज (natural language) को प्रयोग गरिने छ, जसले गर्दा हामी आफ्नै मातृभाषा प्रयोग गरेर कम्प्युटरका प्रोग्रामहरू बनाउन सक्छौं ।

क्रियाकलाप

कम्प्युटरको पुस्ताका बारेमा छलफल गरी समय, प्रयोग भएको प्रविधि तथा विशेषताहरूलाई तालिकामा लेख ।
उत्तर: 
(Table will be available very soon.)

अभ्यास

१. तलका खाली ठाउँ भर

(क) पहिलो पुस्ताको कम्प्युटरको आविष्कार तथा प्रयोग अवधि ..................... हो ।
(ख) दोस्रो पुस्ताको कम्प्युटरको आविष्कार तथा प्रयोग ..................... हो ।
(ग) तेस्रो पुस्ताको कम्प्युटरको आविष्कार तथा प्रयोग अवधि ..................... हो ।
(घ) ट्रान्जिस्टर ....................... पुस्तामा आविष्कार भई प्रयोग भएको थियो ।
(ङ) आइसी (IC) ....................... पुस्तामा आविष्कार भई प्रयोग भएको थियो ।

उत्तर: खाली ठाउँ भरको उत्तर:
(क) पहिलो पुस्ताको कम्प्युटरको आविष्कार तथा प्रयोग अवधि इ.सं. १९४७ देखि १९५८ हो ।
(ख) दोस्रो पुस्ताको कम्प्युटरको आविष्कार तथा प्रयोग इ.सं. १९५९ देखि १९६५ हो ।
(ग) तेस्रो पुस्ताको कम्प्युटरको आविष्कार तथा प्रयोग अवधि इ.सं. १९६५ देखि १९७१ हो ।
(घ) ट्रान्जिस्टर दोस्रो पुस्तामा आविष्कार भई प्रयोग भएको थियो ।
(ङ) आइसी (IC) तेस्रो पुस्तामा आविष्कार भई प्रयोग भएको थियो ।

२. ठिक र बेठिक छुट्याऊ :

(क) पहिलो पुस्तामा भ्याकुम ट्युबको प्रयोग भएको थियो ।
उत्तर: ठिक
(ख) दोस्रो पुस्तामा आइसीको प्रयोग भएको थियो ।
उत्तर: बेठिक (किनकी दोस्रो पुस्ताको कम्प्युटरमा ट्रान्जिस्टरको प्रयोग भएको थियो ।)
(ग) तेस्रो पुस्तामा ट्रान्जिस्टरको प्रयोग भएको थियो ।
उत्तर: बेठिक (किनकी तेस्रो पुस्ताको कम्प्युटरमा आइसी प्रयोग भएको थियो ।)
(घ) पहिलो पुस्तामा Machine language को प्रयोग भएको थियो।
उत्तर: ठिक (किनकी पहिलो पुस्ताको कम्प्युटरमा लो लेभल प्रोगामिङ भाषा (Low Level Programming Language) को प्रयोग भएको थियो, जुन मेसिन ल्याङ्ग्वेज अन्तर्गत पर्छ ।)
(ङ) तेस्रो पुस्तामा Assembly language भाषाका रूपमा प्रयोग भएको थियो ।
उत्तर: बेठिक (तेस्रो पुस्तामा High level language) को प्रयोग भएको थियो।

३. तलका प्रश्नको उत्तर लेख :

(क) कम्प्युटर पुस्ता भनेको के हो ?
उत्तर: कम्प्युटर पुस्ता भनेको कम्प्युटर विकासको क्रममा कुन समयमा कस्ता कम्प्युटर अविस्कार भए, कस्ता प्रविधि प्रयोग गरिएका थिए र तिनका विशेषताहरु कस्ता थिए भनेर अध्यन गर्न गरिएको समयवधिको विभाजन हो ।
(ख) कम्प्युटरका पुस्ताहरूलाई वर्णन गर।
कम्प्युटर विकासको क्रममा कुन समयमा कस्ता कम्प्युटर अविस्कार भए, कस्ता प्रविधि प्रयोग गरिएका थिए र तिनका विशेषताहरु कस्ता थिए भनेर अध्यन गर्न कम्प्युटरका पुस्ताहरुहरुलाई पाँच खण्डमा विभाजन गरिएको छ ।
१. पहिलो पुस्ताको कम्प्युटर: इ.सं. १९४७ देखि १९५८ सम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर पहिलो पुस्ताको कम्प्युटर हो । यो कम्प्युटरमा भ्याकुम ट्युब र भल्बहरुको प्रयोग गरिएको थियो । यो कम्प्युटरको आकारमा ठूला, बढि ताप उत्पादन गर्ने, काम ढिलो र मूल्य बढि थियो ।
२. दोस्रो पुस्ताको कम्प्युटर: इ.सं. १९५९ देखि १९६५ सम्म उत्तर: अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर दोस्रो पुस्ताको कम्प्युटर हो । यो कम्प्युटरमा ट्रान्जिस्टरहरुको प्रयोग गरिएको थियो । यो कम्प्युटरले काम माइक्रो सेकेन्डमा र तुलनात्मक रुपमा पहिलो पुस्ताको कम्प्युटर भन्दा कम ताप उत्पादन र कम बिजुली खपत गर्थें ।
३. तेस्रो पुस्ताको कम्प्युटर: इ.सं. १९६५ देखि १९७१ सम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर तेस्रो पुस्ताको कम्प्युटर हो । यो कम्प्युटरमा आइसीको प्रयोग गरिएको थियो । यो कम्प्युटरमा काम गर्ने गति नानो सेकेन्डमा वृद्वि भएको थियो । यो पुस्ताको कम्प्युटर आकारमा सानो, छिटो काम गर्न सक्ने एवं किबोर्ड र मनिटरको प्रयोग भएको थियो ।
४. चौंथो पुस्ताको कम्प्युटर: इ.सं. १९७१ देखि हालसम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर चौंथो पुस्ताको कम्प्युटर हो । यो कम्प्युटर धेरै सानो, धेरै भण्डारण क्षमता भएको र म्याग्नेटिक डिस्कहरुको प्रयोग भएको कम्प्युटर हो । हाल हामीले प्रयोग गर्ने गरेका कम्प्युटर यसै कम्प्युटरमा पर्छन ।
५. पाँचौं पुस्ताको कम्प्युटर: पाँचौ पुस्ताको कम्प्युटर पूर्ण रुपमा विकसित भैसकेका छैनन तर यसको व्यापक खोज अनुसन्धान भैरहेको छ । यस पुस्ताको कम्प्युटरमा बायो चिप्स, नेचुरल ल्याङ्ग्वेज र आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग हुने छ । हाल विकसित रोबोट वा यन्त्रमानव यसको एउटा नमूना हो ।
(ग) कम्प्युटरको पहिलो पुस्ताका विशेषता लेख।
उत्तर: इ.सं. १९४७ देखि १९५८ सम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर पहिलो पुस्ताको कम्प्युटर हो । यसका विशेषताहरुलाई निम्नानुसार देखाउन सकिन्छ:
१. भ्याकुम ट्युबहरुको प्रयोग भएको थियो ।
२. धेरै मात्रामा ताप उत्पादन र इन्धन खपत गर्थ्यो ।
३. काम ढिलो तर मुल्य बढि थियो ।
४. आकार ठूला र लो लेभल प्रोग्रामिङ भाषाको प्रयोग गरिएको थियो ।
(घ) कम्प्युटरको दोस्रो र तेस्रो पुस्ताका बिचका भिन्नताहरू लेख।
उत्तर: इ.सं. १९५९ देखि १९६५ सम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर दोस्रो पुस्ताको कम्प्युटर हो भने, इ.सं. १९६५ देखि १९७१ सम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर तेस्रो पुस्ताको कम्प्युटर हो । यिनीहरु दुबै पहिलो पुस्ताको कम्प्युटर भन्दा एडभान्स टेक्नोलोजी प्रयोग गरेर बनाएको कम्प्युटर हो । यिनीहरू बिचको फरकलाई तलको तालिकामा देखाइएको छ ।

दोस्रो पुस्ता

तेस्रो पुस्ता

१. यस पुस्ताको कम्प्युटरमा ट्रान्जिस्टर प्रयोग गरिएको थियो ।

१. यस पुस्ताको कम्प्युटरमा आइसी प्रयोग गरिएका थिए ।

२. काम गर्ने गति माइक्रो सेकेन्डमा मापन गरिन्थ्यो ।

२. काम गर्ने गति नानो सेकेन्डमा मापन गरिन्थ्यो ।

३. एसेम्ब्ली   ल्याङ्ग्वेजको प्रयोग भएको थियो ।

३. हाइ लेभल ल्याङ्ग्वेजको प्रयोग भएको थियो ।

४. किबोर्ड र मोनिटरको बिकास भएको थिएन ।

४. किबोर्ड र मोनिटरको बिकास भएर प्रयोग भएको थियो ।

५. फेराइड कोर मेमोरीको रुपमा प्रयोग गरिएको थियो ।

५. म्याग्नेटिक डिस्क मेमोरीको रुपमा प्रयोग गरिएको थियो ।


(ङ) कम्प्युटरको चौथो र पाँचौं पुस्ताबिचका भिन्नता लेख ।
उत्तर: इ.सं. १९७१ देखि हालसम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर चौंथो पुस्ताको कम्प्युटर हो भने हाल खोज अनुसन्धानको क्रममा रहेको र पूर्ण रुपमा विकसित नभएको कम्प्युटर पाँचौ पुस्ताको कम्प्युटर हो । यिनीहरू बिचको फरकलाई तलको तालिकामा देखाइएको छ । 

चौँथो पुस्ता

पाँचौं पुस्ता

१. चौँथो पुस्ताको कम्प्युटरमा LSIC र VLSIC बाट बनेको माइक्रोप्रोसेसर प्रयोग गरिएको छ ।

१. पाँचौं पुस्ताको कम्प्युटरमा बायो चिप्स र ग्यालियम आइसेनाइड प्रयोग हुने छ ।

२. यसमा आधुनिक हाई लेभल प्रोग्रामिङ भाषा प्रयोग गरिएको छ ।

२. यसमा नेचुरल ल्याङ्ग्वेज र प्रोलग नामक प्रोग्रामिङ भाषा प्रयोग हुने छ ।

३. यसमा आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग भएको छैन । जसले गर्दा कम्प्युटर आफैले सोँच्न सक्दैन ।

३. यसमा पूर्ण आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग हुने छ । जसले गर्दा कम्प्युटर आफैले सोँच्न सक्ने छ ।

४. यसको काम गर्ने गति विको सेकेन्ड रहेको छ ।

4. यो हालसम्मकै सर्वाधिक छिटो चल्ने कम्प्युटर हुने छ ।

५. आधुनिक डिजिटल कम्प्युटरप्याप्टपमोबाइल आदि यसको उदाहरण हो ।

५. आर्टिफिसियल इन्टिलिजेन्सबाट चल्ने रोबोट यसको एउटा उदाहरण हो ।

Post a Comment

2 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
  1. Bloody hell your question and my book is not right you just freak me out moile खno.ko vanera kuncheii sarera baseraixu😭

    ReplyDelete
    Replies
    1. I am sorry to hear that. Anyway, which edition or publication's computer book are you using right now? This note is for government aided or community based school student of grade 7 (unit 3).

      Delete
Post a Comment

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top