पाठ १ - अनारकाे बाेट 'नेपाली कक्षा ९'

0
Anarko Bot - Class 9 Nepali Book
एकाई १ - अनारकाे बाेट - (Class 9 Guide)

शारांश

प्रस्तुत ‘अनारको बोट’ मुकुन्दराज पथिकद्धारा दिखित कथामा एउटा दुःख पाईरहेको महिला र घाईते ढुकुरको अवस्थाको बारेमा चित्रण गरीएको छ  । अनारको बोट कथामा समवेदना, सेवा, त्याग, समर्पण र देशभक्तिको भावलाई  कथाकार मुकुन्दराज पाथिकले मुख्या भावको रुपमा प्रस्तुत गरेका छन् ।  कल्पलता देखिएको सेवा र त्यागको भाव पनि कम महत्त्वको छैैन ।  उनमा नारीमा हुने मातृत्व पक्ष प्रबल थियो ।  उनमा रहेको असीम दयाकै कारण  उनले घाइते ढुकुरलाई घरमा ल्याई  औषधोपचारका साथै खुबै स्याहारसुसार समेत गरिन् । कल्पलता अन्तर्हृदयदेखि नै समाज सेवाको भावना भएकी नारी थिइन् ।   कुनै एकजना मानिसमा भएको अथाह सम्पत्ति घरमा सञ्चित गरेर राख्दैमा समाजको उन्नति हुँदैन । त्यसैले आफूसँग  भएको एउटा हिरा बेचेर  छोरो पढ्ने विद्यालयलाई दिने र विकास निर्माणका काममा धन सम्पत्ति लगाउने  उनको चाहनामा प्रबल समाज सेवाको भावना विद्यमान रहेको स्पष्ट हुन्छ निकै शोकमा परेकी महिलालाई घाईते ढुकुरको उपचार पश्चात् जिवनशैलीमा नै परिवर्तन भएको कुरा कथामा प्रश्ट्र« पारीएको छ ।
कथाको मुख्या भाव नै  ठुलो शोकमा  परेकी महिलालाई घाईते ढुकुरको उपचार पश्चात् सेवा गरे मेवा मिल्छ भनेझै उनको जिवनमा ठुलो परिवर्तन भयो । यस बाट मानिसमा मात्र नभई अन्य प्राणीमा पनि सेवाको पैँचो तिर्न प्रवृत्ति हुँदो रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।
भाईबहिनीहरु तलको नोट केबल निर्देशनको लागी हो । आफ्नो स्वविवेकको प्रयोग गर्ने बानी बसालौं ।

प्रश्नोत्तर

१. पाठको पाँचौँ अनुच्छेद सुनी ठिक र बेठिक छुटयाउनुहोस् ।
क) एउटा केटाले रुखमा बसिरहेको ढुकुरलाई गुलेलीले हान्यो ।
उत्तर => ठिक 
ख) केटाले हानेको मट्याङ्ग्राले ढुुुुकुरको चुुुुच्चामा लाग्यो ।
उत्तर => बेठिक
ग) कल्पतालाई देखेर केटो ढुुुुकुरको चुच्चामा लाग्यो ।
उत्तर => ठिक
घ) ढुुुुकुरलाई कल्पताले घर लिएर गइन ।
उत्तर => ठिक
ङ) ढुकुर केही दिनपछि आफैँ निको भयो ।
उत्तर => बेठिक
३) पाठको पहिलो अनुच्छेद सुन्नुहोस् र त्यसको आधारमा तलका प्रश्नको उत्तर भन्नुहोस् ।
क) 
उत्तर =>  कल्पलताको गाउँ प्रदूषण रहित स्वस्थ्, सुदर,सफा र आर्कषक थियो ।
ख)
उत्तर => उदार एव्म श्रमशील मेहनती गाउँलेहरुले आफ्नो गाँउको विकाश निर्माणका कामहरु बाटोघाटो, पाटीपौवा र मठ मन्दिरहरु निर्माण गरेको थिए ।
उत्तर => गाउँलेहरुमा सहयोग, सद्भाव र उदार भावना थियो ।
घ)
उत्तर => कल्पलताको परिवारमा तिन जना थिए र ती हुन् – कल्पलता, उनका पति र एक मात्र छोरा 
ङ) उत्तर => कल्पलताको परिवारको सदस्याको स्वभाव मिलनसार र सहयोग थियो ।

४) ‘अनारको बोट’ कथा सुनेर यसका मुख्य घटना भन्नुहोस् । 
=> धेरै टाढा एउटा प्रदूषणरहित सुन्दर गाउँमा कल्पलता नाम गरेकी बुढिया बस्थिन् । उनको पिता र छोरा सँग जिवन सुखमय सँग बिताइरहेको बेला एक दिन उनको पति घाँस कट्न रुखमा चढेर अकस्मा्त गोडा चिप्लिएर भुइँमा बजारिए र बेहोस भए । लामो समय नफर्किएपछि परिवारका सदस्य र गाउँलेहकरु मिली उनको खोजी गरी घरमा ल्याएपछि उनको मृत्यु भयो । उनको मूत्युमा पविारका सदस्य र गाउँलेहरुले ठुलो शोक मनाए ।
बाबुको मृत्युपछि विद्यालयमा गई राम्ररी पढिरहेको र साथीभाइका बिचमा साह्रै असल मित्रको रुपमा चिनिने कल्पलताको छोरा अचानक एक दिन साथीहरुसँग खोलामा गयो । पौडी खेल्दा खेल्दै उसलाई खोलाले बगायो ।
यस घटनाले कलपलताको जीवनमा दोस्रो वज्रपात हुन पुग्यो । छोराको मृत्युबाट निराशाले घर जमाउने काम गरे पनि गाउँलेहरुको सद्भाव र जिवनबोधी चेतनाका कारण जसोतसो जीवनगतिलाई उनले अघि बढाइन् ।
एक दिन एउटा केटाले रुखमा बसिरहेको ढुकुरलाई अचानक गुलेलीले हान्दा ढुकुरको खुट्टामा लागेको उनले देखिन् । केटाले उनलाई देखेर ढुकुर नलिई भाग्यो । पीडाले छ्पटाइरहेको ढुकुरलाई कल्पलताले घर लगी औषधी उपचार गरिन् । त्यो ढुकुर उनको घरको परिवारको आत्मीय सदस्यका रुपमा रह्यो । धेरै दिनपछि एक दिन बिहान ढुकुर भुर्र उडेर धेरै टाढा गयो । महिना दिनसम्म कल्पलताको घरमा त्यो ढुकुर र्र्फिर्कएन । महिनादिनपछि त्यो ढुकुर कल्पलताका घरमा टुप्लुक्क आइपुग्यो । अचानक उसले आफूले चुच्चामा च्यापेर ल्याएको अनारको दाना उनका घरको ढोकामा छाडी भुर्र उडेर गयो । उसले छोडेको अनारको दानालाई कल्पलताले घरको अगाडिको बारीमा रोपिन् । भोलिपल्टै उनले घर अगाडि अनारको दानालाई कल्पलताले घरको अगाडिको बारीमा रोपिन् । भोलिपल्टै उनले घर अगाडि अनारको बोट देखिन् । भने पर्सिपल्ट हेर्दा अनारको बोटमा लटरम्म अनार फलेको देख्दा आश्चर्यचकित भइन् । उनलाई यो कस्तो चमत्कार हो भन्ने लाग्यो ।
अनारको बोटबाट एउटा दाना टिपी फोरेर हेर्दा कल्पलताले त्यसभित्र हिरैहिरा पाइन् । उनी अझ आश्चर्यचकित भइन् । उनले भगवान्लाई स्म्झिन् र ढुकुरलाई धेरै धन्यवाद दिइन् । यो सबै कुरा छिमेकीलाई पनि भनिन् । छिमेकीहरु पनि आश्चर्यचकित भएर तिमीले गरेको सेवाको फल हो भन्दै कल्पलताको प्रशंसा गरे । कल्पलताले अनार टिप्न सहयोग मागिन् र अनार घरभित्र लगी फुटाएर हेर्दा हिरैहिरा फेला पारेपछि त्यहाँ आएका छिमेकीलाई एक एक ओटा हिरा दिई पठाइन् । प्रत्येक वर्ष अनारका बोटमा हिरा फल्दै गयो । उनको उमेर पनि ढल्कँदै गएकाले गाउँलेहरुलाई बोलाएर आफू मर्दा लासमा राख्न एउटा सानो हिरामात्र राखेर गाउँमा सबैलाईै बाँडेपछि उनको गाँउ, सारा मुलुक नै सम्पन्न तथा विकसित बन्यो ।
पढाइ

२. पाठको चौथो अनुच्छेद पढ्नुहोस् र तलका प्रश्नको उत्तर भन्नुहोस् ।
क) कल्पलताको छोरो आफ्ना साथीसँग किन खोलामा गयो ? 
उत्तर => कल्पलताको छोरो साथीहरुसँग पैडी खेल्न गयो ।
ख) किन कल्पलता डाँको छोडेर रुन लागिन् ?
उत्तर => पतिको मृत्यु र लगत्तै छोराको मृत्युको पिडाले कल्पलता डाँको छोडेर रुन लागिन् ।
ग) 
उत्तर => श्रीमान र छोरो खोस्ने भग्वानले बरु आफलाई पनि लैजाऊ भनेर दुःख व्यक्त गरिन् ।
घ) 
उत्तर  => श्रीमान र छोराको मृत्युको शोकले निरन्तर चिन्ता र खाना समेत नखाँदा कल्पलता दुब्लाउँदै गईन ।
ङ) उत्तर => गाउँलेहरुको उपचार र आखिर जेभए पनि मरेर जाने गइसकेपछि अरुले बाँच्नै पर्ने रहेछ भनी मन बुझाउन थालेपछि कल्पलताका शरीरमा सुधार भयो ।

३. पाठको नवौँ अनुच्छेद मौन पठन गरी तलका प्रश्नको उत्तर दिनुहोस् ।
क) 
उत्तर =>  कल्पलताले छिमेकीहरुलाई अनारमा हिरा फलेको देखाउन बोलाईन ।
ख) 
उत्तर => कल्पलताले आफ्ना पोल्टामा भएको हिरा छिमेकीहरुलाइै अनारको बोटमा फलेका भनेर आशचर्य मान्दै देखाइन् ।
ग) 
उत्तर => कल्पलताले यति धरै हिरा कहाँ पाईन होला भनी आश्चर्य मानी आपसमा हेराहेर गरे ।
घ) 
उत्तर =>  छिमेकीहरुले अनारको दानाभित्र हिरा भएको सम्बन्धमा कल्पलताले हिर पाउनु भग्वानको परीक्षण हो भन्ने अनुमान गरे ।
ङ) 
उत्तर => कल्पलता छिमेकीको कुरा सुनेर दुःख गरे सुख पाइन्छ भन्ने कुरामा विश्वस्त भइन् । 
च) 
उत्तर => वत्ृततान्त – दाईले भ्रमण गएको बारे सम्पुर्ण करा वृत्तान्त सुनायो ।

धैर्य – जस्तोसुकै आपत् आइलागे पनि नपालीहरु धैर्य गर्न समर्थ छन् ।
छ)
उत्तर => परीक्षण– परि+ईक्षण
प्रवृत्ति –प्र+वृत्ति 

४) कथाका आधारमा तलका भनाइ कसले कसलाई भनेको हुन्। कापीमा सार्नुहोस् ।
क) यो भनाइ कल्पलताले पति र छोरालाई चटक्कै चुडेर लैजाने निर्दयी दैवलाई भनेकी हुन् ।
ख) यो भनाइ कल्पलताले छिमेकीहरुसँग भनेकी हुन् ।
ग) यो भनाइ छिमेकीहरुले कल्पलतालाई भनेका हुन् ।
घ) यो भनाइ कल्पलताले छिमेकीलाई भनेकी हुन् ।
ङ) यो भनाइ कल्पलताले आफैँले आफैँलाई भनेकी हुन् ।

५) पाठका आधारमा तल दिएका घटनाहरुको क्र्रम मिलाई कापीमा सार्नुहोस् ।
क) कल्पलताका श्रीमान् घाँस काट्न वनमा जाँदा रुखबाट लड्नु 
ख) कल्पलताको छोरो ओलामा बग्नु
ग) कल्पलता रुघाखोकीले बिरामी हुनु
घ) ल्पलताले ढुकुरलाई छटपटाइरहेको देख्नु
ङ) कल्पलताका बारीमा लटरम्म अनार फल्नु
च) कलपलताले छिमेकीलाई आफ्नो घरमा बोलाउनु
छ) कलपलताले सबै गाउँलेलाई आफ्ना घरमा बोलाउनु
ज) गाउँलेहरुले कल्पलताका बारीमा बगैँचा बनाउनु
झ) कल्पलताको मृत्यु हुनु

६ पाठका आधारमा कल्पलतासँग सम्बन्धित महन्वपुर्ण कुराहरु पाँच बुँदामा टिपोट गर्नुहोस् ।
१ श्रीमान र बालक छोराको मृत्यु पश्चात् एक्लो जिवन बिताउन बाध्यय हुनु ।
२ घाईते ढुकुरको सेवा गर्नु र निराशले व्याप्त जीवनमा आशाको त्यान्द्रो पलाउनु ।
३) ढुकुरले अनारको दाना ल्यएर घरमा छोडी अलप हुँदा निकै दुःखित हुनु ।
४) अनारको दाना रोप्दा केही दिनमै अनार फल्नु र त्यसभित्र हिरैहिरा फलेको पाउँदा उनी आश्चर्यचकित हुनु ।
५ ) आफुसँग एउटा मात्र हिरा राखी सबै गाउँलेहरुलाई बाँडिदिनु ।

लेखाइ 

१) पाठका आधारमा तलका प्रश्नको उत्तर सङ्क्षेपमा लेख्नुहोस् ।
क) 
उत्तर => सहरदेखि धेरै टाढा एउटा प्रदूषणरहित सुन्दर गाउँमा कल्पलता नाम गरेकी आइमाई बस्दै आएको थिईन । उनको पिता र छोरा सँग जिवन सुखमय सँग बिताइरहेको थिइन् । सानो परिवार सुखी थियो । तर एक दिन उनको पति घाँस कट्न रुखमा चढेर अकस्मा्त गोडा चिप्लिएर भुइँमा बजारिए र बेहोस भए । लामो समय नफर्किएपछि परिवारका सदस्य र गाउँलेहरु मिली उनको खोजी गरी घरमा ल्याएपछि उनको मृत्यु भयो । उनको मूत्युमा पविारका सदस्य र गाउँलेहरुले ठुलो शोक मनाए । यसघटनाले कल्पलताका जीवनमा ठुलो समस्या सिर्जना भयो । आफ्ना पतिको अभावमा पनि कल्पलताले छोराको रेखदेख र पढाइको समेत वातावरण मिलाइदिने काम गरिन् ।
यसरी कल्पलताका सुरुका दिनहरु आशालाग्दा र सबैका लागि लोभलाग्दा भए पनि जीवनकै सहाराका रुपमा रहेका प्यारा पतिको वियोगको असह्य पीडा उनले सहनु पर्दा निश्चय नै दुःखदायी बन्न पुगेको पाइन्छ । यसरी सुरुका दिनहरु समस्या नै समस्याले घेरिएको थिए भन्ने स्पष्ट हुन्छ ।

ख)
उत्तर => कल्पलताले जीवनमा ठुलो कष्टकर जिवन बित्ताउनुप¥यो । पतिको वनमा डाले घाँस झार्न लाग्दा लडेर मृत्यु भयो । यस घटनाले उनी बेसारा छोराको मृत्युले कल्पलताको जीवनमा शोक र झनै ठुलो समस्या भयो । उनका दिनहरु अलापविलापमै बित्न थाले । त्यसैबेला रुघा र ज्यवरोले सताउँदा उनी एकदमै शिथिल बनिन् । असह्य पीडा सहनु परे पनि उनले आफ्नो धैर्यको बाँध टुट्न दिइनन् । 
शोक र पिडा बेसहारा जीवनमा एउटा घाईते ढुकुरको सेवा गर्न र उसको सामीप्यता पाउँदा कल्पलतालाई केही मात्रामा भए पनि राहत मिलेको थियो । तर अचानक त्यो ढुकुर एकदिन उडेर बेपत्ता भएपछि उनी निकै नै चिन्तामा परिन् । उनलाई ढुकुरले ल्याइदिएको अनारको दानाबाट राहत र सन्तुष्टि मिले पनि उनको समग्र जिवन पिडा कष्ट र मानसिक पीडमै बितेको पाइनछ । साँच्चै भन्नू जीवनमा पिडै पिडा मात्र भोग्नुप¥यो ।

ग)
उत्तर =>  कल्पलताका श्रीमान् र छोरा पनि गाँउलेहरुको नजरमा धेरै असल र सहयोगी थिए । उनीहरुको मृत्यु पश्चात् कल्पलताका जीवनमा आइपरेका हरेक समस्यामा गाँउलेहरुको सहयोग निरन्तर रह्यो । एक दिन उनको पति घाँस कट्न रुखमा चढेर अकस्मा्त गोडा चिप्लिएर भुइँमा बजारिए र बेहोस भए । लामो समय नफर्किएपछि परिवारका सदस्य र गाउँलेहकरुकै सहयोगमा उनको खोजी गरी घरमा ल्याएपछि उनको मृत्यु भयो । उनको मूत्युमा पविारका सदस्य र गाउँलेहरुले ठुलो शोक मनाए । त्यस्तै एक मात्र छोराको मृत्यु भएर सहाराविहीन बनेकी कल्पलतालाई सम्झाउने बुझाउने काम पनि गाउँलेहरुबाट भएको पाइन्छ । उनलाई रुघा र ज्वरोले सताउँदा समेत गाउँलेहरुले उनको दुःखमा साथ दिने काम गरे । अन्तमा उनको इच्छा अनुसार गाउँलेहरले सम्पत्तिको सदुपयोग र मृत्यु पश्चात् चौबाथोमा प्रतिमा स्थापना गरी सम्मान गरे ।

घ)
उत्तर => हिंसात्मक मानसिकताबाट ग्रस्त केटाले गुलेलीले हनेको मट्याङगा्रको प्रहारबाट शक्त घाइते भएको ढुकुरलाई भित्रै हृदयदेखि माया गरेर अशक्त र छटपटाइरको ढुकुरलाई कल्पलताले माया गरेर घरमा लिएर गइन् र घाउमा औषधी लगाइदिइन् । उनको स्याहार पाएर घाउ विस्तारै निको हुँदै गयो । औषधोपचार गर्ने र उसका क्रियाकलापमा साथ दिएर जीवनदान दिने काम कल्पलताबाट भएको पाइन्छ ।

ङ) कल्पलताप्रति ढुकुरको किन कृतज्ञ बनेकोे हो ?
उत्तर => मृत्युको मखैबाट बँचेको ढुकु्र आफुप्रति गरेको उपकार सम्झने प्राणी थियो । घाईते ढुकुरलाई घरमा लगी उपचार गर्दै स्याहार सुसार गर्ने काम कल्पलताबाट भयो । उनको असीमित माया र स्याहार सुसार पाएर ढुकुर तङग्रियो । कल्पलताले गरेको सेवाबाट कृतज्ञ भई हिरैहिरा फल्ने अनारको दाना घरमा छोडेर गएको घटनाबाट स्पष्ट हुन्छ । जसबाट समाज परिवर्तन र देशको अर्थतन्त्रमा समेत टेवा पुग्यो ।

च) 
उत्तर => गाउँलाई सुन्दर बनाउन सरल, उदार र श्रमशील गाउँलेहरुको ठुलो भूमिका रहेको थियो । यसरी सबै कुराले सुन्दर शान्त गाउँलाई सुन्दर बनाउने कल्पलताले आफुसँग भएको सम्पत्ति दिएर थप सहयोग पु¥याइन् । कल्पलताबाट पा्रप्त हिरा गाउँहरुले केहीले गहना बनाए भने केहीले सबै बेचे । त्यसबाट सबै गाउँलेहरु सम्पन्न भए । गाउँमा बगैँचा बनाउने , बाटो खन्ने र मठपन्दिरहरु निर्माण गर्ने जस्ता कार्यहरु भए । यसरी कल्पलताकै उदार दिल र सहयोगका कारण सुन्दर बनाउन, गाउँले जीवनमा समृद्धि ल्याउन र सुन्दर बनाउने कार्यमा समेत कल्पलताले अपुर्व सहयोगका पु¥याएको स्पष्ट हुन्छ ।

छ)
उत्तर => कल्पलता एक असल र आटिलो नारी थिइन् । गाउँलेदेखि पा्रणीहरुको समेत हित चाहने कल्पलता एक संवेदनशील नारीका साथै उदार हृदयकाी धनी थिइन् । उनको उदारता र असल व्यवहारका कारण गाउँलेहरुलाई बाँडेर उदारताको परिचय दिएकी थिइन् । उनले गाउँको विकास र समृद्धिका निम्ति प्रदान गरेको हिरैहिर फल्ने अनारको बोथलाई र सबै हिरालई गाउँलेहरले सरकारलार्य बुझाए । यसबाट देश धेरै धनी भयो । देशका सबै ठाउँमा विद्यालय, सडक, बिजुली, टेलिफोन र खानेपानी आदिको प्रबन्ध भयो । जताततै सुन्दर भावनाहरु निर्माण भए । देशले सम्पन्नता प्राप्त गर्नुमा कल्पलताको भूमिका रह्यो । वास्तवमा कल्पलताकै माध्यमबाट देश धनी भयो ।

ज) असल र गाउँलेदेखी लिएर प्राणीहरुको समेत हित चाहने कल्पलता एक संवेदनशील नारीको साथै उदार हृदयकी धनी थिइन् । धेरै चोट सहेर लामो समय बाँचेकी कल्पलताको निधनको प्रभावले सारा गाउँ शोकाकुल भयो । उनको इच्छा अनुसार पटुकामा रहेको एउटा हिरालाई बेची उनको छोरो पढ्ने विद्यालयलाई दिने काम गरे । उनको सम्मान स्वरुप उनका बारीमा सुन्दर बगैँचा बनाइनुका साथै उनको प्रतिमा स्थापना गर्ने निर्णय गरे । नभन्दै बारीमा सुन्दर बगैँचा बनाइनुका साथै उनको प्रतिमा स्थापना गर्ने निर्णय गरे । साथै उनको वाषर््िाककिो शुभअवसरमा चौबादोमा प्रतिमा स्थापना गर्ने काम पनि भयो ।

२) ‘अनारको बोट’ लोक कथाको सारांश लेखी कक्षामा प्रस्तुत गुर्नुहोस् ।
उत्तर => सहरदेखि धेरै टाढा एउटा प्रदूषणरहित सुन्दर गाउँमा कल्पलता नाम गरेकी बुढिया बस्थिन् । उनको पिता र छोरा सँग जिवन सुखमय सँग बिताइरहेको बेला एक दिन उनको पति घाँस कट्न रुखमा चढेर अकस्मा्त गोडा चिप्लिएर भुइँमा बजारिए र बेहोस भए । लामो समय नफर्किएपछि परिवारका सदस्य र गाउँलेहकरु मिली उनको खोजी गरी घरमा ल्याएपछि उनको मृत्यु भयो । उनको मूत्युमा पविारका सदस्य र गाउँलेहरुले ठुलो शोक मनाए ।
बाबुको मृत्युपछि विद्यालयमा गई राम्ररी पढिरहेको र साथीभाइका बिचमा साह्रै असल मित्रको रुपमा चिनिने कल्पलताको छोरा अचानक एक दिन साथीहरुसँग खोलामा गयो । पौडी खेल्दा खेल्दै उसलाई खोलाले बगायो ।
यस घटनाले कलपलताको जीवनमा दोस्रो वज्रपात हुन पुग्यो । छोराको मृत्युबाट निराशाले घर जमाउने काम गरे पनि गाउँलेहरुको सद्भाव र जिवनबोधी चेतनाका कारण जसोतसो जीवनगतिलाई उनले अघि बढाइन् ।
एक दिन एउटा केटाले रुखमा बसिरहेको ढुकुरलाई अचानक गुलेलीले हान्दा ढुकुरको खुट्टामा लागेको उनले देखिन् । केटाले उनलाई देखेर ढुकुर नलिई भाग्यो । पीडाले छ्पटाइरहेको ढुकुरलाई कल्पलताले घर लगी औषधी उपचार गरिन् । त्यो ढुकुर उनको घरको परिवारको आत्मीय सदस्यका रुपमा रह्यो । धेरै दिनपछि एक दिन बिहान ढुकुर भुर्र उडेर धेरै टाढा गयो । महिना दिनसम्म कल्पलताको घरमा त्यो ढुकुर र्र्फिर्कएन । महिनादिनपछि त्यो ढुकुर कल्पलताका घरमा टुप्लुक्क आइपुग्यो । अचानक उसले आफूले चुच्चामा च्यापेर ल्याएको अनारको दाना उनका घरको ढोकामा छाडी भुर्र उडेर गयो । उसले छोडेको अनारको दानालाई कल्पलताले घरको अगाडिको बारीमा रोपिन् । भोलिपल्टै उनले घर अगाडि अनारको दानालाई कल्पलताले घरको अगाडिको बारीमा रोपिन् । भोलिपल्टै उनले घर अगाडि अनारको बोट देखिन् । भने पर्सिपल्ट हेर्दा अनारको बोटमा लटरम्म अनार फलेको देख्दा आश्चर्यचकित भइन् । उनलाई यो कस्तो चमत्कार हो भन्ने लाग्यो ।
अनारको बोटबाट एउटा दाना टिपी फोरेर हेर्दा कल्पलताले त्यसभित्र हिरैहिरा पाइन् । उनी अझ आश्चर्यचकित भइन् । उनले भगवान्लाई स्म्झिन् र ढुकुरलाई धेरै धन्यवाद दिइन् । यो सबै कुरा छिमेकीलाई पनि भनिन् । छिमेकीहरु पनि आश्चर्यचकित भएर तिमीले गरेको सेवाको फल हो भन्दै कल्पलताको प्रशंसा गरे । कल्पलताले अनार टिप्न सहयोग मागिन् र अनार घरभित्र लगी फुटाएर हेर्दा हिरैहिरा फेला पारेपछि त्यहाँ आएका छिमेकीलाई एक एक ओटा हिरा दिई पठाइन् । प्रत्येक वर्ष अनारका बोटमा हिरा फल्दै गयो । उनको उमेर पनि ढल्कँदै गएकाले गाउँलेहरुलाई बोलाएर आफू मर्दा लासमा राख्न एउटा सानो हिरामात्र राखेर गाउँमा सबैलाईै बाँडेपछि उनको गाँउ, सारा मुलुक नै सम्पन्न तथा विकसित बन्यो ।
३) अनारको बाट कथामा समवेदना, सेवा, त्याग, समर्पण र देशभक्तिको भावलाई कथाकार मुकुन्दराज पथिकले मुख्या भावको रुपमा प्रस्तुत गरेका छन् । कल्पलता र गाउँलेहरु देखिएको सेवा र त्यागको भाव पनि कम महत्त्वको छैन । कल्पलताको सेवा पाएर ढुकुरले उनीप्रति देखाएको कृतज्ञको भाव झनै अनुकरणीय र संवेदनशील बनेको छ । उनको इच्छा अनुसार पटुकामा रहेको एउटा हिरालाई बेची उनको छोरो पढ्ने विद्यालयलाई दिने काम गरे । उनको मेहनत र त्यागको कारण गाउँ र सिङ्गो देश नै समृद्ध बन्यो । 

४) तलका उद्रणको व्याख्या गर्नुेहोस् ।
क) ‘सेवा गरे मेवा मिल्छ’ भनेको यही त हो नि ।
उत्तर => प्रस्तुत ‘अनारको बोट’ मुकुन्दराज पथिक द्धारा दिखित कथाको मुल आशय नै ‘सेवा गरे मेवा मिल्छ’ हो । उक्त कथामा कथाकारले एउटा दःुख पाईरहेको महिला र घाईते ढुकुरको अवस्थाको चित्रण गरेका छन् । निकै शोकमा परेकी महिलालाई घाईते ढुकुरको उपचार पश्चात् जिवनशैलीमा नै परिवर्तन भएको कुरा कथामा प्रश्ट्र« पारेको छन ।
अचानक् एकदिन निकै शोकमा परेकी आईमाईले एउटा ढुकुर घाईते अवस्थामा देखिन् । रुखमा बसीरहेको ढुकुरलाई एउटा केटाले गुलेलीले हानी खसायो । उक्त घट्ना त्यो महिलाले नियालिरहेकी थिइन् । गुलेलीले हान्ने केटो उनलाई देखी ढुकुर नलिई भाग्यो । दुखाईले छटपटाइरहेको 
ढुकुरलाई महिलाले घर लगिन् र औषधी लगाइदिइन् । केही दिनपछि उनको स्याहार पाएर ढुकुरको खुट्टाको घाउ विस्तारै निको हुन थाल्यो ।
त्यो अलि अलि हिँड्न र उड्न पनि सक्ने भयो । त्यो ढुकुर उनीसँग रत्तियो । त्यो कहिले उनको हातमा , कहिले काँधमा र कहिले टाउकामा बस्थ्यो । ढुकुरको घाउ निको भएपछि एक दिन ऊ टाढा गयो । ढुकुर कहाँ गयो भनेर महिलालाई निकै चिन्ता प¥यो । एक महिना पश्चात् त्यो ढुकुर टुप्लुक्क आईपुग्यो । ढुकुरले अचानक चुच्चामा च्यापेर ल्याएको अनारको दाना उनको घरको ढोकामा छाडी फेरि भुर्र उडेर गयो । त्यो छाडेर गएको आनारलाई उनले घर अगाडीको बारीमा त्यही दिन रोपिन् । भालीपल्ट बिहान घर अगाडी बारीमा अनारको बोट ठुलो भएको देख्नि । पर्सिपल्ट झनै बिहान उठदा त्यस बोटमा लटरम्म अनारहरु फलेका थिए । उक्त अनारको एउटा दाना टिपिन् र त्यसलाई फुटाएर पनि हेरिन । अनारभित्र त हिरैहिरा पो रहेछ । भनिन्छ भाग्य भए डोकामा दुध दुहे पनि अडिन्छ भनेझै उनको जीवन पनि सन्तुष्ट्र हुन थाल्यो । 
उक्त कथामा महिला धेरै शोकमा परेको अवस्थामा पनि उनले ढुकुरलाई स्याहार गरीन् र उनले मिठो फल पाईन । त्यस्तै उनलाई दुख परेको अवस्थामा सहयोग गरेका गाँउलेहरुले पनि हिरा मोति पाए र प्रसन्न रहे ।
त्यसैले सेवा गरे मेवा अवस्या पाइदो रहेछ ।

५) मानिसमा मात्र होइन, अन्य प्राणीमा पनि सेवाको पैँचो तिर्ने प्रृित्त पाइँदो रहेछ ।
उत्तर => प्रस्तुत ‘अनारको बोट’ मुकुन्दराज पथिक द्धारा दिखित कथामा एउटा दःुख पाईरहेको महिला र घाईते ढुकुरको अवस्थाको बारेमा चित्रण गरेका छन् । निकै शोकमा परेकी महिलालाई घाईते ढुकुरको उपचार पश्चात् जिवनशैलीमा नै परिवर्तन भएको कुरा कथामा प्रश्ट्र« पारेको छन् ।
अचानक् उनको स्याहारले हो वा उनको अवस्था त्यस्तो भएर हो उक्त ढुकुरले अनारको दाना ल्याई घरमा छड्दा् उनी चकित भईन । यो कुरा गाँउलेलाई भन्दा त झनै अचम्म नै भयो । सेवा गरे मेवा पाइन्छ भने झै उनीमा ठुलो परिवर्तन भयो । दुःख गरे सुख पाईन्छ उनको श्रमशिलताले आज सारा देशको मुहार सुन्दर भएको छ । उनको स्याहार र मेहनत देखी उनको सेवाको पँैचो तिर्ने ढुकुर देखी सारा छक्क् परे् । ढुकुरलाई उनले बाचाईन तर ढुकुरले त झनै त्यसभन्दा बढी दिएर गयो ।
कथामा ठुलो शोकमा परेकी महिलालाई घाईते ढुकुरको उपचार पश्चात् सेवा गरे मेवा मिल्छ भनेझै उनको जिवनमा ठुलो परिवर्तन भयो । यस बाट मानिसमा मात्र नभई अन्य प्राणीमा पनि सेवाको पैँचो तिर्न प्रवृत्ति हुँदो रहेछ भन्ने कुरा स्पष्ट भयो ।

५ )
उत्तर => अनारको बाट कथामा समवेदना, सेवा, त्याग, समर्पण र देशभक्तिको भावलाई कथाकार मुकुन्दराज पथिकले मुख्या भावको रुपमा प्रस्तुत गरेका छन् । कल्पलता देखिएको सेवा र त्यागको भाव पनि कम महत्त्वको छैैन । उनमा नारीमा हुने मातृत्व पक्ष प्रबल थियो । उनमा रहेको असीम दयाकै कारण उनले घाइते ढुकुरलाई घरमा ल्याई औषधोपचारका साथै खुबै स्याहारसुसार समेत गरिन् । कल्पलता अन्तर्हृदयदेखि नै समाज सेवाको भावना भएकी नारी थिइन् । कुनै एकजना मानिसमा भएको अथाह सम्पत्ति घरमा सञ्चित गरेर राख्दैमा समाजको उन्नति हुँदैन । त्यसैले आफूसँग भएको एउटा हिरा बेचेर छोरो पढ्ने विद्यालयलाई दिने र विकास निर्माणका काममा धन सम्पत्ति लगाउने उनको चाहनामा प्रबल समाज सेवाको भावना विद्यमान रहेको स्पष्ट हुन्छ ।
घाइते ढुकुर अचानक् एकदिन निकै शोकमा परेकी आईमाईले एउटा ढुकुर घाईते अवस्थामा देखिन् । रुखमा बसीरहेको ढुकुरलाई एउटा केटाले गुलेलीले हानी खसायो । उक्त घट्ना त्यो महिलाले नियालिरहेकी थिइन् । गुलेलीले हान्ने केटो उनलाई देखी ढुकुर नलिई भाग्यो । दुखाईले छटपटाइरहेको 
ढुकुरलाई महिलाले घर लगिन् र औषधी लगाइदिइन् । केही दिनपछि उनको स्याहार पाएर ढुकुरको खुट्टाको घाउ विस्तारै निको हुन थाल्यो ।
त्यो अलि अलि हिँड्न र उड्न पनि सक्ने भयो । त्यो ढुकुर उनीसँग रत्तियो । त्यो कहिले उनको हातमा , कहिले काँधमा र कहिले टाउकामा बस्थ्यो । ढुकुरको घाउ निको भएपछि एक दिन ऊ टाढा गयो । ढुकुर कहाँ गयो भनेर महिलालाई निकै चिन्ता प¥यो । एक महिना पश्चात् त्यो ढुकुर टुप्लुक्क आईपुग्यो । ढुकुरले अचानक चुच्चामा च्यापेर ल्याएको अनारको दाना उनको घरको ढोकामा छाडी फेरि भुर्र उडेर गयो ।

७) निम्न अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् । 
क) 
उत्तर => अहिंसा –हिंसा
सत्य – असत्य
कम – बेसी 
असमान –समान
अकल्याण – कल्याण
अनावश्यक – आवश्यक
सीमित – असीमित
ख) अनुच्छेदमा उल्लेख भएका तलका शब्दको अर्थ लेख्नुहोस् 
सम्पत्ति – धन, दौलत 
प्रमुख –कार्य व गतिविधिको मुख्या भूमिका वा नेतृत्व लिने व्यक्ति 
व्रत – शरीर र मनको शुद्धिका लागि गरिने उपासना
संसार – पृथ्वीको सम्पुर्ण भुभाग, विश्व, दुनियाँ
उपदेश – उसल कामका लागि दिइने अर्ती, हितका कुरा, नीतिका कुरा, शिक्षा 
मार्ग – हिँडने बाटो , सडक, पथ 
प्राणी – प्राण भएको वस्तु वा व्यक्ति, जीवनधारी, प्राणधारी 
चोरी – अर्काका धनमाल हडप्ने कार्य, चोरको काम 
पालना – पालना गर्ने काम, आज्ञा, निर्देशन आदिको पालन, अनुसार अहा्रएको मान्ने काम
ग) अनुच्छेदमा उल्लेख भएका तलका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्त्र 
धन – अरुले दिएको भन्दा आफुले कमाएको धन बढी महत्वपुर्ण हुन्छ ।
प्रचार – गौतम बुद्ध नेपालमा जन्मेको हो भनि प्रचार प्रसार गर्नुपर्छ ।
दर्शन – पूर्वीय आध्यात्मिक दर्शनको विश्वभर प्रचारप्रसार भएको पाइन्छ । 
सबै – हामी सबै मिलेर देश विकाशमा लाग्नुपर्छ ।
मानिस – मनिस संसारकै सर्वश्रेष्ठ प्र्राणी हो ।
गर्नु – असल काम गर्नुे फाइदाजनक हुन्छ ।
गौतम बुद्ध – गौतम बुद्ध विश्वको शान्तिको प्रतिक हुन् ।
उद्देश्य – उद्देश्य बिनाको काम सफल हुदैन् ।
घ) प्र–प्रकार , प्रक्रिया , प्रदोष , प्रजाति , प्रदेश 
ङ) उप–उपचार ,उपहार, उपकार, उपभोग, उपदेश

८) अल्प विराम, अर्ध विराम, पुर्णविराम, प्रश्नवाचक र उद्गार चिह्नलाई प्रयोग गरेर पाँच ओटा वाक्य लोख्नुहोस् ।
उत्तर => 
  • ग्यालजेन, उमेश र आशा एउटै विद्यालयमा पढ्छन् । 
  • सबै मलाई विदेश जान दबाब दिन्छन,ं म चाहिँ आफ्नो सुर छाड्दिनँ नि । 
  • विनोद असल व्यक्ति हो । 
  • तिमी कति वर्षका भयौ ?
  • हे ईश्वर ! हामी सबैको इच्छा पुरा गरिदेऊ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top