पाठ ६ - अपरेटिङ सिस्टम (Operating System) | कम्प्युटर शिक्षा कक्षा ८

0
पाठ ६ - अपरेटिङ सिस्टम (Operating System)
पाठ ६ - अपरेटिङ सिस्टम (Operating System)
(toc)

पाठ:

Lesson of this unit will be available in the near future. We recommend you to read your textbook before reading this guide. (alert-error)

कार्यकलाप

उत्तर: अपरेटिङ सिस्टमका मुख्य कार्यहरु यसप्रकार छन् :
१. फाइल र फोल्डरहरूको व्यवस्थापन,
२. उपकरणहरूको व्यवस्थापन,
३. मेमोरी व्यवस्थापन,
४. सुरक्षा व्यवस्थापन,
५. प्रयोगकर्ताको चाहनाअनुसार एप्लिकेसन प्रोग्राम सञ्चालन,
६. प्रयोगकर्ता र कम्प्युटरबिच भाषानुवाद,
७. प्रोसेज व्यवस्थापन, आदि । (alert-warning)

अन्यास

१. बाली ठाउँ भर :

(क) ................ प्रोग्रामहरूको सङ्कलन हो ।
उत्तर: सफ्टवेयर
(ख) एक पटक एक जनाले मात्र प्रयोग गर्न अपरेटिङ सिस्टमलाई ................ भनिन्छ ।
उत्तर: सिङ्गल युजर अपरेटिङ सिस्टम
(ग) एकै पटक धेरै जना प्रयोग कर्ताले काम गर्न सकिने अपरेटिङ सिस्टमलाई ................ भनिन्छ ।
उत्तर: मल्टी युजर अपरेटिङ सिस्टम
(घ) रोम (ROM) मा लेखिएका सफ्टवेयरलाई ................ भनिन्छ ।
उत्तर: फार्मवेयर
(ङ) ................ ले मेमोरी र CPU मा खराबी छ, छैन जाँच्छ ।
उत्तर: POST (Power On Self Test)
२. तलका सक्षिप्त शब्दहरूको विस्तारित रूप लेख :
(क) OS      (ख) Ms-DOS   (ग) CUI    (घ) POST
(ङ) BIOS   (च) CPU          (छ) ROM  (ज) GUI
उत्तर: (क) OS = Operating System
(ख) Ms-DOS = Microsoft Disk Operating System
(ग) CUI = Command User Interface
(घ) POST = Power On Self Test
(ङ) BIOS = Basic Input Output System  
(च) CPU = Central Processing Unit         
(छ) ROM = Read Only Memory  
(ज) GUI = Graphical User Interface

३. फरक छुट्याऊ :

(क) सिङ्गल युजर र मल्टी युजर अपरेटिङ सिस्टम
उत्तर: सिङ्गल युजर र मल्टी युजर अपरेटिङ सिस्टम बिचको फरकलाई तलको तालिकामा देखाइएको छ ।
(ख) वार्म बुटिङ र कोल्ड बुटिङ
उत्तर: वार्म बुटिङ र कोल्ड बुटिङ बिचको फरकलाई तलको तालिकामा देखाइएको छ ।
(table updating soon)
 
(ग) सफ्टवेयर र फेर्मवेयर
उत्तर: सफ्टवेयर र फेर्मवेयर बिचको फरकलाई तलको तालिकामा देखाइएको छ ।
(table updating soon)

(घ) MS-DOS/Window7
उत्तर: MS-DOS र Window7 बिचको फरकलाई तलको तालिकामा देखाइएको छ ।
(ङ) CUI/GUI
उत्तर: CUI/GUI बिचको फरकलाई तलको तालिकामा देखाइएको छ ।
(table updating soon)

४. ठिक बेठिक छुट्याऊ :

(क) अपरेटिङ सिस्टम एक सिस्टम सफ्टवेयर हो ।
उत्तर: ठिक
(ख) अपरेटिङ सिस्टमले सुरक्षा व्यवस्थापन गर्दछ ।
उत्तर: ठिक
(ग) अपरेटिङ सिस्टम एक किसिमको मात्र हुन्छ ।
उत्तर: बेठीक
(घ) MS-DOS मल्टी युजर अपरेटिङ सिस्टम हो ।
उत्तर: बेठीक
(ङ) GUI भन्दा CUI चलाउन सजिलो हुन्छ ।
उत्तर: बेठीक

५. जोडा मिलाऊ :

(क) GUI                               सिङ्गल युजर अपरेटिङ सिस्टम
(ख) मल्टी युजर                      अपरेटिङ सिस्टमको कार्य
(ग) फार्मवेयर (Firamware)    Window8
(घ) MS-DOS                        एकै पटक धेरै व्यक्तिले कार्य गर्ने
(ङ) मेमोरी व्यवस्थापन              ROM मा लेखिएको सफ्टवेयर
उत्तर: जोडा मिलाऊको सही उत्तर तल दिइएको छ ।
(क) GUI = Window8
(ख) मल्टी युजर = एकै पटक धेरै व्यक्तिले कार्य गर्ने
(ग) फार्मवेयर (Firamware) = ROM मा लेखिएको सफ्टवेयर
(घ) MS-DOS = सिङ्गल युजर अपरेटिङ सिस्टम
(ङ) मेमोरी व्यवस्थापन = अपरेटिङ सिस्टमको कार्य

६. तलका प्रश्नहरूको उत्तर लेख:

(क) अपरेटिङ सिस्टम भनेको के हो, उदाहरणसहित लेख ।
उत्तर: कम्प्युटर प्रणाली तथा यसका सम्पूर्ण हार्डवेयरहरूलाई नियन्त्रण तथा सञ्चालनमा ल्याउन मद्दत गर्ने प्रोग्रामहरूको समूह वा सङ्ग्रहलाई अपरेटिङ सिस्टम (operating system) भनिन्छ । जस्तै; एमएस डस (MS-DOS), विन्डोज (Windows: 95, 98, ME, VISTA, XP, 7, 8, 10, 11), विन्डोज सर्भर (Windows Server: 2000, 2003), युनिक्स (UNIX), लिनक्स (LINUX), एण्डोराइड (Android), युबुन्टु (Ubuntu), म्याक ओएस (Mac OS), हार्मोनी ओएस (Harmony OS), फेडोरा (Fedora), क्रोम ओएस (Chrome OS), सेन्ट ओएस (CentOS), आदि ।
(ख) अपरेटिङ सिस्टमका कार्यहरू के के हुन्, लेख ।
उत्तर: अपरेटिङ सिस्टमका मुख्य कार्यहरु यसप्रकार छन् :
१. फाइल र फोल्डरहरूको व्यवस्थापन (file and folder managament)
२. उपकरणहरूको व्यवस्थापन (device management)
३. मेमोरी व्यवस्थापन (memory management)
४. सुरक्षा व्यवस्थापन (security management)
५. प्रयोगकर्ताको चाहनाअनुसार एप्लिकेसन प्रोग्राम सञ्चालन (helps to run application software for user)
६. प्रयोगकर्ता र कम्प्युटरबिच भाषानुवाद (translator between user and computer)
७. प्रोसेज व्यवस्थापन (process management)
(ग) अपरेटिङ सिस्टमका प्रकारहरूका बारे स्पष्ट पार ।
उत्तर: अपरेटिङ सिस्टम दुई प्रकारको हुन्छ । तिनीहरूको बारेमा तल छोटकरीमा दिइएको छ:
१. सिङ्गल युजर अपरेटिङ सिस्टम: एक पटकमा एउटा मात्र प्रयोगकर्ताले कार्य गर्न सकिने प्रकारका अपरेटिङ सिस्टमहरूलाई सिङ्गल युजर अपरेटिङ सिस्टम भनिन्छ । जस्तै; PDA मोबाइल (mobiles), MS-DOS, Window 95, Window 98, आदी ।
२. मल्टी युजर अपरेटिङ सिस्टम: एकै पटक धेरै जना प्रयोग कर्ताहरूले एउटै कम्प्युटरमा काम गर्न सकिने अपरेटिङ सिस्टमहरूलाई मल्टी युजर अपरेटिङ सिस्टमहरू भनिन्छ । जस्तै; UNIX, KINUX, Window NT, Window 2008, Windows 2000, Windows 2003 इत्यादि ।
(घ) अपरेटिङ सिस्टमले कसरी कार्य गर्दछ, छोटकरीमा लेख ।
(ङ) युजर इन्टरफ्रेज भनेको के हो, यसका आधारमा अपरेटिङ सिस्टमलाई कति भागमा विभाजन गरिन्छ ?
उत्तर: इन्टरफेस भनेको कम्प्युटर प्रयोगकर्ताले कम्युटरजन्य उपकरणसंग सञ्चार गर्ने तरिका वा प्लेटफर्म हो । इन्टरफेसको आधारमा आधारमा अपरेटिङ सिस्टमलाई दुई भागमा बाँडिएको छ । तिनीहरुको बारेमा तल छोटकरीमा दिइएको छ ।
१. कमाण्ड युजर इन्टरफेस: कम्प्युटरको किबोर्डको मद्दतले विभिन्न कमाण्ड वा निर्देशन दिएर चलाउने अपरेटिङ सिस्टम कमाण्ड युजर इन्टरफेस हो । जस्तै: UNIX, MS-DOS, आदी ।
२. ग्राफिकल युजर इन्टरफेस: कम्प्युटरको आइकन, चिन्ह, मेनु वा कि हरुलाई माउस, जोइस्टिक जस्ता पोइन्टिङ डिभाइसहरु प्रयोग गरेर विभिन्न कमाण्ड वा निर्देशन दिएर चलाउने अपरेटिङ सिस्टम कमाण्ड युजर इन्टरफेस हो । जस्तै: Windows, Android, Harmony OS, MacOS, आदी ।
(च) बुटिङ भनेको के हो, यसका प्रकार लेख ।
उत्तर: बन्द अवस्थामा रहेको वा राम्रोसँग कार्य सञ्चालन गर्न नसकिरहेको कम्प्युटरको हार्ड डिस्कमा भएको अपरेटिङ सिस्टम बुट स्ट्राप लोडरको मद्दतले र्‍याममा लोड गराई कम्प्युटर सुचारु गराउने प्रक्रिया नै बुटिङ हो । यो दुई प्रकारको हुन्छ । तिनीहरुको बारेमा तल छोटकरीमा दिइएको छ ।

१. कोल्ड बुटिङ (Cold Booting): बन्द अवस्थामा रहेको कम्प्युटरको पावर बटन थिची त्यसलाई प्रयोगमा ल्याउने प्रक्रियालाई कोल्ड बुटिङ भनिन्छ ।
२. वार्म बिटिङ (Warm Booting): कम्प्युटर अन भइरहेको अवस्थामा, किबोर्डका तिन ओटा संयुक्त किहरू (Ctrl-Alt-Del) थिचेर कम्प्युटरका सिस्टम फाइलहरू दोहोरो मेमोरीमा लोड गर्ने प्रक्रियालाई वार्म बुटिङ
भनिन्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top