पाठ - १ कम्प्युटरको आधारभूत ज्ञान (Fundamental Knowledge of Computer) |
मानव निर्मित साधनमध्ये कम्प्युटरलाई एक शक्तिशाली मेसिनका रूपमा लिइन्छ । हाम्रो दैनिक जीवनमा कम्प्युटरले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । हाल कम्प्युटरको प्रयोग प्राय: हरेक कार्य क्षेत्रमा भएको पाइन्छ, जस्तै:- स्कुल, कलेज, सरकारी तथा गैर सरकारी कार्यालय, प्रहरी, सेना, अस्पताल, बैङ्क इत्यादि ।
कम्प्युटर एक विद्युतीय मेसिन हो। यसले प्रयोगकर्ता (user) सँग इन्पुट डाटा लिई त्यसलाई प्रशोधन (process) गरी अर्थपूर्ण आउटपुट अथवा रिजल्ट दिन्छ । कम्प्युटर शब्द ल्याटिन भाषाको कम्प्युटेयर (computare) शब्दबाट आएको हो । जसको अर्थ हिसाब (calculate) गर्नु हो । पहिलेका कम्प्युटरहरू विशेष किसिमका हुन्छ । ती कम्प्युटरहरू जटिल किसिमका हिसाबहरू गर्न प्रयोग हुन्थे । कम्प्युटरको पहुँच ठुल्ठुला वैज्ञानिक र इन्जिनियरमा मात्र सीमित हुन्थ्यो । यी कम्प्युटरहरू धेरै महँगा हुन्थे र ठुला सङ्घ संस्थाले मात्र प्रयोग गर्यो । प्रविधिका विकासले गर्दा कम्प्युटर सर्वसाधारणको पहुँचसम्म पुग्न सफल भएको छ । हालका कम्प्युटरहरूमा माइक्रोप्रोसेसर (microprocessor) प्रयोग गरी तिनीहरूको बनावट सानो र पोर्टेबल (portable) बनाउन सफल भयो । हालका कम्प्युटर द्रुत गतिमा काम गर्न सफल भएको छ । यिनले हिसाब मात्र नगरी सूचना वा डाटाहरू स्टोर गर्ने कार्य गर्छन् । विभिन्न किसिमका एप्लिकेसन (application) प्रोग्रामहरूको मद्दतले फर्माटिङ (formating), मानिपुलेसन (manipulation), स्टोरेज (storage), ग्राफिक्स इडिटिङ (graphics editing), एनिमेसन (animation) का साथै आर्टिफिसियल इन्टिलेजेन्स (aritificial intiligence) को प्रयोग गरी रोबोट जस्ता उपकरणहरू सञ्चालन गर्न सकिन्छ ।
१. इन्पुट (Input): कम्युप्टरले डाटा र इस्ट्रक्सन (instruction) इम्पुट साधनबाट प्राप्त गर्दछ, जस्तै : किबोर्ड (keybord), माउस (mouse), माइक्रोफोन (microphone) र स्क्यानर (scanner) इत्यादि ।
उत्तर: जोडा मिलाउको उत्तरहरु:
कम्प्युटरको काम गर्ने सिद्धान्त (Working Principle of Computer):
कम्प्युटर सिस्टमले इन्पुट, प्रोसेस, आउटपुट (input, process, output) का आधारमा काम गर्दछ ।
१. इन्पुट (Input): कम्युप्टरले डाटा र इस्ट्रक्सन (instruction) इम्पुट साधनबाट प्राप्त गर्दछ, जस्तै : किबोर्ड (keybord), माउस (mouse), माइक्रोफोन (microphone) र स्क्यानर (scanner) इत्यादि ।
२. प्रोसेसिङ (Processing) : कम्प्युटरले प्रयोगकर्ता (user) बाट प्राप्त निर्देशनअनुसार इन्पुट साधनहरूबाट दिएको डाटाहरूलाई प्रशोधन गर्ने कार्यलाई प्रोसेसिङ भनिन्छ । यो कार्य कम्प्युटरको सेन्ट्रल प्रोसेसिङ युनिट (Central Processing Unit (CPU) ले गर्दछ ।
३. आउटपुट (Output) : प्रोसेसिङ (porocessing) कार्य सम्पन्न भइसकेपछि त्यसका परिणाम (result) प्रयोगकर्तासम्म पुयाउने कार्यलाई आउटपुट भनिन्छ । यो कार्य कम्प्युटरका आउटपुट साधनहरूबाट सम्पन्न गरिन्छ । जस्तै : मनिटर monitor), स्पिकर (speaker), प्रिन्टर (printer) आदि ।
४. स्टोरेज (Storage) : कम्प्युटरले डाटा वा इन्फरमेसनहरूलाई स्थायी वा अस्थायी रूपमा भण्डारण गर्न सक्छ । यी कार्यहरू स्टोरेज (storage) साधनहरू जस्तै यम (RAM), हार्डडिक्स (Harddisk), अप्टिकल डिक्स (Optical Disk) आदिले गर्दछन् ।
कम्प्युटर शिक्षाका विद्यार्थीहरूले तल उल्लिखित बुंदाहरू थाहा पाउनु जरुरी छ :
१. कम्प्युटरको क्षमता र कमजोरी : हामीले कम्प्युटरका साधारण बनावट र त्यसको कार्यहरूको बारे जान्नु आवश्यक हुन्छ । कुनै हार्डवेयरको विस्तृत बनावट वा इलेक्ट्रोनिक्स सर्किट (electronic circuit) नै जान्नुपर्छ भन्ने जरुरी छैन । तर कम्प्युटरले के कतिसम्म मात्र काम गर्न सक्छ भन्नेबारे जान्नु आवश्यक छ । कम्प्युटरले प्रयोगकर्ताले दिएको निर्देशनबमोजिम मात्र काम गर्दछ । कम्प्युटर आफैले सोच बुझ गरी कुनै कार्य गर्न सक्दैन ।
२. कम्प्युटरको प्रयोग : कम्प्युटरको कार्य गर्ने शैली, प्रयोग र कार्य क्षेत्रहरूका बारेमा जानकार हुनु आवश्यक छ । कुनै विशेष कार्यका लागि आवश्यक परिणाम (result) पाउन कस्तो किसिमको सफ्टवेयर (software) चयन गर्ने भन्ने कुराको जानकारी लिनु
आवश्यक हुन्छ ।
३. कम्प्युटर सफ्ट्वेयर प्राप्त गर्ने तरिका : सफ्टवेयरहरू विभिन्न किसिमका हुन्छन् । कुनै सफ्टवेयर खरिद गर्नुपर्ने हुन्छन्, जस्तै: माइक्रोसफ्ट वर्ड (Microsoft Word) र कुनै सफ्टवेयरहरू नि:शुल्क प्राप्त गर्न सकिन्छ । यस्ता सफ्टवेयरहरूलाई ओपन सोर्स सफ्टवेयर भनिन्छ, जस्तै : ओपन अफिस (open office) । यी सफ्टवेयरहरूको लाइसेन्स सम्बन्धी ज्ञान हुनु राम्रो हुन्छ । साथै कुनै व्यक्ति वा सङ्घ संस्थालाई आवश्यक पर्ने कस्टम मेड सफ्टवेयर (Custom Made Software) कसरी बनाउने भन्ने ज्ञान हुनु जरुरी हुन्छ ।
४. कम्प्युटरको प्रभाव : कम्प्युटरको बढ्दो प्रयोगले कुनै व्यक्तिको व्यक्तिगत जीवन वा समाज वा सङ्घ संस्थाहरूमा के कस्तो प्रभाव पार्छ भन्ने कुराको ज्ञान लिनु राम्रो हुन्छ ।
कम्प्युटरका आधारभूत शब्दहरू
१. डाटा (data) : डाटा भनेको तव्य (fact) वा परिमाण (figure) को सङ्कलन हो, जस्तै: कुनै पसलेले दिनभरिमा बेचेका वस्तुको परिमाण, कुनै लेखको एक हरफ, कुनै हिसाबमा प्रयोग गरेका गणितीय अङ्कहरू आदि ।
२. इन्फरमेसन (information) : डाटालाई प्रोसेसिङ (processing) गरेपछि प्राप्त हुने अर्थपूर्ण परिणाम (meaningful result) लाई इन्फरमेसन भनिन्छ, जस्तै : डोल्मा, ७५ प्रतिशत, गणित आदि । डाटाहरूलाई प्रोसेसिङपछि डोल्माले गणितमा ७५ प्रतिशत अङ्क
ल्याई इन्फरमेसन हो ।
३. प्रोग्राम (program) : प्रोग्राम भनेको निर्देशनहरूको सङ्कलन (set of instructions) हो, जुन कम्प्युटरले बुझ्न सकिने भाषामा प्रोग्रामिङ ल्याङ्वेज (programming language) को प्रयोग गरी लेखिएका हुन्छन् । प्रोग्राम कम्प्युटरमा कुनै निश्चित कार्य गर्नको लागि लेखिन्छ, जस्तै : कुनै विद्यार्थीको विभिन्न विषयमा प्राप्त अङ्कका आधारमा उसको नतिजा
निकाल्नु र प्रतिशतको आधारमा उसको डिभिजन निकाल्नु (प्रथम डिभिजन, दोस्रो डिभिजन, आदि)।
४. हार्डवेयर (hardware) : हार्डवेयर भनेको कम्प्युटरमा जडित सम्पूर्ण इलेक्ट्रोनिक्स र मेकानिकल उपकरणहरू हुन् । हार्डवेयरलाई हामीले देख्न र छुन सक्छौं । साथै सजिलोसँग मापन गर्न र सङ्ख्या पत्ता लगाउन सकिन्छ, जस्तै किबोर्ड, माउस, मनिटर, प्रिन्टर, स्पिकर आदि।
५. सफ्टवेयर (software) : सफ्टवेयर भनेको विभिन्न प्रोग्रामहरूको सङ्कलन हो, जुन कुनै निश्चित कार्य गर्नका लागि बनाइएको हुन्छ । कम्प्युटर सफ्टवेयरले हार्डवेयरहरूलाई कसरी काम गर्ने भनी निर्देशन दिन्छ । यसलाई प्रत्यक्ष छुन सकिदैन ।
कार्यकलाप
१. कम्प्युटरको कार्य गर्ने सिद्धान्त (IPO) का सम्बन्धमा छलफल गरेर यसको चित्र बनाई कक्षा कोठामा र कम्प्युटर ल्याबमा टाँस ।
उत्तर: कम्प्युटररको Input => Process => Output सचित्र देखाउने चित्र कोरेर कक्षा कोठामा र कम्प्युटर ल्याबमा टाँस्ने ।
२. शिक्षकसँग छलफल गरी हार्डवेयर र सफ्टवेयरहरूको सूची तयार पारी कम्प्युटर प्रयोगशालामा आकर्षक तरिकाले टाँस ।
हार्डवेयरहरु: हातले देख्न सकिने र आँखाले छुन सकिने सम्पूर्ण पाटपुर्जाहरु हार्डवेयर हुन भने हातले देख्न सकिने र आँखाले छुन सकिने कम्प्युटरका सम्पूर्ण प्रोग्रामहरुको संकलनलाई सफ्टवेयर भनिन्छ । यसका सुचिहरु यसरी तयार गर्न सकिन्छ ।
हार्डवेयरहरु
- सिपियु (CPU)
- मनिटर (Monitor)
- किबोर्ड (Keyboard)
- माउस (Mouse)
- स्पिकर (Speaker)
- र्याम (RAM)
- रोम (ROM)
- हार्ड डिस्क (Hard Disk)
सफ्टवेयरहरु
- सबै अपरेटिङ सिस्टमहरु: Windows XP (विन्डोज एक्स्पी), Windows 2000 (विन्डोज २०००), Windows 7 (विन्डोज सेभेन), Windows 8 (विन्डोज एट), Windows 10 (विन्डोज टेन), Android (एन्ड्रोइड), Linux (लिनक्स), Ubuntu (युबुन्टु), Blackberry (ब्लाकबेरी), आदी ।
- सबै एप्लिकेसन सफ्टवेयरहरु: MS Office (एम.एस. अफिस), Web Browser (वेव ब्राउजर), Graphics Software (ग्राफिक्स सफ्टवेयरहरु), आदी ।
अभ्यास
१. तलका खाली ठाउँ भर:
(क) मानव निर्मित साधनमध्ये कम्युटर एक ........... मेसिन हो।
(ख) कम्प्युटर प्राय: ........... प्रयोग गरिन्छ ।
(ग) कम्प्युटर एक ........... मेसिन हो ।
(घ) कम्प्युटर शब्द ल्याटिन भाषाको ........... शब्दबाट आएको हो।
(ङ) माउस कम्प्युटरको ........... साधन हो।
खाली ठाउँ भरको उत्तर:
(क) मानव निर्मित साधनमध्ये कम्युटर एक शक्तिशाली मेसिन हो।
(ख) कम्प्युटर प्राय: सबै क्षेत्रमा प्रयोग गरिन्छ ।
(ग) कम्प्युटर एक अत्याधुनिक विद्युतीय मेसिन हो ।
(घ) कम्प्युटर शब्द ल्याटिन भाषाको कम्प्युटेयर (computare) शब्दबाट आएको हो।
(ङ) माउस कम्प्युटरको इन्पुट साधन हो।
२. ठिक र बेठिक छुट्याऊ :
(क) कम्प्युटर निश्चित ठाउँमा मात्र प्रयोग हुन्छ ।
उत्तर: बेठिक (किनकि यो जुनसुकै क्षेत्रमा प्रयोग हुन्छ ।
(ख) सेमिकन्डक्टरको विकासले कम्प्युटरको बनावट सानो हुन पुग्यो।
उत्तर: ठिक
(ग) कम्प्युटर आफैले केही काम गर्न सक्दैन ।
उत्तर: ठिक (किनकी हामीले निर्देशन दिएपछि मात्र कम्प्युटरले काम सक्छ । तर, वैज्ञानिकहरु आर्टिफिसिल इन्टिलिन्सको प्रयोग गरेर कम्प्युटर आफै स्वतन्त्र रुपमा काम गर्न सक्ने बनाउन खोजिरहेका छन । हालसम्म यस्ता कम्प्युटर बनिसकेका भने छैनन् ।)
(घ) स्क्यानर (scanner) एक आउटपुट साधन हो।
उत्तर: ठिक (किनकी यसले डकुमेन्ट स्क्यान गरेर कम्प्युटरमा डाटा पठाउने काम गर्छ ।)
(ङ) कम्प्युटरले अस्थायी डाटामात्र स्टोरेज गर्दछ ।
उत्तर: बेठीक (किनकी यसले अस्थायी र स्थायी दुबै डाटाहरु भण्डारण गर्छ ।
३. तलका प्रश्नको उत्तर लेख :
(क) कम्प्युटर भनेको के हो ? यो कहाँ कहाँ प्रयोग हुन्छ ?
उत्तर: कम्प्युटर भनेको अत्याधुनिक विद्युतीय यन्त्र हो । यसले इन्पुटको रुपमा डाटा र निर्देशनहरु लिइ प्रशोधन एकाइमा प्रशोधन गरि आउटपूट डिभाइसहरुबाट अर्थपूर्ण नतिजा दिने गर्छ ।
यो साधारण उद्देश्य र विशेष उद्देशको आधारमा विभिन्न क्षेत्रहरु जस्तैः घर, बिद्यालय, विश्व विद्यालय, अस्पताल, निजी तथा सरकारी संघ संस्थाहरु, जहाज, विमान, अन्तरिक्ष यान, आणविक अन्वेषण, बैंक, इन्स्योरेन्स कम्पनी, बहुराष्ट्रिय कम्पनी लगायत विभिन्न संध संस्थाहरुहरु यसको प्रयोग गरिन्छ ।
(ख) कम्प्युटरले कसरी काम गर्छ ?
उत्तर: कम्प्युटरले IPO (Input => Process => Output) सिद्धान्तमा आधारित भएर काम गर्छ । यसले इन्पुट डिभाइसहरु जस्तै - किबोर्ड, माउस, माइक्रोफोन, ज्वाइस्टिक आदि उपकरणहरुबाट निर्देशनहरु (commands) र कच्चा डाटाहरु लिएपछि प्रशोधन एकाइमा सिपियु वा प्रोसेसरमा डाटा प्रशोधन गरि आउटपूट डिभाइसहरु जस्तै - मोनिटर, प्रिन्टर, स्पिकर, प्रोजेक्ट आदिबाट स्वचालित रुपमा निरन्तर, छिटो, बहुउपयोगी र शुद्व तरिकाले अर्थपूर्ण नतिजा दिने गर्छ ।
(ग) कम्प्युटरको कमजोरी के हो ?
उत्तर: कम्प्युटर एक अत्याधुनिक विद्युतीय उपकरण हो । निकै जतिल र गाह्रो कामहरु छिटो, लगातार, लामो समयसम्म, स्वचालित र शुद्ध रुपमा काम गर्छ । तर, यसको बाबजुद पनि कम्प्युटरका केही कमी कमजोरीहरु रहेका छन । जसलाई निम्नानुसार बुँदाहरुमा लेख्न सकिन्छ ।
१. यो विद्युत विना चल्न सक्दैन ।
२. यसलाई चलाउन दक्ष प्राविधिकको आवश्यकता पर्छ ।
३. यसले स्वः विवेकले (आफ्नै दिमाग प्रयोग गरेर) काम गर्न सक्दैनँ । हामीले सहि निर्देशन दिएमा मात्र यसले सहि नतिजा दिन्छ । अन्याथा यसले गलत नतिजा दिन्छ ।
४. कम्प्युटर भाइरसबाट संक्रमित भई हाम्रा गोप्य सुचना तथा डाटाहरु चोरी हुन, हराउन वा बिग्रिन सक्छ ।
(घ) हामीलाई आवश्यक कम्प्युटर सफ्टवेयर कसरी प्राप्त गर्न सकिन्छ ?
उत्तर: हामीलाई आवश्यक पर्ने कम्प्युटर सफ्टवेयर इन्टरनेटबाट निःशुल्क डाउनलोड वा केही शुल्क तिरेर किन्नुपर्छ वा सफ्टेयर बिक्रेतासंग सफ्टवेयर किनेर आफ्नो कम्युटरमा इन्सट्टल गरेर प्राप्त गर्न वा चलाउन सकिन्छ ।
(ङ) हार्डवेयर र सफ्टवेयरका बिच फरक छुट्याऊ ।
हार्डवेयर भनेको हातले छुन सक्ने र आँखाले देख्न सक्ने कम्प्युटरको सम्पुर्ण पाटपुर्जा हो भने सफ्टवेयर भनेको विभिन्न प्रोग्राम वा निर्देशनहरुको समूह हो । हार्डवेयर र सफ्टवेयर एक अर्काका परिपुरक हुन्छन । यिनीहरु एक बिना अर्को चल्न सक्दैनँ । यिनीहरू दुबैको उपस्थितिमा कम्प्युटरले निश्चत कार्यहरू सम्पन्न गर्न सक्छ । यिनीहरू एक अर्कासंग अन्तर-सम्बन्धित भएपनि निम्न फरक रहेका छन्:
हार्डवेयर | सफ्टवेयर |
१. यसलाई देख्न र छुन सकिन्छ । | १. यसलाई देख्न र छुन सकिँदैन । |
२. यसलाई मापन वा संख्या गन्ती गर्न सकिन्छ । | २. यसलाई मापन वा संख्या गन्ती गर्न सकिँदैन । |
३. यो कम्प्युटरको पाटपुर्जाहरु हो । | ३. यो कम्प्युटरको प्रोगाम वा निर्देशनहरु हो । |
४. यसले सफ्टवेयरको दिएको निर्देशनको आधारमा काम गर्छ । | ४. यो सफ्टवेयर निर्माताहरुले आवश्यकता अनुसार निर्माण गर्छ । |
५. यसमा इन्पुट, प्रशोधन, भण्डारण र आउटपुट डिभाइसहरु पर्छन । | ५. यसमा सिस्टम सफ्टवेयर, एप्लिकेसन सफ्टवेयर र युटिलिटी सफ्टवेयरहरु पर्छन । |
४. जोडा मिलाऊ:
(क) स्टोरेज डिभाइस |
सित्तैमा
प्राप्त गर्न सकिन्छ |
(ख) सेमिकन्डक्टर |
तथ्यहरूको
सङ्कलन |
(ग) प्रोसेसिङ डिभाइस |
हार्ड
डिस्क |
(घ) डाटा |
कम्प्युटरको
बनावट सानो पार्न मद्दत गर्छ |
(ङ) ओपन अफिस |
(Open office) |
|
CPU |
|
IPO |
(क) स्टोरेज डिभाइस = हार्ड डिस्क
(ख) सेमिकन्डक्टर = कम्प्युटरको बनावट सानो पार्न मद्दत गर्छ
(ग) प्रोसेसिङ डिभाइस = CPU
(घ) डाटा = तथ्यहरूको सङ्कलन
(ङ) सित्तैमा प्राप्त गर्न सकिन्छ = ओपन अफिस (Open office)
कम्प्युटर किताबको पाठ ४ देखि पाठ २० सम्म नै हालि दिनुस् न ।
ReplyDelete