पाठ ७ - वर्ड प्रोसेसिङ (Word Processing Software) | कम्प्युटर शिक्षा कक्षा ८

0
पाठ ७ - वर्ड प्रोसेसिङ (Word Processing Software)
पाठ ७ - वर्ड प्रोसेसिङ (Word Processing Software)

(toc)

पाठ

Lesson of this unit will be available in the near future. We recommend you to read your textbook before reading this guide. (alert-error)

अभ्यास

१. तलका खाली ठाउँमा मिल्ने शब्द भर:

(क) डकुमेन्ट टाइप गर्ने र त्यसलाई आवश्यकताअनुसार सम्पादन गर्ने कार्यलाई ............... भनिन्छ ।
उत्तर: वर्ड प्रोसेसिङ
(ख) वर्ड परफेक्ट, माइक्रोसफ्ट वर्ड २००७ आदि ............... हुन् ।
उत्तर: वर्ड प्रोसेसिङ सफ्टवेयरहरु
(ग) नयाँ डकुमेन्ट खोल्दा, कर्सर पेजको माथिल्लो ............... मा हुन्छ ।
उत्तर: बायाँ कुना
(घ) डाटाहरूलाई टेबुलर फर्म्याटमा देखाउन ............... को प्रयोग गरिन्छ ।
उत्तर: टेबल
(ङ) ............... को प्रयोग गरी छोटो समयमा नै धेरै ओटा उस्तै तर व्यक्तिगत डकुमेन्टहरू तयार गर्न सकिन्छ ।
उत्तर: मेलमर्ज

२. ठिक र बेठिक छुत्याऊ :

(क) वर्ड प्रोसिसिङ सफ्टवेयरले चित्र बनाउन मद्दत गर्दछ ।
उत्तर: बेठीक
(ख) इक्वेसनको प्रयोग गरी विभिन्न गणितीय सूत्रहरू टाइप गर्न सकिन्छ ।
उत्तर: ठिक
(ग) एउटा डकुमेन्टलाई दुई वा दुईभन्दा बढी कोलममा विभाजन गर्न सकिन्छ ।
उत्तर: ठिक
(घ) डकुमेन्टमा टाइप गरिएका शब्दहरू गल्ती भएमा सच्याउन सकिंदैन ।
उत्तर: बेठीक
(ङ) मेल मर्ज गर्दा हामीसँग पहिले नै उपलब्ध डाटाहरूलाई पनि प्रयोग गर्न सकिन्छ ।
उत्तर: ठिक

३. तलका प्रश्नको उत्तर लेख :

(क) वर्ड प्रोसिसिङ भनेको के हो ?
उत्तर: वर्ड प्रोसेसिङ भनेको शब्दहरूलाई टाइप गर्ने र तिनीहरूलाई आफूले चाहेको जस्तो आकारमा ल्याउनु हो ।
(ख) वर्ड प्रोसिसिङ सफ्टवेयरका कुनै चार ओटा उदाहरणहरू लेख ।
उत्तर: वर्ड प्रोसिसिङ सफ्टवेयरका उदाहरणहरु निम्नानुसार छन्:
  • माइक्रोसफ्ट वर्ड (Microsoft Word)
  • वर्ड स्टार (Word Star)
  • वर्ड पर्फेक्ट (WordPerfect)
  • आईवर्क पेजिज (iWork Pages)
  • ओपन अफिस राइटर (OpenOffice Writer)
  • फोकस राइटर (FocusWriter)
  • लिब्रे अफिस राइटर (LibreOffice Writer)
  • अबिवर्ड (AbiWord)
  • गुगल डक्क (Google Docs)
  • डब्लु पि एस वर्ड (WPS Word)
  • पोलार अफिस (Polaris Docs)
  • राइट मङ्की (Writemonkey)
  • Zoho Docs Writer (जोहो डक्स राइटर)
  • Dropbox Paper (ड्रपबक्स पेपर)
  • स्क्रिबस (Scribus)
(ग) पेज ब्रेकको काम के हो ?
उत्तर: पेज ब्रेक भनेको हामीले लेख्दै गरेको डकुमेन्टको पेजलाई त्यतीकै छोडेर अर्को पेजमा पुग्ने काम हो । यसको काम पहिले लेख्दै गरेको प्रिन्टेवल क्षेत्रलाई यतिकै खाली राखि आवश्यकता अनुसार अन्य पेजमा पुर्‍याउनु हो ।
(घ) टेबलको प्रयोग किन गरिन्छ, उल्लेख गर ।
उत्तर: हामीसँग उपलब्ध विभिन्न डाटा तथा तथ्याङ्कहरुलाई ट्याबुलर फर्मेट वा तालिकामा राख्नको लागि प्रयोग गरिन्छ ।
(ङ) किवोर्डमा नभएका चिह्नहरू डकुमेन्टमा कसरी राख्न सकिन्छ, व्याख्या गर ।
उत्तर: इन्सर्ट (insert) ट्याबमा क्लिक गरेर दायाँ पट्टीको छेउमा रहेको सिम्बोल (symbol) भन्ने बटनमा क्लिक गरेपछि देखिने स्पेसल क्यारेक्टरहरुको समूहहरु (special character list) बाट किवोर्डमा नभएका चिह्नहरू डकुमेन्टमा राख्न सकिन्छ । यदि उक्त समूहमा पनि आफूले खोजेको चिन्हहरु नभेटिएमा more भन्ने बटनमा क्लिक गरेर आवश्यकता अनुसार चिन्ह र सिम्बोलहरु राख्न सकिन्छ ।
(च) मेल मर्ज भनेको के हो, यसका फाइदाहरू उल्लेख गर ।
उत्तर: हामीसँग पहिले नै उपलब्ध डाटाहरूको प्रयोग गरी छोटो समयमा धेरै व्याक्तिहरुको छुट्टाछुट्टै डकुमेन्ट तयार गर्नका लागि प्रयोग गर्न सकिने माइक्रोसफ्ट वर्डको मर्जिङ टुललाई मेलमर्ज भनिन्छ । यो विद्यार्थीहरुको मार्कसिट बनाउने, धेरैजनाको निम्ति एकैचोटि चिठी तयार गर्ने जस्ता झन्झटिलो काम एकैचोटि गर्न अती आवश्यक हुन्छ ।
यसका फाइदाहरुलाई निम्नानुसार लेख्न सकिन्छ:
१. हामीसंग पहिल्यै उपलब्ध डाटाहरुको उपयोग गर्न सकिन्छ ।
२. एकैपटकमा सबैको वा आफ्नो इच्छा अनुसार धेरै जनाको मार्कसिट, चिठी पत्र, प्रमाणपत्र वा अन्य व्याक्तिगत डकुमेन्ट बनाउन सकिन्छ ।
३. समयको बचत हुनुको साथै सजिलो पनि हुन्छ ।
४. आवश्यकता अनुसार डकुमेन्ट फर्मेटिङ गर्न सकिन्छ ।
५. मुख्य डकुमेन्टमा सेट गरिएको फर्मेटिङ अन्य डकुमेन्टमा पनि स्वतः लागू हुन्छ ।

१. प्रयोगशाला कार्य

(क) आफ्ना सम्पूर्ण व्यक्तिगत विवरण नाम, ठेगाना, जन्म मिति, शैक्षिक योग्यता आदि खुल्ने गरी एउटा Bio Data बनाऊ ।
उत्तर: तल दिइएको बायोडाटा जस्तै आफ्नै बायोडाटा बनाउनुहोस् ।
एउटा बायो डाटाको टेम्प्लेट वा फर्मेट यहाँ दिइएको छ, आवश्यक परे डाउनलोड पनि गर्न सक्नुहुनेछ ।

(ख) आफ्नो कक्षामा भएका विद्यार्थीहरूको नाम, रोल नम्बर, सेक्सन, जन्म मिति र ठेगाना टेबुलर फर्मेटमा टाइप गर ।
उत्तर: आफ्नो कक्षामा भएका विद्यार्थीहरूको नाम, रोल नम्बर, सेक्सन, जन्म मिति र ठेगाना तल देखाइएझैँ टेबुलर फर्मेटमा टाइप गर्नुहोस् ।

s.n.NamesRoll No.SectionDate of BirthAddress
1Nikita Poudel1A2057-11-12Chapakot-4, Syangja
2Samikshya Gurung 2A2056-10-09Waling-4, Syangja
3Manoj Thapa3A2058-03-06Biruwa-3, Syangja
4Sahil Lama4A2057-12-14Chapakot-3, Syangja
(ग) स्थानीय स्तरको कुनै प्रख्यात ठाउँका बारेमा विस्तृत विवरण खुल्ने गरी फोटो र चार्टहरूसहितको एउट डकुमेन्ट तयार गर ।
उत्तर: तपाईंलाई थाहा भएको कुनै प्रख्यात ठाउँका बारेमा विस्तृत विवरण खुल्ने गरी फोटो र चार्टहरूसहितको डकुमेन्ट तल दिइएको उदाहरण जसरी तयार गर्नुहोस् ।
Example:
Dashain festival of Nepal being predominantly home to several religious castes, cultures, and other religions, Nepal was called as a Hindu country till today. Dashain is an auspicious Hindu festival celebrated with pomp and show at the early of October. It is also called “Vijaya Dashami, “Bada Dashain.” Dashain is also the most awaited festival in Nepal. This is the time of the celebration of Goddess Durga’s blessings from heaven.

Dashain Festival in Nepal is celebrated with ping, kites, meat, Jamara, red Tika and folk dances, and grandeur. People from all the corners of the country flock towards Dashain for its magnificence. In this festival, people from different members of family gather together to celebrate Dashain festival and Goddess blessings. On this occasion, all different kinds of festivities and rituals are performed.

The Dashain festival is very much famous festival of Nepal and is considered a religious festival. People gather together in the open air and pray to Durga Mata, Goddess of power (Goddess of Shakti) for prosperity and success. They also offer prayers for rain and the coming of a bountiful harvest. Many prayers are recited, and lots of meats, Jamara, Pings, Kites, sweets, fruits, garlands, and offerings are made before Goddess Durga. The Goddess Durga is then granted divine protection. (alert-warning)

(घ) मेल मर्जको प्रयोग गरी कक्षाका सम्पूर्ण विद्यार्थीहरूका अभिभावकहरूलाई वार्षिक उत्सवको दिनमा विद्यालयमा निमन्त्रणा गर्ने पत्र तयार गर ।
उत्तर: यसलाई यहाँ प्रस्तुत गर्न नमिल्ने भएकाले शिक्षकको सहयोगमा आफै प्रयास गर्नुहोला अथवा तलको भिडियो ट्युटोरियल हेर्नुहोला ।

(ङ) निम्न लिखित सूत्रहरू टाइप गरी शिक्षकलाई देखाऊ :

(अ)  (a+b)2=a2+2ab+b2

उत्तर: यो सुत्र लेख्न निम्न चरणहरु पार पार गर्छ । 
  • चरण १: सुरुमा किबोर्डको सहायताले सामान्य टेक्स्टहरु - (a+b)2=a2+2ab+b2 टाइप गर्ने ।
  • चरण २: अब घाताइ्कको रुपमा रहेको 2 लाई मात्र माउसको सहायताले पालैपालो हाइलाइट गरेर Ctrl र Shift ++ थिचेर सुपर स्क्रिप्ट (super script) बनाउने वा होम ट्याबमा देखिने  x2 बटनमा क्लिक गर्ने ।

(आ) (a+b)3=a3+3a 2b+3ab2+b3

उत्तर: यो सुत्र लेख्न निम्न चरणहरु पार पार गर्छ । 
  • चरण १: सुरुमा किबोर्डको सहायताले सामान्य टेक्स्टहरु - (a+b)3=a3+3a2b+3ab2+b3 टाइप गर्ने ।
  • चरण २: अब घाताइ्कको रुपमा रहेको 2 र 3 लाई मात्र माउसको सहायताले पालैपालो हाइलाइट गरेर Ctrl र Shift ++ थिचेर सुपर स्क्रिप्ट (super script) बनाउने वा होम ट्याबमा देखिने x2 बटनमा क्लिक गर्ने ।

(इ) H2SO4

उत्तर: यो सुत्र लेख्न निम्न चरणहरु पार पार गर्छ । 
  • चरण १: सुरुमा किबोर्डको सहायताले सामान्य टेक्स्टहरु - H2SO4 टाइप गर्ने ।
  • चरण २: अब आधारको रुपमा रहेको 2 र 4 लाई मात्र माउसको सहायताले पालैपालो हाइलाइट गर्दै Ctrl र = थिचेर सबस्क्रिप्ट (subscript) बनाउने वा होम ट्याबमा देखिने x2 बटनमा क्लिक गर्ने ।

(ई) (NH4)2 co3

उत्तर: यो सुत्र लेख्न निम्न चरणहरु पार पार गर्छ । 
  • चरण १: सुरुमा किबोर्डको सहायताले सामान्य टेक्स्टहरु - (NH4)2 CO3 टाइप गर्ने ।
  • चरण २: अब आधारको रुपमा रहेको 4, 2 र 3 लाई मात्र माउसको सहायताले पालैपालो हाइलाइट गर्दै Ctrl र = थिचेर सबस्क्रिप्ट (subscript) बनाउने वा होम ट्याबमा देखिने x2 बटनमा क्लिक गर्ने ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top