कवि दुबसु क्षेत्री द्धारा लिखित कवितामा कविले विभाजित भएर होइन, एकताबद्ध भएर समयको माग अनुसार अघि बढ्नुपर्ने महत्त्वपुर्ण विचारलाई प्रस्तुत गरिएको छ । कवितामा सम्पुर्ण जातजाती, धर्म, संकृति भएको नेपालीहरुको एकताबद्ध भई अघि बढ्न आह्वान गरिएको छ । आज सबै जात, धर्म, संस्कृति मान्ने नेपालीहरु विभाजित भइ आपसमा वैपनस्यता साँध्नुको सटट पुर्खाको आदर्शलाई पछ्याउँदै र सहधर्मको यात्रा गर्दै अघि बढ्नुपर्छ ।
देशलाई अग्रगमनतर्फ पुर्याउन र नव निर्माणको यात्रा प्रारम्भ गर्न समय एकदमै अनुकूल बनेकाले कविले आफ्ना सकारात्मक सन्देशहरु प्रवाहित गरेको छन् ।
कठोर यात्रा पार गरी आज हाम्रो देश नेपाल नयाँ युगमा परिवर्तन भएको छ । नेपालीहरुले सजाएका मुल सपनाहरु शान्ति र समृद्धि हुन् । यसका लागि सबै नेपालीहरुले एकताबद्ध भई सह अस्तित्व, सहकार्य, सहिष्णुता र नव निर्माणको यात्रा तयार गरी नेपालीहरुका सपना साकार हुन सक्ने विश्वास कविले व्यक्त गरेका छन् । कविताले धर्म, संस्कृति, क्षेत्र, जात, जाति, भाषा भाषी सम्बन्धी सकारात्मक सन्देशहरु दिन खोजेको छ ।
पहाड, हिमाल वा मधेसको नारा दिएर विखण्डनतिर जानुको सट्टा आस्थाको केन्द्र मानिएको जानकी धामको माटाको चन्दन लगाउदै र तामाङ वा शेर्पा जातिको सेले नाचसँगैं सहिष्णुताको यात्रा सुरु गर्न पनि कविले आह्वान गरेका छन् । कवितामा प्राकृतिक, सांकृतिक आदि विम्बका माध्यमबाट नेपालीहरु अनेक जात, जाति, धर्म, क्षेत्र आदिका आधारमा विभाजित नभई सह अस्तित्व, सहमति, स्वावलम्बन, सहिष्णुता, सहकार्य, नव निर्माण, सहधर्मको यात्रा सुरु गर्नका लागि आह्वान गरेका छन् ।
सुनाइ
१ कविताको पहिलो गदंयाश सुनी मौखिक उत्तर दिनुहोस् ।
उत्तरहरु =>
क) समयको झरी भनेको कठोर पीडादायी समय हो ।
ख) बिहान भएकाले हामीले हाम्रो यात्रा सुरु गर्नुपर्छ ।
ग) आस्थाको टुकी बालेर उज्यालो छर्न सकिन्छन् ।
घ) कवि वसन्तको मौसममा गीत गुन्जाउन चाहन्छन् ।
२)
उत्तर => सोरठी, रादी, माघी, विवाह, पञ्चमी, छठ, सेलो, ल्होसार, गौरा, देउडा
३) कविताको तेस्रो गद्यांशा सुनी त्यसमा भन्न खोजिएको विचारलाई कक्षामा सुनाउनूहोस् ।
कवि दुबसु क्षेत्री द्धारा लिखित कवितामा कविले विभाजित भएर होइन, एकताबद्ध भएर समयको माग अनुसार अघि बढ्नुपर्ने महत्त्वपुर्ण विचारलाई प्रस्तुत गरिएको छ । कवितामा सम्पुर्ण जातजाती, धर्म, संकृति भएको नेपालीहरुको एकताबद्घ भई अघि बढ्न आह्वान गरिएको छ । आज सबै जात, धर्म, संस्कृति मान्ने नेपालीहरु विभाजित भइ आपसमा वैपनस्यता साँट्नुको सटट पुर्खाको आदर्शलाई पछ्याउँदै र सहधर्मको यात्रा गर्दै अघि बढ्नु पर्छ । नेपालीहरु सभ्याताको उषाकालदेखि नै एउटै आस्थाको गीत गाउँदै अघि बढेका थिए ।
बोलाइ
१ तलको शब्दहरु उदाहरणमा देखाए जस्तै गरी उच्चारण गर्नुहोस् र तिनीहरुलाई उच्चारणअनुसार नै कापीमा लेख्नुहोस् ।
उत्तर
आरोहण – आ. रो. हण्
झोक्क – झोक्. का
चकित – च. कित्
निस्पट्ट – निस्. पट्. ट्ट
प्राङ्रगर्ण – पाङ्. गण्
सहिष्णुता – स. हिस्. स्णु. ता
२) निम्न दिखित अवस्था व्यक्त हुने गरी अभिनय गर्नुहोस् ।
चकित भएको अवस्था आफुले आटेको कुरा सफल हुदा झल्किने मुद्राको अभिनय गर्ने
३) आल्हादित भएको अवस्था – आफु कुनै कुरा नसोचे कुरा प्राप्त हुनु पाउँदा उत्पन्न खुसीको उपङ्ग झल्किने मुद्राको अभिनय गर्ने ।
४) लालोएको अवस्था – रक्सी खाँदा लट्ठिँदा हुने अवस्थाको अभिनय गर्न अभ्यास गर्ने
५) थकाइ लागेको अवस्था हातखुट्टा् लुलो हुने हाई काट्दै निदाएको जस्तो गरी अभिनय गर्ने ।
३) तलका शब्दलाई वाक्यमा प्रयोग गरी कक्षामा सुनाउनुहोस् ।
उत्तर =>
देउराली – कृष्ण देउरालीमा बसेर पिडाको गित गाउदैछ् ।
टुकी – अध्यारो भएको समयमा टुकी बालेर पढ्नुपर्छ ।
रोदी – रोदीमा गित गाउँन रमाईलो हुन्छ् ।
धिमे – कृष्णको बिहेमा धिमे बाजा बजाएको देखेर सबै गाउँले छक्क परे ।
देउडा – एउटै ताल र सुरमा देउडा नचेकाले दर्शकले झिम्म नगरी अवलोकन गरेका थिए ।
सेलो – तमाङ सेलो नाच देखेर दर्शकहरु सबै छक्क परे ।
४) तपाई आफूले आफूले आजैदेखी सुरु गर्न सक्ने कुनै दुई सकारात्मक कामहरु कक्षामा सुनाउनुहोस् ।
उत्तर =>
क) आजसम्म घरमा आमालाई खाना बनाउन सघाएको छैन । मिठो खाना बनाउन झेल्नुपर्ने अप्ठयाराहरु थाहा पाएको छैन । मिठो खानाको परिकार बनाउन म आजै आमालाई उपयुक्त समय निकालेर सघाउने छु ।
ख) आजसम्म मैले खेतबारीमा काम गरेको छैन् । यो काम आजैबाट सुरु गर्छु । बाबासँग गएर खेतबारीमा गर्नुपर्न सम्पुर्ण कामहरु सिक्ने कोसिस गर्छु ।
५) शान्ति र समृद्धिका सपनाहरु कस्ता हुन सक्छन् ? आफ्नो विचार कक्षामा सुनाउनुहोस् ।
समाजमा शान्ति कायम हुन नसके अशान्तिले घर जमाउँछ । अशान्तिले उन्नति र प्रगतिमा बाधा पु¥याउँछ । शान्ति र समृद्धिका सपनाहरु विशिष्ट हुन्छ । शान्ति विना देश, समाज र विश्वनै रहँदैन ।
जहाँ गरीबी र पछौटेपन हुन्छ, त्यहा अशान्ति हुने गर्छ । समृद्धिमा शान्ति र समुन्नतिको द्धार खुल्दै जान्छ । मानिसले शान्ति र समृद्धिको सपना लिएर अघि बढेका खण्डमा परिवार, समाज, देश र विश्वकै कल्याण हुने कुरामा शङ्का गर्ने ठाउँ रहन्न ।
६) माथिको कवितामा दीर्घ इकार लागेका शब्दहरु मात्र टिपोट गर्नुहोस् र ती शब्द दीर्घ देख्नुपर्ने कारणबारे शिक्षकसँग छलफल गरी निष्कर्षमा पुग्नुहोस् ।
उत्तर =>
झरी, हामी, पानी, थालनी, टुकी, गीत, सोरठी, त्यहीँ, काटी, रोदी, त्यही, चौतारी, माघी, न्वागी, पञ्चमी, जानकी, साक्षी , कर्णाली, सम्बोधी, आरती, तिमी, एकीकरण, फेदी, जीवन, जस्ता शब्दहरुमा दीर्घ इकारको प्रयाग गरिएको छ । यीमध्ये झरी, हामी, पानी, टुकी, सोरठी, त्यहीँ, रोदी, त्यही, चौतारी, माघी, न्वागी, साक्षी, साक्षी, तिमी, फेदी शब्दहरुको अन्तिमको इकार झर्रा, तद्भव र आगन्तुकशब्द भएकाले दीर्घ देखिन्छन् । भने गीत, जीवन एकीकरण जस्ता शब्दको सुरु र विचको इकार तत्सम शब्द भएकाले अनि पञ्चमी, जानकी, कर्णाली, सम्बोधी, आरती जस्ता शब्दहरु तत्मस भएका कारण अन्तिमको इकार दीर्घ लेख्न्छिन् ।
७) कोष्ठकमा दिइएका शब्दहरुमध्येबाट खाली ठाउँ भरी कक्षामा सुनाउनुहोस् ।
क) अनायास शब्दको पर्यावाची शब्द एकाएक हो ।
ख) ‘रहर’ र ‘झरी’ अनेकार्थी शब्द हुन् ।
ग) ‘आरम्भ’ को विपरीतार्थक शब्द अन्त्य हो ।
घ) ‘सब’ र ‘शव’ श्रुतिसम भिन्नार्थक शब्द हुन् ।
ङ) बत्ती को सानो बुझाउने शब्द ‘टुकी’ हो ।
पढाई
१)
उत्तर => किताबको सहयोग लिएर पढ्नुहोस् ।
२) कविताको मौन पठन गरी सोधिएका प्रश्नहरुको सङ्क्षिप्त उत्तर दिनुहोस् ।
क) कस्तो यात्रा सुरु गर्नका लागि कविले आह्वान गरेका छन् ?
कवि दुबसु क्षेत्री द्धारा लिखित कवितामा कविले विभाजित भएर होइन, एकताबद्ध भएर समयको माग अनुसार अघि बढ्नुपर्ने महत्त्वपुर्ण विचारलाई प्रस्तुत गरिएको छ । कवितामा सम्पुर्ण जातजाती, धर्म, संकृति भएको नेपालीहरुको एकताबद्ध भई अघि बढ्न आह्वान गरिएको छ । आज सबै जात, धर्म, संस्कृति मान्ने नेपालीहरु विभाजित भइ आपसमा वैमनस्यता साँध्नुको सटट पुर्खाको आदर्शलाई पछ्याउँदै र सहधर्मको यात्रा गर्दै अघि बढ्नुपर्छ ।
पहाड, हिमाल वा मधेसको नारा दिएर विखण्डनतिर जानुको सट्टा आस्थाको केन्द्र मानिएको जानकी धामको माटाको चन्दन लगाउदै र तामाङ वा शेर्पा जातिको सेले नाचसँगैं सहिष्णुताको यात्रा सुरु गर्न पनि कविले आह्वान गरेका छन् । कवितामा प्राकृतिक, सांकृतिक आदि विम्बका माध्यमबाट नेपालीहरु अनेक जात, जाति, धर्म, क्षेत्र आदिका आधारमा विभाजित नभई सह अस्तित्व, सहमति, स्वावलम्बन, सहिष्णुता, सहकार्य, नव निर्माण, सहधर्मको यात्रा सुरु गर्नका लागि आह्वान गरेका छन् ।
ख) यात्रा सुरु गर्नका लागि समय किन अनुकूल छ ?
यात्रा सुरु गर्नका लागि समय एकदमै अुनुकूल रहेको छ । हाल देशले सयौँको बलिदानपछि गणतान्त्रिक सँविधान प्राप्त गरेको छ । यसले सबै जात , भाषा भाषी, धर्म, सँस्कृति र क्षेत्रलाई समान अवसर प्रदान गरेको छ ।
साथै नेपालीहरुमा विस्पट्ट अन्धकारको युग चिरेर नयाँ जीवन सुरु गरिसकेको अवस्था छ । वर्तमान समयमा नेपालीहरुले विगतका सारा असङ्गत कुराहरुलाई विर्सिएर राष्ट्र««««को नव निर्माणको यात्रा सुरु गर्नु आवश्यक छ । हामीले शान्ति र समृद्धिका सपना सजाएर अघि बढ्ने वातावरण भएको छ । त्यसैले समय एकदमै अनुकूल भएकाले राष्ट्रको नव निर्माणमा अघि बढ्न यात्रा बढ्न यात्रा सुरु गर्नका लागि समय अनुकूल रहेको कुरा कवितामा स्पष्ट पारेको छन् ।
ग) हामीले सजाएका सपना के के हुन् ?
नेपाल एक बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातिय र भौगोलिक दृष्टिले विविधतामय छ । इतिहासको लामो कालखण्डमा यस देशले अनेकौँ समस्या र चुनौतीहरुको सामना गर्नुप¥यो । यहाँ हरेक क्षेत्रका आआफ्नै समस्या छन् । देशले नयाँ संविधान प्राप्त गरेकाले नेपाली जनताले शान्ति र समृद्धिको सपना सजाएका छन् ।
नेपालीहरुले सजाएका मुल सपनाहरु शान्ति र समृद्धि हुन् । यसका लागि सबै नेपालीहरुले एकताबद्ध भई सह अस्तित्व, सहकार्य, सहिष्णुता र नव निर्माणको यात्रा प्रारम्भ गर्नु पर्छ ।
घ) यस कविताले के कस्ता सकारात्मक सन्देशहरु दिन खोजेको छ ?
देशलाइ अग्रगमनतर्फ डो¥याउन र नव निर्माणको यात्रा प्रारम्भ गर्न समय एकदमै अनुकूल बनेकाले कविले आफ्ना सकारात्मक सन्देशहरु प्रवाहित गरेको छन् ।
कठोर यात्रा पार गरी आज हाम्रो देश नेपाल नयाँ युगमा परिवर्तन भएको छ । नेपालीहरुले सजाएका मुल सपनाहरु शान्ति र समृद्धि हुन् । यसका लागि सबै नेपालीहरुले एकताबद्ध भई सह अस्तित्व, सहकार्य, सहिष्णुता र नव निर्माणको यात्रा तयार गरी नेपालीहरुका सपना साकार हुन सक्ने विश्वास कविले व्यक्त गरेका छन् । कविताले धर्म, संस्कृति, क्षेत्र, जात, जाति, भाषा भाषी सम्बन्धी सकारात्मक सन्देशहरु दिन खोजेको छ ।
ङ) ‘नेपाल बहु साँस्कृतिक सम्पदाले भरिपूर्ण देश हो’ भन्ने कथनलाई कविताका आधारमा स्पष्ट पार्नुहोस् ।
दुवसु क्षेत्रीद्धारा लिखित एवम् बहु चर्चित ‘यात्रा सुरु गरौँ’ शीर्षकको कवितामा नेपाल एक बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातिय र भौगोलिक दृष्टिले विविधतामय छ भन्ने स्पष्ट हुन्छ । यहाँ गुरुङ, मगर आदि जातिमा प्रचलित सोरठी र रोदी ज्यादै प्रचलित सांस्कृतिक स्वरुप हुन् भने तराईमा थारुहरुले मनाउने माघी पर्व र समग्र तराई क्षेत्रमा मनाइने छठ अर्काे महत्त्वपुर्ण राष्ट्रिय चाड हो । बहु धार्मिक, बहु सांस्कृतिक मुलुकका रुपमा परिचित नेपालमा बसोबास गर्ने नेपाली जनताले आआफ्नो धर्म, सँस्कृतिअनुसार निर्बाध रुपमा चाडपर्व मनाउने गर्छेन् । यहाँ हिन्दुहरुका मात्र मठमन्दिर होइन, क्रिस्चियनहरका मिर्जाघर, मुस्लिमहरुका मस्जिद र बौद्ध धर्मालम्बीहरुका गुम्बा पनि यत्रतत्र भेटिन्छन् । या सबैले आआफ्ना चाडपर्वहरु सहज र स्वतः सफूर्त रुपमा मनाउने गर्छन् । अतः नेपाल एक बहुसांस्कृतिक सम्पदाले भरिपूर्ण देश भन्ने कुरा कवितामा स्पष्ट हुन्छ
।
३) कविताको दोस्रो गद्यांश तल दिइएका विभिन्न यात्राहरु उल्लेख र्गिरएको पाइन्छ । ती यात्राहरुको अर्थ कविता पढेको आकारमा लेख्नुहोस् ।
- सह अस्तित्वको यात्रा – व्यक्ति र राष्ट्र बिचको सम्बन्धमा एकअर्काको हित वा मान–मर्यादालाई ध्यान दिई शान्तिका साथ रहि बाच्नु हो ।
- सहमतिको यात्रा– राष्टको शान्ति, उन्नति, समृद्धिका लागि सहमतिका साथ अघि बढ्ने भावना ।
- स्वावलक्बनको नयाँ यात्रा– कसैको भर नपरी आत्मनिर्भर रहने आफ्नै शक्ति र सामथ्र्यले बाच्न सिक्नु ।
- सहिष्णुताको यात्रा – जात, धर्म संस्कृतिमा विभेदलाई अस्वीकार गरी सबैप्रति सद्भाव र सहनशीलता अपनाई अघि बढ्ने नवीन सोच वा विचारको यात्रा ।
- उज्यालोको यात्रा– देशको समस्या नभएको बेला विना रोकटोक नव निर्माणको महायज्ञमा लाग्ने वातावरण भएकाले त्यस्तो सहज यात्राको लागि लागि अुकुल वातावरण भएको अवस्था
- सहकार्यको यात्रा – विभिन्न धर्म, जातजाती, संस्कृति मान्ने मानिसहरुले मिलेर गरिने विकास निर्माण सम्बन्धी सहमतिमा गरिने कार्यको थालनी ।
- नव निर्माणको यात्रा – देशको विभिन्न धर्म, जातजाती, संस्कृति मान्ने मानिसहरुले मिलेर गरिने विकास निर्माण सम्बन्धी सहमतिमा गरिने कार्य ।
- सहधर्मको यात्रा – विभिन्न धर्म धर्म बिच सद्भावको साथ अघि बढ्ने विचार ।
- सगरमाथा शिखरको यात्रा – सानो विचारलाइै त्यागी उच्च भावना र मनेबलका साथ अघि बढ्ने र ठुलो लक्ष्यमा पुग्ने यात्रा ।
४) कविता पढेका आधारमा ‘आशावादी बन्नुपर्छ’ भन्ने विषयमा एउटा अनुच्छेद लेख्नुहोस् ।
आशावादी बन्नु
प्रस्तुत कवितामा निराशलाई परित्याग गरी आशवादी बन्दै राष्ट्रको मुहार फेर्न सकिन्छ त्यसैले अब हामीले जात, धर्म, संस्कृति, क्षेत्र आदिका आधारमा विभेद सहेर बस्नुपर्न आवस्था छैन । हिमाल, पहाड र तराईका सबै जात जाति, धर्म, संस्कृति मान्नेहरुका बिच सहिष्णुता कायम भएको छ । सबै मिलेर देशको नव निर्माणमा लाग्दै शान्ति र समृद्धिको शिखर चुम्ने अवसर सारा नेपालाीलाई प्राप्त भएको छ । अभाव, दरिद्रता, शोषण, विभेद आदिले ग्रस्त नेपालको विकास गर्ने सुनौलो अवसर अहिले प्राप्त भएको छ । देशले नयाँ संविधान प्राप्त गरेकाले नेपाली जनताले शान्ति र समृद्धिको सपना सजाएका छन् । नेपालीहरुले सजाएका मुल सपनाहरु शान्ति र समृद्धि हुन् । यसका लागि सबै नेपालीहरुले एकताबद्ध भई सह अस्तित्व, सहकार्य, सहिष्णुता र नव निर्माणको यात्रा प्रारम्भ गर्नु पर्छ भन्ने कुरामा आशावादी बन्नुपर्छ ।
लेखाई
१) सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
क) कविले कवितामा माला उन्ने प्रसङ्ग किन उल्लेख गरेका हुन् ?
दुवुस क्षेत्री द्धारा लिखित कवितामा एक देशप्रति सकारात्मक सोच भएका कविका रुपमा देखापर्छन । देश निर्माण गर्ने सुनौलो अवसर प्राप्त भएकाले सबै नेपाली एकताबद्ध भई अघि बढ्न आवश्यक छ भन्ने सन्दर्भमा कविले माला उन्ने प्रसङ्ग उल्लेख गरेका हुन् । यस कवितामा राष्ट्रको नव निर्माण अनुकूल वातावरण तयार भएकाले सम्पूर्ण प्रणालीहरु एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने चाहनालाई यहाँ प्रस्तुत गरेका हुन् ।
निश्चय नै आज देश निर्माण गर्ने अनुकूल वातावरण सिर्जना भएको छ । लामो सङ्घर्षपछि देशले काँचुली फेरेको छ । नव निर्माण गर्ने वातावरण भएकाले यात्रा सुरु गर्नु पर्ने अवस्था आएको छ । अप्ठ्यारा परिवेश र परिस्थिति समाप्त हुँदै आस्था र विश्वासका साथ अघि बढ्नुपर्छ । आज वासन्ती उत्सवको वातावरण भएकाले सबै नेपालीहरु एकताबद्ध भई अघि बढ्नुपर्छ ।
ख) सहिष्णुताको यात्रा सुरु गर्ने ध्यान दिनुपर्ने पक्ष के के हुन् ?
उत्तर संस्कृति भन्ने कुरा अत्यन्त संवेदनशील हुने गर्छन् । आफ्नो धर्म, संस्कृतिमा अलिकति पनि असर पुगेमा त्यसले उग्र रुप लिन बेर लाग्दैन । सबै जातजातिका धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै अघि बढ्न सके मात्र आपसमा सद्भाव विकसित हुन्छ । सहिष्णुतको यात्रा सुरु गर्न ध्यान दिनुपर्ने कुराहरु थुपै्र छन् । सर्वप्रथम सहिष्णुताको यात्रा सुरु गर्नुअघि अनेकौँ हाम्रा जातजाति, धर्म, संस्कृति, मान्ने मानिसहरुको सङ्गमस्थलका रुपमा रहेका नेपालको विशिष्टतालाई मनन गर्नु जरुरी छ । त्यसैले सहिष्णुताको यात्रा गर्दा गुरुङ मगर जातिमा प्रचलित सोरठी र रोदीm ताश्र नापतका प्रचलित माघी र तराईमा प्रचलित छठ जस्तो चाडपर्व र उत्सवमा कुनै प्रकारको चोट नपुगोस् भन्ने कुरामा ध्यान दिनु जरुरी छ । त्यस्तै तामाङ, शेर्पा जातिले मनाउने ल्होसार, सुदूरपश्चिम तिरका गौरा र देउडा अनि काठमाडौँ उपत्यकामा प्रचलित नेवार समुदायको धिमे बाजाप्रतिको आस्था र विश्वासमा समेत चोट पुग्नु हुन्न । यिनै कुराहरुमा सहिष्णुताको यात्रा सुरु गर्दा ध्यान दिनुपर्ने हुन्छ ।
ग) एकताको यात्रा कवि कहाँबाट कसरी सुरु गर्न भनेका छन्?
उत्तर दुवुस क्षेत्री द्धारा लिखित कवितामा एक देशप्रति सकारात्मक सोच भएका कविका रुपमा देखापर्छन । यस कवितामा राष्ट्रको नव निर्माण अनुकूल वातावरण तयार भएकाले सम्पूर्ण प्रणालीहरु एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने चाहनालाई यहाँ प्रस्तुत गरेका हुन् ।
नेपालीहरु आआफ्ना धर्म, संस्कृति र परम्पराप्रति आस्था राख्दछन् । उनीहरुले आफ्नो आस्थाका केन्द्रका रुपमा रहेका गुम्बा, मन्दिर, मस्जिद र गिर्जाघरको प्राङ्गणबाट सहधर्मको यात्रा प्रारम्भ गरेका थिए । खास गरी नेपालको एकीकरणको अभियानताका नेपालीहरुले उपत्यकास्थित काष्ठ मण्डपको देव बाट धिमे बाजा बजाउँदै जुन उत्साह र एकता प्रदर्शन गरेको थिए्, त्यसलाई पुनः आत्मसात् गरी अघि बढौँ भन्ने कविको चाहना छ ।
घ) नयाँ यात्रा सुरु गर्न कविले किन आह्वान गरेका छन् ?
उत्तर : नेपाली जनताको कठोर सङ्घर्षबाट नयाँ संविधान प्राप्त गरेका छन् । संविधानमा हक, अधिकार र कर्तव्यका बारेमा स्पष्ट उल्लेख गरिएको छ र तिनमा भएका व्यवस्थाले हाम्रो स्वाभिमान बचाउने काम गरेको छन् । अतः ज्यादै नै अनुकूल वातावरण भएकाले कविले प्रस्तुत बचाउने काम गरेका छन् । नेपालीहरुले अनेकौँ लडाइँ सङ्घर्ष गरेर नवयुगको प्रारम्भ गरेका हुन् । नवयुग ल्याउने क्र्रममा यहाँ रगत पसिना बगाएका थिए । अत्यन्त कठोर समय पार गरेर आजको खुल्ला वातावरणमा प्रवेश गर्ने अवसर हामीलाई प्राप्त भएको छ । हिजो अन्धकारलाई चिर्ने क्र्रममा थकाइ लागेर यात्रा रोक्नु परेको भए पनि हिजोको जस्तो कठोर परिवेश आज छैन ।
नेपालीहरुले केही समयका लागि आफ्नो राष्ट्रको नव निर्माणको यात्रा रोक्नु परेको भए पनि त्यो प्रतिकूल परिस्थितिको आज आएर अन्त्य भएको छ । नव निर्माणको यात्रामा नेपालीहरुले निकै चुनौतीहरुको सामना गर्नुप¥यो । जेलनेल, चाहना आदि कुरा त्यस समयमा शासकहरुका लागि सामान्य जस्ता लागे पनि देशभक्तहरुका लागि त्यो समय निकै नै प्रतिकूल थियो । संविधानमा हक, अधिकार र कर्तव्यका बारेमा स्पष्ट उल्लेख गरिएको छ र तिनमा भएका व्यवस्थाले हाम्रो स्वभिमान बचाउने काम गरेको छन् । अतः ज्यादै नै अनुकूल वातावरण भएकाले कविले प्रस्तुत कवितामा नयाँ यात्रा सुरु गर्ने आह्वान गरेका छन् ।
२) कविताको प्रत्येक गद्यांशको आशय लेख्नुहोस् ।
उत्तर यात्रा प्रारम्भ गर्न अनुकूल वातावरण बनेको छ । कठोर समयको अन्त्य भएकाले आस्थाको टुकी बाली अघि बढ्नुपर्ने र चारैतिर उज्यालो छर्नुपर्ने कुरामा कविले जोड दिएको छन् । वातावरण बडो उत्साह जनक भएकाले गीत गुन्जाउँदै एकताबद्ध भएर अघि बढ्नु पर्ने कुरा पहिलो अनुच्छेदको आशय हो ।
अनेक जात जाति, धर्म, संस्कृति आदिलाई मान्नेहरुका बिच बन्धुत्का भावना जागृत गराउँदै सहकार्य गर्दै नव निर्माणको यात्रा सुरु गर्न कवि आह्वान गर्छन । सांस्कृतिक उत्सवमा वातावरणमा रोकिएको हाम्रो यात्रालाई तिनकोटी नेपालीहरु मिलेर अघि बढ्न आह्वान गर्नु दोस्रो गद्यांशको आशय हो ।
नेपालीहरु आआफ्ना धर्म, संस्कृति र परम्पराप्रति आस्था राख्दछन् । उनीहरुले आफ्नो आस्थाका केन्द्रका रुपमा रहेका गुम्बा, मन्दिर, मस्जिद र गिर्जाघरको प्राङ्गणबाट सहधर्मको यात्रा प्रारम्भ गरेका थिए । खास गरी नेपालको एकीकरणको अभियानताका नेपालीहरुले उपत्यकास्थित काष्ठ मण्डपको देव बाट धिमे बाजा बजाउँदै जुन उत्साह र एकता प्रदर्शन गरेको थिए्, यसैलाई वर्तमान समयमा अनुकूल वातावरण सिर्जना भएकाले विश्वकै लागि नमुनायोग्य यात्रा सुरु गर्न आह्वान गर्नु तसा्रे गद्यांशको आशय हो ।
नेपालीहरुले कठोर समय पार गरी आजको विशिष्ट वातावणमा प्रवेश गरेका छन् । नयाँ जीवन सुरु गर्ने प्रशस्त मार्गहरु सिर्जना भएका छन् । हिजो अनेक परिस्थितिका कारण थाकेर आफ्नो यात्रा रोक्न बाध्य भएको भए पनि आज अनुकूल वातावरण भएकाले त्यहीँबाट यात्रा प्रारम्भ गर्नुपर्छ भन्ने कविको भनाई छ । अब नेपालीले शान्ति र समृधिका लागि नयाँ यात्रा सुरु गर्नु आवश्यक छ भन्नु नै चौथो गद्यांशको आशय हो ।
३) सप्रसङ्ग व्याख्या गर्नुहोस् :
क) अब एउटा नयाँ जीवन सुरु गरौँ
जाहाँबाट हामी थकान रोपेर भागेका थियौँ ।
दुवुस क्षेत्री द्धारा लिखित कवितामा एक देशप्रति सकारात्मक सोच भएका कविका रुपमा देखापर्छन । देश निर्माण गर्ने सुनौलो अवसर प्राप्त भएकाले सबै नेपाली एकताबद्ध भई अघि बढ्न आवश्यक छ भन्ने कुरामा कविले प्रस्तुत गरेका छन ।
यस कवितामा राष्ट्रको नव निर्माण अनुकूल वातावरण तयार भएकाले सम्पूर्ण प्रणालीहरु एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने चाहनालाई यहाँ प्रस्तुत गरेका हुन् । नेपालीहरुले कठोर समय पार गरी आजको विशिष्ट वातावणमा प्रवेश गरेका छन् । नयाँ जीवन सुरु गर्ने प्रशस्त मार्गहरु सिर्जना भएका छन् । हिजो अनेक परिस्थितिका कारण थाकेर आफ्नो यात्रा रोक्न बाध्य भएको भए पनि आज अनुकूल वातावरण भएकाले त्यहीँबाट यात्रा प्रारम्भ गर्नुपर्छ । नेपाली जनताको कठोर सङ्घर्षबाट नयाँ संविधान प्राप्त गरेका छन् । संविधानमा हक, अधिकार र कर्तव्यका बारेमा स्पष्ट उल्लेख गरिएको छ र तिनमा भएका व्यवस्थाले हाम्रो स्वाभिमान बचाउने काम गरेको छन् ।
अतः ज्यादै नै अनुकूल वातावरण भएकाले कविले प्रस्तुत बचाउने काम गरेका छन् । नेपालीहरुले अनेकौँ लडाइँ सङ्घर्ष गरेर नवयुगको प्रारम्भ गरेका हुन् । नवयुग ल्याउने क्र्रममा यहाँ रगत पसिना बगाएका थिए । अत्यन्त कठोर समय पार गरेर आजको खुल्ला वातावरणमा प्रवेश गर्ने अवसर हामीलाई प्राप्त भएको छ । हिजो अन्धकारलाई चिर्ने क्र्रममा थकाइ लागेर यात्रा रोक्नु परेको भए पनि हिजोको जस्तो कठोर परिवेश आज छैन ।
ख) राष्ट्र नव निर्माणको यात्रा सुरु गरौँ त्यहीँबाट
जहाँ हामीले शान्ति र समृद्धिका सपनाहरु सजाउको थियौँ ।
उत्तर माथीको भावपूर्ण अभिव्यक्ति कवि दुवसु क्षेत्रीद्धारा लिखित ‘यात्रा सुरु गरौँ ’ कविताबाट उद्धरण गरिएको हो । लगभग तिन दशकदेखि कव्या साधना गर्दै आएका क्षेत्रीले गद्य लय अँगाली कविता कृतिको सिर्जना गरेको छन् । कवितामा राष्ट्रको नव निर्माण अनुकूल वातावरण तयार भएकाले सम्पूर्ण प्रणालीहरु एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने चाहनालाई यहाँ प्रस्तुत गरेका हुन् ।
देशप्रति देशभक्तिको भावले ओतप्रोत माथिको उद्धरण राष्ट्रको नव निर्माणको यात्रामा अघि बढ्न आह्वानका साथै नेपालीहरुका मूल चाहनालाई आत्मसात् गर्नु पनि त्यत्तिकै आवश्यक छ भन्ने कुरा प्रस्तुत गर्ने क्र्रममा कविले उल्लेख गरेका हुन् । शान्ति र समृद्धिको चाहनालाई नेपालीहरुले धेरै अघिदेखि राख्दै आएका हुन् । उनीहरुका यी चाहना समनाकै रुपमा रहेको थिए । शान्तिको अग्रदूत गौतम बुद्धका देशका बासिन्दाले शान्तिको चाहना गर्नु स्वाभाविक पनि हो ।
परिस्थिति अनुकूल भएकाले राष्ट्र निर्माणको यात्रामा लाग्न कविले नागरिकहरुलाई यहाँ आह्वान गरेका छन् । मानिसलाई शान्ति र समृद्धिले सुख र गौरवको अनुभूति हुन्छ । यस्तो चाहना नेपालीहरुका लागि सपनाकै रुपमा रहेका थिए ।
४) उपयुक्त लेख्य चिह्नहरु राखी पुनर्लेखन गर्नुहोस् :
उसले मलाई भन्यो हे भाइ तिमी त ज्यादै अल्छी रहेछौ मैले आफ्नो व्यथा बताउँदै भनेँ होइन दाइ हिजोआज मलाई सन्चो छैन ।
उत्तर => उसले मलाई भन्यो ‘‘हे भाइ तिमी त ज्यादै अल्छी रहेछौ ।’’ मैले आफ्नो व्यथा बताउँदै भनेँ, ‘‘होइन दाइ, हिजोआज मलाई सन्चो छैन ।’’
ohh my god thank youu soooo much i really needed it
ReplyDelete~OMG~ Thank youu so much... I was searching solutions of this chapter
ReplyDeletetoo good :)
ReplyDeleteit helps me a lot
ReplyDeletethakyou for this answers��
ReplyDeleteIt really help me to get some ideas.Thankyou so much
ReplyDeleteThank you so much
ReplyDelete