पाठ एक: 'नेपाली' - कक्षा ८ | प्रश्नोत्तर, अभ्यास र व्याकरण

2
एकाई एक: 'नेपाली' - कक्षा ८ | प्रश्नोत्तर, अभ्यास र व्याकरण
एकाई एक: 'नेपाली' - कक्षा ८ | प्रश्नोत्तर, अभ्यास र व्याकरण

पाठ १: नेपाल

मुख्य भाव

नेपाल कविताका लेखक सिद्धिचरण श्रेष्ठ हुन् । उनको जन्म मृत्यु (१९६९–२०४७) मा भएको थियो । यो कविता उनको बहु सन्देश दिने कविता हो । उनले यस कविताको माध्यमबाट नेपालको समस्त सौन्दर्यहरु, पुर्खाले दिएको योगदानहरुको चित्रण गरिएको छ ।
नेपाल प्रिय, पवित्र र सुन्दर देश देखाउँदै संगीत समान सुमधुर लयबद्ध छहराहरुको देशको रुपमा चिनाएका छन् । पानैपाना पल्टाएजस्ता खुला पर्वतीय प्राकृतिक कला सौन्दर्यको वर्णन कविले गरेका छन् । नेपाल बहुमूल्य प्राकृतिक सौन्दर्य हिमाल, पहाड, तराइले सजिएको अधिकतम पक्षलाई समेट्दै उनले नेपाली जाती, प्रकृति, इतिहास र संस्कृतिका विशेषताहरु केलाउने प्रयत्न गरेका छन् ।
नेपाल कवितामा कविले पुर्खाहरुको रगत, पसिना, त्याग तपस्याले देशको सृजना भएको चर्चा गरिएको छ । हाम्रा पुर्खाहरुले ज्यानको बाजी लगाएर देशको राष्ट्रिय स्वाभिमानलाई उच्च बनाएका छन् । बहादुर गौरवशाली पुर्खाहरुको रगत प्रत्येक नेपालीको नसा–नसामा बगिरहेको छ । संकटको घडीमा समेत हाँसीखुसी उनले देशको निमित्त बलिदान दिएका छन् । पुर्खाहरुको योगदानले नै आज हाम्रो पहिचान बनाएको भन्दै उनीहरुको उदाहरणीय अभिव्यक्ति यस कवितामा गरिएको छ ।
नेपाल ज्यामी, सिपाही र किसानहरुको देश हो । यिनै श्रमीहरुले मेहनत परिश्रम गरेर नेपालीहरुलाई आत्मनिर्भर बन्न सक्ने आधार, बाटो देखाएका छन् । यिनीहरुकै भरोशा आडमा देश अडेको छ । ज्यामी, सिपाही किसानहरु रगत पशिनाले देश भिजेको छ । हाम्रा पुर्खाहरु यिनै ज्यामी, सिपाही र किसानहरु हुन् । यिनै प्रत्येक श्रमिकहरुको बलिदान, मेहनत संघर्ष बलिदान त्यागले नेपाल आज संसारमा सुन्दर स्वर्गीय भूमिको रुपमा परिचित छ । यिनीहरु देशका बलिया खम्बा हुन् । यिनीहरुमा नै नेपाल अडिएको छ । यिनै खम्बा साहाराबाट नै नेपालको कल्याण हुन्छ । 
बाँकी अर्को पेजमा…
[next]

अभ्यास

१. ‘नेपाल’ कविता साथीहरुसंग मिली समुहमा लय मिलाएर बाचन गर ।
उत्तर: भाइबहिनीहरु समूह मिलाएर यो कविता साथीहरुसंग पालैपालो पढ्नुहोला ।
२. मिल्न शब्द छानेर खाली ठाउँ भर :
सहारा, प्यारो, फाँसी, पसिना, विजय
क. हाम्रो देश हामीहरुलाई  प्यारो लाग्छ । 
ख. ज्यामी, सिपाही र किसानहरु यस देशका  साहारा हुन् । 
ग. नेपालको निर्माणमा पूर्खाहरुको  पसिना बगेको छ । 
घ. यो देश बचाउन पुर्खाहरु  फाँसी चढ्नसमेत तयार भए । 
३. तल दिइएका कवितांश पुरा गर :
नेपाल प्यारो …………………………
सौन्दर्य  …………………………  अशेष । 
…………………………  मूल फुटी विशाल
…………………………  झैँ लयबद्ध छाल ।।

उत्तर: नेपाल प्यारो र पवित्र देश
सौन्दर्य धारा बहने अशेष । 
सङ्गीतको मूल फुटी विशाल
छल्की रहे झैँ लयबद्ध छाल ।।
४. तलका प्रश्नहरुको उत्तर एक वाक्यमा लेख :
क. पसिनाका धारा कहाँ बस्छन् ?
उत्तर: पसिनाका धारा देशको सिर्जनाका लागि बहन्छन् । 
ख. हाम्रा पर्वतहरु के जस्ता छन ?
उत्तर: हाम्रा पर्वतहरु खुला पाना जस्ता छन् । 
ग. हाम्रा बलिया सहारा को को हुन् ?
उत्तर: हाम्रा बलिया साहारा ज्यामी, सिपाही र किसान हुन् । 
घ. पुर्खाले यो मुलुकमा जागरण ल्याउन के गरे ?
उत्तर: पुर्खाले यो मुलुकमा जागरण ल्याउन फाँसी चढ्ने कामसमेत गरे ।  
५. तलका प्रश्नहरुको उत्तर देऊ :
क. कवितामा कविले नेेेेेेेपालको प्राकृतिक सुन्दरताको कसरी वर्णन गरेका छन, स्पस्ट पार ।
उत्तर: 'नेपाल' कविताका लेखक सिद्धिचरण श्रेष्ठ (१९६९–२०४७) । यो कविता उनको बहु सन्देश दिने कविता हो । उनले यस विकताको माध्यमबाट धेरै प्रकारका सौन्दर्यहरु, पुर्खाले दिएको योगदानहरुबारे यथार्थ चित्रण गरिएको छ ।
नेपाल प्रिय, पवित्र र सुन्दर देश देखाउँदै संगीत समान सुमधुर लयबद्ध छहराहरुको देशको रुपमा चिनाएका छन् । पानैपाना पल्टाएजस्ता खुला पर्वतीय प्राकृतिक कला सौन्दर्यको वर्णन कविले गरेका छन् । नेपाल बहुमूल्य प्राकृतिक सौन्दर्य हिमाल, पहाड, तराइले सजिएको अधिकतम पक्षलाई समेट्दै उनले नेपाली जाती, प्रकृति, इतिहास र संस्कृतिका विशेषताहरु केलाउने प्रयत्न गरेका छन् । 
ख. कवितामा हाम्रा पूर्खाहरुले देशको निम्ति दिएको योगदानलाई कसरी वर्णन गरिएको छ, लेख ।
उत्तर: नेपाल कविताका लेखक सिद्धिचरण श्रेष्ठ हुन् । उनको जन्म मृत्यु (१९६९–२०४७) मा भएको थियो । यो कविता उनको बहु सन्देश दिने कविता हो । उनले यस कविताको माध्यमबाट हाम्रो मुलुका अनगिन्ती प्राकृतिक सौन्दर्यहरु, पुर्खाले दिएका अनमोल योगदानहरुको चित्रण गरिएको छ ।
नेपाल कवितामा कविले पुर्खाहरुको रगत, पसिना, त्याग तपस्याले देशको सृजना भएको चर्चा गरिएको छ । हाम्रा पुर्खाहरुले ज्यानको बाजी लगाएर देशको राष्ट्रिय स्वाभिमानलाई उच्च बनाएका छन् । बहादुर गौरवशाली पुर्खाहरुको रगत प्रत्येक नेपालीको नसा–नसामा बगिरहेको छ । संकटको घडीमा समेत हाँसीखुसी उनीहरुले देशको निमित्त बलिदान दिएका छन् । पुर्खाहरुको योगदानले नै आज हाम्रो पहिचान बनाएको भन्दै उनीहरुको उदाहरणीय अभिव्यक्ति यस कवितामा गरिएको छ । 
६. 'नेपाल' कविताको मुख्य भाव लेख ।
उत्तर: हामीले मुख्य भाव पहिले पृष्ठमै हेरिसकेका छौं ।
६. व्याख्या गर :
ज्यामी, सिपाही र किसान सारा
छन् आज हाम्रा बलिया सारा
उत्तर: नेपाल कविताका लेखक सिद्धिचरण श्रेष्ठ हुन् । उनको जन्म-मृत्यु (१९६९–२०४७) मा भएको थियो । यो कविता उनले हाम्रा पूर्खाहरुको राष्ट्रप्रेमी वा राष्ट्रियता, स्वाभिमान र बहादुरीको गुणगान गाउँदै लेखिएको कविता हो । उनले यस कविताको माध्यमबाट धेरै प्रकारका सौन्दर्यहरु, पुर्खाले दिएको योगदानहरुको चित्रण गर्न पहल गरेका छन् ।
नेपाल ज्यामी, सिपाही र किसानहरुको देश हो । यिनै श्रमीकहरुले मेहनत परिश्रम गरेर नेपालीहरुलाई आत्मनिर्भर बन्न सक्ने आधार, बाटो देखाएका छन् । यिनीहरुकै भरोशा आडमा देश अडेको छ । ज्यामी, सिपाही किसानहरु रगत पशिनाले देश भिजेको छ । हाम्रा पुर्खाहरु यिनै ज्यामी, सिपाही र किसानहरु हुन् । यिनै प्रत्येक श्रमिकहरुको बलिदान, मेहनत, संघर्ष, बलिदान र त्यागले नेपाल आज संसारमा सुन्दर एवम् स्वर्गीय भूमिको रुपमा चिरपरिचित छ । यिनीहरु देशका बलिया खम्बा हुन् । यिनीहरुमा नै नेपाल अडिएको छ । यिनै खम्बा साहाराबाट नै नेपालको कल्याण हुन्छ ।
बाँकी अर्को पेजमा…
[next]
शब्द भण्डार
८. उल्टो अर्थ आउने शब्दसँग जोडा मिलाऊ :
जस्तै : नयाँ = पुरानो
उत्तर:
  • इज्जत : बेइज्जत
  • स्वर्ग : नरक
  • पवित्र : अपवित्र
  • खुला : बन्द
  • चढ्न : ओर्लन 
९. तलका शब्दको उस्तै अर्थ दिने शब्द लेख :
देश : ………………………………विशाल : …………………………
पर्वत : ……………………………वृक्ष : ………………………………
ध्वनी : ……………………………किसान : …………………………
जित : ……………………………रक्त : ………………………………
विपत्ति : …………………………सङ्घर्ष : …………………………
उत्तर:  देश : राष्ट्र, विशाल : ठूलो, पर्वत : पहाड, वृक्ष : रुख, ध्वनि : आवाज, किसान : कृषक, जित : विजय, रक्त : रगत, विपत्ति : आपत्, सङ्घर्ष : क्रान्ति 
१०. तलका शब्दको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर  :
प्यारो : नेपाल जस्तो प्यारो र पवित्र देशमा अब विकास हुन्छ कि ? 
मन्त्र : नेपालीको मूल मन्त्र भनेकै राष्ट्रपे्रम हो । 
मान : सगरमाथाझैँ लुम्बिनीको मान चुलिएको छ । 
सङ्गीत : कृष्ण दाइ गीत सङ्गीत भनेपछि हुरुक्क हुन्छन् । 
पुर्खा : हाम्रा पुर्खाहरुले यो देशको शिर उच्च पारेका थिए ।
बाँकी अर्को पेजमा…
[next]

उच्चारण र हिज्जे

११. तलका शब्द शुद्धसँग उच्चारण गर : तन्त्र, लयबद्ध, गुह्य, ध्वनि, वर्ण
उत्तर: (आफै शिक्षकको सहयोगमा उच्चारण अभ्यास गर ।)
१२. कविताको तेस्रो श्लोक शुद्धसँग सार :
उत्तर: (आफै शिक्षकको सहयोगमा लेख्ने अभ्यास गर ।)
नयाँ नयाँ जीत अनेक जोड्दै
यो देशको इज्जत मान थप्दै । 
ज्यामी, सिपाही र किसान सारा
छन् आज हाम्रा बलिया सहारा ।।
१३. सुन र लेख : सौन्दर्य, इज्जत, ज्यामी, वृक्ष, पुुुुुुर्खा, विपत्ति
उत्तर: (आफै शिक्षकको सहयोगमा लेख्ने अभ्यास गर ।) 
१४. तलका जोडी शब्दहरु शुुुुुुुुुुुुुुुुद्धसँग उच्चारण गर र शिक्षकलाई सोधेर फरक अर्थ बुझ : देश - द्वेष, लता - लटा, नशा - नसा, दिशा - दिसा, दिन - दीन
उत्तर: (आफै शिक्षकको सहयोगमा लेख्ने अभ्यास गर ।)
बाँकी अर्को पेजमा…
[next]

कार्यमुलक व्याकरण

१५. पढ, बुझ र गर :
पाठमा प्रयोग भएका देश, धारा, सङ्गीत, पाना, पर्वत, वृक्ष, लता, खोला, इज्जत, ज्यामी, सिपाही, किसान, पसिना, रक्त, नसा, स्वर्ग आदि नाम शब्द हुन् । नाम शब्दले कुनै व्यक्ति, वस्तु, ठाउँ, नदी, समूह, भाव आदिलाई बुझाउँछन् । नाम पाँच प्रकारका हुन्छन्, जस्तै  :
व्यक्तिवाचक    
जातिवाचक  
समूहवाचक    
द्रव्यवाचक    
भाववाचक

आशालाम, डोल्मा, सविता, जनक, नेपाल, भारत, मेची, पोखरा, लुम्बिनी, गुल्मी, रामायण, तिहार, छठ 
 हिमाल, किताब, गाई, गाउँ, सहर, रुख, मन्दिर, फल, देवता, देश, मानिस, नदी, चरा 
 हुल, बथान, फौज, झुप्पो, रास, थुप्रो, गण, जन्ती, सेना, पल्टन, बगाल, बथान, जनता, सभा 
 सुन, नुन, ग्यास, दुध, दही, चिनी, पानी, माटो, बालुवा, हावा, धुलो, धान, चामल, पिठो, दाल, धुवाँ, चाँदी
दया, माया, रिस, जवानी, पुण्य, मित्रता, गरिबी, लेखाइ, सुख, दु :ख, रुवाइ, खुसी, यौवन, विश्वास, शिक्षा

माथिको तालिकाको अध्यन गरी तालिकामा नपरेका व्याक्तिवाचक, जातिवाचक, समूहबाचक, द्रव्यवाचक र भाववाचक नामका पाँच ओटा उदाहरण लेखी वाक्यमा प्रयोग गर ।
उत्तर:
(क) व्यक्तिवाचक : गणेश, नोर्बु, एसिया, अमेरिका, सगरमाथा
(ख) जातिवाचक : महादेश, हिमाल, गुम्बा, खेत, फल
(ग) समूहवाचक : बजार, कक्षा, भिड, समाज, गुठी
(घ) द्रव्यवाचक : मकै, फलाम, ढुङ्गा, तामा, पित्तल
(ङ) भाववाचक : प्रेम, ज्ञान, पढाइ, अविश्वास, हँसाइ

(क) व्यक्तिवाचक  :
  • गणेश : गणेशको दर्शन गरेर भक्तजनहरु घरतिर लागे ।
  • नोर्बु : यसपटक नोर्बुले सगरमाथा चढ्ने योजना बनाएको रहेछ नि !
  • एसिया : नेपाल र भारत दुवै एसिया महादेशमा पर्दछन् ।
  • अमेरिका : आयुष र पासाङ अमेरिका जान्छन् रे ठुल्दाइ !
  • सगरमाथा : विश्वको सर्वाेच्च शिखर सगरमाथाको शिखरमा पुग्ने इच्छा कसलाई हुँदैन र !
(ख) जातिवाचक  :
  • महादेश : अफ्रिका महादेशमा पनि विकासको लहर बढेको छ । 
  • हिमाल : नेपाललाई हिमाल, पहाड र तपाईको साझा देश मानिन्छ ।
  • गुम्बा : बौद्धधर्ममार्गीहरु गुम्बामा बसेर बुद्धको उपासना गर्छन् । 
  • खेत : किसानहरुका लागि खेतबारीभन्दा ठूलो धन केही छैन ।
  • फल : हिमाली, पहाडी र तराई प्रदेशमा मौसमअनुसारको फलफुल खेती गर्नुपर्छ । 
(ग) समूहवाचक  :
  • बजार : राम र लखन मङ्गलबारे बजारमा गएर रमाए ।
  • कक्षा : आस्था र पवित्रा कक्षा ८ मा पढ्छन् ।
  • भिड : त्यो ठूलो भिड देखेर नानीहरु भागेछन् ।
  • समाज : प्रत्येक व्यक्तिले समाजको आदर्शलाई पालना गर्नैपर्छ ।
  • गुठी : नेवारी समुदायमा गुठीको महत्वपूर्ण स्थान रहेको छ । 
(घ) द्रव्यवाचक
  • मकै : ठाकुर दाइ जाडोमा मकै र भटमास कुरुमकुरुम खान्छन् ।
  • फलाम : कोदालो बनाउने किसानले फलाम किनेर ल्यायो ।
  • ढुङ्गा : हाम्रो देशमा ढुङ्था प्रशस्तै पाइन्छन् ।
  • तामा : नेपालमा तामा खानीहरु धेरै छन् भन्ने अनुमान गरिएको छ ।
  • पित्तल : पित्तल पहेँलो भए पनि सुनजस्तो मूल्यवान धातु होइन । 
(ङ) भाववाचक  :
  • प्रेम : प्रत्येक वर्ष प्रेम दिवस मनाउन थालिएको छ ।
  • ज्ञान : ऋषिमुनिहरुले ज्ञान गुनका कुरा गरेर धेरै मानिसको कल्याण गरेका छन् ।
  • पढाइ : नानी हो ! पढाइ कहिल्यै सकिँदैन किनभने जीवन नै पुस्तकालय हो ।
  • अविश्वास : उनीहरुका कुरामा अविश्वास गर्नुपर्ने कुरा के छ र !
  • हँसाइ : अप्सराहरुको हँसाइ त आकर्षक रहेछ । 
१६. तिम्रो कक्षा कोठामा भएका दस ओटा वस्तुका नाम शब्द लेखेर कक्षामा सुनाऊ । 
उत्तर: किताब, झोला, मार्कर, चक, डस्टर, बोर्ड, बेन्च, डेस्क, कलम, कापी, मसी, आदी ।
१७. उदाहरण हेरी एक बचनलाई बहुबचन र बहु बचनलाई एक वचनमा परिवर्तन गरी लेख :
उदाहरण : म नेपाली हुँ ।           हामी नेपाली हौँ ।
क) ऊ नेपाली बोल्छ ।      ……………………………… । 
ख)  ………………………………  ।         हामी विद्यार्थी हौँ । 
ग) रुख पर्वतमा छ ।          ………………………………  । 
घ)  ………………………………  ।     हामी देशलाई माया गर्छाैँ । 
ङ) ज्यामी काम गर्छ ।          ……………………………… । 
च)  ………………………………  ।     हामी पसिना बगाउँछौँ । 
उत्तर:
क) ऊ नेपाली बोल्छ ।          उनीहरु नेपाली बोल्छन् । 
ख) म विद्यार्थी हुँ ।               हामी विद्यार्थी हौँ । 
ग) रुख पर्वतमा छ ।             रुखहरु पर्वतमा छन् । 
घ) म देशलाई माया गर्छु ।     हामी देशलाई माया गर्छाैँ । 
ङ) ज्यामी काम गर्छ ।          ज्यामीहरु काम गर्छन् । 
च) म पसिना बगाउँछु ।        हामी पसिना बगाउँछौँ ।
बाँकी अर्को पेजमा…
[next]

सिर्जनात्मक अभ्यास

१८. खाली ठाउँमा उपयुक्त शब्द भरी तलको कविता पूरा गर :
कति, स्वाभिमान, देश, सौन्दर्य, पराइ
छ सुन्दर यो कति  …………………… हाम्रो
………………………… नाना छ हिमाल राम्रो
खोला र झर्ना  ……………………… छन मुहान
बचाइराख्छु म त  ……………………………… ।
उत्तर:
छ सुन्दर यो कति  देश हाम्रो
सौन्दर्य नाना छ हिमाल राम्रो
खोला र झर्ना  कति छन मुहान
बचाइराख्छु म त  स्वाभिमान ।
१८. तिमीलाई मनपर्ने कविता लेखेर शिक्षकलाई देखाउ :
उत्तर: कविताको शिर्षक : " नेपाल"
नेपाल प्यारो र पवित्र देश
सौन्दर्य धारा बहर्ने अशेष।
सङगीतको मुल फुटी विशाल
छल्की रहे झैँ लयबद्ध छाल।।

पाना खुला पर्वत पत्रपत्र
छन् वर्ण झैँ वृक्ष लता विचित्र।
खोला,चराको ध्वनि गुह्य मन्त्र्
नेपाल सिङ्गै बहुमूल्य तन्त्र।।

नयाँ नयाँ जीत अनेक जोडदै
यो देशको इज्जत मान थप्दै।
ज्यामी,सिपाही र किसान सारा
छन् आज हाम्रा बलिया सहारा।।

यो देशको सिर्जनको निमित्त
पुर्खाहरुको पसिना र रक्त।
हाम्रो बहेको छ नसा नसामा
डोर्याउँदै स्वर्ग छुने दिशामा।।

विपत्ति पर्दा पनि हाँसिहाँसि
तयार भै चढ्न समेत फाँसी।
बाँचे बचाए र रमे रमाए
सङ्घर्षले यो मुलुकै जगाए।।
कवि - सिद्धिचरण श्रेष्ठ

(नोट: माथि दिइएको उत्तरहरु केवल निर्देशन र उदाहरण मात्र हुन् । विद्यार्थीहरुले सिर्जनात्मक शेैलीमा उत्तर लेख्ने बानी बसाल्नुपर्छ । साथै, यो उत्तरहरु पढ्दाखेरी किताब साथैमा राखेर प्रश्नहरु नियालेर मात्र पढ्नुपर्छ ।) 

Post a Comment

2 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment

#buttons=(Got it !) #days=(30)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top